From our Blog
Showing posts with label Entertainment. Show all posts
Showing posts with label Entertainment. Show all posts
Sunday, September 21, 2014
Tuesday, September 2, 2014
राम तिमि नै,कृष्ण तिमि नै
शम्भु प्रधानको नयाँ चलचित्र ‘रंगवैजनीको’ ‘राम तिमी नै, कृष्ण तिमी नै’ बोलको गीत भर्खरै सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गरिमा र दिक्पालको अभिनय छ । प्रविशा अधिकारीको स्वर रहेको यस गीतमा दीप प्रधानको संगीत तथा रमण घिमिरेका शब्द रहेका छन् । गीतमा बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ ।
चलचित्र मा रहेका ५ वटा गीत प्रत्येक महिना एउटा गीत रिलिज गर्ने निर्दाशक तथा निर्माता शम्भु प्रधानको भइना छ।चल चित्रमा निर्देशक शम्भुका छोरा शशांकले सिनेमाटोग्राफी गरेका छन् ।
Monday, September 1, 2014
दुइ नायिकाको ट्याटु देखाउने आ-आफ्नै तरिका
पहिरनका बिषयमा नायिका करिश्मा मानन्धरलाई अन्य नायिकाले सायदै टक्कर देलान् । चालिस बर्ष कटिसक्दा पनि करिश्माको सुन्दरतामा कुनै कमी आएको छैन । सार्वजनिक कार्यक्रममा झनै उनी पहिरनको बिषयमा सर्वाधिक सजग हुन्छिन्।
आइतबार आयोजना गरिएको नेफ्टा अवार्डको ब्रान्ड घोषणा कार्यक्रममा करिश्माको यस्तै सुन्दरता देखियो । करिश्मा विशेषगरी सुन्दरतासँगै छात्तीमा खोपिएको ट्याटुले पनि विभिन्न समयमा चर्चामा आउँछिन् । यो कार्यक्रममा पनि वन पिस पहिरनमा पुगेकी करिश्माले ट्याटु देखाउन कसर छोडिनन् ।
यता, ट्याटुकै कारणले चर्चामा रहने नायिका सुष्मा कार्की पनि कार्यक्रममा देखिइन् । तर उनको ट्याटु देखाई भने करिश्माको भन्दा भिन्न थियो । पछिल्ला केही दिनयता सुष्मा हट बन्न हिचकिचाउँदिनन् । सायदै, उनको रुप यहाँ पनि देखियो । सुष्माले लगाएको वन पिस रातो पहिरन पछिल्लो भागमा मात्र होइन, अघिल्लो भागमा पनि खुबै खुलेको थियो ।
जसका कारण, पारदर्शी पहिरनमा उनको छाती छेउँमै खोपिएको ट्याटु क्यामेरामा सहजै कैद भयो । सायद सुष्मा पनि यही नै चाहन्थिन् होला । निक्कै खुलेको पहिरनले उनको जवानीलाई छरपष्ट पारिदियो । सुष्माका लागि हिजोआज खुलेको पहिरन लगाउनु अर्को एक फेशन नै बनेको छ ।
आफ्नो छातीमा खोपिएको ट्याटु देखाउने दुई नायिकाको तरिका पनि आफैमा भिन्न भिन्न खालको थियो ।
ADVERTISE
ADVERTISE
Thursday, August 28, 2014
बेनिशा हमालको तीन ढिक्के फुलिमा मख्ख हिमाल सागर
गायक हिमाल सागर नायिका बेनिशा हमालको तीन ढिक्के फुलीमा मख्ख भएका छन् । पूर्वका हिमालले बाग्लुङकी बेनिशालाई आफ्नो ज्यान रहुन्जेल माया गर्न पाँइरहने चाहना व्यक्त गरेका छन् । तर छक्क नपर्नुस्, यो सब ‘रियल लाइफ’ मा होइन, हिमालको भर्खरै सार्वजनिक ‘तीन ढिक्के फुली’ बोलको म्यूजिक भिडियोमा हो ।भिडियो हेर्नुहोस याँहा
चर्चित निर्देशक भुषण दाहालले निर्देशन गरेको उक्त भिडियोमा हिमाल र बेनिशाको गज्जबको माया–प्रेमलाई उतार्न खोजिएको छ । हिमालको स्वर र संगित रहेको उक्त गीतमा मानष केसीले लेखेका हुन् । धिरज जंग शाहले खिचेको उक्त भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका छन् । राजन इशानले गीतको एरेन्ज गरेका छन् ।
ADVERTISE
ADVERTISE
Wednesday, August 27, 2014
बिजुली को हट जवानी (भिडियो)
प्रदर्शन मिति तय भएसँगै चलचित्र ‘सरी ल’को आइटम गीत र ट्रेलर सार्वजनिक गरिएको छ । ऋषी लामिछानेको निर्देशनमा तयार भएको यो सिनेमामा सुवास थापा, अनिता आचार्य र राजन खतिवडाले मुख्य भूमिका निर्वाहा गरेका छन् ।
सार्वजनिक ट्रेलरले प्रेम, धोका र रोमान्सको कथा देखाउन खोजेको छ । यस्तै, ट्रेलरसँगै सार्वजनिक गरिएको आइटम नम्बरमा मोडल एनी कुँवरको नृत्य छ । ‘बिजुली न मेरो चाल सराबी’बोलको गीतमा ईन्दिरा जोशीले आवाज दिएकी छिन् । यो चलचित्र कात्तिक २१ गतेबाट प्रदर्शनमा आउँदैछ ।
ADVERTISE
ADVERTISE
महारानी बन्दै छिन सीपोरा गुरुङ
कास्की, भाद्र ११ - हुन त भलिबल खेलेरै सिपोरा गुरुङको नाम चम्किएको हो। राम्रो सट हानेर बेस्ट स्पाइकरको रूपमा खेलप्रेमीमाझ पहिचान बनाएकी सिपोरा पछिल्लो क्रममा भने फिल्म दुनियाँमा आइपुगेकी छन्।
थुम्रो इन्टरनेसलनले निर्माण गर्न लागेको 'यम्फावती द पि्रन्सेस' मा उनी नायिकामा अनुबन्धित भएकी छन्। पोखरामा मंगलबार पत्रकार सम्मेलनमार्फत यसको घोषणा गरियो । 'यो फिल्ममा सिपोरालाई ६ लाख रुपैयाँमा एग्रिमेन्ट गरिएको हो,' फिल्म निर्देशक कृष्णकुमार गुरुङले भने, 'सायद यो नेपाली फिल्ममा अरू नायिकाहरूले लिने पारिश्रमिकभन्दा धेरै होला।'
सिपोराले गुरुङद्वारा निर्देशित 'घलेक द साइन अफ लभ' फिल्मबाटै अभिनय यात्रा थालेकी हुन्। त्यो फिल्ममा भने उनले दुई लाख रुपैयाँ पारिश्रमिक लिएकी थिइन्।
'रोल र पारिश्रमिक फिल्ममा राम्रो पाएकी छु,' उत्साही देखिएकी सिपोराले भनिन्, 'सांस्कृतिक पक्ष समेटिएको महिलाप्रधान विषय उठान गरिएकोले पनि यो फिल्म राम्रो हुने ठानेकी छु।'तीन वर्षअघि खुट्टाको लिगामेन्ट च्यातिएर खेल्न नसकेकी सिपोरा अघिल्लो वर्षदेखि खेलमा फर्किएकी थिइन्। सन् २०१३ को मिस नेपाल प्रतियोगितामा समेत सहभागी भएकी उनले मिस ट्यालेन्ट टाइटल पाएकी थिइन्।
आफू खेल जीवनबाट सन्न्यास लिएर फिल्म क्षेत्रमा लागेको भन्ने हल्ला निराधार रहेको उनले बताइन् । फिल्महरूकोअफर धेरै आइरहे पनि छानेर मात्रै खेल्ने गरेको उनले खुलाइन्। 'भलिबलबाट म कहाँ टाढा हुन सक्छु ? भर्खर भलिबल कोर्टबाटै आएकी हुँ,' उनले भनिन्, 'खेललाई निरन्तरता दिन्छु र राम्रो फिल्म छानेर खेल्नेछु।'
ऐतिहासिक कथामा आधारित 'यम्फावती द पि्रन्सेस' मा उनी महारानीको भूमिकामा देखिनेछिन्। ऐतिहासिक महत्त्व बोकेको कोरी भन्ने ठाउँमा यसको सुटिङ हुने छ। पर्यटकीय गाउँ सिक्लेसबाट दुई दिन पैदल हिँडेर पुगिने उक्त स्थानमा एक दुई भेडीगोठ बाहेक मानवबस्ती शून्य रहेको थुम्रोकी प्रवक्ता सरस्वती गुरुङले बताइन्।
२५ दिन त्यही अनकन्टार ठाउँमा हुने सुटिङका लागि बुधबार ३५ जनाको टोली पोखराबाट प्रस्थान गर्दै छ। गुफाभित्र बस्ने राजकुमारीको परापूर्वकालको ऐतिहासिकतालाई फिल्ममा देखाउन खोजिएको छ।
Friday, August 22, 2014
नेपाली चलचित्र ताण्डव "ट्रेलर"
फ्राईडे रिलिज अन्तर्गत यो हप्ता चलचित्र ‘ताण्डव’ रिलिज भएको छ । दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठ अभिनित चलचित्र ‘कोहिनुर’ ले अधिकांश हलहरु कब्जा जमाईरहेको समयमा अर्को चलचित्र ‘ठूली’ पनि ‘ताण्डव’सँगै रिलिजमा आएको छ ।
ताण्डव’लाई बेलायती निर्देशक मुर्रे केरले निर्देशन गरेका छन् । मोहन डोटेलको ‘बधशाला’ पछिको ड्रिम प्रोजेक्ट भनिएको यो चलचित्रमा नम्रता श्रेष्ठ, आशिष राना ‘लाउरे’, एलेन गुरुङ, अनुप बराल लिड रोलमा छन् ।
चलचित्र मार्फत अभिनेत्री नम्रता कर्ल गर्लको रुपमा पहिलो पटक पर्दामा देखिँदैछिन् । यो चलचित्रलाई दर्शकको राम्रो मिल्ने अपेक्षा निर्माण युनिटमा छ ।
Wednesday, August 20, 2014
टाइगर द रियल हिरो ट्रेलर
दिलमाया ,बिन्दास , बिन्दास २ जस्ता सफल चलचित्र निर्देशन गरेका निर्देशक राजु गिरीको नया चलचित्र “टाइगर द रियल हिरो ‘अब प्रदर्शनको लागि तयार भएको छ । चलचित्र “टाइगर द रियल हिरो ‘लाई निर्देशक गिरीले हाम्रो समाजमा हुने वास्तविक घटनालाई चलचित्र मार्फत देखाउना खोजेका छन् ।एउटा गाउकि सोजी केटि गाउ बाट हिरोनी बन्ने सपना बोकेर सहर पसेकी केटीले भाग्नु परेको कथालाई चलचित्र मार्फत पर्दामा देखाउना खोजिएको छ ।
अहिले समाजमा देखिएका वास्तविक घटना नायिका हुन होश या मोड्लिंग गर्न आउदा तेती सजिलो छैन तेस्को लागि केहिले त् आफ्नो करियर बनाउन सबै कुराको बलिदान दिन समेत पछाडी न परेको यो अबस्थामा नायिका हुनु भन्दा अघिको भएको सेक्सका भिडियो समेत बजारमा निकाल्ने भन्दै विभिन्न बाहानामा कसरि अरुले ब्ल्याक मेल गरिन्छ यस्तै सत्य कथालाई उठान गरिएको छ ।
राजु गिरीले यस अघि निर्देशन गरेका चलचित्र पनि सेक्सका कारणले सेन्सर मा झमेला झेल्नु परेको थियो भने यसपालिको उनको चलचित्र “टाइगर द रियल हिरो ‘ले नेपाली रजतपटमा हुने गरेका सेक्सका बिषय उठान गरेकोले चलचित्र तेती सजिलै सेन्सर पास हुने सक्ने सम्भावना देखिएको छैन ।दशैँको आसपासमा रिलिज गर्ने भनिएको यो चलचित्र अहिले देशक विभिन्न ठाउमा च्यारिटी सो गरिदैछ ।चलचित्र “टाइगर द रियल हिरो’ एक्शन प्रधान चलचित्र हो भने यस्तो गीत संगीतले अहिले बजारमा राम्रो चर्चा पाउन सफल भएको छ ।
शुभेच्छा इन्टरटेन्टमेन्टको ब्यानरमा काजोल गिरी शंकर गिरी फिल्मका निर्माता रहेका छन । फिल्ममा अशोक फुयाल, शुभेच्छा थापा, समिक्षा अर्याल, सुरज रानाभाट, दिपक कडेल, उत्तम केसी, अमित पल लगायतका कलाकारहरुको अभिनय रहेको छ । अर्जुन पोखरेलको संगीत रहेको चलचित्रमा रोशन श्रेष्ठको द्धन्द, मुकेश हुमागाईको छायांकन रहेको छ ।
Tuesday, August 19, 2014
"आइ लभ यु प्रियसि,मेरो माया चोखो छ"
एउटा प्रेमीले प्रेमिकाको लागी गरेको समर्पण र सदभाव कति महत्वपूर्ण हुन्छ । अनि प्रेमिकाको स्वाभावले कति प्रभाव पार्छ प्रेमीलाई । साथै प्रेमीले बगाएको आँशुको मुल्य कसरी बुझेकी छिन प्रेमिकाले । यसको प्रष्ट भाव र दृश्य एउटै गीतले प्रष्ट पारेको छ । ‘आइ लभ यु प्रियसी, मेरो माया चोखो छ’ बोलको गीतमा गायक लीलाहाङ राईले न्याय गरिदिएका छन् ।
नेपाली सांगीतिक आकाशका नव प्रतिभा लिलाहाङ राई दश बर्ष देखि निरन्तर संगीत साधनामा लागेर मार्मिक गीत लिएर धेरै प्रेमीप्रेमिका अर्थात आम संगीतप्रेमीहरुको दिलमा बस्न सफल देखिएका छन् । भोजपुरबाट काठमाडौं आएर डोरेमी संगीत विद्यालयमा संगीत सिकेका लिलाहाङको यही गीत यतिबेला युटुबमा अपलोड भएको छ ।
उनको पहिलो एकल एल्बम ‘द राईज’मा समेटिएको उक्त गीतलाई संदिप मोतेले शब्द संगीत दिएका छन् ।युगल पोमो लिम्बुले निर्देशन गरेको भिडियोले लिलाहाङलाई संगीत क्षेत्रमा स्थापित गराउन थप सहयोग पुर्याएको छ । उनको यो पहिलो एल्बममा गायक तथा संगीतकार महेश थुलुङ र संदिप मोतेले नै शब्द, संगीत दिएका छन् ।
उनको यो पहिलो गीतलाई अमृत सुनुवारले छायाकंन गरेका छन् भने अनु, नरेन र सुजितले अभिनय गरेका छन् । लिलाहाङका जम्मा आठवटा गीत मात्र अहिलेसम्म रेकर्ड भएका छन् ।
Monday, August 18, 2014
मेघा ब्यानरको फिल्म "लज्जा" को अफिसियल ट्रेलर
मेघा ब्यानरको प्रतिक्षित फिल्म लज्जाको अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । आर्यन सिग्देल र शिल्पा पोखरेलको अभिनय रहेको फिल्मको ट्रेलरमा पनि यी दुई कलाकार नै हाबी छन । ट्रेलर हेर्दा फिल्मको कथा प्रेम, सस्पेन्स र एक्शनकै वरिपरि घुमेको बुझ्न सकिन्छ ।
म्युजिक भिडियोमा चर्चित अनुहार शिल्पाको यो नै डेब्यु फिल्म हो । फिल्मलाई छविराज प्रोडक्सनको ब्यानरमा दिजेन्द्र शाक्यले निर्माण गरेका हुन । त्यस्तै फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन भने फिल्मको कार्यकारी निर्माता छविराज ओझा हुन । फिल्ममा आर्यन र शिल्पासँगै मिथिला शर्मा, हिउँवला गौतम, किरण केसी लगायतको अभिनय रहेको छ ।
यसअघि फिल्म लोफर निर्माण गरेको छविराज प्रोडक्सनको फिल्म लज्जा यसबर्षको प्रतिक्षित फिल्मको लिस्टमा परिसकेको छ । फिल्म आउदो तिहारको अवसरमा कार्तिक महिनामा रिलिज गरिनेछ ।
रेखाको एक्सन "हिम्मतवाली" ट्रेलर
रेखा थापाको निर्माण तथा निर्देशन रहेको नेपाली चलचित्र ‘हिम्मतवाली’ को ट्रेलर सार्वजनिक भएको छ । फूलपातीका दिनबाट देशव्यापी प्रदर्शनमा आउने यो चलचित्रमा रेखाको साथमा दुवै हात नभएका नायक सुदर्शन गौतमको मुख्य अभिनय रहेको छ ।
चलचित्रमा रेखा एक्शन स्टारको रुपमा देखिएकी छिन् । चलचित्रमा उनले खतरनाक स्टन्ट दिएकी छिन् । चलचित्र ‘हिम्मतवाली’ मा द्वन्द्व निर्देशन चन्द्र पन्तले गरेका छन् भने बसन्त सापकोटा र टंक बुढाथोकीको संगीत रहेको छ । रामशरण उप्रेतीले छायाँकन गरेको ‘हिम्मतवाली’मा बसन्त श्रेष्ठको नृत्य निर्देशन रहेको छ भने रेखाकी आमा सरस्वती थापा निर्माता रहेकी छन् ।
Thursday, August 14, 2014
बिर्खेलाई के भयो? (भिडियो)
चलचित्र ‘बिर्खेलाई चिन्छस् ?’ को नयाँ गीत सार्वजनिक भएको छ । साधारणताको मूल्यलाई चिनाईएको बताईएको यो चलचित्रको ‘के भयो’ बोलको गीत सार्वजनिक गरिएको हो । यस गीतमा मोहित मुनाल र प्राश्ना शाक्यको स्वर तथा अराज केशवको रचना र मोहित मुनालको संगीत रहेको छ ।
यो चलचित्र भाद्र २० गते रिलिज हुँदैछ । एउटा साधारण मानिसको प्रतिनिधी पात्रको रुपमा अभिनय गरेका सुवास थापा आँफैले निर्माण गरेको चलचित्रलाई अराज केशवले निर्देशन गरेका छन् ।चलचित्रमा सुवास थापा, आयुषा राई, बिनिता खड्का, सुरेश उप्रेती लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।
अरु भिडियो हेर्न याँहा क्लिक गर्नुहोस
Saturday, August 2, 2014
बलिउडको "किङ" साहरुख खान नै हुन भन्छन सलमान
लगातार ७ वटा सिनेमा सय करोड क्लबमा प्रवेश गरेपछि बलिउडका नायक सलमान खानको चर्चा चुलिएको छ । चर्चा यसरी चुलिएको छ कि, सलमान खानलाई बक्स अफिसका राजा समेत भन्न थालिएको छ ।
तर चलचित्र ‘किक’ सफल भएको खुशीयालीमा आयोजित एक कार्यक्रममा भने सलमानले बलिउडको राजा आफू नभएको बताएका छन् । उनले बलिउडमा ‘किङ’को रुपमा साहरुख खान रहेको भन्दै त्यो स्थान उनलाई नै सुहाउने बताए । सलमानले अहिले बलिउडमा आफ्नो स्थान कतै हराएको भन्दै साहरुख खान बलिउडको राजा भएको बताएका हुन् ।
यता बलिउडका नायक साहरुख खानले पनि सलमान र आफ्नो सम्बन्ध निक्कै नजिकको रहेको बताएका छन् । ‘सलमान र म साथी जस्तै छौ’, साहरुखले भने । उनी निक्कै मिलनसार रहेको साहरुखको भनाई छ ।
Tuesday, July 29, 2014
ओस्कारको स्टेजमा दौरा सुरुवाल लाएर जाने चाहाना (सुनिल थापा)
भारतीय बक्सिङ खेलाडी मेरी कोमको जीवनीमा आधारित फिल्म ‘मेरी कोम’ को तीन मिनेटको ‘ट्रेलर’ सार्वजनिक भएपछि सुनिल थापाको चर्चा चुलिएको छ। मेरी कोमको रुपमा प्रियङ्का चोपडा देखिने यो फिल्ममा थापा उनका प्रशिक्षकको दमदार भूमिकामा छन्। अमिताभ बच्चन र डेनी डेन्जोङ्पाले नभ्याएपछि यो भूमिका आफूले पाएको थापाले बताए।
WATCH NEPALI MOVIE
२०३८ सालको सुपरहिट हिन्दी फिल्म ‘एक दुजे के लिए’ मा खलनायक रहेका थापाले आजकी आवाज, मानव हत्या लगायतका हिन्दी र केही दक्षिण भारतीय फिल्ममा पनि काम गरिसकेका छन्।उनले खेलेको पहिलो नेपाली फिल्म मशाल (२०३९) हो। त्यसको सात वर्षपछि बनेको चिनो को ‘राते काइँला’ को भूमिकाले उनलाई चर्चित बनायो। त्यो सफलतापछि उनी मुम्बई फर्केनन्। “त्यसबेलाको बहुचर्चित सिरियल ‘कमान्डर’ मा कमान्डरकै भूमिकामा अफर आए पनि नेपाली फिल्मको लागि त्यसलाई त्यागिदिएँ”, थापा भन्छन्
त्यसयता सयभन्दा बढी नेपाली फिल्ममा अभिनय गरेका थापा फिल्ममा आउनुअघि कोलकातामा ‘स्टेट्सम्यान’ पत्रिकाका फोटो पत्रकार थिए।२०१३ अप्रिलदेखि ‘मेरी कोम’ मा व्यस्त भएका उनले बीचमा नेपाल आउजाउ गर्दा नेपाली फिल्म मुखौटा मा काम गर्न भ्याए। ‘मेरी कोम’ का निर्माता सञ्जय लीला भन्साली, निर्देशक ओमाङ्ग कपुर र द्वन्द्व निर्देशक रब मिलर हुन्।
HINDI FULL MOVIE
DOWNLOAD FULL MOVIE HERE
दौरा सुरुवाल लगाएर ओस्कारको स्टेजमा जाने इच्छा पूरा हुने सम्भावना बढेको उनले बताए। बलिउड ‘कमब्याक’ लाई थापाको अभिनयको ‘सेकेन्ड इनिङ’ को रुपमा हेरिएको छ। ‘मेरी कोम’ का स्त्रि्कन प्ले राइटर साईवेन कुद्राशले फेसबुकमा थापाको फोटो पोष्ट गर्दै ‘अभिनयको पावर हाउसभनेर लेखेका छन्।
CREATE FACEBOOK ACCOUNT
KHABAR HAMRO
NEWS,ENTERTAINMENT FROM AROUND THE WORLD
Friday, July 18, 2014
धरान रंगीयो मेहेन्दि र चुराले
साउन महिना सुरु भएसँगै हिन्दू नारीले साउने व्रत सुरु गरेका छन्। हातमा मेहन्दी र हरिया चुरा लगाएर बिहीबारदेखि व्रत सुरु गरेका हुन्। हिन्दूधर्मअनुसार साउन महिनाभरि माछामासु नखाई शाकाहारी भोजन गरेर व्रत बस्ने चलन छ। विवाहित महिला आफ्नो पतिको दीर्घ जीवनको कामना गर्दै र अविवाहितले असल वर पाउनको लागि भगवान् शिवजीको पूजाअर्चना गर्दै व्रत बस्ने गर्छन्।
DOWNLOAD YOUTUBE VIDEO
शदीयौंदेखि चलिआएको यो परम्परा अहिले पनि त्यत्तिकै प्रचलित छ। विशेषगरी साउनको प्रत्येक सोमबारका दिन विशेष पूजाआजा गरी हिन्दू नारी व्रत बस्ने गरेका छन्। पूर्वी नेपालका विवाहित महिला यतिबेला पहेलो कपडा र हरिया चुरा, पोते र मेहन्दीले सिंगारपटारमा सजिने गरेका छन्। उनीहरू सप्तकोसी नदीबाट जल ल्याएर धरानस्थित पिण्डेश्वर मन्दिरको शिवलिंगमा चढाउने गर्छन्। पिण्डेश्वरको शिवलिंगमा जल चढाए पतिको सुस्वास्थ्य र दीर्घजीवन हुने जनविश्वास रहिआएकाले विभिन्न जिल्ला र छिमेकी देश भारतबाटसमेत भक्तजन पिण्डेश्वरमा जल चढाउन ठूलो संख्यामा आउने गरेका छन्।
CLIK HERE TO WATCH VIDEO
रमाइलो प्रसंग धरानका महिला र अविवाहिता युवतीको साउने व्रत भने भिन्न प्रकारको छ। जब साउन महिना लाग्छ सबैका हातमा मेहन्दी र हरियो चुराले सिंगारिने भएकाले धरानको फेसनलाई नयाँ रङ दिने गरेको छ। धरान यस्तो सहर हो जहाँ फरकफरक शैलीका फेसन देख्न पाइन्छ। फेसनेवल किशोरीको संख्या कम छैन। उनीहरू पनि साउनभर सपनाको राजकुमारको लागि साउने व्रत बस्ने गरेका छन्।
ADVERTISE HERE
किराँत समुदायमा हुर्किएकी धरान-१५ की २५ वर्षीय सविता राई यतिबेला सपनाको राजकुमारको लागि एक महिनासम्म व्रत बसेकी छिन्।
धरानमा विवाहितभन्दा बढी व्रत बस्ने अविवाहिता युवतीको संख्या धेरै देखिन थालेको छ। के राई, के लिम्बू, के मगर, के गुरुङ, के क्षेत्री, के बाहुन सबै समुदायका युवती साउने व्रत र हरिया चुरा र हातमा लगाएको मेहन्दीको रङले धरानलाई रंगीन बनाइदिएको छ। किराँत समुदायमा हुर्किएकी धरान- १९ की २५ वर्षीया सविता राई किराँत धर्म मान्छिन्। तर उनी यतिबेला सपनाको राजकुमारको लागि एक महिनासम्म व्रत बसेकी छिन्। 'हातभरि मेहन्दी अनि हरियो चुरा लगाएर सपनाको राजकुमारको लागि व्रत बसेकी छु', उनी भन्छिन्।
CREATE FACEBOOK ACCOUNT HERE
धरान- ११ की सुनिता पौडेल पनि यतिबेला आफ्ना पतिको सुस्वास्थ्य र दीर्घायुको लागि व्रत बसिरहेकी छिन्। साउन महिनाभरि माछामासु नखाई प्रत्येक सोमबार श्रीमान्को दीर्घ जीवनका लागि भगवान् शिवजीको व्रत लिने उनले बताइन्। सुनिताले प्रत्येक साउने सोमबार धरानको पिण्डेश्वर मन्दिरमा गएर पूजा गर्ने र शिवलिङमा जल चढाउने गरेकी छन्।
धरान- १५ कै २० वर्षीया सिर्जना लिम्बूले पनि साउने व्रत बस्न सुरु गरेकी छिन्। लिम्बू समुदायमा हुर्के पनि आफूले साउन १ गतेबाट व्रत बस्न सुरु गरेको उनको भनाइ छ। सिर्जनाले पनि राम्रो केटासँग विवाह होस्, चिताएको पुगोस् भनेर साउने व्रत बसेको बताइन्। उनले पनि साउन महिनाभर माछामासु नखाने र प्रत्येक सोमबार व्रत बस्ने, पूजाआजा गर्ने र पिण्डेश्वरमा गएर शिवलिङमा जल चढाई दान गर्ने गरेकी छन्।
WATCH ONLINE VIDEO
आफू किराँत समुदायको भए पनि परिवारले हिन्दू धर्म मान्ने भएकाले हिन्दू परम्परालाई मानेको सिर्जनाको भनाइ छ। 'जीवनमा एकपटक अवश्य विवाह गर्नुपर्छ त्यसैले सपनाको राजकुमार असल र राम्रो पाउँ भन्दै भगवान्सँग प्रार्थना गर्दै व्रत बसेकी हुँ', उनले भनिन्।
-रासस
-रासस
MAKE MONEY SIGN UP NOW
Monday, July 14, 2014
हट प्रियंका हङकङमा गीत गाँउदै
महिला सेलिव्रेटीको लागि फेसनले खास महत्व राख्छ । सार्वजनिक कार्यक्रममा उनीहरु विशेष रुपमा प्रस्तुत हुन रुचाउँछन् । फरक-फरक अवतारमा प्रस्ततु हुन मन पराउने सेलिव्रेटी मध्ये अभिनेत्री प्रियंका कार्की पनि एक हुन् ।
हरेक सार्वजनिक कार्यक्रममा प्रियंकाको पहिरनले ध्यान खिचेकै हुन्छ । हङकङको एक स्टेज कार्यक्रममा पनि प्रियंकाको पहिरनले सबैको ध्यान खिच्यो । प्रियंका वान
पिसमा कस्ती देखिएकी छिन् ? तस्बिरबाट छुट्याउन
मुस्किल नपर्ला ।
पिसमा कस्ती देखिएकी छिन् ? तस्बिरबाट छुट्याउन
मुस्किल नपर्ला ।
हङकङका दर्शकले मन पराइदिएपछि प्रियंका दंग छिन् ।
प्रियंकाको विशेष भूमिका रहेको फिल्म ‘पुन्टे परेड’ साउन १६ गते अल नेपाल प्रदर्शनमा आउँदैछ ।प्रियंका आवद्ध भएको ‘सुन्तली’, ‘श्री ५ अम्बरे’‘फन्को’ लगायतका फिल्महरु हाल पोष्ट प्रोडक्सनमा छन् । प्रियंका केहि दिनमा एक कार्यक्रममा सहभागी हुन अष्ट्रेलिया पुग्दैछिन् ।
Monday, July 7, 2014
आइ लभ यु भने बेहोस हुन्छु भन्छिन बेनिशा हमाल
काठमाडौं । विश्वकपसंगै स्टार खेलाडीहरु चम्किरहेका छन् र सेलिब्रेटी बनिरहेका छन् । यसै क्रममा घाइते भएर अरु खेल खेल्नबाट वञ्चित भएका ब्राजिलियन स्ट्राइकर नेमारप्रति सबैको सहानुभूति र मोह बढ्नु स्वाभाविक हो ।
त्यो मोह नेपालीहरुमाझ पनि उत्तिकै छ । अझ नेपाली हिरोइनहरु समेत नेमारप्रति आकर्षित बनेका छन् । अभिनेत्री बेनिशा हमाल यसको उदाहरण हुन् ।
बेनिशाले आफूलाई फुटबलर नेमारले प्रपोज गरे बेहोशै हुने बताएकी छिन् । नेमारको तस्वीर आफ्नो फेसबुकको प्रोफाइलमा राखेर उनले नेमारप्रतिको आफ्नो क्रेज देखाएकी छिन् ।
आफूलाई ब्राजिलका कडा समर्थक ठान्ने बे निशा‘नेमारको लुक्स नै डेन्जर छ । वास्तममा नेमार नै खेलाडीहरुमध्ये सेक्सी छन् ।’
क्रोएसियाविरुद्ध गोल गरेपछि फेसबुकबाटे नेमारलाई चुम्बन गरेकी बेनिशाले भनिन्, ‘नेमारले आई लभ यु भनेर प्रपोज गरे म त त्यहीँ ढल्छुहोला । एम्बुलेन्स बोलाएर हस्पिटल लानुपर्ला ।
Saturday, June 21, 2014
पापि फेसबुकले पागल बनायो नारान पापि फेसबुकले
हाँस्य कलाकार तथा कमेडी गायक श्रीकृष्ण लुइँटेल ‘बोको दारी’ फेसबुकबाट आजित भएपछि ‘पापी फेसबुक’ नामक गीत बजारमा ल्याएका छन् !
चर्चित सामाजिक सञ्जाल फेसबुकमा हुने गतिविधीलाई समेटेर उनले पापी फेसबुक नामको गीत बजारमा ल्याएका हुन् ।
फेसबुकको दुरुपयोग र विकृतिको विषयलाई टिपेर उनले गीत गायका छन् भने भिडियोमा आफै अभिनय गरेका छन् ।
फेसबुकले निम्त्याएको विकृतिबाट सडकमा माग्ने बन्नुपरेको कथा उनको गीत र भिडियोले प्रस्तुत गर्न खोजेको छ !
| '' Download |
Saturday, June 7, 2014
श्री र स्वेताको रोमान्स "कोहिनुर" मा
'कहाँ भेटिएला' जस्तो सफल फिल्म निर्माण गरेका अभिनेता श्रीकृष्ण श्रेष्ठको नयाँ फील्म‘कोहिनूर’का दुई गीत एक साथ सार्वजनिक भएको छ ।
दुबै गीतमा श्रीकृष्णसहित स्वेता खड्का फिचरिङ छन् ।
शम्भूजीत बाँस्कोटाको संगीत रहेको नेपाली गीत 'के म तिम्रो हैन र' मा अभिजित र साधना सरगमको स्वर रहेको छ भने हिन्दी भर्सनको गीत 'सलाम लिजिए'मा उदित नारायण झा र सोनु कक्करको स्वर रहेको छ । दुबै गीतका करियोग्राफर बसन्त श्रेष्ठ हुन् ।
श्रावण २३ रिलिज हुने यो फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । आकाशले 'काठमाण्डू' पछि 'कोहिनूर' निर्देशन गरेका हुन् ।भारत र नेपालमा सुटिङ गरिएको यो फिल्म लाई राजुबिक्रम थापाले खिचेका हुन् ।
आकाश अधिकारीकै कथा रहेको यो फिल्मले मुम्बईमा बेचिए की नेपाली चेलीको कथा भन्छ ।
Friday, June 6, 2014
Subscribe to:
Comments
(
Atom
)

























