Wednesday, May 22, 2013

पुरस्कार करिब २१ लाख पुरस्कार

football पुरस्कार करिब २१ लाख पुरस्कार
८ जेष्ठ ,
                 ब्रिटिश गोर्खा कपको रूपमा तीन संस्करण आयोजनापछि नयाँ नाम दिइएको 'गोर्खा कप'मा १९ लाख ५० हजार रुपैयाँ र एक मोटरसाइकल पुरस्कार दिइने भएको छ । गत वर्षको पुरस्कार पनि उति नै थियो । राजधानीका 'ए' डिभिजनका १३, 'बी' डिभिजनका १ र मोफसलका दुई क्लबले बिहीबारदेखि प्रतिस्पर्धा गर्ने गोर्खा कपको च्याम्पियनले १० लाख पाउनेछन् । उपविजेताको भागमा ५ लाख हुनेछ । सेमिफाइनलमा रोकिने दुई क्लबले १-१ लाख पाउने आयोजक अखिल नेपाल फुटबल संघ -एन्फा) का महासचिव धीरेन्द्र प्रधानले बताए । लिग कम नकआउटको आधारमा असार १ गतेसम्म हुने प्रतियोगिताको उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई ५०-५० हजार दिइनेछ ।
                  प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई एक मोटरसाइकल दिने प्रधानले बताए । कुल ५४ लाख खर्च हुने प्रतियोगिताका निम्ति मुख्य प्रायोजक गोर्खा ग्रुपले २० लाख उपलब्ध गराएको छ । सहभागि सबै क्लबलाई ५०-५० हजार रुपैयाँ तयारी खर्च एन्फाले दिनेछ । मोफसलको 'ए' डिभिजन च्याम्पियन मुनाल (झापा), 'बी' डिभिजन विजेता देशभक्त युवा क्लब (नवलपरासी) लाई काठमाडौं आवतजावत र खाने-बस्ने -दैनिक ६ सय) खर्च उपलब्ध गराउने बताइएको छ । अघिल्ला तीन संस्करणमा राजधानीका 'ए' डिभिजन क्लबले मात्र प्रतिस्पर्धा गर्दै आएका थिए । राजधानीका 'बी' डिभिजन र मोफसलका क्लबले पहिलोपल्ट गोर्खा कप खेल्न लागेका हुन । 
             राजधानीको 'ए' डिभिजनका १४ क्लबमध्ये एनआरटी मात्र गोर्खा कप खेल्ने छैन । उसले वैशाख दोस्रो साता नै फुटबल केही वर्ष नखेल्ने घोषणा गरेको छ ।  डिफेन्डिङ च्याम्पियन पुलिसले बिहीबार हुने उद्घाटन खेलमा मोफसलको 'ए' डिभिजन च्याम्पियन मुनालविरुद्ध खेल्नेछ । त्यही दिन सरस्वती र मछिन्द्र पनि भिड्नेछन् । चार समूहका शीर्ष दुई क्लबले नकआउट चरणमा प्रवेश पाउनेछन् । 

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light