From our Blog

Showing posts with label Sports. Show all posts
Showing posts with label Sports. Show all posts

Wednesday, August 20, 2014

एसीसी यु–१६ क्रिकेटको उपाधि नेपाललाई, (फोटो फिचर)



काठमाडौं, भाद्र ४ । मलेसियामा सम्पन्न यु–१६ प्रिमियर क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । राउन्ड रोबिन लिगको आधारमा सञ्चालित प्रतियोगिताको अन्तिम खेलमा आयोजक मलेसियालाई ३२ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

एसीसीको १६ वर्षे उमेर समूहमा नेपालको यो पहिलो उपाधि हो। यसअघि एसीसी यु–१६ एलिट कपको नामले दुईपटक भएको प्रतियोगितामा नेपाल दुबैपटक  फाइनलमा पराजित भएको थियो।


यसपटकदेखि एसीसीले प्रिमियर लिगको नाममा प्रतियोगिता खेलाएको हो । समूहमा लगातार ४ खेल जितेको नेपालले अन्तिम खेलमा आज मलेसियालाई ३२ रनले हराएको हो । खेलमा टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर एक सय ६१ रन बनायो । 

नेपालको लागि पवन सर्राफले २६ बलमा सर्वाधिक ४४ रन बनाए। यसैगरी, रवि चन्दले ३२ रनको योगदान दिए । जवाफमा १ सय ६२ रनको लक्ष्य पछ्याएको मलेसिया ३७औं ओभरमा १ सय २९ रनमै समेटिएपछि नेपालले उपाधि जितेको हो । खेलमा नेपालका पवन सर्राफ म्यान अफ द म्याच घोषित भए ।
-रासस

















Sunday, August 17, 2014

नेपाली क्रिकेट टिम को तेस्रो जीत

काठमाडौं भाद्र २,क्वालालाम्पुर,
टिमका सबैभन्दा कान्छा सदस्य अनिल खरेलले उत्कृष्ट बलिङ गरेपछि नेपालले एसीसी यू-१६ प्रिमियर लिग क्रिकेटमा आइतबार लगातार तेस्रो जित दर्ता गरेको छ। अनिलले ८ ओभरमा १६ रन खर्चेर ६ विकेट हात पारे। उत्कृष्ट लयमा रहेका जितेन्द्रसिंह ठकुरीले बाँकी चार विकेट लिए।



सिलेङगर क्लब मैदानमा भएको खेलमा नेपालले ओमानलाई १ सय २ रनले हराउँदै राउन्ड रोविन लिगमा आफूलाई शीर्षस्थान कायमै राखेको छ। नेपालको तीन जितबाट ६ अंक छ भने दोस्रो स्थानमा रहेको मलेसियाको ५ अंक छ। लिगको समाप्तिसम्म शीर्षस्थानमा रहने टिमले उपाधि जित्नेछ।

चौथो खेलमा नेपालले सोमबार बहराइनको सामना गर्दैछ। नेपालले बहराइनलाई र सिंगापुरले मलेसियालाई हराएमा नेपालले उपाधि जित्ने सम्भावना एउटा म्याचअघि नै लगभग पक्का हुन्छ। अर्को खेलमा ओमान र थाइल्यान्ड भिड्नेछन्। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा अलआउट हुँदै १ सय ६४ रन बनायो। जवाफमा ओमान २९ ओभर १ बलमा ६२ रनमा अलआउट भयो।

ओमानका बलरसामु नेपाली ब्याट्सम्यानले मध्यमस्तरको स्कोर खडा गरे। अलराउन्डर जितेन्द्रसिंह ठकुरीले मध्यक्रम सम्हाल्दै सर्वाधिक नटआउट ३२ रन बनाए भने रवीन्द्रजंग शाहीले २५ रन बटुले। प्रारम्भिक ब्याट्सम्यान सुशान्त सिंहले १७, प्रनित थापाले १६ तथा कप्तान सुमित महर्जनले १४ रन योगदान गरे। ओमानका इभान जोसेफले सर्वाधिक ३ विकेट लिए।

प्रत्युत्तरमा ओमानी ब्याट्सम्यानले राम्रो सुरुआत गरेका थिए। उसका लागि परितोष हितेश र इभान जोसेफले पहिलो विकेटका रूपमा ४९ रनको साझेदारी गरेका थिए। तर, नेपाली स्पिनरको उत्कृष्ट प्रदर्शनसामु ओमानी ब्याट्सम्यान निरीह देखिए। जितेन्द्रले सत्रौं ओभरको अन्तिम बलमा २७ रन जोडेका इभानलाई आउट गर्दै साझेदारी तोडेपछि ओमानको विकेट झर्ने क्रम सुरु भएको थियो। उसका लागि हितेशले १८ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यान दोहोरो अंकमा पुगेनन्। पहिलो विकेट गुमाउँदा ४९ रन बनाएको ओमानले बाँकी ९ विकेट क्षतिमा १३ रनमात्र थप्यो। ओमानका पछिल्ला सात ब्याट्सम्यानले खाता खोल्न सकेनन्।

जितेन्द्र तीन खेलमा १२ विकेटसहित प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने खेलाडीको सूचीमा शीर्षमा छन् भने नौ विकेटसहित दोस्रोमा छन्। 'बहराइनविरुद्ध खेलका लागि हामी सबै तयार छौं। अहिलेसम्मको खेल हेर्दा बहराइन त्यति बलियो देखिंदैन। उसको कमजोरीमाथि हामीले आफूलाई बलियो देखाउने मौका छ। त्यसैले पक्कै पनि हामी जित्छौं,' कप्तान सुमित महर्जनले भने,'ब्याटिङमा हामीले केही सुधार गर्नुपर्नेछ, अरू त सबै राम्रै छ।'

नेपाली टिमका प्रशिक्षक वसन्त शाहीले यसअघिका दुई संस्करणमा उपविजेतामा रहनुपरे पनि यसपटक उपाधि जितेर र्फकने लक्ष्यमा रहेको बताए। 'हाम्रा खेलाडीले पनि राम्रै गरिरहेको अवस्था छ। अहिलेसम्मको खेलबाट हामी बलियो स्थितिमा छौं। हाम्रो लक्ष्य भनेको उपाधि जित्ने नै हो,' उनले भने। उनले यसका लागि बहराइनविरुद्ध खेल महत्त्वपूर्ण हुने बताए। 'नेपालका लागि अलि बलियो प्रतिस्पर्धी टोली भनेको सिंगापुर र मलेसिया नै हुन्। सिंगापुरलाई त हराइसकेको हुँदा अब मलेसियासित भिड्न बाँकी छ। त्यसैले बहराइनसितको खेल नै लगभग हाम्रो लक्ष्यमा पुग्नका लागि महत्त्वपूर्ण हुनेछ,' शाहीले थपे।
-रासस

Sunday, July 20, 2014

फुटायो बिश्वकप ट्रफी जर्मन खेलाडिले






जर्मनीले हालै ब्राजिलमा जितेको विश्वकप ट्रफीमा क्षति पुगेकोछ । अर्जेन्टिनालाई १–० ले पराजित गर्दै जर्मनीले विश्वकपको ट्रफी उचालेको थियो । ब्राजिलबाट घर फर्किएपछि पनि जर्मनी खेलाडीहरुले ट्रफी बोकेर निकै सेलिब्रेसन गरे ।

WORLD CUP 2014

त्यस क्रममा विश्वकप ट्रफीमा क्षति पुगेको जर्मन फुटबल एशोसिएसनका प्रमुख वोल्फगांग निएर्सबाचले बताएका छन् । ‘ विश्वकप ट्रफी एक ठाउँमा टुटेको छ’ उनले भनेका छन्–‘तर चिन्ता छैन । हामीसँग विज्ञ छन्,जसले त्यसलाई मिलाउनेछ ।’
विश्वकप ट्रफीमा कसले क्षति पुर्यायो भनेर छानविन भएको छ  तर, केही पत्ता लगाएको अध्यक्षले बताएका छन् ।जर्मनले पाएको यो विश्वकप ट्रफी विश्वकपको असली ट्रफी भने होइन।
माराकानामा प्रदर्शन गरिएको विश्वकपको असली ट्रफी फिफासँगै छ भने जर्मनलाई अर्को ट्रफी दिइएको 
थियो ।

DAILY NEWS

तीन पटक विश्वकप जितेपछि असली ट्रफी राख्न पाउने व्यवस्था परिर्वतन भएपछि जर्मनीले असली ट्रफी पाएन । सन् १९७० मा ब्राजिलले तेस्रो पटक विश्वकप जितेपछि पहिलाको जुलिय रिमेक ट्रफी उसैले राखेको छ त्यसपछि फिफाले नयाँ ट्रफी बनायो !

SPORTS

जर्मनले विश्वकप तेस्रो पटक जित्यो तर,नयाँ नियमका कारण उसले नक्कली ट्रफी मात्र पाएको छ, जसमा सुनको जलप लगाइएको छ । ६.२ किलोको असली ट्रफी भने सुनकै हो
यो फिफाको श्वामित्वमा रहनेछ!
-रासस

Tuesday, July 1, 2014

अर्जेन्टिना क्वार्टर फाइनलमा

अर्जेन्टिना विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ। मंगलबार
भएको प्रिक्वार्टर फाइनल खेलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा गरेको गोलको सहयोगमा १-० ले हराउँदै विश्वकपको अन्तिम आठमा पुगेको हो।

खेलको निर्धारित समयमा गोल नभएपछि थपिएको अतिरिक्त समयसमा डी मारियाले निर्णायक गोल गरेका थिए। डि मारियाले खेलको एक सय १८ औ मिनेटमा गोल गरेका थिए।

पहिलो हाफमा स्विटजरल्यान्डले दुईवटा खतरनाक मुभ गरेको थियो। २२ वर्षीय प्लेमेकर हेर्डन साक्विरीले सिर्जना गरेको अवसरलाई अर्जेन्टिनाका गोल रक्षक सर्जियो रोमेरोले विफल तुल्याएका थिए। १० औ मिनेटमा स्विस स्ट्राइकर जोसिफ डर्मिचको चिपले अर्जेन्टिनाका गोल रक्षक मोमेरो लाई काट्न नसक्दा गोल हुन सकेन। २८ औ मिनेटमा साक्विरीको प्रहारलाई रोमेरोले नै बचाएका थिए। पहिलो हाफमा नै लिननल मेसीको फ्री किकमा गोन्जालो हिगुएनको प्रहारले पोस्टको जाली चुम्न सकेन।

दोस्रो हाफमा अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीको प्रहारलाई
स्विट्जरल्यान्डका गोल रक्षक डिएगो बेनाग्लियोले बचाएका थिए।
दोस्रो हाफमा स्विटरल्यान्डले रक्षात्मक रणनीति अपनाएको थियो।
फिफा वरीयतामा पनि अर्जेन्टिना र स्विट्जरल्यान्ड सँगसँगै छन्।

वरीयतामा अर्जेन्टिना पाँचौं र स्विटरल्यान्ड छैटौं स्थानमा आसीन छन्। अर्जेन्टिना समूह 'एफ' को विजेताका रूपमा र स्विट्जरल्यान्ड समूह 'ई'
को उपविजेताका रूपमा क्वार्टर फाइनलमा पुगेका थिए।
-एजेन्सी
अरु थप जानकारिको लागी याँहा क्लिक गर्नुहोस


Friday, June 20, 2014

खेल हारेपछि फोहोर टिपे जापानी समर्थकले

खेलमा हार जीत त भैइ नै हाल्छ तर पनि आफ्नो समर्थक टोलिले हार्दा मन अमिलो त सबैको हुन्छ नै!
हालै भैइरहेको बिश्वकप प्रतियोगितामा ब्राजिल पुगेका जापानी समर्थक हरुले आफ्नो नैतिक जिम्मेवारि तिर जुटे!

यो देखेर धेरैको आँखा त्यतातिर तानिएको थियो!
विश्वकप जस्तो ठूलो प्रतियोगितामा आफ्नो टोलीले गतिलो प्रदर्शन नगरे पछि जुनसुकै टोलीका समर्थकको पनि मन कुडिन्छ।
टोलीको खराब प्रदर्शनपछि केही समर्थक आँसु खसाल्छन् भने केही आक्रोशित भएर हूलदंगामा ओर्लन्छन्।

विश्वकपको २० औं संस्करणमा पनि आफ्नो टोलीको समर्थन गर्न विश्वभरिका समर्थक ब्राजिल पुगेका छन्।
यसैक्रममा एसियाली राष्ट्र जापानका समर्थक पनि ठूलो संख्यामा ब्राजिलमा ओइरिएका छन्। विश्वकपको समूह 'सी' मा रहेको जापानले गतिलो प्रदर्शन गर्न नसके पनि जापानी समर्थकको असल व्यवहारले धेरैको मन छोएको छ।
जापान र आइभरिकोस्टको खेल अवधिभर जापानी समर्थक आफ्नो टोलीको हौसला बढाउन एकतमासले चिच्याइरहे। उक्त खेलमा जापान २-१ गोलले पराजित भएपछि आइभरिकोस्टका समर्थक खुसियाली मनाउनतिर लागे। तटस्थ भएर खेल हेर्न
गएका दर्शक पनि खेल सकिएपछि रंगशालाबाट बाहिरिन हतारिएका थिए। तर जापानी समर्थक भने आफ्नो टोली पराजित भएपछि मलिन अनुहार लगाएर रंगशालामा यत्रतत्र फालिएको फोहोर संकलन गर्न लागे।

टोलीको पराजयको पीडा भुलेर जापानी समर्थकले फोहोर उठाउन लागेपछि धेरैको ध्यान त्यतातिर तानियो। यो दृश्यलाई प्रतियोगिताको प्रत्यक्ष प्रसारण गरिरहेका क्यामेराले पनि कैद गरे।
खेलमा हारजित स्वभाविक हुन्छ भन्ने यथार्थलाई आत्मसात गर्दै जापानी समर्थक आफ्नो नैतिक जिम्मेबारी पूरा गर्न जुटेको देखेर अरू केही समर्थक पनि आफूले प्रयोग गरेको खानेकुराको खोल उठाउन बाध्य भए।
जापानी समर्थकले आफ्नो टोलीको शुक्रबार बिहान भएको खेलमा पनि त्यस्तै व्यवहार देखाए।आफ्नो टोली ग्रिससँग गोलरहित बराबरीमा रोकिए पनि जापानी समर्थक रंगशालामा छरिएको फोहोर उठाएर संकलन गरेर मात्र बाहिर निस्किए। आफूले संकलन गरेको फोहोरलाई समर्थकले फोहोर फाल्न
राखिएको भाँडोमा लगेर फ्याँकेका थिए।
-एजेन्सी

Thursday, June 12, 2014

ब्राजिलको शान्दार सुरुवात,मार्सेलोले गरे आत्माघाती गोल

काठमाडौं, जेष्ठ ३० । आयोजक ब्राजिलले विश्वकप फुटबलको २०औं संस्करणमा शानदार सुरुआत गरेको ब्राजिलको पाओलो मा गएराति भएको उद्घ खेलमा ब्राजिलले युरोप प्रतिद्धन्द्धी क्रोएसिया लाई ३–१ ले हरायो ।

भव्य उद्घाटन समारोहपछि भएको खेलको १मिनेटमा ब्राजिलका मार्सेलोले आत्मघाती गोल गरेपछि क्रोएसियाले सुरुवाआती अग्रता लियो । तर २९औं मिनेटमा स्टार नेइमारले आकर्षक गोल गर्दै टोलीलाई खेलमा फर्काए ।

यसपछि दोस्रो हाफको ७१औं मिनेटमा ब्राजिलले  एउटा विवादास्पद पेनाल्टी हान्ने अवसर पायो,सोही अवसरको सदुपयोग गर्दै नेइमारले दोस्रो गोल गरेपछि खेलमा ब्राजिल २–१ ले अघि लाग्यो!
इन्जुरी समयमा ओस्कारले एक गोल थप्दै टोलीको १ को जित सुनिश्चित पारे ।यो जितसँगै ब्राजिलले आफ्नै मुलुकमा भएको विश्वकपको उपाधि होडमा ताजा दावेदा गरेको छ । प्रशिक्षक लुइज फिल स्कोलारी को प्रशिक्षणमा ब्राजिलको यो लग १०औँ जित हो ।

Monday, June 9, 2014

बिमल घर्ती युरोपेली क्लवमा अनुबन्धीत

काठमाडौं : नेपाली यू १६ राष्ट्रिय टोलीका कप्तान विमल घर्ती म
काठमाडौं : नेपाली यू १६ राष्ट्रिय टोलीका कप्तान विमल घर्ती मगर युरोपको माथिल्लो डिभिजनको क्लब बाट व्यावसायिक फुटबल खेल्ने पहिलो नेपाली बनेका छन्। बेल्जियमको उच्च
डिभिजन क्लब एन्डरलेच्टमा दुईमहिने प्रशिक्षण र ट्रायलपछि भर्खरै नेपाल फर्किएका विमललाई एन्डरलेच्टले एक वर्षका लागि आफ्नो एकेडेमीमा अनुबन्ध गर्ने निर्णय गरेको छ।

विमलले पाएको यो मौकाले नेपाली खेलाडीको युरोपमा खेल्ने
सम्भावनाको ढोका खोलेको छ।विमललाई एन्डरलेच्टले सन् २०१५ को मे महिना सम्म आफ्नो एकेडेमीको खेलाडीका रूपमा अनुबन्ध गर्दै पुन:प्रशिक्षणका लागि बोलाएको हो। एन्डरलेच्टले
विमललाई ३/३ महिनामा प्रवेषाज्ञा नवीरकण गर्न अनुरोध गरेको छ। क्लबले उनको हवाईभाडासमेत बेहोर्नेछ।

एन्डरलेच्टले नेपाली राष्ट्रिय टोलीलाई आवश्यक परेका बेला विमललाई उपलब्ध गराउनुका साथै खान, बस्न, बिमा र आवश्यक खर्चसमेत प्रदान गर्नेछ।
विश्वफुटबल महासंघ (फिफा) को खेलाडी ट्रान्सफर नियम अनुसार १८ वर्षभन्दा मुनिका खेलाडीले कुनै पनि अफिसियल प्रतियोगिता खेल्न नपाउने नियम छ। उमेरका कारण विमलले
एकेडेमीमा प्रशिक्षणका साथै एन्डरलेच्ट बाट मैत्रीपूर्ण खेल र आगामी जुलाईमा आयोजना हुने अन्तर्राष्ट्रिय युवा प्रतियोगिता मा मात्र सहभागिता जनाउन पाउनेछन्।
विमलले एन्डरलेच्टमा अप्रिल १ देखि मे ३१ सम्म दुई महिना प्रशिक्षण र व्यावसायिक खेलका लागि ट्रायलसमेत दिएका थिए। उक्त अवधिमा उनले बेल्जियमको उमेरसमूहमा प्रतिष्ठित
फुटबल प्रतियोगिता खेल्नुका साथै नेदरल्यान्ड्सको एम्सटर्डम मा अयाक्स क्लबले आयोजना गरेको यू १७ फ्युचर कपमा समेत उत्कृष्ट प्रदर्शन गरेका थिए। विमलको गोलले एन्डरलेच्ट
फ्युचरकपको सेमिफाइनलमा पुगेको थियो।

विमललाई बेल्जियमको एन्डरलेच्टमा ट्रायल र प्रशिक्षणको मौका बंगलादेशी टोलीका डच प्रशिक्षक कोस्टर रेनेले मिलाइ दिएका थिए।यसअघि पनि विमललाई कोस्टरले नै नेदरल्यान्ड्स को उच्च डिभिजनको क्लब एफसीट्वेन्टेमाट्रायलको व्यवस्था मिलाइदिएकाथिए। फ्युचर कपमा काठमाडौंमा सम्पन्न यू १६ साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेका विमल सोही प्रतियोगितापछि अन्य राष्ट्रका प्रशिक्षकको आँखामा परेका थिए।
प्रदर्शनकै आधारमा विमललाई साफ च्याम्पियनसिपको सिनियर टोलीमा 'डेब्यु'पनि गराइएको थियो।
सिनियर टोलीमा विमलले पाकिस्तानविरुद्ध इन्जुरी समयमा गोल गरेपछि नेपालले सेमिफाइनलको बाटो तय गरेको थियो। विमलले'एन्डरलेच्टले बोलाउँदा खुसी लागेको बताए।
'प्रशिक्षणका क्रममा धेरै मेहनत गरेको थिएँ।मेरो खेलबाट क्लब व्यवस्थापन र प्रशिक्षक प्रभावित थिए। अब आफ्नो प्रदर्शनमा सुधार गर्दै थप राम्रो खेल्ने प्रयत्न गर्नेछु', विमलले अन्नपूर्णसँग भने।विमल दुई सातापछि बेल्जियम जानेछन्। यसैगरी आगामी सेप्टेम्बरमा थाइल्यान्डको ब्यांककमा आयोजना हुने एएफसी यू १६ च्याम्पियनसिपमा छनोट भएको नेपाली युवा टोलीलाई बेल्जियममा १५ दिन अभ्यासका लागि बोलाइएको छ। उक्त
अवधिमा नेपालले एन्डरलेच्ट क्लबको युवा टोलीसँग मैत्रीपूर्ण खेल पनि खेल्नेछ।
नेपालको आवश्यकताअनुसार एन्डरलेच्टले अन्य मैत्रीपूर्ण खेलको समेत व्यवस्था गरिदिने भएको छ।
काठमाडौं : नेपाली यू १६ राष्ट्रिय टोलीका

Friday, May 2, 2014

एन्फाको निर्णयले फुटबलमा नयाँ तरंग



काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले हालै गरेको निर्णयले नेपाली फुटबलमा नयाँ तरंग ल्याएको छ। नयाँ सिजनको सुरुआतसँगै खेलाडी अनुबन्धन, क्लब दर्तालगायतका गतिविधिलाई थाती राखेर एन्फा राष्ट्रिय लिग सञ्चालन गर्ने अभियानमा जुटेको छ।

एन्फाको हालै बसेको कार्यकारिणी समितिको बैठकले २०७१ सालमा सहिद स्मारक 'ए' डिभिजन लिग नगर्ने निर्णय लिँदै राष्ट्रिय लिगको अवधारणा अघि सारेको हो। एन्फाको पछिल्लो महत्त्वाकांक्षी निर्णयले 'ए' डिभिजनमा रहेका क्लबहरू सशंकित भएका छन्।

दशरथ रंगशाला मर्मत सम्भारको कारण देखाउँदै 'ए' डिभिजन लिग नगर्ने निर्णय लिइएको एन्फाको दाबी छ। राष्ट्रिय लिगका लागि सबै विकास क्षेत्रबाट प्रतिनिधित्व हुने गरी मोरङ, सुनसरी, झापा, कास्की, रूपन्देही, बाँके, कैलाली, मकवानपुर र पर्सालाई 'ए' डिभिजनको मान्यता दिएर त्यहाँबाट आउने चारदेखि ६ टोली तथा २०७० सालको सहिद स्मारक रेडबुल 'ए' डिभिजनमा सुपर सिक्समा रहेका ६ गरी १२ टोलीबीच होम एन्ण्ड अवेका आधारमा प्रतिस्पर्धा गराउने एन्फाको योजना छ।

एन्फाको पछिल्लो निर्णयले 'ए' डिभिजनका अन्य क्लब (सुपर सिक्समा नरहेका) र हालैमात्र 'ए' डिभिजनमा बढुवा भएको ब्रिगेड ब्वाइज क्लबसमेत दु:खी बनेको छ। 'हचुवाको भरमा आएको निर्णयलाई के भन्ने? एन्फाको नीति, काम गराइको प्रक्रिया र सोच नै अनौठो छ। सुपर सिक्कमा नरहेका क्लबलाई एन्फाले फुटबल नखेलाएर के खेलाउला अब?', फ्रेन्ड्सका अध्यक्ष रत्नशमसेर राणा भन्छन्।

भएका क्लब र खेलाडीलाई थाती राखेर केही जिल्लालाई समेटी होम एन्ड अवेका आधारमा राष्ट्रिय लिग गर्ने भन्ने निर्णय हल्का रूपमा गरिएको उनको दाबी छ। 'हामी त एउटा निजी क्लब भयौं, तर विभागीय टोली त्रिभुवन आर्मी क्लब पनि सुपर सिक्समा छैन। उसका बारेमा एन्फाले कस्तो सोच राखेको छ थाहा छैन', राणाले भने। राष्ट्रिय लिगबाट वञ्चित हुने क्लबहरू बसेर यस्ता विषयमा छिट्टै छलफल गर्ने जानकारी पनि राणाले दिए।

हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाले एन्फाको कार्यशैली नीति, विधान र प्रक्रिया विपरीत भएकाले आफूहरू विधि र विधान कार्यान्वयन गर्ने प्रक्रियाको लडाइँमा रहेको बताए। 'कहिले क्लबले चाहे भने 'ए' डिभिजन लिग हुने भन्ने सुनिन्छ। कहिले राष्ट्रिय लिग गर्ने भन्ने सुनिन्छ। एन्फाका हरेक निर्णय एकजना व्यक्तिको हठ र हचुवाको भरमा हुन्छ', उनले भने। एन्फाका उपाध्यक्ष समेत रहेका कर्माछिरिङ, अर्का उपाध्यक्ष विजयनारायण मानन्धर र किशोर राई तथा सदस्य पंकज नेम्वाङले एन्फाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बैठक बहिष्कार गर्दै आएका छन्।

सुपर लिगमा मनाङ मर्स्याङदी, मच्छिन्द्र, थ्रीस्टार, नेपाल पुलिस, संकटा र एपीएफ क्लब छन्। गत वर्ष हिमालयन शेर्पा सातौं, फ्रेन्ड्स आठौं, सिम्रिक सरस्वती नवौं, त्रिभुवन आर्मी १० औं र जाउलाखेल ११ औं स्थानमा थिए। ब्रिगेड ब्वाइज हालै सम्पन्न 'बी' डिभिजन लिग च्याम्पियन बन्दै 'ए' मा बढुवा भएको हो। आरसीटी र ब्वाइज युनियन रेलिगेसनमा परेका थिए। एन्फाले 'बी' र 'सी' डिभिजनलाई गाभेर 'बी' डिभिजन लिगमात्र गर्ने निर्णय पनि गरेको छ। फुटबल विकासको आधारशिलाको रूपमा लिइने लिगको संरचनामा वर्षेनि नयाँ प्रयोग गरिँदै आएको छ। एन्फाले पछिल्लो तीन वर्षमा मात्र तीन तरिकाले लिग सञ्चालन गरेको छ। २०६८ सालमा काठमाडौं, पोखरा र बुटवलमा राष्ट्रिय लिग सञ्चालन गरेको एन्फाले सोही वर्ष राष्ट्रिय लिग अफाप भएको घोषणा गरेको थियो।

यसैगरी २०६९ सालमा सुपर आठ टोलीलाई दोहोरो लिग खेलाएको एन्फाले २०७० सालमा पुन:६ टोलीलाई दोहोरो लिग खेलाएको थियो। 'ए' डिभिजन लिगका लागि मात्र एन्फा र क्लबको गरी झन्डै २० करोड रुपैयाँभन्दा बढी लगानी हुँदै आएको छ।

Thursday, May 30, 2013

अबिदलले बार्सिलोनाबाट बिदा लिए

अबिदलले बार्सिलोनाबाट बिदा लिए
१७  जेठ,
                   भेट्रान डिफेण्डर एरिक अबिदलले स्पेनिस क्याटलान बार्सिलोना छाड्ने भएका छन् । लिभर ट्रान्सप्लान्टपछि उनी हालै मात्र खेलमा फर्किएका थिए । बार्सिलोनाले सम्झौता नविकरण नगरेपछि ३३ वर्षीय फ्रान्सेली अबिदलले बार्सिलोना छाड्ने घोषणा गरेका हुन् ।

‘यो मेरोलाई निकै कठिन दिन हो’ उनले बार्सिलोनाले ट्वीटर पेजमा भनेका छन्-’मैले बार्सिलोनाबाट ६ वर्ष खेलेँ । मेरो जीन्दगीमा ठूलो अनुभव रहृयो ।’ क्लबको निर्णय आफूले बुझेको र स्वीकार गर्ने भन्दै उनले आफू र क्लबलाई समर्थन गर्ने समर्थकहरुलाई धन्यवाद दिएका छन् । बार्सिलोना आफ्नो दोस्रो परिवार भएको भन्दै अबिदलले आफूले क्लब छाडेपनि छिट्टै फर्कने बताए ।

उनी २००७ मा बार्सिलोना आवद्ध भएका हुन् । उनी बार्सिलोनामा रहँदै बार्सिलोनाले २ च्याम्पियन्स लिगसँगै ला लिगा र कोपा डेल रे कपको उपाधि समेत जितेकेा छ । क्लब छाड्दै गर्दा बार्सिलोनाले अबिदललाई एकेडेमीको टेक्निकल डाइरेक्टरको पद प्रस्ताव गरेको छ ।
एजेन्सी

Sunday, May 26, 2013

किन सचिन तेन्दुलकरले आईएपीलबाट सन्यास लिए

किन सचिन तेन्दुलकरले आईएपीलबाट सन्यास लिए
१३ जेठ,
               मुम्बई इण्डियन्स आईपीएलको नयाँ च्याम्पियन बनेसँगै सचिन तेन्दुलकरले आईपीएलबाट सन्यास लिएका छन् ।खेल सकिएलगतै उनले आईपीएल ७ मा मुम्बईका खेलाडीका रुपमा मैदानमा नउत्रने घोषणा गरेका हुन् । उनले भनेका छन्–यो मेरो अन्तिम आईपीएल थियो । मलाई लाग्छ, आईपीएलबाट विदा लिन यो सही समय हो । यो भन्दा राम्रो समापन हुन सक्दैन ।’ हातमा लागेको चोटका कारण सचिन चेन्नई सुपर किङ्ग्सविरुद्धको फाइनलसहितका ३ खेल खेलेनन् । सचिनले सन्यासको घोषणा गर्दा मैदानमा उनकी श्रीमती डाक्टर अन्जली, छोरा अर्जुन र छोरी सारा मैदानमा थिइन् ।
         गत डिसेम्बरमा एक दिवसीय क्रिकेटबाट सन्यास लिएका सचिनले यो पटक आईपीएलमा अपेक्षित प्रदर्शन भने गर्न पाएनन् । उनले १४ खेलमा २२.०७ को औसतमा २ सय ८७ रन बनाए, जहाँ उनको उच्च रन ५४ थियो । २००८ मा आईपीएल सुरु भएदेखि नै सचिन मुम्बई इण्डियन्सबाट खेल्दै आएका छन् । उनले कुल ७८ खेलमा २ हजार ३ सय ३४ रन बनाएका छन्, जसमा एक शतक र १३ अर्धशतक छ ।
एजेन्सी 

Saturday, May 25, 2013

नेयमार कुन क्लब जान लागे त ?

 बार्सिलोना जाने पक्का
Neymar१२ जेठ,
         ब्राजिलियन विंगर नेयमार बार्सिलोना जाने भएका छन् । बार्सिलोनाले आफ्नो ट्वीटरमा नेयमारसँग ५ वर्षे सम्झौता भएको घोषणा गरेको हो । नेयमारले पनि आफ्नो इस्ट्राग्राम पेजमा आफू सोमबारबाट बार्सिलोनामा अवद्ध हुने बताएका छन् ।
        स्पेनिस क्याटलान बार्सिलोनाले २० मिलियन पाउण्डमा नेयमारलाई भित्र्याएको अनुमान गरिएको छ । बार्सिलोनाको चिरप्रतिद्वन्द्वी रियल मड्रिडले नेयमारलाई भित्र्याउने इच्छा देखाएको थियो । तर, नेयमार स्वयंम बार्सिलोनाप्रति आकर्षित थिए ।
        अहिलेसम्म ब्राजिल बाहिर नखेलेका नेयमारले अहिलेसम्म सरप्राइजमै छन् । अब उनले अर्जेन्टिनी स्टार लिओनल मेस्सीसँग कसरी तालमेल गर्दै खेल्नेछन् हेर्न भने बाँकी छ । ब्राजिलियन क्लब सान्तोषबाट खेल्दै आएका नेयमारले २२९ खेलमा १ सय ३८ गोल गरेका छन् ।
एजेन्सी 

Wednesday, May 22, 2013

पुरस्कार करिब २१ लाख पुरस्कार

football पुरस्कार करिब २१ लाख पुरस्कार
८ जेष्ठ ,
                 ब्रिटिश गोर्खा कपको रूपमा तीन संस्करण आयोजनापछि नयाँ नाम दिइएको 'गोर्खा कप'मा १९ लाख ५० हजार रुपैयाँ र एक मोटरसाइकल पुरस्कार दिइने भएको छ । गत वर्षको पुरस्कार पनि उति नै थियो । राजधानीका 'ए' डिभिजनका १३, 'बी' डिभिजनका १ र मोफसलका दुई क्लबले बिहीबारदेखि प्रतिस्पर्धा गर्ने गोर्खा कपको च्याम्पियनले १० लाख पाउनेछन् । उपविजेताको भागमा ५ लाख हुनेछ । सेमिफाइनलमा रोकिने दुई क्लबले १-१ लाख पाउने आयोजक अखिल नेपाल फुटबल संघ -एन्फा) का महासचिव धीरेन्द्र प्रधानले बताए । लिग कम नकआउटको आधारमा असार १ गतेसम्म हुने प्रतियोगिताको उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई ५०-५० हजार दिइनेछ ।
                  प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई एक मोटरसाइकल दिने प्रधानले बताए । कुल ५४ लाख खर्च हुने प्रतियोगिताका निम्ति मुख्य प्रायोजक गोर्खा ग्रुपले २० लाख उपलब्ध गराएको छ । सहभागि सबै क्लबलाई ५०-५० हजार रुपैयाँ तयारी खर्च एन्फाले दिनेछ । मोफसलको 'ए' डिभिजन च्याम्पियन मुनाल (झापा), 'बी' डिभिजन विजेता देशभक्त युवा क्लब (नवलपरासी) लाई काठमाडौं आवतजावत र खाने-बस्ने -दैनिक ६ सय) खर्च उपलब्ध गराउने बताइएको छ । अघिल्ला तीन संस्करणमा राजधानीका 'ए' डिभिजन क्लबले मात्र प्रतिस्पर्धा गर्दै आएका थिए । राजधानीका 'बी' डिभिजन र मोफसलका क्लबले पहिलोपल्ट गोर्खा कप खेल्न लागेका हुन । 
             राजधानीको 'ए' डिभिजनका १४ क्लबमध्ये एनआरटी मात्र गोर्खा कप खेल्ने छैन । उसले वैशाख दोस्रो साता नै फुटबल केही वर्ष नखेल्ने घोषणा गरेको छ ।  डिफेन्डिङ च्याम्पियन पुलिसले बिहीबार हुने उद्घाटन खेलमा मोफसलको 'ए' डिभिजन च्याम्पियन मुनालविरुद्ध खेल्नेछ । त्यही दिन सरस्वती र मछिन्द्र पनि भिड्नेछन् । चार समूहका शीर्ष दुई क्लबले नकआउट चरणमा प्रवेश पाउनेछन् । 

Tuesday, May 21, 2013

बार्सिलोनाको अर्को कीर्तिमान

barcelonaबार्सिलोनाको अर्को  कीर्तिमान
 ८ जेष्ठ,
       वर्षाले प्रभावित खेलमा भालाडोलिडमाथि २-१ को जित रच्दै आइतबार बार्सिलोनाले स्पेनी ला लिगाको ट्रफी २२ औंपल्ट हात पारेको छ । उनान्सय हजार तीन सय चौवन्न दर्शक क्षमताको घरेलु मैदान नुक्याम्पमा सिजनकै सबैभन्दा कम ५६ हजार ५५ दर्शक उपस्थित खेलमा हात पारेको जितसँगै बार्सिलोनाले चिरपरिचित प्रतिद्वन्द्वी रियल म्याडि्रडको १ सय अंकको कीर्तिमान पछ्याउने क्रम यथावत् राख्यो । दुई खेल बाँकी छँदा उसले ९४ अंक जोडेको छ ।
                   पेड्रो रोडि्रग्वेजको गोलसँगै अग्रता लिएको बार्सिलोनाले भालाडोलिडका मार्क भालिएन्टले आत्मघाती गोल गरेपछि जित हात पार्दै तीन अंक थपेको हो । खेल सकिन एक मिनेटअघि भिक्टर पेरेजले पेनाल्टीमा गोल गरे पनि त्यसले भालाडोलिडको हार टार्न सकेन । खेलपछि बार्सिलोनाका कप्तान कार्लेस पुयोल, कलेजो प्रत्यारोपण गरेका खेलाडी एरिक अबिदल र क्यान्सरको उपचारमा थुप्रै खेल गुमाएका प्रशिक्षक टिटो भिलानोभाले ट्रफी लिएका थिए ।'यो सिजन निकै कठिन रह्यो । तैपनि लिग जित्यौं । त्योभन्दा राम्रो अबिदल र टिटो हाम्रो साथमा छन्,' कप्तान पुयोलले भने । अर्को खेलमा डेपोर्टिभोले इस्पनयोललाई २-० ले पन्छाउँदै रेलिगेसन क्षेत्र छाड्यो । एथलेटिक बिल्बाओसँग २-१ ले हारेपछि रियल जारागोजालाई घटुवा हुने डर बढेको छ । रायो भ्यालेकानोले लेभान्टेको चुनौती ३-२ ले समाप्त पार्‍यो ।

इटाली
           रोम- फिलिप मेक्सेसले अन्त्यतिर गोल गरेपछि एसी मिलानले सिरी 'ए' मा सिएनालाई २-१ ले हराएर युरोपेली च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ । उसले एक गोलले पछि परेको स्थिति उल्टाएर जित हात पारेको हो ।सिएनाका क्लाउडियो टेर्जीले २५ औं मिनेटमा गोल गरेपछि मिलान चौथो स्थानमा रहने सम्भावना बढेको थियो । मारियो बालोटेलीले ८४ औं मिनेटमा पेनाल्टी गोल गर्दै खेल १-१ मा पुर्‍याए ।त्यसको तीन मिनेटपछि मेक्सेसले निणर्ायक गोल गरेपछि मिलानले ७२ अंकसहित तेस्रोमा रहँदै च्याम्पियन्स लिग छनोटको ढोका खोल्यो ।
          मिलानभन्दा दुई अंक पछि परेपछि च्याम्पियन्स लिग प्रवेश गर्न असफल फियोरेन्टिनाले एडेम जाजिकको ह्याटि्रक सहयोगमा पेस्कारालाई ५-१ ले हरायो । उडिनेजीले इन्टरमिलानलाई ५-२ ले पन्छायो । चौथोमा रहेको फियोरेन्टिना र पाँचांै भएको उडिनेजीले युरोपा लिग खेल्नेछन् ।(एएफपी),

किन माउरिन्होले रियल मड्रिड छाड्ने

Jose-Mourinhoकिन माउरिन्होले रियल मड्रिड छाड्ने
 ७ जेठ,
              स्पेनिस जाइन्ट रियल मड्रिडले प्रशिक्षक जोजे माउरिन्होले यो सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरेको छ । सम्झौता भन्दा २ वर्ष अघि नै रियल छाड्न लागेका ५० वर्षीय स्पेसल वान माउरिन्हो इङ्ग्लिस क्लब चेल्सी फर्कने बताइएको छ । रियलले भने चेल्सीले बर्खास्त गरेपछि फ्रान्सको पेरिस सेन्ट जर्मनलाई १९ वर्षपछि लिग १ को उपाधि दिलाएका कार्लो एन्सेलोटीलाई भित्र्याउन पहल गरिरहेको छ ।रियल मड्रिडका प्रमुख फ्लोरेन्टिनो पेरेसले माउरिन्होलाई बर्खास्त गर्न लागेको नभई आपसी सहमतिलाई नै क्लब छाड्न लागेको बताएका छन् । रियल मड्रिडले ला लिगामा २ खेल खेल्न बाँकी छ । अन्तिम खेल जुन १ मा आसासुनाविरुद्ध छ ।
          ३ वर्ष रियल मड्रिडको प्रशिक्षक रहेको माउरिन्हाले २ उपाधि दिलाए । २०११ मा कोपा डेल रे जिताएका उनले २०१२ मा बार्सिलोनाबाट ला लिगाको उपाधि खोसे । तर, यो सिजन उनका लागि खराब रह्यो । ला लिगा बार्सिलोनालाई सुम्पिएको रियल मड्रिड कोपा डेल रेको फाइनलमा घरेलु प्रतिद्वन्द्वी एथ्लेटिको मड्रिडसँग स्तभ्द भयो । जर्मन साइड बोरुसिया डर्टमुण्डसँग हारेपछि च्याम्पियन्स लिगको सेमिफाइनलबाटै बाहिरियो ।
               ५ देशको क्लबलाई राष्ट्रिय लिग जितेका माउरिन्होले इङ्ग्ल्याण्डमा आफूलाई माया गर्नेहरु भएको बताउँछन् । स्पेनमा भने उनको समर्थकसँगै आलोचकको संख्या पनि उत्तिकै छ । विरोधीहरुले माउरिन्होमाथि स्पेनको फुटबललाई कुरुप बनाएको आरोप लगाउने गरेका छन् ।

Monday, May 20, 2013

एएफसीद्वारा एन्फालाई ६ हजार डलर जरिवाना

एएफसीद्वारा एन्फालाई ६ हजार डलर जरिवाना
६ जेठ,
           एशियाली फुटबल महासंघ एएफसीले अखिल नेपाल फुटबल महासंघलाई ६ हजार डलर जरिवाना गरेको छ । एएफसी च्यालेन्ज कप छनोट फुटबलमा क्रममा बंगलादेशविरुद्धको खेलमा सुरक्षा कमजोरी भएको भन्दै एएफसीको अनुशासन कमिटीले जरिवाना तिराउने निर्णय गरेको हो ।
                अनुशासन आचार संहिचाको अनुच्छेद ६७ को १ र ३ उल्लंघन भएको कमिटीको ठहर छ । एएफसीले ३० दिनभित्र जरिवाना रकम बुझाउन भनेको छ भने भविश्यमा सुरक्षा कमजोरी नदोहोर्‍याउन समेत एन्फालाई सचेत गराएको छ । दशरथ रंगशालामा भएको खेलका क्रममा नेपाली समर्थकले विपक्षी खेलाडीलाई लक्षित गरी मोबाइल हानेका थिए । खेलमा नेपाल २-० ले पराजित भएको थियो ।
onlinekhabar

Saturday, May 18, 2013

माउरिन्हो र रोनाल्डो आउट, एथ्लेटिको मड्रिडलाई उपाधि

Atletico Madridमाउरिन्हो र रोनाल्डो आउट, एथ्लेटिको मड्रिडलाई उपाधि
 
४ जेठ,
             स्पेनिस कोपा डेल रे कप फुटबलको उपाधि एथ्लेटिको मड्रिडले जितेको छ । शुक्रबार राति भएको मड्रिड डर्बी भिडन्तमा रियल मड्रिडलाई २–१ गोलले पराजित गर्दै एथ्लेटिको मड्रिडले कोपा डेल रे को १० औं उपाधि उचालेको हो । घरेलु मैदान सान्टिएगोमा भएको खेलमा अग्रता भने रियल मड्रिडले लिएको थियो । १४ औं मिनेटमा ओजिलको कर्नरमा हेड गोल गर्दै क्रिष्टियानो रोनाल्डोले रियललाई अग्रता दिलाए । ३५ औं मिनेटमा फल्कोओले पासमा डिइगो कास्टोले बराबरी गोल फर्काए ।
                  तनावपूर्ण खेलमा रेफ्रीसँग विवाद गरेपछि रियल मड्रिडका प्रशिक्षक जोजे माउरिन्होलाई रेफ्रीले बेन्चमा पठाइदिए । निर्धारित समयको खेलमा थप गोल हुन सकेन र खेल अतिरिक्त समयमा धकेलियो । ९८ औं मिनेटमा मिरान्डाले गोल गर्दै एथ्लेटिको मड्रिडलाई २–१ को अग्रता दिलाए । खेलको १ सय १५ औं मिनेटमा रोनाल्डो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा सिमित भयो । त्यसपछि थप दबावमा आएको रियलले गोल फर्काउन सकेन र एथ्लेटिको मड्रिडलाई २–१ ले उपाधि सुम्पियो । खेलको अन्तिम मिनेटमा गाविले रातो कार्ड आएपछि एथ्लेटिको पनि १० खेलाडीमा सिमित भएको थियो ।
एजेन्सी 

Thursday, May 16, 2013

डेभिड बेकहृयामले फुटबलबाट सन्यास लिने

डेभिड बेकहृयामले फुटबलबाट सन्यास लिने
२ जेठ,
 इङ्ग्ल्याण्डका पूर्व कप्तान डेभिड बेकहृयामले फुटबलबाट सन्यास लिने भएका छन् । उनले यो सिजनको अन्त्यबाट फुटबलबाट सन्यास लिने भएका हुन् । ३८ वर्षीय बेकहृयामले गत जनवरीमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनसँग ५ महिने सम्झौता गरेका थिए, जहाँबाट आएको रकम उृनले च्यारिटीमा खर्च गर्ने छन् । उनले भनेका छन्-’मलाई खेललाई निरन्तरता दिने मौका दिएकोमा पेरिस सेन्ट जर्मेनप्रति आभारी छु । तर, मलाई लाग्छ सन्यासका लागि यो नै उपयुक्त मौका हो ।’
             बेकहृयामले इङ्ग्ल्याण्डका लागि १ सय १५ खेल खेलेका छन् । उनले म्यानचेष्टर युनाइटेडका लागि ३ सय ९४ खेल खेले, त्यसक्रममा युनाइटेडले ६ पटक प्रमियर लिग र एक पटक च्याम्पियन्स लिग जितेको थियो । पेरिस सेन्ट जर्मेनले हालै जितको लिग १ को उपाधीसँगै बेकहृयामको ट्रफी १९ पुगेको छ । उनी ४ देशको लिग जित्ने एक मात्र बेलायती खेलाडी हुन् । म्यानचेष्टर युनाइटेडबाट २००३ मा रियल मडि्रड गए, भने रियलले २००७ मा ला लिगा जित्यो । त्यसपछि उनी एलए ग्यालेक्सी गए, जसले उनी रहँदा लिग उपाधि जितेको थियो ।

Wednesday, May 15, 2013

आईपीएलमा नयाँ रेकर्ड


१ जेठ,
                   इण्डियन पि्रमियर लिग क्रिकेट आईपीएलमा बुधबार नयाँ रेकर्ड बनेको छ । कोलकत्ता नाइट राइडर्सका यूसुफ पठानको नाममा बनेको यो रेकर्डमा उनी गर्व गर्न सक्दैनन । बरू भुल्न चाहन्छन् ।आईपीएलमा पहिलो पटक कुनै पनि खेलाडी फिल्डरलाई अवरोध गर्ने प्रयास गरेकोमा (अब्स्ट्रक्टिङ द फिल्ड) आउट भएका छन् । पुणे वारियर्सविरुद्धको खेलमा रन लिने प्रयासमा यूसुफले बललाई गोडाले हाने, जतिबेला फिल्डर बल नियन्त्रणको प्रयासमा थिए ।
                  एम्पायरले थर्ड एम्पायरको सल्लाहमा यूसुफलाई आउट दिएका हुन् । खेलमा कोलकत्ता पुणेसँग ७ रनले पराजित भएको छ । जसमा यूसुफको विकेट महत्वपूर्ण रहृयो । उनले ४४ बलमा ७२ रन बनाएका थिए ।अन्तराष्ट्रिय क्रिकेटमा पटक पटक अब्स्ट्रक्टिङ द फिल्डमा आउट दिने गरिन्छ । टेष्ट क्रिेकटमा लेन हटन अब्स्ट्रक्टिङ द फिल्डमा आउट हुने एक मात्र खेलाडी हुन् । सन् १९५१ मा अ दक्षिणअफि्रकाविरुद्धको टेष्ट म्याचका दौरान यस्तो भएको थियो । एकदिवसीयमा चार खेलाडी यसको शिकार भएका छन्, जसमा ३ पाकिस्तनी र एक भारतीय छन् ।
onlinekhbar

अन्तराष्ट्रिय फुटबलबाट रिओ फर्डिनान्डको सन्यास

Rio-Ferdinandअन्तराष्ट्रिय फुटबलबाट रिओ फर्डिनान्डको सन्यास
१ जेठ,
               इङ्ग्ल्याण्डका डिफेण्डर तथा पूर्व कप्तान रिओ फर्डिनान्डले अन्तराष्ट्रिय फुटबलबाट सन्यास दिएका छन् । म्यानचेष्टर युनाइटेडबाट व्यवसायिक फुटबल खेल्दै आएका ३४ वर्षीय फर्डिनान्डले इङ्गल्याण्डका लागि ८१ क्याप जितेका छन् । जसमा उनले ३ गोल समेत गरेका छन् ।अन्तराष्ट्रिय फुटबलबाट सन्यासका लागि यो सही समय भएको उनले बताएका छन् । उनले भने-’अन्तराष्ट्रिय फुटबलबाट सन्यासका लागि यो सही समय हो भन्ने मलाई लाग्छ । टिम अहिले निकै राम्रो भएको छ र युुवा खेलाडीहरु पनि छन् । राम्रा खेलाडीहरु आएका छन् ।’सन् १९९७ मा क्यमरुनविरुद्ध इङ्ग्ल्याण्डका लागि डेब्यू गरेका उनले सन् १९९८, २००२ र २००६ मा गरी तीन वटा विश्पकप खेलेका छन् । 
          २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा भने उनी चोटका कारण इङ्ग्रल्याण्डको टोलीमा परेनन् ।वेष्टहृयामबाट क्लब फुटबल सुरु गरेका फर्डिनान्ड २००२ देखि म्यानचेष्टर युनाइटेडमा रहेका छन् । स्वान्सीविरुद्ध युनाइटेडलाई जित दिलाउने क्रममा उनले ५ वर्षपछि बुधबार युनाइटेडका लागि गोल गरेका थिए ।
एजेन्सी  

Monday, May 13, 2013

सागर थापा अब मनाङमा मर्स्याङदी क्लवमा

सागर थापा अब मनाङमा मर्स्याङदी क्लवमा 
बैशाख २९,
          नेपाली राष्ट्रिय फुटवल टोलीका कप्तान सागर थापा नयाँ सिजनका लागि मनाङ मर्स्याङदी क्लवमा आवद्ध भएका छन् ।मनाङले राष्ट्रिय टोलीका कप्तान थापासँगै हिमालयन शेर्पा, मछिन्द्र, सरस्वतीलगायतका क्लबका खेलाडीलाई भित्र्याएको छ ।गत सिजनमा उत्कृष्ट प्रर्दशन गरेका सरस्वतीका स्ट्राईकर योना ईलियास, हिमालयन शेर्पाका मिडफिल्डर रुपेश केसी तथा मछिन्द्रका दीपक राई, विशाल राई बीलगायतलाई मनाङले भित्र्याएको छ ।मनाङ गत सिजनमा सहिद स्मारक ए डिभिजन लिगमा दोश्रो भएको थियो ।
९ गतेदेखि गोर्खा कप फुटबल
नयाँ सिजन सुरु हुनै लाग्दा ए डिभिजन क्लबहरुले नयाँ खेलडी टिममा भित्र्याउने क्रम जारी छ ।नयाँ सिजनको पहिलो नकआउट गोर्खा कप फुटवल प्रतियोगिता जेठ ९ गतेदेखि शुरु हुँदैछ । १० लाख रुपैया पुरस्कार राशिको प्रतियोगितामा १४ वटा ए डिभिजनले भाग लिनेछन् । प्रतियोगिताका लागि क्लबले तयारी शुरु गरेका छन् ।

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light