Saturday, May 18, 2013

माउरिन्हो र रोनाल्डो आउट, एथ्लेटिको मड्रिडलाई उपाधि

Atletico Madridमाउरिन्हो र रोनाल्डो आउट, एथ्लेटिको मड्रिडलाई उपाधि
 
४ जेठ,
             स्पेनिस कोपा डेल रे कप फुटबलको उपाधि एथ्लेटिको मड्रिडले जितेको छ । शुक्रबार राति भएको मड्रिड डर्बी भिडन्तमा रियल मड्रिडलाई २–१ गोलले पराजित गर्दै एथ्लेटिको मड्रिडले कोपा डेल रे को १० औं उपाधि उचालेको हो । घरेलु मैदान सान्टिएगोमा भएको खेलमा अग्रता भने रियल मड्रिडले लिएको थियो । १४ औं मिनेटमा ओजिलको कर्नरमा हेड गोल गर्दै क्रिष्टियानो रोनाल्डोले रियललाई अग्रता दिलाए । ३५ औं मिनेटमा फल्कोओले पासमा डिइगो कास्टोले बराबरी गोल फर्काए ।
                  तनावपूर्ण खेलमा रेफ्रीसँग विवाद गरेपछि रियल मड्रिडका प्रशिक्षक जोजे माउरिन्होलाई रेफ्रीले बेन्चमा पठाइदिए । निर्धारित समयको खेलमा थप गोल हुन सकेन र खेल अतिरिक्त समयमा धकेलियो । ९८ औं मिनेटमा मिरान्डाले गोल गर्दै एथ्लेटिको मड्रिडलाई २–१ को अग्रता दिलाए । खेलको १ सय १५ औं मिनेटमा रोनाल्डो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा सिमित भयो । त्यसपछि थप दबावमा आएको रियलले गोल फर्काउन सकेन र एथ्लेटिको मड्रिडलाई २–१ ले उपाधि सुम्पियो । खेलको अन्तिम मिनेटमा गाविले रातो कार्ड आएपछि एथ्लेटिको पनि १० खेलाडीमा सिमित भएको थियो ।
एजेन्सी 

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light