From our Blog

Showing posts with label National. Show all posts
Showing posts with label National. Show all posts

Thursday, October 9, 2014

चुनावको १० महिनापछि बेवारिसे मतपत्र भेटियो, (भिडियोसहित)


पर्वत, आश्विन २४ । दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न भएको १० महिनापछि पर्वतमा प्रत्यक्षतर्फको मतपत्र फेला परेको छ । सदरमुकाम कुश्माबजार नजिकै जल्केनीस्थित कालीगण्डकीको किनारमा करिव दुई सयओटा ‘संविधानसभा निर्वाचन २०७०’मा प्रयोग भएका मतपत्र भेटिएका हुन् ।

गोलाकारभित्रको हँसिया हथौडामा छाप लगाइएका मतपत्र फेला परेपछि एकीकृत माओवादी पर्वतका सचिव ढाकाराम गौतमले निर्वाचनमा धाँधली भएको यो प्रमाण भएको बताए ।

सो मतपत्र छिमेकी जिल्ला म्याग्दीको हुन सक्ने अनुमान पनि गरिएको छ । अधिकांश मतपत्रमा मतदान अधिकृत ‘श्याम’ को हस्ताक्षर छ । एकीकृत माओवादीले पत्रकार सम्मेलन गरी मतपत्रहरु सार्वजनिक गरेको छ । मतपत्रहरु पार्टी केन्द्रीय कार्यालयमा पठाइएको स्थानीय नेताहरुले जनाएका छन् ।

भिडियो हेर्न प्ले चिन्हमा क्लिक गर्नुहोस
जिल्ला निर्वाचन कार्यालय पर्वतले भने बेवारिसे अवस्थामा फेला परेका मतत्रपबारे गैरजिम्मेवार जवाफ दिएको छ । निर्वाचनको सम्पूर्ण प्रक्रिया तत्कालीन मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको हुनाले जिल्ला निर्वाचन कार्यालयले जिम्मेवारी नलिने सो कार्यालयले जनाएको छ ।

निर्वाचनको प्रक्रिया र जिम्मेवारी समेत तत्कालै सकिएकोले मतपत्र बिसर्जनबारे आफूलाई कुनै जानकारी नभएको तत्कालीन मुख्य निर्वाचन अधिकृत माधवेन्द्रराज रेग्मीले बताए ।
-Image Khabar

ADVERTISE

Thursday, September 18, 2014

तरकारीभन्दा मासु सस्तो

ब्रोइलर कुखुराको मासु तरकारीभन्दा सस्तो भएको छ । डेढ सय रुपैयाँमा एक छाक तरकारी पाउन गाह्रो छ । तर, व्रोइलर कुखुराको मासुचाहिँ पाइन्छ । ब्रोइलर कुखुरा उत्पादक गर्ने कृषकले व्यवसायीलाई मासु नदिएर आफै बेच्न थालेपछि मासु सस्तिएको हो । 


प्रतिकिलो २ सय रुपैयामा कृषकले मासु वेच्न थालेपछि व्यवसायीले पनि कृषक भन्दा ५० रुपैया सस्तो मूल्यमा मासु दिन थालेका छन् ।केही दिनअघि उपभोक्ताले प्रतिकिलो ३ सय रुपैया तिर्नुपथ्र्यो । दशैको मौका छोपेर व्यवसायीले भाउ बढाउन लाग्दा कृषकले सस्तोमा बेच्न थालेपछि व्यवसायीले ५० रुपैया सस्तोमा मासु उपलव्ध गराउन थालेका हुन् । 'तरकारीभन्दा मासु सस्तो भएको छ', उपभोक्ता डिल्ली अधिकारीले भने ।'

कृषकहरुले आइतबारदेखि दशैंलाई लक्षित गरी काँकडभिट्टामा स्टल राखेरै सस्तो मूल्यमा मासु विक्री वितरण थालेका छन् । जसले कृषक र व्यवसायीवीच कसले कम मूल्यमा मासु वेच्ने भन्ने प्रतिष्पर्धा चलेको छ । 'कृषक र व्यवसायीको हानथापले उपभोक्तालाई फाइदा पुग्यो', स्थानीय उपभोक्ता युवराज दाहाल भन्छन् ।

यसअघि विचौलियाका कारण उपभोक्ताले बढी मूल्य तिरेर मासु किन्न वाध्य थिए । विचौलियाले कृषकवाट सस्तोमा कुखुरा खरिद गरी महंगोमा व्यवसायीलाई वेच्दा उपभोक्ताले महंगो मूल्य तिर्नु पर्ने वाध्यता थियो । उपभोक्ता मञ्च झापाका उपाध्यक्ष अमृतलाल श्रेष्ठले मासुको मूल्य घटेर उपभोक्तालाई सहुलियत भएको बताए । उनले सस्तोको नाममा गुणस्तरहीन र अस्वस्थकर मासु हो होइन भन्ने वारे उपभोक्ता आफै सचेत रहनु पर्ने जनाए । 

'सस्तोका नाममा अस्वस्थकर मासु पनि विक्री भएको हुनसक्छ', श्रेष्ठले भने, 'यसप्रति सचेत वनौ ।'उपभोक्ता हकमा कार्यरत संस्थाहरुले भारतवाट तस्करी गरी ल्याइएका कुखुरा भएका कारणले पनि कम मूल्यमा विक्री गर्न सक्ने सम्भावना रहेको भन्दै उपभोक्तालाई सचेत रहन आग्रह गरेका छन् । 

मेची पुल तर्ने वित्तिकै सस्तोमा ब्रोइलर कुखुरा उपलव्ध छ । जुन नेपालमा ल्याएर विक्री गर्दा दोव्वर फाइदा हुन्छ । कृषक कुन्दन निरौलाले कृषकवाट जिउदो कुखुरा प्रति केजी १ सय ५० रुपैयामा किनेर ब्यबसायीले बजारमा ३ सय रुपैयामा तयारी मासु बेच्ने गरेका कारण उपभोक्ता मारमा परेको जनाए ।

भिडियो हेर्न याँहा कूलिक गर्नुहोस

Sunday, September 7, 2014

अब सेक्स गरेवापत पुरुषले पारिश्रमिक पाउने

पुर्बीय संस्कृतिमा जब युवतीको विवाहको कुरा चल्छ तब चरित्र र कुमारित्वको कुरा आउने गर्दछ । यदि युवती चरित्रवान छैनन् भने जति सुन्दर भए पनि अर्थ छैन भनिन्छ ।


तर, यही संसारमा यसको ठिक विपरीत परम्परा र संस्कृति पनि छ । एक जनजाति समुदाय यस्तो पनि छ जहाँ युवतीको कुमारित्व नै विवाहको बाधक बन्ने गर्दछ ।यदि युवतीले विवाहअघि सेक्स गरेको छैन भने उसको विवाह नै हुन सक्दैन । यदि युवतीले कुमारित्व भंग गरिसकेको छ भने मात्र उनलाई विवाहयोग्य मान्ने गरिन्छ ।

तपाई यो सुनेर अचम्ममा पर्नु भयो होला । तर यही सत्य हो । गुआम यस्तो ठाउँ हो जहाँ विवाहअघि युवतीले कुनै न कुनै पुरुषसँग यौन सम्बन्ध कायम गरेको हुनु अनिवार्य छ । यति मात्र होइन यदि युवतीका लागि विवाह गर्न यो सर्त हो भने पुरुषका लागि यो जिम्मेवारी र रोजगार बन्नु पनि हो ।

गुआमका हट्ठाकट्ठा युवकहरु गाउँगाउँ डुल्छन् र कुमारी युवतीसँग शारीरिक सम्बन्ध कायम गर्छन् । अविवाहित युवतीको कुमारित्व भंग गरेवापत उनीहरुले पारिश्रमिक पनि पाउछन् । गुआममा यसलाई रोजगारीको रुपमा पनि हेर्ने गरिन्छ।
यो समुदायमा कुमारित्व भंग नभएकी युवतीको विवाह हुन सक्दैन । विवाह गर्नुअघि यसो गर्नु अनिवार्य छ । 

यसलाई गलत तरिकाले पनि हेरिन्न । यो यहाँ पुरानो प्रथाका रुपमा यो चलन चलिरहेको छ । एजेन्सी

भिडियो हेर्न याँहा क्लीक गर्नुहोस

Friday, September 5, 2014

आफ्नै बुहारीको अश्लिल भिडियो बनाएर यौन शोषण

भदौ, एजेन्सी ।भारतमा एउटा लज्जाजनक घटना भएको छ । भारतको एक गाउँमा एक पुरुषले आफ्नै बुहारीलाई बलात्कार गरी अश्लिल भिडियो बनाएर निरन्तर यौन शोषण गरेको खुलासा भएको हो ।


कोतवाली क्षेत्रमा पर्ने एक गाउँमा सात महिनाकी गर्भवती महिलाले डिएनए परीक्षण गराउन माग गर्दै उजुरी दिएपछि यस्तो घटना बाहिर आएको हो ।यो गर्भ ससुराको रहेको भन्दै ती महिलाले गर्भपतन गराउन अनुमति समेत मागेकी छिन् । ती महिलाले आफ्न ससुरालाई कारवाही गर्न समेत उनले उजुरी गरेकी छिन् ।सन् २०१३ को मार्च ३० मा विवाह भएकी ती महिलाका श्रीमान विवाह भएको छ दिन पछि नै पैसा कमाउन साउदी गएका थिए । 


त्यस लगत्तै उनीमाथि ससुराले गिद्धे दृष्टी लगाए । तर उनले ससुराको ब्यवहारबारे सासुलाई भनेपछि सासुले उल्टै चुपचाप बस्न चेतावनी दिइन् ।श्रीमानलाई यो कुरा भन्दा उनले फोन गर्नै छोडिदिए । सन् २०१३ को जुलाईमा आफू घरमा एक्लै भएको समयमा आफूलाई जवर्जस्ती गरेर ससुराले भिडियो क्लिप समेत बनाएको उनको भनाइ छ ।त्यसपछि निरन्तर त्यही क्लिप देखाएर यौन सम्बन्ध नराखे भिडियो इन्टरनेटमा राख्ने धम्की दिँदै यौन सम्बन्ध राख्न बाध्य तुल्याएको उजुरी महिलाले पुलिसमा गरेकी छिन् ।

ससुरासँगको सम्बन्धकै कारण उनी गर्भवती समेत भइन् । त्यसपछि ससुराले उनलाई घरबाट निकाला गर्ने घोषणा गरे । त्यसपछि मात्र उनी पुलिसमा उजुरी गर्न पुगिन् ।

Wednesday, September 3, 2014

गीतमा हिन्दुवादी शब्द भएको भन्दै अञ्जुले गाउन मानिनन्

गायिका अञ्जु पन्तले क्रिश्चियन धर्म अंगालेको त सबैलाई थाहा नै छ । तर, उनले क्रिश्चियन भएपछि हिन्दुवादी शब्द भएको गीत नै गाउन छोडेकी छिन् । दशैको एक गीतमा हिन्दुवादी शब्द भएको भन्दै अञ्जुले गीत गाउन नमानेकी हुन् ।


गीतकार सहदेव कोइरालाको शब्द तथा संगीतमा समावेश ‘दुर्गा माताको आर्शिवादले’ बोलको गीतमा अञ्जुले आपत्ती जनाएकी हुन् ।उनले आफू क्रिश्चियन भएको र यस्तो शब्द उच्चारण गर्न नसक्ने बताएकी थिइन् । गीतकार कोइरालाले भने-’मैले तपाई व्यवसायीक कलाकार हो । धर्म मान्नुहोस् पो हामीले भन्न सक्दैनौ । तर गीत त एक कलाकारले गाउन के हुन्छ भने, तर उहाँले मान्नुभएन ।

‘दुर्गा माताको आर्शिवादले, सोचे झै पुग्दै जाओस्’बोलको गीत अञ्जुले नगाई फर्केकी हुन् । अब यो गीत देवी घर्तीमगरको आवाजमा रेकडिङ हुँदैछ ।मालाश्री रेकडिङ स्टूडियोमा अञ्जु गीत गाउन पुगेकी थिइन् । अञ्जुले सहदेव कोइरालाको शब्दमा थुप्रै हिट गीत गाइसकेकी छिन् ।-अनलाइन खबर

ट्रक दुर्घट्ना २२ लाखको सामग्री छरपस्ट


गुल्मी, भदौं १८ – गए राती गुल्मीको सदरमुकाम तम्घास नजिकै ट्रक दुर्घटना हुँदा यहाँका एक व्यापारीको २२ लाखभन्दा बढि मूल्य वरावरको एपोलो पेन्टस् लगायतको सामग्री भीरमा छरपस्ट भएको छ । चितवानको भरतपुरबाट तम्घास भुसाल टे«डिङ्ग कन्र्सनका लागि उक्त मुल्य वरावरको एपोलो पेन्टस लिएर आएको ना ३ ख ५७८१ नम्वरको ट्रक रे.न.पा.–१४ साविकको दुविचौर छापटोलामा गए राती करिव २ वजेको समयमा घुम्ती काट्न नसकेर पल्टेको हो ।


दुर्घटनामा मानविय क्षति हुनबाट भने बचेको छ । उक्त स्थानमा अहिले सम्म ५ वटा सवारी साधन दुर्घटना भई सकेको छ । साँघुरो घुम्ती भएका कारण त्यसरी त्यहाँ पटक पटक दुर्घटना हुँदा पनि सम्वन्धीत निकायले उक्त स्थानमा पर्खाल निर्माण गर्ने तर्फ ध्यान नदिँदा फेरी अर्को सवारी साधन दुर्घटना भएको छ ।
स्मरण रहोस त्यस रिडी तम्घास सडक खण्ड गत वर्ष करोडौंको लागतमा सडक डिभिजन कार्यालय पाल्पाले मर्मत सम्पन्न गर्दा पनि त्यस स्थानमा पर्खाल निर्माण लगायत दुर्घटना हुनवाट बचाउने तर्फ ध्यान दिएन ।

‘पटक पटक त्यस स्थानमा सवारी दुर्घटना भएको छ तर सडक डिभिजन कार्यालयले गत वर्ष करोडौंको लागतमा मर्मत गर्दा समेत ध्यान नदिदा फेरी अर्को दुर्घटना भयो’–नेपाल पत्रकार महासंघका सचिव तारा भुसालले भने–‘ सञ्चार माध्यमले उसको ध्यानकृष्ट गराई दिन जरुरी भएको छ ।’

उक्त ट्रक अहिले सम्म निकाल्न नसकिएको उक्त पसलका मालिक समेत रहेका भुसालले बताए । ‘२२ लाख भन्दा बढि मुल्यको एपोलो पेन्टस , ईनामेल, डिस्टेम्वर लगायतको सामानहरु ल्याईएको थियो ’ भुसालले भने– ‘ठूलो क्षति भयो त्यो भन्दा पनि ट्रक निकाल्न नसकेर मुस्किल परेको छ ।’-रातो पाटी

ADVERTISE

२२ जना युवायुवतिलाइ आपत्तिजनक अवस्थामा पक्राउ

होटेलमा अनैतिक क्रियाकलाप संलग्न रहेको अभियोगमा आइतबार पक्राउमा परेका २२ युवायुवतीमध्ये युवतीहरुलाई रिहा गरिएको छ ।


युवतीहरुलाई अभिभावकको जिम्मा लगाइएको छ भने युवाहरुमाथि सार्वजनिक मुद्दा दर्ताका लागि मंगलबार म्याद थप गरिएको इलाका प्रहरी कार्यालय विराटनगर, रानीका प्रहरी नायव निरीक्षक लोकनाथ काफ्लेले जानकारी दिए । पक्राउमा परेका ती युवाहरु सबै सीमावर्ती भारतीय क्षेत्रका छन् ।

इलाका प्रहरी कार्यालय विराटनगरका गस्ती टोलीले विराटनगर–१८का नहर आसपासमा सञ्चालित तीन वटा होटेलमा अपरान्ह... उनीहरुलाई पक्राउ गरिएको थियो ।

भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस

Tuesday, September 2, 2014

रामबहादुर बम्जनका अनुयायी र गाउँलेबीच झडप (भिडियोसहित)





बारा, भाद्र १७ । बारामा आफूलाई तपस्वी दाबी गर्ने रामबहादुर बम्जनका अनुयायी र स्थानीयबीच झडप हुँदा चारजना घाइते भएका छन । हलखोरिया जंगलमा बम्जनका अनुयायीले स्थानीयलाई जगंलमा नसोधी हिंडेको भन्दै समात्ने र कुटपिट गर्ने गरेपछि झडप भएको हो ।

बम्जनका अनुयायीहरुले स्थानीय उतिम गुरोलाई हात बाँधेर बन्धक बनाइ रातभर निर्घात कुटेको खुलासा भएपछि आज बिहान जंगलमा पुगेका स्थानीय र बम्जन पक्षबीच झडप भएको हो ।

भिडियो हेर्न प्ले बटम थिच्नुहोस



झडपमा बम्जनका अनुयायी समिर गुरुङ, रुपबहादुर थिङ, लामा बालक र गाउँलेतर्फ राकेश गुरो घाइते भएका छन । स्थानीयलाई बन्धक बनाएको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । बम्जनले भने आफ्ना केटाहरुबाट कमजोरी भएको भन्दै माफी मागेका जनाइएको छ ।

ADVERTISE

Monday, September 1, 2014

सासु बुहारिको एउटै प्रेमी

पर्सा, १६ भदौ । समाज कतिसम्म कुरुप बन्दै गएको छ भन्ने उदाहरण पर्सामा घटेको एउटा घटनाले देखाएको छ । छोरा विदेशमा गएका बेला स्वदेशमा सासु र बुहारीको एउटै प्रेमी भएपछि घरमा काल निम्तिएको छ ।



प्रसंग हो, पर्सा जिल्लाको सेढवा गाविसको वडा नं २ की ४२ वर्षीया महिला आशादेवी खनाल (पासवान) को । जसको हत्या उनकै बुहारीको मिलेमतोमा भएको पर्सा प्रहरीले निष्कर्ष निकालेको छ ।

भदौ १२ गते बिहान घर नजिकैको नदीमा आशाको शव घाँटी काटिएको अवस्थामा फेला परेपछि पर्सा प्रहरीले उनको हत्याको विषयमा अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा आशाको हत्या उनकै बुहारी रिन्कु खनाल (पासवान) को मिलेमतोमा भएको पुष्टि भएको पर्सा प्रहरीले बताएको छ ।

रिन्कु पक्राउ परेपछि उसले आफ्नै संलग्नतामा आफ्नी सासूको हत्या भएको वयान दिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार आशाको हत्यामा अन्य दुईजनाको पनि संलग्नता रहेको छ ।
हत्याको मुख्य कारण भने यौन सम्पर्क रहेको छ । जानकीटोला गाविस–७ पाँडेपुरका लङ्गडा भनिने मदारिफ मियाँ धोबी भनी चिनिने महमद आरिफ मियाँले केही महिनादेखि सासू आशा र बुहारी रिन्कुदेवीसँग नियमित यौन सम्पर्क गर्दै आइरहेकामा पछिल्लो समयमा बुहारीसँग पनि मियाँको सम्बन्ध रहेको थाहा पाएपछि आशा र मियाँका बीचमा सम्बन्ध चिसिँदै गएको हो ।

दुईजनाका बीचमा विवाद बढ्दै गएपछि बुहारी रिन्कुकै सहयोगमा भदौ ११ गते राति सुतिरहेको अवस्थामा मियाँ, रिन्कु र मियाँका साथी हलमुल्लाह मियाँसमेत मिलेर आशाको हत्या गरी नजिकैको खोलामा लगी फालिदिएको पनि बयानका क्रममा रिन्कुले बताएको प्रहरीले जनाएको छ । उनीहरुले धारिलो हतियार प्रयोग गरी आशाको हत्या गरेको र पछि तीनैजना मिलेर उनको शव खोलामा फालिदिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न बुहारी रिन्कु देवीलाई पक्राउ गरेको भए पनि अन्य घटनामा संलग्न रहेकाहरु भने फरार रहेको पनि पर्सा प्रहरीले जनाएको छ । रिन्कुका पति सुरज खनाल भने हाल वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका छन् भने आशाको हत्या भएको दिनमा उनका पति अर्जुन पनि चितवन गएको बताइएको छ ।दैनिक नेपाल बाट

ADVERTISE

Sunday, August 31, 2014

गौशाला – चाबहिलमा फ्लाई ओभर बन्ने योजना

१६ भदौ, काठमाडौँ – चीन सरकारको सहयोगमा विस्तार भइरहेको ८ लेन चौडा चक्रपथ सडकको गौशालादेखि चाबहिल खण्डमा फ्लाई ओभर (सवारी चल्ने सडक) बन्ने भएको छ।


आगामी आठ वर्षभित्र चक्रपथको पूरा लम्बाइ २७ दसमलव ३९४ किलोमिटर सडक विस्तार गरी ८ लेन बनाइसक्ने गरी अघि बढाइएको परियोजना अन्तर्गत गौशालादेखि चाबहिलसम्म करिब २ किलोमिटर लामो फ्लाई ओभर निर्माण हुने भएको छ। फ्लाई ओभर चार लेनको हुनेछ।

चीनको प्राविधिक र आर्थिक सहयोगमा तीन फेजमा निर्माण सम्पन्न भइसक्ने चक्रपथ विस्तार कार्यक्रम अन्तर्गत फ्लाइ ओभर निर्माणको काम तेस्रो फेजमा हुनेछ। पहिलो फेज अन्तर्गतको कलंकी–कोटेश्वर खण्ड विस्तार डेढ वर्षअघि सुरु भइसकेको छ। दोस्रो फेजमा कलंकीदेखि गोंगबुसम्मको सडक निर्माण गरिनेछ।


गौशाला र चाबहिलसम्मको सडक खण्ड भने त्यसपछि मात्र निर्माण गरिनेछ। योजनाअनुसार कोटेश्वरदेखि गोंगबुसम्मको सडक खण्ड पहिलो चरणमा विस्तार गरिने भनिएको थियो। तर, यस खण्डमा सडक विस्तार गर्ने पर्याप्त ठाउँनभएकाले यो योजना पछि सारिएको हो।


चक्रपथ विस्तार परियोजनाका प्रमुख अशोक तिवारीका अनुसार फ्लाई ओभर निर्माण गर्ने विषयमा चीन सरकार तयार भइसकेको छ। उनले गौशाला–चाबहिल क्षेत्रमा अत्यधिक घर रहेको र उक्त घर भत्काएर विस्तार गर्न पर्याप्त ठाउँ अभाव हुने भएपछि फ्लाई ओभर बनाउन लागिएको बताए।


परियोजनाले फ्लाई ओभर निर्माणभन्दा पहिला गौशालादेखि चाबहिल क्षेत्रसम्म सुरुङ मार्ग बनाउने योजना अगाडि सारेको थियो। तर पशुपति क्षेत्र भएकाले सुरुङ मार्ग बनाउने क्रममा कुनै पुरातात्विक वस्तु फेला परे सम्पूर्ण निर्माण कार्य रोक्नुपर्ने अवस्था आउने भएकाले फ्लाई ओभर बनाउने निर्णय भएको हो।
‘घर भत्काएर ८ लेनको चक्रपथ विस्तार गर्न लगभग असम्भव जस्तै देखिएकाले विकल्पका रुपमा फ्लाई ओभर र सुरुङमार्ग निर्माण गर्ने सोचिएको थियो,’ उनले भने, ‘तर सुरुङ मार्ग बनाउँदा पशुपति क्षेत्रमा छोइने र केही पुरातात्विक बस्तु फेला पर्ने सम्भावनासमेत रहेकाले सुरुङमार्ग बनाउने योजना रोकिएको हो।’


गौशाला चोकदेखि चाबहिल चोकसम्मको दुरी १ दसमलव ३९ किलोमिटर भए पनि फ्लाई ओभर भने त्योभन्दा केही लामो करिब २ किलोमिटरको हुनेछ। चार लेन फराकिलो उक्त फ्लाई ओभरबाट चक्रपथ परिक्रमा गर्ने सवारी तथा बौद्धतर्फका सवारीसमेत चाबहिल चोकबाट आउजाउ गर्न मिल्ने बनाइनेछ।
परियोजनाका अनुसार चिनियाँ कम्पनी ‘हेनान प्रोभिन्सियल कम्युनिकेसन प्लानिङ सर्भे एन्ड डिजाइन इन्स्टिच्युट कम्पनी लिमिटेड’ले पूरा चक्रपथ निर्माणको सर्भे गरिसकेको छ। तर फ्लाई ओभरका लागि विस्तृत अध्ययन भने गर्न बाँकी नै छ।
विस्तृत अध्ययनपछि फ्लाई ओभरको नक्सा, डिजाइन तथा लागतको टुंगो लाग्ने परियोजना प्रमुख तिवारीले जनाए। उनका अनुसार कलंकी–कोटेश्वर खण्ड निर्माणकै क्रममा अन्य खण्ड निर्माण पनि अगाडि बढ्नेछ। हाल काम भइरहेको खण्डबाहेक अन्य खण्डको प्रारम्भिक सर्भे भइसकेको छ।


हाल चार लेन रहेको चक्रपथ सडक विस्तार पछि बढेर ८ लेनको हुनेछ। जसमा सडकको मध्यभागमा चार लेनको तीव्र रफ्तारको मूल सडक निर्माण गरिनेछ। मूल सडक प्रत्येक लेनको चौडाइ ३.५ मिटरको हुनेछ।दुईतर्फी गाडी गुड्न मिल्ने गरी बनाइने सडकको बीचभागमा १.५ मिटर चौडाइमा डिभाइडर राखिनेछ। मुख्य सडकको दायाँबायाँ दुईदुई लेनको सडक निर्माण गरिनेछ। ती सडकको लेनको चौडाइ ३.५ मिटर हुनेछ। यस्तै सडकका दुवैतर्फ २.५ मिटरको फुटपाथ रहनेछ।


परियोजनाका अनुसार हाल विस्तार भइरहेको कलंकी–सातदोबाटो–कोटेश्वर खण्ड पौने ४ अर्ब रुपैयाँमा निर्माण हुने बताइएको छ।बाँकी खण्डको लागत र सकिने समयबारे चिनियाँ टोलीको सर्वेक्षण प्रतिवेदन आएपछि मात्र टुंगो लाग्ने परियोजनाले जनाएको छ। तिवारीका अनुसार चीन सरकारले सम्पूर्ण संरचना चिनियाँ प्राविधिक र उनीहरूकै डिजाइनअनुसार बन्नेछ।‘अहिल्यै बाँकी क्षेत्रको लागत अनुमान गर्न गाह्रो छ,’ उनले भने, ‘सबै सडक एकै स्ट्यान्डर्डको बनाइने भएकाले हाल विस्तार सुरु भएको क्षेत्रका आधारमा बाँकी क्षेत्रको लागत झन्डै दोब्बर पर्ने देखिन्छ।’ टोलीको अन्तिम प्रतिवेदनपछि मात्र कोटेश्वर–चाबहिल–बालाजु–कलंकी खण्डमा फ्लाई ओभरबाहेक कहाँकहाँ, कस्ता संरचना निर्माण गर्ने भन्ने टुंगो लाग्नेछ।


अहिले बनाइरहेको क्षेत्रमा भने एकान्तकुना, सातदोबाटो र ग्वार्कोमा बाटो काट्न आकाशेपुल निर्माण गर्ने, कलंकीमा भूमिगत सडक निर्माण गर्ने तय भइसकेको छ। उक्त खण्ड ४० महिनामा सक्ने गरी डेढ वर्षअघि नै निर्माण सुरु भएको छ। सडक निर्माणको जिम्मा चीनको सांघाई कन्स्ट्रक्सन ग्रुपले पाएको छ।
नेपालले बनाउने भनेको फ्लाई ओभर नबन्ने
चीन सरकारले चाबहिल गौशालामा फ्लाई ओभर बनाउने भए पनि नेपाल सरकारले काठमाडौं उपत्यकाका विभिन्न पाँच स्थानमा निर्माण गर्ने भनेका फ्लाई ओभर नबन्ने भएका छन्। 


उपत्यकामा बढ्दो सवारी साधन र ट्राफिक जामले हैरानी भएपछि सडक विभागले पाँच वर्षअघिदेखि उपत्यकाका विभिन्न व्यस्त सडकमा फ्लाई ओभर निर्माणका लागि आवश्यक कार्य अगाडि बढाएको थियो। तर तीन वर्षदेखि उपत्यकामा सडक विस्तारका काम तीव्र रुपमा अगाडि बढेपछि फ्लाई ओभर निर्माण रोकिएको हो।

भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले फ्लाई ओभर बनाउने भनिएका सडक अहिले विस्तार भएर आठ लेनका भइसकेकाले तत्कालका लागि सबैतिरको फ्लाई ओभर निर्माण रोकिएको बताए। उपत्यकाका साँघुरा सडक विस्तार भएर फराकिला भइसकेकाले विगतमा बनाइने भनिएका स्थानका फ्लाई ओभर निर्माण रोकिएको उनले जनाए।
पाँच वर्षअघि मन्त्रालयले फ्लाई ओभर निर्माणका लागि उपत्यकाका ८ वटा स्थानको सम्भाव्यता अध्ययन गरेको थियो। तीमध्ये तीनकुने–माइतीघर, माइतीघर–सोल्टीमोड, बालाजु, सातदोबाटो र कलंकीमा फ्लाई ओभर निर्माणको प्रारम्भिक कामसमेत अगाडि बढेको थियो। यीमध्ये तीनकुने–माइतीघर र माइतीघर–सोल्टीमोडको प्रारम्भिक डिजाइन तयार भइसकेको थियो।


सडक विभागको पुल आयोजनाका अनुसार विभागले सन् २०१६ भित्र सञ्चालनमा ल्याउने योजनासाथ तीनकुनेदेखि माइतीघर र माइतीघरदेखि सोल्टीमोडसम्मको डिजाइन तयार पारेको थियो। करिब ६० करोड अनुमानित लागतमा योजना बनाएको विभागले टेन्डर आह्वानको तयारी गरिसकेको थियो। उक्त स्थानमा फ्लाई ओभर निर्माणको सम्भाव्यता र प्राविधिक अध्ययनको जिम्मा विभागले अभियान कन्सल्टेन्सीलाई दिएको थियो।


कन्सल्टेन्सीले माटो परीक्षण लगायत काम सकेर प्रारम्भिक फाइल विभागमा बुझाएको थियो। विभागमा बुझाएको उक्त फाइल अनुसार तीनकुने–माइतीघरमा १७ मिटर चौडाइसाथ चार लेनको फ्लाई ओभर बनाउने तयारी भएको थियो। त्यसैगरी थापाथलीदेखि सोल्टीमोडसम्म तीन लेनको फ्लाई ओभर बनाउनेबारे अध्ययन भइरहेको थियो।


उपत्यकामा सबैभन्दा धेरै सवारीको भीडभाड हुने क्षेत्र बानेश्वर भएकाले उक्त क्षेत्रमा लक्ष्य गरी पहिला नमुनाका रुपमा फ्लाई ओभर निर्माणको तयारी तीव्र बनाइएको थियो। तर अहिले उक्त क्षेत्रमा निकै फराकिलो सडक बनिसकेकाले फ्लाई ओभर निर्माणको योजना रोकिएको छ।


तर बानेश्वर क्षेत्रमा सवारी आउजाउमा समस्या नहोस् भनेर पुरानो बानेश्वर–शंखमुल सडकलाई भूमिगत बनाउने वा त्यति क्षेत्रमा फ्लाई ओभर बनाउने भन्ने छलफल भने अगाडि बढेको सिटौलाले जानकारी दिए।

ADVERTISE

Saturday, August 30, 2014

एक सय तीन किलोको बोका

पर्वत, भाद्र १५ - एउटै बोकाको तौल सय किलोभन्दा बढी भन्ने सुन्दा पत्याउनुहुन्छ? सदरमुकाम कुश्माको छमर्केमा छविलाल पुनले पालेको बोकाको तौल १ सय ३ किलो पुगेको छ।


महिला महोत्सवमा प्रदर्शन गर्न ल्याइएको उक्त बोका सबैको आकर्षण बनेको छ। जमुनापारि जातको बोका अहिले २१ महिनाको भएको पुनले बताए। 'यसको माउले यस बोकासँगै अरू दुई पाठीलाई जन्म दिएको थियो। 'पाठीहरू बिक्री गरिसकियो,' पुनले भने, 'यसलाई ब्याडे पाल्न भनेर राखेको हु।'

उनले पालेका अरू बोका ९० किलोसम्मका भएका थिए। एक सय किलोभन्दा बढी तौल भएको यही पहिलो हो। बोकालाई ५० हजार रुपैयाँमा किन्न खोजेका थिए। उनले नदिएको बताए। जिल्ला पशु सेवा कार्यालयका अनुसार यति धैरै तौल भएको बोका जिल्लामा पहिलोपटक फेला परेको हो। 'मैले यति ठूलो बोका अहिलेसम्म पर्वतमा देखेकै छैन,' पशु कार्यालय पर्वतका प्रमुख अमृतकुमार मास्केले भने, 'अब यसलाई ब्याडका रूपमा राखेर यसबाट जन्मिएका पाठालाई पनि जिल्लाभर ब्याडकै रूपमा वितरण गरिनेछ।'

केही वर्षयता जिल्लामा किसानहरूले व्यावसायिक रूपमै बाख्रा पाल्न थालेका छन्। त्यस्तै प्रदर्शनीकै लागि तिलाहारका देवेन्द्र ठकुरीले ल्याएको जमुनापारि जातकै खसी पनि एक सय किलोको भएको पशु कार्यालयले जनाएको छ।

प्रदर्शनीमा ल्याएका खसी-बोका देखेर पशु कार्यालयका प्राविधिकसमेत छक्क परेका छन्। पुनको गोठमा अहिले २५ वटा माउ बाख्रा छन्। एउटा बोका बिक्री गर्दा ५० हजार आम्दानी हुने भएपछि पुनले बाख्रापालन व्यवसायमा अझै हौसला मिलेको बताए।

पशु कार्यालयले व्यावसायिक रूपमा बाख्रा पाल्नेहरूका लागि विभिन्न प्याकेजका रूपमा अनुदान सहयोग गर्दै आइरहेको जनाएको छ। गत आर्थिक वर्षसम्म व्यावसायिक रूपमा बाख्रापालनमा लाग्ने किसानहरूको संख्या ४० भन्दा बढी रहेको कार्यालयले जानकारी दिएको छ। 

जिल्लामा मासुको मागको ६० प्रतिशत आपूर्ति स्थानीय स्तरबाटै हुने गरेको छ। यही अनुपातमा किसानले व्यावसायिक पालन गरे चार वर्षभित्र जिल्लाको माग स्थानीय उत्पादनले धान्ने कार्यालयको दाबी छ।

ADVERTSE

किचिएर पनि बाँचे

काठमाडौं : 'कुनातिर मोडिनुपर्ने बस तीव्र गतिका कारण एक्कासि छेउतिर मात्र पुगेन, भीरबाट बल्ड्याङ खायो। दुईपटक बसमा थिचिएपछि म उछिट्टिएर रूखको हाँगामा पुगें', गोर्खा ताप्ले-६ की ५० वर्षीया अमिना मियाँले रुँदै भनिन्, 'देब्रे हात उठाउन खोज्दा लत्रिरहेको थियो, दाहिने हातको सहारामा झर्न खोज्दा रूखबाट पनि खसें, ढुंगामा ठोक्किन पुगेछु उठ्न पनि सकिनँ, बोल्न पनि सकिनँ।'


गोरखामा शनिबार भएको बस दुर्घटनामा परी घाइते भएकी अमिनाले ललिपुरस्थित बीएन्डबी अस्पतालको शय्याबाट अन्नपूर्णसँग भनिन्, 'ड्राइभरले राम्ररी बस चलाइदिएको भए आज यस्तो बेहाल हुने थिएन।' उक्त दुर्घटनामा परी चारजानले ज्यान गुमाउनुपरेको छ।

कामको सिलसिलामा गोरखा पुगेका सोलुखुम्बुका २२ वर्षीय अमर मगर पनि दुर्घटनामा गम्भीर घाइते भएका छन्। 'बसमा मान्छे कोचाकोच गरेर बसिरहेका थिए, म उभिएको थिएँ, नजिकैको सिटमा बसिरहेकी एउटी बहिनीले अलिकति ठाउँ दिँदै बोलाएपछि म पनि खुसी भएर बसें', उनले भने, 'घुमाउरो बाटो थियो,एक्‍कासी बस तल खस्दा त्यही सिटले थिचेपछि बेहोस भएछु, होसमा आउँदा उनको टाउको मैतिर फर्किएर झुन्डिएको थियो, बोलाउन खोज्दा उनी बोलिनन्, मृत्यु भइसकेको रहेछ।' अमरले थाहा पाउँदा दुर्घटनाका घाइते सबै चिच्चाइरहेका थिए, उद्धार गर्ने कोही थिएन।

गोरखा आरुघाटका ३६ वर्षीय सन्तबहादुर गुरुङ सामान किन्न ढेड लाख रुपैयाँ बोकेर गोरखाबजारतर्फ जान सोही बसमा चढेका थिए। उनले भने, 'मलाई त भगवान्ले बचाएका हुन्, बसले भीरमा बल्ड्याङ खाँदा म बाँचुला भन्ने लागेको थिएन। १५-२० पल्ट बस पल्टियो, मेरो साथी उछुट्टिएर बाहिर खसे, म भने बस टुक्रटुक्रा हुँदासमेत भित्रै थिचिइरहें।'

दुर्घटनामा परी गम्भीर घाइते भएकी आठ वर्षीया एक बालिकाको पनि बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ। ती बालिकाका कोही पनि आफन्त सम्पर्कमा नआएको अस्पतालका चिकित्सकले बताए। अस्पतालका मेडिकल डाइरेक्टर डा. अशोक बास्कोटाले भने, 'बस दुर्घटनामा घाइते भएकामध्ये गम्भीर अवस्था भएका लाई यहाँ ल्याइएको छ। 

तीनचारजनाको अवस्था चिन्ताजनक छ, अरूलाई सामान्य चोट लागेको छ।'घाइते चालक प्रेमप्रसाद ढकालले ओरालो सडकमा ब्रेक लगाउन समस्या भएकाले दुर्घटना भएको बताए।
-Annapurna Post

ADVERTISE

Thursday, August 28, 2014

फोटो फेर्दा हिरासतमा


काठमाडौं : झन्डै ६ वर्षअघि राहदानीमा बायो पेज परिवर्तन गरी वैदेशिक रोजगारीमा गएका दुई युवतीसहित तीनजना नेपाली घर फर्कने क्रममा विमानस्थलमा पक्राउ परेका छन्। कुवेत र कतार गएका मकवानपुरकी फूलमाया तामाङ र सुनसरीकी ललिता राई तथा कतार गएका सिरहाका शिवलाल मण्डल स्वदेश फर्कने क्रममा सोमबार पक्राउ परेका हुन्।




अध्यागमन विभागका निर्देशक शम्भु घिमिरेले ६ वर्षअघि मेसिन रिडेबल मेसिन नभएका कारण उनीहरू अर्काको फोटो परिवर्तन गरेर गएको हुनसक्ने बताए। विमानस्थल अध्यागमन कार्यालयको आगमन कक्षमा उनीहरूले सेटिङका व्यक्तिहरु खोज्ने प्रयास गरे पनि नभेटेका कारण पक्राउ परेका थिए।

अध्यागमन कार्यालय, वैदेशिक रोजगार विभाग, प्रहरी र म्यानपावर व्यवसायीको सेटिङ मिलाएर उनीहरू अर्काको राहदानीमा विदेश गएका थिए। तामाङ र राई २०६६ सालमाका घरेलु कामदारका लागि कुवेत गएका थिए।

त्यस्तै मण्डल २०६७ मा कतार गएका थिए। अध्यागमन विभागले किर्ते गरी वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीको खोजी गरिरहेको छ।

सीता योञ्जनको २५४६५९६ नम्बरको राहदानीमा बायो पेज परिवर्तन गरी धरान नगरपालिका ११ की ललिता राई कुवेत गएकी थिइन्। त्यसैगरी जानुका नेपालीको राहदानीमा मकवानपुर देउराली १ की फूलमाया तामाङ पनि राईसँगै घरेलु कामदारका लागि कुवेत गएकी थिइन्।

वीरेन्द्र यादवको ४५७३५१५ नम्बरको राहदानीमा फोटो परिर्वतन गरेरे सिरहा लक्ष्मीपुरका शिवलाल मण्डल कतार गएका थिए।
-अन्नपुर्ण पोस्ट


ADVERTISE

Tuesday, August 26, 2014

त्रिभुवन विमानस्थलमा आतंकवादी छिरेको सूचना

भदौं-११, काठमाडौं । भारतीय कम्पनीको कुनै एउटा जहाज १४ वर्षपछि फेरि अपहरणमा पर्नसक्ने मोबाइल सन्देश प्राप्त भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा सतर्कता बढाइएको छ।


आईसी ८१४ लाई झैं काश्मिरी मुजाहिद्दिन समूहले काठमाडौं नयाँदिल्ली, कलकत्ता, बनारस, बागडोग्रा सेक्टरको कुनै जहाजलाई आफ्नो कुत्सित उद्देश्य परिपूर्तिका निम्ति कब्जामा लिनसक्ने संकेतसहितको एसएमएस पठाइएको थियो ।

यस कामका निम्ति केही आतंककारी काठमाडौं छिरिसकेको सूचनाअनुसार अघिल्लो शुक्रबार दिउँसो ३ बजे सुरक्षासम्बन्धी बैठक बसेर कठोर निर्णय लिइएको छ । विषयवस्तुको संवेदनशीलता नै यस्तो कि उक्त बैठक साँझ साढे ५ बजेसम्म चलेको थियो । जापानले सन् १९४१ मा पर्ल हार्वर हवाई अखण्डामाथि आक्रमण गर्नसक्ने सूचना प्राप्त हुँदा त्यहाँस्थित ड्युटी अफिसरले नपत्याएर ‘आइ वान्ट कन्फरमेसन’ भनी बेवास्ता गरेकै कारण डिसेम्बर १४ को बिहान ७स्५५ बजे अमेरिकामाथि भयंकर क्षति हुन पुगेको जहाज डुवेर २३ सय नागरिकको ज्यान गएको प्रसंग अझै आलै छ ।

शुक्रबारको बैठकपछि एयर इण्डिया, स्पाइस, जेट, इन्डिगो विमानसेवाका कर्मचारीहरुलाई बोलाएर आन्तरिक सुरक्षामा हेलचेक्रयाइ नगर्न भनिएको छ भने उनीहरुसँग १० दिन अगाडिदेखि आगामी एक सातासम्म यात्रुहरुको बुकिङ लिष्ट मागेर प्रत्येक यात्रुको पृष्ठभूमि अध्ययन गरिँदैछ ।

नेपालका नेता र व्यापारीहरुले सानसौकतका निम्तिसमेत प्रयोग गर्ने भीआईपी कक्षमा कडाइ गरिएको छ । सीआईपी कक्षा उपलब्ध गराउने काम हालका निम्ति रोकिएको छ । आफन्त लिन यसअघि पहुँचवालालाई जहाजको ढोका र अध्यागमनसम्म भिजिटर्स पास उपलब्ध गराउने गरिएकोमा अब त्यसलाई कष्टम अराइभलसम्म सीमित गरिएको छ ।

ADVERTISE

रुद्राक्षको बोटमा गलत नियतले हेरे १० हजार जरिवाना


१० भदौ, संखुवासभा- संखुवासभाको धुपु गाविस-५ बलाङ्गा टोलका स्थानीयले रुद्राक्ष बगैंचामा नियतवश हेरी शंकास्पद गतिविधि गर्ने गर्नेलाई जरिवाना तोकेको छ । बलाङगा टोलको पुर्वमा पाङ्सु खोला, पश्चिममा थोत्ने खोला, उत्तरमासम्मा पातल र दक्षिणमा २ खोला दोभानको चार किल्लामा पर्ने बहुमूल्य रुद्राक्षको चोरी हुन नदिन टोलबासीले यो निर्णय गरेका हुन् ।


टोलबासीको बैठकपछि रुद्राक्षको फेदवरीपरी गलत नियतले हेर्नेलाई हर्नेलाई १० हजार रुपैयाँ जरिवना गर्ने निर्णय भएको छ । त्यसैगरी रुखमा चढेको भेटिए ३० हजार, गुलेली लिएर रुख वरीपरी हेरेको भेटिए २० हजा र रुद्राक्षको फेदमा झरेको दाना टिप्नेलाई १५ हजार रुपैयाँ जरिवाना तोकिएको छ । त्यस्तै रोपेको र नर्सरी गरेको बिरुवा लगेको पाइए प्रतिबिरुवा १० हजार रुपैयाँ जरिवाना तिराउने नियम बनाइएको छ ।


यो नियम रुद्राक्षको बोटमा दाना फल्न थालेदेखि पाकेर टिप्ने बेलासम्म लागू हुने भएको छ । भोजपुर र संखुवासभामा असोज भित्रमा बहुमूल्य दाना टिपीसक्ने चलन छ । पछिल्लो समय रुद्राक्ष खेतीमा आकषिर्त धुपु गाविसका स्थानीयले वर्षेनी १० लाख रुपैयाँ बराबरका रुद्राक्ष बिक्री गर्दै आएका छन् । भोजपुरको दिङ्गला क्षेत्र र संखुवासभामा फल्ने रुद्राक्षको एउटा बहुमूल्य दाना ५० लाख सम्ममा विक्री हुने गरेको छ ।

ADVERTISE

Saturday, August 23, 2014

धाराको पानीबाटै बिजुली


फर्पिङ, भाद्र ८ - मिक्स्चरजस्तै देखिने मेसिन। तर यसबाट जुस होइन, बिजुली निक्लन्छ भन्दा सुरुमा पत्यार नलाग्न सक्छ। राजधानी नजिकैको फर्पिङमा यसैबाट बिजुली निकालियो। तीन इन्चको पाइपबाट धारामा प्रयोग भइसकेको फोहोर पानी ल्याएर मेसिनमा ठोक्किन्छ। मेसिनभित्र रहेको टर्वाइन घुमेपछि त्यसैमा जोडिएको जेनरेटरले बिजुली निकाल्छ। यसैबाट उत्पादित बिजुली काठमाडौंको सेतीदेवी गाविसको फर्पिङ रिजभरवाइर नजिकैको सोखेल टोलमा बालिएको छ।


काठमाडौं सेतिदेवी गाबिसको सार्बजनिक ढुंगेधारा बाट खेर गएको पानिलाई व्यवस्थित गरि बिजुलि निकाल्दै !
सानो पानीको स्रोतबाट पनि बिजुली निकाल्न सकिने यो प्रविधिले लोडसेडिङ कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। 'हामी निकै खुसी छौं, चौबिसै घन्टा बिजुली बाल्न पाएका छौं,' ५५ वषर्ीय भगवती राउतले भनिन्, 'खेर गइरहेको पानीबाट विद्युत् उत्पादन हुन्छ भन्ने कल्पना पनि गरेका थिएनौं।'
स्थानीयवासी गाविसभरि नै खोला र ढुंगेधारामा खेर गइरहेको पानीबाट विद्युत् निकाल्ने अभियानमा जुटेका छन्। १५ सय वाट क्षमतामा बिजुली बल्न सुरु भएपछि धेरैतिरबाट मानिसहरू हेर्न आउन थालेका छन्।

चीनको युफुङ कन्सर्न ट्रेडिङ प्रालिले यो मेसिन उत्पादन गरेको हो। कम्पनीका प्रोपाइटर लि फुङ स्वले पहाडी भेगमा थोरै पानीबाट घर-घरमा विद्युत् उत्पादन गर्न सकिने बताए। '२ लाख रुपैयाँ खर्चमा विद्युत् उत्पादन गर्न सकिन्छ, दुर्गम गाउँ झलमल पार्न सकिन्छ,' उनले भने। बीस वर्ष आयु रहेको उक्त मेसिनको ग्यारेन्टी पाँच वर्ष राखिएको छ। पाँच वर्षभित्र बिग्रेमा कम्पनीले नयाँ मेसिन जडान गरिदिने कम्पनीले जनाएको छ।

'गाउँ झिलिमिली' अभियान प्रालिका निर्देशक केशव बस्नेतले सेतीदेवीलगायत फर्पिङका घर-घरमा विद्युत् उत्पादन गर्न सम्भाव्यता अध्ययन भइरहेको बताए। 'ठूलो पानीको स्रोत चाहिँदैन,' उनले भने, 'ढुंगेधारामा पनि विद्युत् उत्पादन गछौर्ं, नमुना परियोजनाले उत्साह थपिएको छ।' ढुंगेधारालगायत पानीका स्रोतबाट कम्तीमा २ इन्चको पाइपबाट यस मेसिनमा पानी पठाएर बिजुली निकाल्न सकिने उनले बताए।

सेतीदेवीवासीले कुलोबाट तीन हजार वाट क्षमताको बिजुली निकाल्ने तयारीसमेत गरेको उनले जानकारी दिए। 'तीन दिनभित्रमा ६ सय चिम बाल्दैछौं,' बस्नेतले भने, 'मुलुकभर अभियान पुर्‍याउँछौं।' विस १९६४ मा चन्द्रशमशेर बेलायत भ्रमणबाट फर्केपछि फर्पिङमा ५ सय किलोवाट क्ष्ामताको विद्युत् उत्पादन गरेका थिए। नेपालको यो नै पहिलो जलविद्युत् परियोजना हो। त्यसपछि विस १९६८ मा उक्त बिजुली नारायणहिटी दरबारमा ल्याइएको थियो। हाल उक्त विद्युत्गृह बन्द छ। फर्पिङ र सेतीदेवीका खोला र ढुंगेधाराको पानीबाट मात्र करिब १५ सय किलो वाटभन्दा बढी विद्युत् उत्पादन गर्न सकिने बस्नेतको भनाइ छ। 

उपत्यका वरिपरिका गाउँमा प्रसस्त पानी भएको उल्लेख गर्दै उनले प्रत्येक व्यक्तिले घर-घरमा विद्युत् उत्पादन गर्न सकिने बताए।
-रासस

Thursday, August 21, 2014

मापसे को मात्रा प्रिन्ट गर्ने ब्रेथलाइजर नेपालमा

मादक पदार्थ सेवन (मापसे) गरेका चालक र ट्राफिक प्रहरीबीच हुने वादविवाद छिट्टै अन्त्य हुने भएको छ। नेपाल प्रहरीले चीनबाट ३० वटा आधुनिक ब्रेथलाइजर भित्र्याएपछि यो विवाद अन्त्य हुन लागेको हो। नयाँ ब्रेथलाइजरले चालकले कति मात्रामा मापसे गरेको छ, त्यसको मात्रा देखाउँछ।



यो मेसिनमा मादक पदार्थको मात्रासहित तत्कालै कागजमा प्रिन्ट निकाल्ने प्रविधि छ। प्रहरी मुख्यालयले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई दिएको ब्रेथलाइजरमा धेरै फुक्नु नपर्ने, रेकर्ड र डिलिट गर्न मिल्ने, मापसेको मात्रासमेत प्रिन्ट गर्न मिल्ने, व्यक्तिको नाम, लाइसेन्स नम्बर, गाडी नम्बर र हस्ताक्षरसमेत गर्न मिल्ने, दीर्घकालीन रेकर्डका लागि कम्प्युटरमासमेत राख्न मिल्छ।

मापसे गरेनगरेको थाहा पाउन अस्पताल लगिरहनु पर्दैन। प्रहरी मुख्यालयको प्रबन्ध शाखाले चिनियाँ कम्पनीबाट प्रतिब्रेथलाइजर एक लाख ३५ हजार चार सय ५९ रुपैयाँमा ३० वटा ब्रेथलाइजर खरिद गरेको हो। नयाँ ब्रेथलाइजर प्रयोगमा ल्याउन कम्पनीका कर्मचारीले ट्राफिक प्रहरीलाई तालिम दिइरहेका छन्।

'अब चालक र ट्राफिकबीचको विवाद अन्त्य हुनेछ। वैज्ञानिक ढंगबाट मेसिनले तथ्य बाहिर ल्याउनेछ। पहिलो चरणमा अधिकृत तहका कर्मचारीले प्रयोगमा ल्याउँछन्', महाशाखाका डीआईजी केशव अधिकारीले भने।त्यसैगरी महाशाखाले गाडीको गति मापन गर्न उच्चस्तरको राडर गनसमेत प्रयोगमा ल्याउने भएको छ। प्रहरी मुख्यालयले प्रतिराडर गन ११ लाख ९२ हजार ६ सय ६२ रुपैयाँ पर्ने चारवटा राडर गन भित्र्याएको छ।


राडरले टाढाको गाडीको गति मापन गर्न सकिने, रेकर्ड र डिलिट गर्न मिल्ने, गाडीको गति, समय र दृश्यको फुटेजसमेत रेकर्ड गर्न मिल्ने र स्टेन्डको सहायतामा जता पनि राख्न मिल्ने जानकारी ट्राफिक प्रहरीले दिएको छ।-रासस

Thursday, August 14, 2014

इबोला भाइरस भित्रीन नदिन ७ वटा सिमा नाकामा टोलि परिचालन





काठमाडौँ: इबोला भाइरस भित्रिन नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित सातवटा सीमामा स्वास्थ्य परीक्षण टोली राख्ने प्रक्रिया विहिबारदेखि सुरु गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारी, सचिव तीर्थ बुर्लाकोटी, मुख्य सचिव लीलामणि पौडेल, गृह, परराष्ट्र, पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य मन्त्रालयका सचिवसहितको उच्च अधिकृतको बुधबार बसेको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य नाकामा स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य टोली राख्ने निर्णय गरेको थियो ।

“हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य सीमा नाकामा स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य परीक्षण टोली (हेल्थ डेक्स) राख्न आवश्यक कार्य सुरु गरेका छौँ, आवश्यक कोठाको खोजीमा छौँ, कोठा उपलब्ध भएपछि शङ्कास्पद व्यक्तिको परीक्षण कार्य सुरु हुन्छ,” स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सेनेन्द्रराज उप्रेतीले भने ।
उहाँले इबोला भाइरस भित्रिने विषयमा आतङ्कित र चिन्तित नहुन तर सचेत हुन भने आग्रह गर्नुभयो । मन्त्रालयले नेपाल भित्रिने एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित भारत र चीनसँगका अन्य सातवटा सीमा (नाका) पाँच जनाको स्वास्थ्य परीक्षण टोली रहने जनाएको छ ।
एकजना विशेषज्ञ चिकित्सक, एकजना चिकित्सक, एकजना परिचाकिा र अन्य दुईजना सहयोगी आवश्यक उपकरणसहित सो टोलीमा रहने छन् । टोलीले आफ्नो सुरक्षाका लागि टाउकोदेखि खुट्टासम्म सुरक्षित कपडा, मास्क र पञ्जा लगाउने छन् ।

उपत्यका बाहिरका सीमा नाकामा अहिले सम्बन्धित जिल्लाका जनस्वास्थ्य कार्यालयलाई उपलब्ध जनशक्तिलाई परिचालन गर्न मन्त्रालयले परिपत्रसमेत गरिसकेको छ । मन्त्रालयले सन् २००९ मा पनि विमानस्थलसहित अन्य सीमामा स्वाइन फ्लू र बर्ड फ्लू भित्रिन नदिन यसप्रकारको हेल्थ डेस्क स्थापना गरेको थियो । विभागका महानिर्देशक उप्रेतीले नाकाबाट आउने सबैको परीक्षण गर्ने कि शङ्कास्पदको मात्र गर्ने भन्ने विषयमा छलफल भइराखेको जानकारी दिए ।

मन्त्रालयको इबोला भाइरस भित्रिन नदिन के तयारी गर्दैछ ? भन्ने जिज्ञासामा महानिर्देशक उप्रेतीले विश्व स्वास्थ्य सङ्गठनको नेपाल सदस्य देश भएकाले सङ्गठनको मार्ग निर्देशनअनुरुप इबोला प्रकोपविरुद्ध सामना गर्न नेपालले आवश्यक तयारी गरेको जानकारी दिए । सङ्गठनको नेपालस्थित कार्यालयले इबोला भित्रिन नदिन मन्त्रालयलाई आवश्यक पर्ने सहयोग प्रदान गर्नेसमेत जानकारी दिएको छ । हेल्थ डेस्कले परीक्षण गर्दा शङ्कास्पद लागेकालाई तत्काल उपचार गर्न मन्त्रालयले वीर र टेकु अस्पताललाई तयारी अवस्थामा राखेको छ ।

के हो इबोला भाइरस ?

इबोला एक प्रकारको जीवाणु हो । यसलाई चिकित्सकीय भाषामा हेमोरेजिक फिभर भनिन्छ । सन् १९७६ मा कङ्गोको इबोला नदीको वरपरका घुमन्ते चमेरामा यो जीवाणु देखिएको थियो । इबोला नदीको नामबाटै वैज्ञानिकहरुले इबोला नामकरण गरिदिएको वरिष्ठ चिकित्सक सुन्दरमणि दीक्षितले जानकारी दिए । उनका अनुसार पछि यो जीवाणु चमेराबाट जङ्गली जनावरमा सङ्क्रमित हुन पुग्यो । जङ्गली जनावरबाट मान्छेमा सङ्क्रमित हुन पुग्दा अहिले सो जीवाणुको सङ्क्रमण रोक्न विश्वलाई चुनौती बनिराखेको छ ।

जीवाणुबाट सङ्क्रमित भएमा बाँच्ने सम्भावना केवल १० प्रतिशतमात्र हुन्छ । एक महिना अगाडि पुनः देखिएको यो जीवाणुको सङ्क्रमणबाट खासगरी दक्षिणी अफ्रिकी देशहरु गिनी, नाइजेरिया, लाइबेरिया र सियरालियोन यसबाट प्रभावित हुन पुगेका छन् । यो जीवाणुका कारण ती देशमा हालसम्म एक हजारभन्दा बढीको अकालमा मृत्यु भइसकेको बताइन्छ ।

इबोलाको लक्षण

ज्वरो आउनु, वाक्वाकी लाग्नु, घाँटीमा खसखस हुनु, मासंपेशीहरु तथा टाउको दुख्नु, शरीरमा दागहरु देखिनु जस्ता लक्षण यस रोगमा देखिन्छ । चिकित्सक दीक्षितका अनुसार पानी वा हावाका भरमा यो जीवाणु सङ्क्रमित हुँदैन तर सङ्क्रमितहरुका शरीरबाट निस्कने ¥याल, रगत, दिसा पिसाब, पसिना, वीर्य, श्वासप्रश्वासले सर्न सक्छ ।

बच्ने उपाय

हालसम्म यो जीवाणुविरुद्ध कुनै खोप, औषधि तथा एन्टिबायोटिक औषधि विज्ञानले पत्ता लगाउन सकेको छैन । विश्व स्वास्थ्य सङ्गठनले यो रोगबारे अध्ययन अनुसन्धान जारी नै रहेको जनाएको छ । सङ्गठनका अनुसार सङ्क्रमितलाई विशेषरुपमा निगरानीमा राखी उपचार गर्नु र अन्यमा सङ्क्रमित हुन नदिनु नै यसबाट सुरक्षित हुने एकमात्र विकल्प हो । अहिले इबोलाबाट अफ्रिकी मुलुक गिनी, नाइजेरिया, लाइबेरिया र सियरालियोन नराम्री प्रभावित हुन पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्य सङ्कटकाल घोषणा गरी उच्च सतर्कता अपनाउन आग्रहसमेत गरेको छ ।

यसैबीच, परराष्ट्र मन्त्रालयले इबोला सङ्क्रमित अफ्रिकी मुलुक गिनी, नाइजेरिया, लाइबेरिया र सियरालियोनको भ्रमण नगर्न नेपालीलाई आग्रह गर्दै अत्यावश्यक कामको सिलसिलामा जानुपरेमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 
- रासस 

Tuesday, August 12, 2014

८८ बर्षीय बृद्दाले गरिन आफ्नो सबै सम्पती दान



गुल्मी : गुल्मीको रुरु गाविसअन्तर्गत रिडीकी एक वृद्धाले आफ्नो सम्पूर्ण सम्पत्ति समाजिक संस्थालाई दान गरेकी छिन्। रिडी बजारअन्तर्गत बिहार टोल निवासी ८८ वर्षीया वृद्ध श्रीलक्ष्मी याँच्छेले आफूले नगद एकलाख रूपैयाँसहित आफू बस्दै आएको घर र बारी सबै स्थानीय चेतनशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्थालाई दान गरेकी हुन्।

आफू मरेपनि आफ्नो कृति रहिरहोस् र महिलाको सेवामा समर्पित रहेको संस्थालाई समाजिक कार्यमा लाग्न अझ थप प्रेरणा मिलोस् भन्ने उद्देश्यले आफूले उक्त सम्पत्ति दान दिएको याँछेले बताइन्।

सबै सम्पत्ति कानुनीरुपमै संस्थालाई दान गरेकी याँच्छेको पालनपोषण र रेखदेख सबै संस्थाले गर्ने उक्त सहकारी संस्थाकी अध्यक्ष लक्ष्मी ज्ञवालीले जानकारी दिइन् । आफ्ना सन्तान पहिलेनै गुमाइसकेकी उनी लामो समयदेखि रिडीमा एक्लो जीवन बिताउँदै आएकी छिन्।

Friday, August 8, 2014

डन "चरी" लाइ अन्यत्रै मारेर भिमढुंगामा फालिएको दाबि





काठमाडौं, श्रावण २३ । नेकपा एमाले धादिङले ‘गुन्डा नाइके’ दिनेश अधिकारी ‘चरी’लाई प्रहरीले योजनाबद्ध रुपमा हत्या गरेको भन्दै घटनामा संलग्न प्रहरीलाई निलम्बन गर्न माग गरेको छ ।
आज एमाले मुख्यालय बल्खुमा पत्रकार सम्मेलन गरी धादिङ एमालेका कार्यबाहक अध्यक्ष भूमि त्रिपाठीले ‘चरी’लाई अन्यत्रै मारेर भीमढुंगामा  शव फालिएको दाबि गरे!
-रासस



Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light