From our Blog

Showing posts with label Technology. Show all posts
Showing posts with label Technology. Show all posts

Saturday, August 9, 2014

अब चुरोटको ठुटा बाट मोबाइल र कम्प्युटर चल्ने



दक्षिण कोरियाली वैज्ञानिकहरुले मानिसले तानेर फ्याँकेका चुरोटका ठुट्टालाई उच्च क्षमतायुक्त पदार्थमा बदलेका छन् जसलाई कम्प्युटर, हाते ग्याजेट, विद्युतिय गाडी तथा वायु टर्वाइनमा उर्जा संचयका लागि प्रयोग गर्न सकिन्छ ।

वैज्ञानिकहरुले यो पदार्थको उच्च क्षमता भएको तथ्यलाई प्रायोगिक रुपमै प्रमाणित गर्दै चुरोटका फ्याँकिएका ठुटाबाट बनाइने यो पदार्थ विद्युतिय संसाधनमा उर्जा संचयका लागि प्रयोग गरिँदै आएको कार्वन, ग्राफिन तथा कार्वन नानोट्युब भन्दा बढि क्षमतायुक्त भएको दाबी गरेका छन् ।

यो पदार्थलाई सुपर क्यापासिटरको इलेक्ट्रोडमा लेपन गर्नमा प्रयोग गर्न सकिने सम्भावना छ । सुपर क्यापासिटर यस्तो विद्युत रसायिनक वस्तु हो जसले निकै ठूलो परिमाणमा विद्युत उर्जा संचय गर्न सक्छ । चुरोटका ठुटालाई यस्तो महत्वपूर्ण काममा प्रयोग गर्न सकिने भएपनि अब चुरोटका फ्याँकिएका ठुटा तथा फिल्टरका कारण हुने वातावरणीय समस्याको समेत समाधान हुने आशा पलाएको छ ।

एक तथ्यांक अनुसार विश्वमा ७ लाख ६६ हजार ५ सय ७१ मेटि्रक टन अर्थत् ५.६ टि्रलियन चुरोटका ठुट्टा वर्षेनी फ्याँकिने गरेका छन् ।वैज्ञानिकहरुले चुरोटका ठुटामा रहने फिल्टरमा हुने सेलुलोज एसिटेट फाइबरलाई कार्वनमा आधारित पदार्थमा परिणत गर्न सकिने तथ्यलाई पुष्टि गरेका छन् । ठुटालाई पाइरोलाइसिस नामक सामान्य प्रकारको जलन प्रक्रियाबाटै यस्तो रुपमा बदल्न सकिन्छ ।

यसरी जलाइसकेपछि चुरोटको ठुटा कार्वन पदार्थमा बदलिन्छ जसमा स-साना छिद्र हुन्छन् जसले ठूलो परिमाणमा विद्युतिय उर्जा संचय गर्न सक्ने सुपर क्यापासिटिभ पदार्थको काम गर्न सक्छ ।शोधकर्ता प्राध्यापक जोंघेओप यी ले पछिल्लो अनुसन्धानले उर्जाको बढ्दो माग पूर्ति गर्ने हरित समाधान प्रस्तुत गरेको दाबी गरे । चुरोटमा प्रयोग गर्ने फिल्टर विषाक्त तथा नसड्ने खालको हुने भएकाले यसले विभिन्न खाले वातावरणीय तथा स्वास्थ्य सम्बन्धि जोखिम ल्याउने विज्ञहरुको भनाइ छ । त्यसैले विश्वका धेरै देशले चुरोटका ठुटा फाल्नमा कडाइ गर्दै आएका छन् ।
-रासस

Saturday, May 10, 2014

मोबाइल एप्स

एन्ड्रोयड मोबाईल प्रयोगकर्ता हरुलाइ खुसिको खबर,
तलको बक्समा क्लिक गर्नूहोस र त्याहा खुलेको मोबाइल
एप्सहरु मध्य आफुलाइ चाहीएको  एप्स डाउनलोड गर्न
सक्नु हुनेछ!

Wednesday, April 30, 2014

अब स्काइपमा निसुल्क ग्रुप कलिङ


स्काईपले ग्रुप भिडियो कन्फ्रेन्सलाई निःशुल्क बनाएको छ । सन् २०१०मा यो फिचर सार्वजनिक भएयता स्काईपले ग्रुप कलिङलाई प्रिमियम सेवाका रुपमा पैसा तिर्ने ग्राहकलाई मात्र उपलब्ध
गराउँदै आएको थियो । तर, गुगल ह्याङआउट्स लगायतले निःशुल्क ग्रुप कलिङ सुबिधा दिएपछि स्काइपमाथि उपभोक्ता दबाब पर्दै आएको थियो ।

फलस्वरुप स्काईपले तत्कालका लागि म्याक विन्डोज र एक्सबक्स सेवा प्रयोगकर्ताका लागि यो सेवा निशुल्कबनाउनु परेको प्रबिधि पोर्टल टेक क्रन्चले जनाएको छ। स्काइपले छिटै सवै खाले प्रयोगकर्तालाई यो सेवा निशुल्क उपलब्ध गराउने बताएको छ । गुगल ले  ह्यङआउट सेवामार्फत् निःशुल्क ग्रुप कलिसुबिधा दिएपछि ह्याङआउट लोकप्रिय हुँदै गएको छ।

Thursday, May 30, 2013

सस्तो मूल्यका आइफोन आउने

सस्तो मूल्यका आइफोन आउने
iphone-5
एप्पलको आइफोन बोक्ने रहर कसलाई पो नहोला र ? तर के गर्नु यसको चर्को मूल्यका कारण धेरैले चाहेर पनि यो बोक्न सकिरहेका छैनन् । एप्पल विश्वको सबैभन्दा मूल्यवान कम्पनी भएझैँ यसका उत्पादनहरु पनि उत्तिकै महंगा छन् ।
त्यसैले मध्यम तथा निम्नवर्गीय उपभोक्ताका लागि एप्पलका आइफोन, आइप्याड जस्ता उत्पादनहरु आकाशको फलजस्तै भैरहेका छन् । यहीँ गुनासोलाई सम्बोधन गर्नका लागि एप्पलले सस्तो मूल्यका आइफोन उत्पादन गर्ने भएको छ ।

यसका लागि एप्पलले आइफोन निर्माणका लागि फक्सकोन कम्पनीसँगको एकल करारलाई अन्त्य गर्दै पेगाट्रोन कम्पनीलाई समेत आइफोन निर्माणको जिम्मा दिने योजना बनाएको छ । पेगाट्रोनले सस्तो मूल्यका आइफोन बनाउनेछ । अहिलेसम्म ताइबानको कम्पनी फक्सकोनले सबैजसो आइफोन तथा आइप्याड उत्पादन गर्दै आएको छ । तर एप्पलका प्रमुख टिम कुकले एप्पलका ग्याजेटको

आपूर्ति श्रृंखलालाई विविधिकरण गर्न चाहेको बताइएको छ ।

स्मरण रहोस् ताइपेइमा मुख्यालय रहेको पेगाट्रोनले सन् २०११ मा केही मात्रामा आइफोन निर्माण गरेको थियो भने गएको वर्ष आइप्याड मिनीको उत्पादन सुरु गरेको थियो । एकल आपूर्तिकर्ताको विकल्प खोज्न तथा पेगाट्रोनले समेल कम नाफामा आइफोन उत्पादन गर्न राजी भएका कारण एप्पलले अब उल्लेखनीय मात्रामा आइफोनको निर्माणको जिम्मा पेगाट्रोनलाई दिने योजना बनाएको  समाचारमा उल्लेख छ ।

पेगाट्रोनले कम लागत तथा कम नाफा लिएर आइफोन निर्माण गरेसँगै बजारमा आउने आइफोनको मूल्य स्वतः कम हुनेछ र उपभोक्ताले अहिलेको भन्दा सस्तो मूल्यमा आइफोन पाउनेछन् । यद्यपि कहिलेदेखि उपभोक्ताको हातमा सस्तो मूल्यका आइफोन पर्छन् ? त्यो भने खुलाइएको छैन ।

Wednesday, May 29, 2013

फेसबुक र टि्वटर डिभोर्सका सहयोगी

फेसबुक र टि्वटर डिभोर्सका सहयोगी
facebook-twitter

                     सामाजिक संजालका स्टाटस तथा सन्देशहरु सम्बन्ध विच्छेदका लागि सहयोगी सावित हुने पछिल्लो अध्ययनले देखाएको छ । अदालतमा चलिरहेको सम्बन्ध विच्छेद मुद्दामा सोसल साइटका यस्ता सन्देस तथा स्टाटसहरु प्रमाणको रुपमा पेश हुनसक्ने र त्यसले सम्बन्ध विच्छेद गर्न चाहने पक्षको दाबी पूराउनमा सहयोग गर्ने बताइएको छ ।

                  यद्यपि सामाजिक संजालका विषयलाई सम्बन्ध विच्छेदको अदालती प्रक्रियामा प्रमाणको रुपमा लिने चलन अहिलेसम्म हाम्रो देशमा प्रचलनमा आइसकेको छैन तथापि पश्चिमा देशहरुमा टि्वटर र फेसबुक तथा सामाजिक संजालमा पक्ष विपक्षले राख्ने स्टाटस तथा पठाउने सन्देश मुद्दाका सिलसिलामा प्रमाणको रुपमा पेश हुने गरेका छन् । भारतमा समेत पछिल्लो सूचना प्रविधि ऐनले फेसबुक र टि्वटरका सामाग्रीलाई समेत अदालती प्रक्रियामा द्धितियक प्रमाणका रुपमा लिन सकिने व्यवस्था गरिसकेको छ ।सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा हालेका श्रीमान वा श्रीमतीले मुद्दामा आफ्नो प्रमाण पूराउनका लागि विपक्षीले फेसबुक वा टि्वटरमा वैवाहिक जिवन, सम्बन्धका बारेमा गरेको टिप्पणी, आफुलाई पठाएका विभिन्न खाले नकारात्मक सन्देशलाई प्रमाणको रुपमा पेश गर्न सक्छन् ।

                   सम्बन्ध विच्छेदको मुद्दा परिसकेको अवस्थामा मात्र होइन कतिपय परिस्थितिमै असल वैवाहिक सम्बन्धलाई बिगार्नमा समेत टि्वटर तथा फेसबुकजस्ता सामाजिक संजाल कारक तत्व बन्ने गरेको पाइएको छ । खासगरी सामाजिक संजालमा पोष्ट हुने विभिन्न खाले तस्वीर, त्यसमा हुने टिप्पणी तथा विभिन्न खाले खुलासाहरुले गर्दा सम्बन्धमा दरार उत्पन्न हुने गरेको छ ।

Tuesday, May 28, 2013

कुनै पनि कम्प्युटरमा स्पाइवेयर छ कि छैन भन्ने कुरा कसरी थाहा पाउने ?

कुनै पनि कम्प्युटरमा स्पाइवेयर छ कि छैन भन्ने कुरा कसरी थाहा पाउने ? स्पाइवेयरका लक्षणहरू के-के हुन् ?
cyber१४जेष्ठ,
कुनै पनि कम्प्युटरमा स्पाइवेयर छ कि छैन भनेर थाहा पाउने थुप्रै तरिका छन्। 
तीमध्ये मुख्य यसप्रकार छन् :
१. यदि आफ्नो इन्टरनेट ब्राउजर अथवा ब्राउजरमा हुने सर्च टुल बार पहिलेभन्दा फरक भेटिए स्पाइवेयर भएको बुझ्न सकिन्छ। यस्तो परिस्थितिमा आफ्नो ब्राउजरमा कहिल्यै नदेखिएका टुलबार र बटनहरू देखिन्छन् जुन आफूले कहिल्यै इन्स्टल गरिएको थिएन।
२. त्यसैगरी कुनै प्रोग्राम डिलिट गर्न खोज्दा पूर्णरुपले डिलट नहुने वा कुनै सफ्टवेयर अनइन्स्टल गर्न खोज्दा पूर्णरूपले अनइन्स्टल हुन नदिने हुन्छ।
३. ब्राउजरमा भएको एड्रेस बारबाट कुनै जानकारी खोज्दा अनावश्यक वा त्यससँग सम्बन्धित पेजहरू नखुल्ने हुन्छ।
४. आफूले निर्धारण गरिएको होमपेज परिवर्तन भएको खण्डमा पनि कम्प्युटरमा स्पाइवेयर रहेको बुझ्न सकिन्छ। त्यति मात्र होइन, जतिपटक आफ्नो होमपेज राखे पनि अर्कोपटक खोल्दा त्यो परिवर्तन भैसकेको हुन्छ।
५. आफ्नो कम्प्युटर इन्टरनेटमा कनेक्ट नहुँदा पनि वा आफू अनलाइन नहुँदा पनि एयउ ग्उ ध्ष्लमयधक हरू आइरहेको खण्डमा स्पाइवेयर रहेको बुझ्न सकिन्छ।
६. विभिन्न प्रकारका सफ्टवेयर, प्रोग्राम वा गेम चलाइरहँदा विभिन्न इरर म्यासेजहरू आइरहेको हुनसक्छ।
७. स्टार्ट मेनुमा वा त्यसका सब मेनुहरूमा आफूले नराखेको वा नदेखेको स्टिहरू देखा परेको खण्डमा तिनलाई हटाइयो भने पनि त्यो फेरि त्यही ठाउँमा देखापर्छ।
८. डायल-अप मोडेम प्रयोग गर्दा इन्टरनेटमा कनेक्ट नहुँदा पनि इन्टरनेट कनेक्सनको आइकन फ्ल्यास भैरहेको हुनसक्छ।

यी बाहेक अन्य थुप्रै कारणहरू छन् जसले गर्दा कम्प्युटरमा स्पाइवेयर रहेको बुझ्न सकिन्छ। यदि कुनै पनि बेला स्पाइवेयर रहेको शंका लागे ब्लतष्-क्उथधबचभ एचयनचam भएको ब्लतष्-खष्चगक उचयनचam चगल गरिहाल्नुपर्ने हुन्छ। यति मात्र होइन त्यसलाई अप टु डेट पनि गरिरहनुपर्ने हुन्छ। यस्ता एन्टि भाइरसले ३ तरिकाले काम गर्छन्:

आफैं कम्प्युटरलाई स्क्यान गरिदिने।

प्रयोगकर्तालाई समय-समयमा स्क्यान गर्न सूचीत गर्ने वा एउटा कुनै वेवसाइटको लिंक पठाइदिने जसबाट अपडेट बलतष्-कउथधबचभ द्वारा कम्प्युटर स्वतः स्क्यान गराउने।

केही स्पाइवेयर त्यति हानिकारक हुँदैनन् तर केही भने खतरनाक नै हुन्छन् जसले महत्वपूर्ण जानकारीहरू चोरी गर्छन्। त्यसलाई दिनभरि काम गरिसकेपछि अन्त्यमा आफ्नो ल्यापटप वा कम्प्युटर बन्द गर्नुअघि एकपटक अपडेटेड गरी एन्टिभाइरस तथा एन्टि स्पाइवेयर प्रोग्रामबाट स्क्यान गर्दार् सुरक्षित रहन सकिन्छ।

टेलिकमले सित्तैमा सीम दिने

talking on mobile phone ladyटेलिकमले सित्तैमा सीम दिने
१५ जेठ ,
 नेपाल टेलिकमले सित्तैमा मोबाइलको सीम दिने भएको छ। टेलिकमले आफ्नो मोबाइल सेवामा ग्राहक विस्तारका लागि एसएलसीको परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई सित्तैमा सीमकार्ड दिने योजना ल्याएको हो। जस अनुसार एसएलसी परिक्षा दिएर बसेका विद्यार्थीहरुले टेलिकमको दुर्इ सय रुपैंया पर्ने जीएसएम तथा सीडीएमए मोबाइलको सीम र रीम सित्तैमा पाउने छन्। टेलिकमले विद्यार्थीहरुलाई दुर्इ सय पर्ने सीम एकसयमा दिने बताएको छ। जसमा एकसयको नै टक भ्यालु हुन्छ। विद्यार्थीले तिर्ने रकम र टक भ्यालुको हिसाब गर्दा विद्यार्थीलाई सीमकार्ड चैं सित्तैमा मिल्छ।
                 विद्यार्थीहरुले यसरी मोबाइलको सीमकार्ड लिनका लागि टेलिकमको सीमकार्ड लिन आवश्यक पर्ने आवेदन र्फम का साथमा २०६९ को एसएलसीमा सहभागि भएको प्रवेशपत्रको फोटोकपी बुझाउनु पर्छ। विद्यार्थीहरुसँग नागरिकता नभएको खण्डमा बाबु वा आमाको नागरिकताबाट पनि उनीहरुलाई सीमकार्ड दिने टेलिकमले जनाएको छ। नेपाल टेलिकमले वाषिर्क रुपमा नै विद्यार्थीहरुलाई सहुलियत र निशुल्क रुपमा मोबाइलको सीमकार्ड दिने गरेको छ। टेलिकमले आफ्ना सबै वितरण केन्द्रबाट विद्यार्थीहरुले मोबाइलको सीम तथा रीमकार्ड लिन सक्ने जनाएको छ। टेलिकमले यसरी निशुल्क सीम जेठ १६ गते देखी असारको २५ गते सम्ममात्र उपलब्ध गराउने टेलिकम व्यापार व्यवस्थापन विभागले जनाएको छ।
doorsanchar 

Monday, May 27, 2013

विडियो अपलोड गरेर लखपति

 विडियो अपलोड गरेर लखपति बन्ने हो
              इन्टरनेटमा विडियो अपलोड गर्ने धेरै साइटहरु रहेको छ । युट्युब, डेलिमोसन, भेबो, फ्लिकर लगाएत रहेको छ । तर आज म तपाई हरुलाई अर्को एउटा साइटको बारेमा जानकारी दिन चाहन्छु । यो साइट अरु साइट भन्दा नयाँ र नौलो रहेको छ । कति साथीहरुले त भ्यूब प्रयोग पनि गर्नु भईसक्यो होला । भ्यूब पनि युट्युब जस्तै विडियो अपलोड गर्ने र सेयर गर्ने प्लेटफम हो । यसमा तपाइले गर्नु भएको सबै जस्तो विडियो अपलोड गर्नु सक्नु हुन्छ । जस्तो खेलेको, लडेको, म्युजिक विडियो, साइन्स सम्बन्धि गतिविधिहरु सबै अपलोड गर्न सक्नु हुनेछ । यसमा तपाईहरुले बिभिन्न क्याटोगरिमा आफ्नो विडियो अपलोड गर्नु सक्नुहुने छ । यसमा संगीत, पशु, गेम्स, चलचित्र,शिक्षा, विज्ञान, कला, राजनीति, समाचार आदि विधाहरुमा तपाईहरुले आफ्नो विडियो राख्न सक्नु हुनेछ ।
          सर्वप्रथम तपाईहरुले यसमा पनि अरु साइटमा जस्तै एकान्ट खोल्नु पर्ने हुन्छ । यसमा साइन अप गर्न सारै सजिलो रहेको छ। साइन अप गर्नको लागि यसमा क्लिक
http://vube.com/user/register 
           गर्नुहोस । तपाईहरु सोच्दै हुनुहुन्छ होला,  युटुब जस्तै भए किन यसमा विडियो अपलोड गर्ने भनेर होइन । तपाईहरु ठिकै सोच्दै हुनुहुन्छ, विडियो मात्र अपलोड गर्ने नै भए युटुब एकान्ट भएकोले किन अर्को एकान्ट बनाएर झन्झट गर्ने भनेर होला होइन त  । तर होइन यसको केहि विशेषता रहेको छ । आफ्नो विडियो प्रकाशित गर्न स्वयमको च्यानल बनाउन सकिने, १०८० P सम्मको कुनैपनि स्वरुपमा विडियो अपलोड गर्न सकिने, विडीयोलाई लाईक, अनलाईक र कमेन्ट गर्न सकिने, जुनसुकै सोसलनेटवर्कहरुमा सेयर गर्न सकिने, नयाँ नयाँ विशेषता र सुबिधाबारे नोटिफिकेस्न बाट थाहा पाउन सकिने र तपाईको विडीयोले करोडौ दर्शक समेत पाउन सक्नुहुनेछ। साथी हो यति मात्र कहाँ होर, यसमा हरेक महिना विडियोहरुको प्रतियोगिता हुने गर्दछ। धेरैले मन पराइएको प्रथम हुने विडियोलाई  रु ७ लाख ५२ हजर  दोश्रोलाई  ३ लाख ७६ हजार, तेस्रोलाई २ लाख २५ हजार चौथोलाई १ लाख ५० हजार पाँचौलाई ७५ हजार र २०औ सम्म शीर्ष स्थानमा रहन सफल हुने विडियोले पनि नगद पुरस्कारको पाउने व्यबस्था गरीएको छ ।  साथी हो विडियो अपलोड गरेर मात्र यत्रो पुरस्कारराशि प्राप्त गर्न सकिन्छ भन्ने किन ढिलो गरी बस्ने त ।
meronepal0

Sunday, May 26, 2013

कस्तो होला एप्पलको आइवाच?

Click to enlarge image iwatch-candy-colors.jpg                    त्यो जमाना रहेन जब मानिस समयका लागि घडी मै भर पर्नुपर्थ्यो। अब त टक्क स्मार्टफोन निकाल्यो, त्यसैमा समय हेर्न सजिलो। स्मार्टफोनै चाहिन्छ भन्ने पनि केही छैन, बजारमा पाइने सस्तोभन्दा सस्तो मोबाइलमा पनि समय सूचक भइहाल्छ। त्यसैले नाडी हेर्ने पुरानो पुस्तालाई गोजी छाम्ने अहिलेको पुस्ताले गिज्याइसक्यो। तर नाडीे पुस्तालाई नै पछ्याउनु पर्ने गरी स्मार्ट घडीहरुको विकास हुँदैछ अहिले। क्राउडफन्डिङ वेबसाइटमा चन्दा उठाएर बनाइएको स्मार्टवाचदेखि लिएर बजारमा आइसकेको सोनीको स्मार्टवाचसम्म हेर्दा कुनैले पनि स्मार्टवाचको क्षेत्रमा खासै केही गर्न सकेका छैनन्। बजारले यस्ता घडीलाई खासै रुचाएको देखिएको पनि छैन। के हरेक प्रडक्ट बजारमा ल्याउँदा ठूलै हल्लाखल्ला हुने ब्रान्ड भएकै कारण एप्पलको स्मार्टवाचले केही फरक गर्ला? हेर्न बाँकी छ। उत्सुकता बाँकी छ र उसले ल्याउने स्मार्टवाचमा चाहिँ खासै त्यस्तो अरुमा नभएका के विशेषता हुनेछन् भन्नेमा अनुमान पनि जारी नै छ।
          एप्पलले नाडीमा लगाउने स्मार्टवाच बनाउने योजना बनाउँदैछ भन्ने जानकारी न्युयोर्क टाइम्सले गत फेब्रुअरीमा गराएदेखि नै यस्तो अनुमान बढ्न थालेको हो। एप्पलसँगै अहिले गुगल, सामसुङ र माइक्रोसफ्टले समेत यस्तै खालका स्मार्ट वाच बनाउने भनिसकेको छन्।

कहिले आउला त यो?
एप्पलको आइवाच सन् २०१३ को अन्त्यसम्मा बजारमा आउने अनुमान धेरैले गरेका छन्। आइवाचका लागि एप्पलले आरआइटी डिस्प्ले बनाउन थालिसकेको बताइएको छ।आइफोन, आइप्याडका लागि एप्पलले एलसिडी अर्थात् लिक्विड क्रिस्टल डिस्प्लेज प्रयोग गरेको भए पनि आइवाचका लागि ओलेड अर्थात अर्गानिक लाइट एमिटिङ डायड स्क्रिन प्रयोग गर्नसक्ने अनुमान गरिएको छ। के फाइदा हुन्छ त यसले? यो ज्यादै पातलो र हलुका हुन्छ।हुन पनि आइफोन जस्तो गोजीमा वा आइप्याड जस्तो ब्यागमा राख्ने चिज आइवाच पक्कै हैन। यसलाई त नाडीमा बाँध्नुपर्छ। नाडीमा बाँधेर हरदम आफूसँगै राख्नुपर्ने भएकोले यो जति पातलो र हलुका भयो, उति उपयोगकर्तालाई सरल र सहज हुन्छ।
                आइवाचको स्क्रिन चाहिँ कत्रो हुन्छ त? पक्कै पनि नाडीमा बाँध्ने चिजको स्क्रिन धेरै ठूलो भयो भने गाह्रो हुन्छ। त्यही भएर सुरुमा एप्पलले १.८ इञ्चको डिस्प्लेको परीक्षण गरिरहेको भए पनि ज्यादै ठूलो देखिएको भएर अहिले साढे एक इञ्चमा परीक्षण गर्दैछ। त्यसमा चित्त नबुझे स्क्रिन अझै सानो हुनसक्छ।
के के होला त यसमा?
स्मार्टवाच भनेपछि यसमा घडी त हुनैपर्यो। अनि त्यसलार्ए चलाउन ब्याट्री पनि हुनै पर्यो। फोन गर्न वा डाटा चलाउन नहुने भए त के स्मार्टवाच भयो र। त्यसो गर्न सानो सेल्युलर एन्टिना हुनै पर्यो। त्यसो त एप्पलले सानो खाले माइक्रोस्ट्रिप सेल्युलर एन्टिनाको प्याटेन्ट दर्ता गरिसक्यो। यसलाई नाडी घडी साइजको आइवाचभित्रै जडान गर्न सकिन्छ।
बाँध्ने केले?
भनिन्छ एप्पललाई सबैभन्दा समस्या अहिले आइवाचलाई नाडीमा बाँध्नका लागि के प्रयोग गर्नेमा भइरहेको छ। धेरैजसो घडी निर्माताहरुले त नाडीमा बाँध्न धातुकै प्रयोग गरिरहेका छन्। तर एप्पलले भने कम वजन हुने धातुको प्रयोग गर्ने बुझिएको छ। यसले आइवाचलाई महँगो र सँगसँगै विलासी सामान पनि बनाइदिनेछ। कम आय भएको बजारका लागि भने एप्पलले सस्तो, इन्टरचेन्जेबल छालाको वाचस्ट्रयाप प्रयोग गर्न सक्छ। छैटौँ जेनेरेसनको आइपड नानोका लागि पनि त्यस्तै प्रयोग गरिएकोले आइबीटाइम्सले यस्तो अनुमान गरेको हो।
कस्तो देखिनेछ त आइवाच?
यस्तै देखिनेछ भनेर अहिले नै भन्न सकिन्न। एप्पलले आइवाच डिजाइन गर्न सय जना प्रडक्ट डिजाइनरहरुको समूहलाई काममा खटाइसकेको छ। यसको स्वरुप यस्तै नै देखिन्छ भनी अहिले नै भन्न सकिन्न। तपाइँले यही लेखसँगै देखिरहनुभएका डिजाइनहरु पनि यस्तो होला कि भन्ने कल्पना मात्र हो। कल्पना पनि अजब गजबका छन्। कसैले घडीबाटै फेसटाइममार्फत् भिडियो च्याटमा कुरा भइरहेको कल्पना गरेका छन्। त्यस्तो हुन आइवाचमा फ्रन्ट क्यामेरा हुनु आवश्यक छ। नाडीमा बाँध्ने भएकोले ब्याक क्यामेरा त किन हुनुपर्यो र।
(एजेन्सीहरुको सहयोगमा)

Wednesday, May 22, 2013

के तपाईको Computer मा Internet Download Manager राख्नुभएको छ ?

computerके तपाईको Computer मा Internet Download Manager राख्नुभएको छ ?

computer
           यो Internet Download Manager एउटा कमालको Software हो मलाई एकदमै मन पर्यो जसको सहाएताले Internet मा भएका Video, Photo, Music SOftware इत्यादी File हरु Download गर्नलाई मद्दत पुर्यान्छ नै र यसले Fast Download पनि गर्छ र अझ यो भन्दा बढी खुसि मलाई के लाग्यो भने हामीहरु त Video गीतहरुमा बढी जोड दिने मान्छे र Video Download कुन Software बाट Download हुन्छ र कसरी Download हुन्छ भनेर अनेक-अनेक किसिमा Software COmputer मा Install गर्ने गर्छौं र पनि त्यस्ता Software हरुले केवल Video मात्रै Downlaod गर्ने काम गरेको हुन्छ तर यो Internet Download manager ले तपाइंले Internet बाट कुनै पनि Browser बाट जस्तै Google Chrome, Firefox, Opera, Internet Explorer जस्ता कुनै पनि Browser Use गरेर इन्टरनेट को हरेक program File हरु Downloadगर्न सक्नुहुन्छ र आउनुस अब यसको बयान धेरै गरें मैले त्यसैले Download नै गरेर हेरौं न त कस्तो रहेछ हैन र कि कसो

१. सबैभन्दा पहिला त तपाइंले यहाँ तलको Download Link मा Click गरेर File Download गर्नुहोस
यहाँ बाट गर्नुहोस(उक्त फाइल download गर्न फोटोमा क्लिक गर्नुहोस )
२. त्यसपछी त्यस File लाई Computer मा गई ZIP File बनाउनुहोस ZIp File बनाउनको लागी त्यस तपाइंले Download गरेको File लाई Right Click गर्नुस अनि “Extract Files…” मा Click गरी त्यहाँ भने अनुसार गर्नुस
३. अब त्यहाँ तपाइंले ZIP File Extract गरीसकेपछी त्यस Software लाई आफ्नो Computer मा Install गर्नुहोस
४. तपाईंको Computer मा Install त भयो तर त्यसलाई कसरी Use गर्ने यहाँ तल हेर्नुहोस्
जब तपाइंले Internet बाट कुनै पनि FIle Download गर्नलाई Click गर्नुहुन्छ त्यसपछी यहाँ तलको जस्तो एउटा Popup Box खुलेको हुन्छ र तपाइंले
File Location दिदा नि हुन्छ र नदिदा नि हुन्छ त्यसपछी “Start Download” मा Click गर्नुस
2
र अब केही समय पर्खनुहोस File Download हुँदै छ

केही समय पछी तपाइंले Download गर्नुभएको File Download finish हुन्छ र तपाइंले Open File मा Click गर्न सक्नुहुन्छ र त्यहाँ Windows भित्र तपाइंले Download गरेको File देखिनेछ
        यहाँ माथीको तरीकाले तपाइँ File Software हरु Download गर्नुभयो तर Video कसरी Download गर्ने जब तपाइंले Youtube मा कुनै पनि Video Play गर्नुहुन्छ तब ठिक त्यस Video को तल एउटा “Download Video from this page भनेर एउटा चित्र देखाएको हुन्छ तपाइंले त्यस चित्रमा Click गर्नुस अनि Video Download गर्नुस

Video Download गर्नको लागी चाहिं अरु कुनै पनि Site बाट Download हुन्छ तर Facebook बाट भने म हजुर लाई (Confirm) पक्का भन्न सक्दिन है किनकी मैले Facebook मा Video Play गर्दा Download Button देखाएको थिएन त्यसैले तर तपाईं पनि कोशिस गर्न सक्नुहुन्छ |

Tuesday, May 21, 2013

गुगलको होम पेज परिवर्तन हुने, अब Google Now हुने

गुगलको होम पेज परिवर्तन हुने, अब Google Now हुने
                     
                सर्च ईञ्जिनको बादशाह गुगलले आफ्नो होम पेजलाई नयाँ स्वरुपमा ल्याउने भएको छ । गुगल सिस्टम रिपोर्टका अनुसार परिवर्तन हुन लागेको नयाँ स्वरुपको नाम गुगल नाउ दिईएको छ । नयाँ स्वरुपमा प्रयोगकर्ताहरुको ईन्टरनेट गतिबिधिहरुको डाटा जम्मा गरि प्रयोगकर्ताको रुचि र आवश्यकताको हिसाबले होम पेज सेट गरिने रिपोर्टमा उल्लेख छ । उदाहरणका लागी, यदि तपाई गुगलमा न्युज, शेयर बजार वा खेल गतिबिधि बढि सर्च गर्नु हुन्छ भने गुगल नाउ होम पेजमा तपाईले बढि खोज्ने तिनै बिषयबस्तुको ताजा जानकारी देखिनेछ । गुगलको नयाँ होम पेजमा प्रयोगकर्ताले आँफु बसेको ठाँउबारेमा डाटा दिएमा गुगल होम पेजमै त्यहाँको तापक्रम, मौसम र ट्राफिक स्थितीको बारेमा समेत जानकारी उपलब्ध हुनेछ । प्रयोगकर्ताले गुगल नाउमा आफ्नो घर, अफिस र हाल आँफु बसेको लोकेशन राख्न सक्नेछन ।
                           प्रयोगकर्ताले आँफ्नो सम्पुर्ण बिबरण गुगललाई प्रदान गरेमा गुगलले स्वतः प्रयोगकर्ताको घर देखि लिएर अफिसको बाटोको ट्राफिक अवस्थाका बारेमा समेत जानकारी दिनेछ । अझ रोचक कुरा त के छ भने, अफिस आउने बाटोमा ट्राफिक अबरोध छ भने उसले आँफै तपाईलाई बैकल्पिक बाटो दिनेछ । खेल प्रेमीहरुका लागी पनि गुगलले ध्यानमा राखेको छ, गुगल नाउमा कुनै खेल चलिरहेको छ भने त्यसको लाईभ स्कोर होम पेज मै देखिनेछ ।
                       गुगलका अनुसार हाल गुगल नाउ परिक्षण चरण मै रहेको छ । कम्पनिले यसलाई मोबाईल फोन र कम्प्युटर दुवैमा सञ्चालन गर्ने हिसाबले तयार गरिएको छ । गुगल नाउमा तपाईले हवाई टिकट समेत बुकिङ गर्नु पाउनुको साथै टाईमीङको बारेमा समेत जानकारी लिन पाउनु हुने गुगलले जनाएको छ ।

होसियार ! अश्लील साइटहरु खोल्दा भाइरस पस्ला


होसियार ! अश्लील साइटहरु खोल्दा भाइरस पस्ला


              अश्लील साइटहरु खोल्दा इन्टरनेट प्रयोगकर्ताहरु जोखिममा परेका र इन्टरनेट ह्याक हुने खतरा बढिरहेको एक अध्ययनले देखाएको छ । कतिपय चर्चित पोर्न साइटहरु ब्राउजिङ गर्दा समेत प्रयोगकर्ताहरु थाहा नपाइकन ह्याकरको निसानामा पर्ने गरेको बताइन्छ । शोधकर्ता कोनराड लंगमोरका अनुसार पोर्न साइटहरुमा देखाइने विभिन्न खालका विज्ञापनहरुमार्फत भाइरसजन्य फाइलहरु डाउनलोड भइरहेको प्रयोगकर्ताले पत्तो नै पाउँदैनन् । पोर्न हव जस्ता केही चर्चित पोर्न साइटहरु झनै खतरनाक रहेको शोधकर्ता बताउँछन् । पोर्न साइटबाट ह्याकरको निसानामा पर्ने बढि खतरामा विन्डोज् प्रयोगकर्ता बढि रहेका भएपनि पछिल्लो समय मोबाइलमार्फत इन्टरनेट चलाउनेमा पनि यो खतरा बढेको बताइन्छ ।
                   यद्यपि कुनैपनि पोर्न साइट आफै भाइरसजन्य नभएपनि पोर्न साइटमा देखिने विज्ञापनमा यस्ता मालवेयर रहने र त्यसले इन्टरनेट प्रयोगकर्ताको कम्प्युटरमा भाइरस छिराइदिने गर्छ । गुगलको डाइग्नोस्टिक एडभाइस सर्भिसको सहायताले शोधकर्ता लंगमोरले पोर्न साइटले इन्टरनेट प्रयोगकर्तामा पार्ने खतराको तथ्य एकिकृत गरेका थिए ।

Monday, May 20, 2013

याहुमा ह्याकरको आक्रमणः इमेलको पासवर्ड परिवर्तन गर्न आग्रह

yahooयाहुमा ह्याकरको आक्रमणः इमेलको पासवर्ड परिवर्तन गर्न आग्रह

            ह्याकरहरुले इन्टरनेट जाएन्ट याहुका २ करोड भन्दा बढि प्रयोगकर्ताको इमेल ठेगाना ह्याक गरेका छन् । याहुको जापानी संस्करण याहु जापानमा भएको साइबर हमलाबाट २ करोड २० लाख जति प्रयोगकर्ताको याहुमेलको विवरण चोरी भएको याहुले जनाएको छ । याहुका अनुसार पछिल्लो साइबर हमलाबाट याहुका १० प्रतिशत प्रयोगकर्ताको इमेल ठेगानाको विस्तृत विवरण चोरी भएको छ । यद्यपि धेरैका पासवर्ड चोर्न ह्याकरहरु असफल भएकाले तत्कालका लागि प्रयोगकर्ताको याहुमेललाई निस्तेज पार्न भने नसक्ने याहुले जनाएको छ । तथापि आफ्नो याहु इमेल अकाउण्टको पासवर्ड परिवर्तन गरिहाल्न याहुले आग्रह गरेको छ । यसो गर्दा याहुमेल ह्याकरको आक्रमणबाट सुरक्षित हुने छ ।
          आफ्नो विज्ञप्तीमा जनाएअनुसार याहुले जापानी संस्करणको प्रशासन प्रणालीमा १६ मे मा पहिलोपटक आक्रमण भएको र हमलाको सुइँको पाउनेबित्तिकै थप क्षति हुन नदिन इन्टरनेट पहुँच काटिएको जनाएको छ ।२ करोड २० लाख याहु प्रयोगकर्ताको इमेल ठेगानाबाट ह्याकरहरुले विभिन्न फाइल चोरी गरेको स्विकार गर्दै याहुले तर त्यस्ता चोरी भएका फाइलमा इमेल ठेगानाको पासवर्ड तथा पासवर्ड परिवर्तन गर्न मिल्ने अन्य सूचना भने नरहेको स्पष्ट पारेको छ ।
                याहु कम्पनी र मोबाइल र्फम सफ्टब्यांकको संयुक्त स्वामित्व रहेकेा याहु जापानले पछिल्लो साइबर हमलापछि साइबर सुरक्षा मजबुत पारिएकेा र हमलाकारीको खोजी भैरहेको जनाएको छ । साथै प्रयोगकर्ताको याहुमेल ठेगानामा आफ्नो पासवर्ड परिवर्तन गर्न सन्देश पठाउने काम भैरहेको पनि बताइएको छ ।
onlinekhabar

Sunday, May 19, 2013

यस्ता छन् वयष्क मोबाइल एप

01 Android 18 + Apps remove clothes adult appsयस्ता छन् वयष्क मोबाइल एप
             स्मार्टफोन, दूरसञ्चार तथा कम्प्युटर प्रविधिमा मोबाइलको यो संस्करणले विश्वलाई नै परिवर्तन गरिदिएको छ। कम्प्युटि र इन्टरनेटको सबै जसो विषेशता र गुण भएको यो मोबाइल फोनले जति सजिलै मानिसहरुलाई जोडेको छ। त्यसरी नै यसको माध्यमबाट ज्ञान र सूचनाको पनि आदान प्रदान गर्न सजिलो बनाएको छ। त्यसो त इन्टरनेट र सूचना प्रविधिको धेरै प्रयोग वयष्क गतिविधिमा प्रयोग हुन्छ। यौन सन्तुष्टी र गतिविधिमा प्रविधिको प्रयोग उच्च हुने क्रम जारी छ। स्मार्टफोनको प्रयोग पनि यसैमा हुन थालेको छ। एप राख्ने सुविधाले स्मार्टफोनलाई पनि यौनसन्तुष्टीका लागि प्रयोग गर्न सजिलो बनाएको छ। त्यसो त मोबाइल फोनमा उपलब्ध भिडियो प्लेब्याकको सुविधा प्रयोग गरेर वयष्क भिडियो हेर्नेहरुको संख्या मोबाइल लिनेजत्तिकै रहेको बताइन्छ। मोबाइलमा वयष्क भिडियो हेर्ने बानी बसेका तथा मोबाइलबाट यौनसन्तुष्टी चाहनेहरुको संख्याको उच्चतासँगै स्मार्टफोनमा राख्ने एपहरु पनि उपलब्ध हुन थालेका छन्। एण्ड्रोइड मोबाइलका लागि यस्ता एपहरु निशुल्क उपलब्ध हुन्छन्। ती मध्ये केही यस्ता छन्।
रिमुभ क्लोथ्स
01 Android 18 + Apps remove clothes adult apps यो एपको नाम अनुसार नै यसले युवतीहरुका शरिरबाट कपडा हटाउँछ। यो एपमा विभिन्न युवती छान्न र तीनका शरिरबाट कपडाहरु हटाउने सुविधा छ। विशेष गरेर वयष्क सिनेमा हेर्न चाहने तथा यौन सन्तुष्टीलाई उच्च बनाउन चाहनेका लागि तयार यो एउटा सेक्स गेम पनि हो। स्मार्टफोनको स्क्रिनमा युवतीको शरिरमा जहाँ औंलाले छोयो त्यो भागको कपडा हटेर शरिर नागो देखिन्छ। यो एप यहाँबाट डाउनलोड गर्न सकिन्छ।
02 Android 18 + Apps remove clothes adult apps Tear sexy girl's clothes
टिएर क्लोथ्स
02 Android 18 + Apps remove clothes adult apps Tear sexy girl's clothes
वयष्क एपहरुका बीच निशुल्क पाइने अर्को एप हो टिएर क्लोथ्स। यसको नाम अनुसार नै यसमा युवतीका शरिरको कपडा च्यात्न सकिन्छ। मोबाइलको स्क्रिनमा देखिएकी युवतीको जुन अंग भागमा छोयो त्यहाँको कपडा त्यातिएर उनको शरिरको अंग निर्वस्त्र देखिन्छ। विभिन्न मोडलका कपडाहरु च्यात्न सकिने सुविधा दिने यो एप यहाँबाट डाउनलोड गर्न सकिन्छ।
रिमुभ माइ क्लोथ्स
03 Android 18 + Apps remove clothes adult apps Remove my Clothes
कृपया आफ्नो औंला विस्तारै चलाउनुहोला भन्ने सन्देशका साथ उपलब्ध यो एप पनि वयष्कका लागि लक्षित एप हो। यसको नाम जसरी नै सुन्दर युवती तथा मोडलका शरिरबाट कपडा हटाउन सकिन्छ। यौनिक यो एप यहाँ छ। 
doorsanchar

यसरी छिटो खुल्छ जीमेल

यसरी छिटो खुल्छ जीमेलयसरी छिटो खुल्छ जीमेल

                 गुगलले नयाँ नयाँ सेवा मात्र होइन आफ्ना सेवाहरु पनि समय समयमा सुधार र परिमार्जन गरिरहेको हुन्छ। तपाइँ हामी सबैले याद गरेको कुरा नै हो यो। पछिल्लो समयमा गुगलले आफ्नो इमेल सेवा जीमेलमा गरेको परिवर्तन त अनुभव गरिरहनु भएको छ। जीमेलमा गुगलले इमेल लेख्ने शैली मात्र होइन जीमेल खुल्दा देखिने पेजको शैली पनि पुरै परिवर्तन गरेको छ। गुगलले ‘स्ट्याण्डर्ड’ भन्ने शैली अलिक ग्ल्यामरस देखिन्छ। त्यसो त त्यसमा आफ्नो मुड अनुसारको थीम र शैली बनाउन पनि सकिन्छ। इन्टरनेटको गति धेरै राम्रो भएकाका लागि त यो निक्कै राम्रो सेवा हो। जहाँ इमेलमा आफ्नो मुड र शैली अनुसार काम गर्न वा सजाउन सकिन्छ। तर नेपाल जस्तो देशमा जहाँ तपाइँ हाम्रो इन्टरनेटको गति सुस्त छ त्यहाँ यसखालको सुविधाले जीमेललाई सुस्तो र हैरानी दिने बनाएको छ। गुगलले यसखालको उसको सेवालाई सुस्तो इन्टरनेट भएका स्थान तथा समुदायका लागि सजिलो उपाय पनि दिएको छ। जसलाई तपाइँ हामीले नअपनाइरहको पनि हुन सक्छौं। यसखालको तरिका तपाइँ साइबर वा कसैको वाइफाइ कनेक्सन प्रयोग गरेर जीमेल चलाइरहनु भएको छ भने निक्कै लाभदायक हुन्छ जसले तपाइँलाई विना प्रतिक्षा जीमेल खोल्न सक्ने बनाउँछ।
02 Gmail home page, sign in page of gmail free mail from google
01 Gmail home page, sign in page of gmail free mail from google
आधारभूत एचटीएमएल संस्करणको प्रयोग
               जीमेलमा आफ्नो इमेल ठेगाना र त्यसको कूटशब्द (पासवर्ड) टाइप गरिसकेपछि जीमेल तपाइँको कम्प्युटरमा लोड हुने समयमा तल देखाएको जस्तो स्क्रिन देखा पर्दछ। जसको दाहिने तर्फको सबैभन्दा तल्लो भागमा लोड बेसीक एचटीएमएल लेखिएको हुन्छ।
02 Gmail home page, sign in page of gmail free mail from google यसमा क्लिक गर्नुभएको खण्डमा जीमेल छिटो खुल्छ। यसरी खुल्दा जीमेलको सबै शैली र पृष्ठभूमिको तस्विरहरु डाउनलोड नहुने भएकाले जीमेल छिटो खुल्छ। जीमेल छिटो खोल्नका लागि यहाँ पनि क्लिक गर्न सक्नुहुन्छ।

मोबाइल संस्करण खोल्ने
जीमेलको मोबाइल संस्करण कम्प्युटर वा ल्यापटपमा पनि खुल्छ। यदी कम्प्युटरमा मोबाइल संस्करण खोल्नुभयो भने तपाइँको जीमेल छिटो खुल्छ। त्यसो त यसरी खोल्दा चलाएको आधारमा पैसा काटिने (भोल्युम बेस) इन्टरनेट सेवा लिनुभएकाका लागि त यो झन कम खर्चिलो इमेल प्रयोग गर्ने तरिका हुन्छ। यस तरिकाले जीमेल प्रयोग गर्नका लागि यहाँ क्लिक गर्नुहोस्। यदी तपाइँ यी दुवै तरिकाले इमेल हेरिसके पछि वा यसखालको तरिका मन नपरेको खण्डमा जीमेलको पेजको अन्तिममा देखिने संस्करण परिवर्तनको सुविधाबाट पुन स्ट्याण्डर्ड संस्करणमा पुग्न सक्नुहुन्छ।
doorsanchar

Saturday, May 18, 2013

जिमेलबाटै पैसा पठाउन सकिने (तरिकासहित)

जिमेलबाटै पैसा पठाउन सकिने (तरिकासहित)

               इमेलबाट विभिन्न फाइल अट्याच गरेर तस्वीर, भिडियो तथा अन्य इलेक्ट्रोनिक फाइल पठाउने गरिएको छ । तर अब इमेलबाट फाइलमात्र होइन पैसा पनि पठाउन सकिनेछ । गुगलले आफ्नो इमेल सेवा जिमेलका माध्यमबाट पैसा समेत पठाउन सकिने सेवा सुरु गर्ने बताएको छ ।सुरुमा यो सेवा अमेरिकामा लागु गरिने गुगलको भनाइ छ । जिमेलमा यो सेवाको प्रयोग गुगल वालेटका साथ गरिनेछ । 
           यसका लागि वालेटलाई प्रयोगकर्ताको बैंक अकाउण्टसँग लिंक गरिनेछ । प्रयोगकर्ताले चाहेमा आफ्नो जिमेल अकाउण्टलाई आफ्नो डेबिट तथा क्रेडिट कार्डसँग पनि जोड्न सक्नेछन् । यस्तो अवस्थामा हरेक चोटी पैसा आदानप्रदान गर्दा त्यसको झण्डै ३ प्रतिशत शुल्क लाग्नेछ ।अब छिटै यो सेवा अमेरिकी जिमेल प्रयोगकर्ताहरुको लागि उपलब्ध गराइनेछ । १८ वर्ष उमेर पुगेकाहरुले यो सेवा प्रयोग गर्न पाउनेछन् । यदि पैसा प्राप्त गर्नु छ भने आफ्नो अकाउण्टमा यो फिचर एक्टिभेट गर्नुपर्नेछ । स्मरण रहोस् यसअघि पनि केही वेबसाइटहरुले यस्तो अनलाईन रकमआदानप्रदानको सेवा प्रदान गरेका भएपनि त्यो लोकपि्रय बन्ने सकेन । तर जिमेलका प्रयोगकर्ता धेरै भएकाले जिमेलले यस्तो सेवा सुरु गरेमा त्यो सफल हुने विश्वास गरिएको छ ।

कसरी पठाउने पैसा ?
यसका लागि नयाँ इमेल (न्यू मेल ) अर्थात् कम्पोजमा क्लिक गर्नुपर्छ र रकम पाउने वालको ठेगाना लेख्ने । त्यसपछि अट्याचमेन्ट बटनमा क्लिक गर्ने र त्यहाँ दिइएको डलरको चिन्हमा क्लिक गर्ने । अनि पठाउने रकमको अंक थिच्ने, त्यसो गर्दा कार्ड वा अकाउण्टबाट पठाउने रकम तय गर्न सकिन्छ र सेण्ड गरेपछि उपरोक्त रकम प्रापकले प्राप्त गर्छ ।
के हो गुगल वालेट ?
गुगल वालेटको फिचर जिमेल एकाउण्टमा हुन्छ । कतिपय मुलुकमा यो फिचरमा आफ्नो क्रेडिट कार्ड वा डेबिट कार्डको विस्तृत विवरण हाल्न सकिन्छ र एप्स तथा गुगल स्टोरबाट केही प्रडक्ट खरीद गर्नुपर्दार् गुगल वालेटमा दर्ज गरिएको कार्ड नम्बरवाला अकाउण्टबाटै रकम भुक्तान हुन्छ ।
onlinekhabar

तपाईं भाइबर प्रयोग गर्नु हुन्छ ?

photo
भाइबर @ डेस्कटप
४ जेष्ठ
       तपाईं भाइबर प्रयोग गर्नु हुन्छ ? मोवाइलमा नेटवर्क नभएर समस्या भोग्नु भएको होला । तपाईंलाई खुसीको खवर छ । मोवाइलमै विश्वभर निशुल्क फोन गर्न सकिने यो एप्लिकेसन (एप) को डेस्कटप भर्सन सार्बजनिक भएको छ । तपाईंले एउटै नम्बर प्रयोग गरेर विभिन्न डिभाइसमार्फत विश्वभर संचार सुविधा प्रयोग गर्न सक्नुहुन्छ । कार्यालय, घर, स्कुल, यात्रामा जहाँ भए पनि एउटै नम्बर प्रयोग गरेर कुराकानी गर्न सक्नुहुन्छ । स्काइपलाई चुनौति दिने गरी आएको यस एप्सले केही नयाँ सुविधासमेत थपेको छ । मोवाइलमा डेक्सटपबाट कल गर्ने सुविधा दिने भाइबर पहिलो एप हो ।
                यसले निशुल्क कल गर्ने सुविधा दिन्छ । यसका लागि छुट्टै एकाउन्ट बनाउनु पर्दैन । मोवाइल नम्बरलाई नै यसले एकाउन्टको रुपमा लिन्छ । भाइबरले मोवाइलमा रहेका कन्ट्याक्ट लिस्ट, मेसेज र कल हिस्ट्रीलाई सिंक्रोनाइज गर्छ । मोवाइल र डेस्कटप डिभाइसको नम्बर, मेसेजलगायत सिंक्रोनाइज गर्ने भएकाले एउटामा भएका सामग्री डिलेट गर्दा अर्कोमा त्यसको असर देखिन्छ ।कुरा गर्ने अर्को डिभाइसमा पनि भाइबर हुनु आवश्यक छ । यसलाई प्रयोग गर्न कुनै मुलुकको सीमानाले छेक्दैन । युरोप होस् वा अमेरिका । जहासुकै बस्ने आफन्तसाग नेपालबाट जुनसुकै बेला भाइबरबाट निशुल्क कुरा गर्न सकिन्छ । डिभाइसमा इन्टरनेटको कनेक्सन चाहीं हुनुपर्छ, चाहे वाइफाइ होस् वा थि्रजी (थर्ड जेनरेशन) नेटवर्क ।
साइप्रसको कम्पनी भाइबर मेडियाले यस एपको विकास गरेको हो । अमेरिकी-इजरायली ब्यवसायी टालमन मार्कोले स्थापना गरेको भाइबर मेडियाका बेलारुस र इजरायलमा डेभलपमेन्ट सेन्टर छन् । भाइबर एपका झण्डै २० करोड प्रयोगकर्ता रहेको कम्पनीले यसबाट अहिलेसम्म कुनै आम्दानी भने गरेको छैन । यसले यसै बर्ष (सन २०१३) देखि भने 'स्टिकर स्टोर' बाट कमाउन थाल्ने बताएको छ । यसले अहिलेसम्म एडभर्टाइजिङलाई स्वीकारेको छैन ।
                 अघिल्लो सातामात्र सार्बजनिक भएको डेस्कटप सस्करणमा भिडियो कल गर्नेसमेत सुविधा छ । यसबाहेक भाइबरमार्फत टेक्स्ट (एसएमएस), फोटो पठाउन र भ्वाइस कल गर्न सकिन्छ । यसमार्फत ग्रुप कन्भर्सेसनको समेत सुविधा छ । अनगोइङ कललाई डिभाइसबीचमा ट्रान्सफर गर्न सकिन्छ । डेस्टटप भर्सनबाट भिडियो मेसेज (भिडियो भ्वाइस मेल) पठाउने सुविधा छ । यस्तै नयाँ स्टिकर, लास्ट अनलाइन स्ट्याटस हेर्ने सुविधासमेत यसमा छ । यसलाई रजिस्ट्रेसन गर्ने, पासवर्ड राख्ने र अरुलाई इन्भाइट गर्ने जरुरत पदैन । यसको भ्वाइस क्लालिटी पनि निकै राम्रो छ ।
          यसको सबैभन्दा सुन्दर विशेषता भनेको निकै सजिलो एक्टिभेसन प्रोसेस हो । डेक्सटपमा चलाउन भाइबर डटकममा गएर यसलाई डाउनलोड गर्न सकिन्छ । यसका विन्डोज र म्याक दुवै डेस्कटपमा प्रयोग गर्न मिल्ने भर्सन छन् । डाउनलोड गर्न तपाई मोवाइलको भाइबर युजर हुनुपर्छ । डेक्स्टप एपले मोवाइलमा एप डाउनलोड गर्न भन्छ । डेक्सटपमा इन्स्टल गरेपछि तपाईंले चलाउदै आउनु भएको मोवाइल नम्बर माग्छ । मोवाइल नम्बर इन्ट्री गरेपछि भाइबरले मोवाइलमा कोड नम्बर पठाउछ । त्यस कोडलाई इन्ट्री गरेपछि डेक्सटपमा भाइबर प्रयोग गर्न सकिन्छ । 'मानिस कार्यालय वा घरमा रहदा ल्यापटप वा डेक्स्टप प्रयोग गर्छन्', भाइबरका प्रमुख कार्यकारी टालमोन मार्को भन्छन्,'उनीहरुलाई भारबरको नया भर्सनले सघाउनेछ ।'
भाइबर मिडियाले डेक्स्टप भर्सनमा ८ नया भाषालाई पनि प्रविष्ट गराएको छ । यसपछि भाइबरले सपोर्ट गर्ने भाषाको संख्या २७ पुगेको छ ।भाइबरले प्रख्यात कम्पनी माइक्रोसफ्टको ब्याकिङमा रहेको भ्वाइस र भिडियो कलको लागि चर्चित स्काइपलाई एक स्टेप अगाडि बढेर गम्भिर चुनौती दिएको छ । स्काइपबाट मोवाइल वा ल्यान्डलाइनमा कल गर्न शुल्क तिर्नुपर्छ । निशुल्क भिडियो/भ्वाइस कल गर्न छुट्टै आइडी बनाउनुपर्छ । झण्डै ६० करोड प्रयोगकर्ता रहेको स्काइपलाई डेस्कटपबाटै फोन गर्ने सुविधा दिएपछि उपभोक्ता भाइबरतिर आकषिर्त हुने देखिएको छ । मोवाइलमा थि्रजी नेटवर्क त्यति राम्रो नभएको र जताततै वाइफाइ सुविधा नपाएका नेपालीलाई समेत भाइबरको डेस्कटप सस्करणले मोहनी लगाउने निश्चित छ ।
       भाइबरको डेक्सटप भर्सन कर्पोरेट युजरहरुलाई निकै उपयोगी हुने कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) का उपाध्यक्ष नारायण न्यौपाने दावी गर्छन् । 'नेपालमा इन्फ्रास्ट्रक्चरको अभावले थि्रजी र वाइफाइ सेवा त्यति भरपर्दो नभएको अवस्थामा भाइबरको डेक्सटप भर्सन कम्युनिकेसनमा निकै उपयोगी हुने देखिएको छ,' उनले भने, 'डेस्कटपबाटै फोन गर्न मिल्ने सुविधाले कर्पोरेट ग्राहकलाई संचारमा हुने खर्च निकै घटाउने छ ।' उनले भौतिक पूर्वाधारको अभावमा नेपाली उपभोक्ताले धेरै एप्लिकेसनहरु प्रयोग गर्न नपाएको बताए । 
kantipur

Monday, May 13, 2013

सामसुङको नयाँ प्रविधि, एक सेकेण्डमै फिल्म डाउनलोड हुने

सामसुङको नयाँ प्रविधि, एक सेकेण्डमै फिल्म डाउनलोड हुने

दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले सुपरफास्ट फाइभ जी वायरलेस प्रविधिको सफलतापूर्वक परीक्षण गरेको छ । पाँचौ पुस्ताको यो प्रविधिका माध्यमबाट एउटा पूरै फिल्म केवल एक सेकेण्डमै डाउनलोड गर्न सकिने बताइएको छ ।
1
1

सामसुङका अनुसार यो परीक्षणका क्रममा २ किलोमिटरको दुरीमा एक गिगाबाइट प्रति सेकेण्डको गतिले डाटा प्रशारित भएको थियो । कम्पनीका अनुसार यो सेवा विद्यमान फोर जी सेवाभन्दा सयौँ गुणा छिटो गतिको छ । यद्यपि यसलाई व्यापारिक हिसाबले सन् २०२० सम्ममा मात्र बजारमा पठाउन सकिने सामसुङको भनाइ छ ।

सामसुङका अनुसार यो ५ जी प्रविधिका माध्यमबाट उच्च गुणस्तरयुक्त डिजिटल चलचित्र विना रोकतोक एक बाट अर्को माध्यममा प्रसारित हुनेछ । यसका माध्यमबाट प्रयोगकर्ताले थ्री डी मुभी तथा गेम जस्ता अल्ट्रा हाइडेफिनेसन -युएचडी) सामाग्रीलाई सजिलोसँग ट्रान्सफर गर्नुका साथै रिमोट मेडिकल सेवाको समेत फाइदा उठाउन सक्ने सामसुङको दाबी छ ।
onlinekhabar

Sunday, May 12, 2013

कुन वेबसाइट कसको थाहा छ कसरी थाहा पाउने


              दिनदिनै इन्टरनेट चलाउँदा धेरै वेबसाइटहरु हेर्नुभएको होला। समाचार देखी मनोरञ्जन अनि सामाजिक सञ्जाल यस्ता धेरै वर्गका वेबसाइट हेरेर दिन बिताउनु भएको पनि होला अनि देश विदेशका विभिन्न विषयमा जानकारी पनि हासिल गर्नुभएको होला। यस्ता वेबसाइट चलाइरहेको छ कसले त्यसको ख्याल गर्नुभएको छैन होला। वेबसाइटहरु विभिन्न प्रयोजनका साथ खुलेका हुन्छन्। कोही राजनीतिक प्रपोगाण्डा गर्नका लागि त कोही व्यवसाय अनि कोही चाहिँ आफ्नो व्यापार व्यवसायको प्रचार र सम्पर्कका लागि। यस्ता वेबसाइट चलाइ रहेको छ कसले भन्ने थाहा पाउन वेबसाइट चलाउनेले वेबसाइटमा उल्लेख गरेको छैन भने थाहा पाउन सकिन्न। वेबसाइट चलाउने, उसको कार्यालय तथा सम्पर्कको ठेगाना पत्ता लगाउनका लागि केही वेबसाइटहरु छन्। जसले कुन वेबसाइट कसको हो र कसले कहाँबाट चलाइरहेको छ थाहा पाउन सकिन्छ। साथै वेबसाइटको भिजिटर र उक्त व्यक्तिका अरु कतिवटा वेबसाइट छन् थाहा पाउन सकिन्छ।
डोमेनटुल्स
01 Domain Tools find who is the owner of the website               यो वेबसाइटबाट कुनै पनि वेबसाइटको सञ्चालक तथा कसको नाममा वेबसाइट दर्ता छ त्यो थाहा पाउन सकिन्छ। त्यति मात्र होइन यो वेबसाइटले वेबसाइटका बारेमा अनुसन्धान, जाशुसी साथै वेबसाइटका लागि डोमेनक खरिदको सुविधा दिन्छ। विशेष गरेर उत्पादन तथा व्यवसायको ब्राण्ड स्थापित गर्नका लागि सम्बन्धित डोमेन खोजी, अरुले छोडेको डोमेन खरिद लगायतका सेवाका लागि यो वेबसाइट उत्तम छ। यसले वेबसाइट कसको नाममा छ मात्र होइन कसको नाममा थियो र कहाँ होस्ट गरेको छ त्यसको इतिहास र वर्तमान सबै पत्ता लगाउँछ। यो वेबसाइटमा जानका लागि यहाँ क्लिक गर्नुहोस्।
हुइज
02 Who is  find who is the owner of the website
  वेबसाइट सञ्चालनका लागि आवश्यक पर्ने डोमेनको उपलब्धता जाँच गर्नका लागि सबै भन्दा उपयुक्त माध्यम हो। यसले कुनै पनि वेबसाइट कसको नाममा कहिले दर्ता भएको छ भन्ने जानकारी दिन्छ। त्यसो त यसले वेबसाइट सञ्चालकको ठेगाना, र्सभर सम्बन्धी जानकारी पनि दिन्छ। साथै वेबसाइटको रयांक र एलेक्साको रिपोर्ट पनि दिन्छ। यो वेबसाइटमा जानका लागि यहाँक्लिक गर्नुहोस्।
- एजेन्सी 

Saturday, May 11, 2013

तपाइको हटमेल छ भने अब आउटलुक भएको छ नाझुक्कीनुहोस .........

              माइक्रोसफ्टले हटमेल डट कम एकाउन्टमा भएका इमेल र अन्य डाटालाई आउटलुक डट कममा प्रतिस्थापन गरेको आधिकारिक जानकारी दिएको छ। माइक्रोसफ्टको यो घोषणासँगै अब औपचारिक रूपमै हटमेलको अस्तित्व समाप्त भएको छ। गएको ६ साताको अवधिमा माइक्रोसफ्टले १ सय ५० पेटाबाइट भन्दा बढी इमेल सेवालाई प्रतिस्थापन गरेको जनाएको छ। एक हजार गिगाबाइट बराबर एक टेराबाइट हुन्छ। त्यसैगरी १ हजार टेराबाइट बराबर एक पेटाबाइट अर्थात पिबी हुन्छ।
              गत फेब्रुअरीमा आउटलुकले आफ्नो पि्रभ्यु भर्सनलाई प्रयोगमा ल्याएको थियो। त्यतिबेला यसका लगभग ६ करोड सक्रिय प्रयोगकर्ता थिए। अहिले हटमेलका प्रयोगकर्ता समेत आउटलुकमा आए पछि अहिले आउटलुकका ४० करोड सक्रिय प्रयोगकर्ता भएको बताइएको छ। अब आउटलुक डट कम इमेल सेवाका लागि प्रख्यात हुने माइक्रोसफ्टको दावी छ।   आउटलुकको इन्टरफेस पनि आधुनिक छ। अब यसका प्रयोगकर्ताले टु फ्याक्टर अथेन्टिकेसन, अपडेटेड क्यालेन्डर र एप्स तथा स्काइड्राइभ र स्काइप जस्ता महत्वपूर्ण सुविधाहरू प्रयोग गर्न सक्नेछन्। यसमा भएको अर्को राम्रो विशेषता सोसियल मिडिया इन्टिग्रेसन हो। इनबक्सबाहेक आउटलुक मेलमा फेसबुक, टि्वटर, लिंक्डइनजस्ता साइटमा रहेका एकाउन्टमा गरिएका अपडेट हेर्न, कमेन्ट तथा लाइक गर्न सकिन्छ। अहिले स्काइप समेत यसैमा जोडिएकाले सजिलै भिडियो च्याट गर्न सकिन्छ। इमेलको अटोमेटिक अर्गनाइजेसनलाई पनि महत्वपूर्ण मान्न सकिन्छ। यसले फेसबुक, टि्वटर, लिंक्डइन आदिबाट आएका इमेल तथा सब्स्क्राइब गरेका न्युजलेटर तथा अन्य अपडेटहरूलाई फरक फरक फोल्डरमा राख्छ। यसमा साथीको प्रोफाइल पिक्चर र फेसबुकमा साथीका रूपमा एड गरेको व्यक्तिको कन्ट्याक्ट अपडेट पनि हुन्छ। त्यसैगरी यसमा ग्रुप कन्ट्याक्ट बनाएर साथीहरूलाई एकै पटक इमेल गर्न सकिन्छ भने साथीहरूले अन्य मिडियामा अपडेट गरेको तस्बिर पनि सजिलै हेर्न सकिन्छ।
                     हटमेलको अफिसियल नाम माइक्रोसफ्ट हटमेल हो। यसलाई पहिलो वेबमा आधारित इमेल सेवा मानिन्छ। यसका संस्थापक सबिर भाटिया र ज्याक स्मिथ हुन्। सन् १९९६ को जुलाईमा यसलाई हटमेल नामाकरण गरियो। सन् १९९७ मा यसलाई माइक्रोसफ्टले किनेको थियो। पछि यसलाई एमएसएन हटमेलका रुपमा रि ब्रान्डिङ्ग गरियो। सन् २०१२ सम्म यसलाई जीमेल पछिको दोश्रो इमेल सेवाप्रदायक संस्था मानिन्छ। माइक्रोसफ्ट विभिन्न विशेषताका आधारमा यसलाई अझ लोकपि्रय बनाउने अभियानमा लागिपरेको छ।

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light