दुर्घटनामा परेर शनिबार निधन भएकी गायिका मञ्जु
महतका परिवारलाई राहातको माग गर्दै कलाकारहरु
आन्दोलनमा उत्रिएका छन् ।
उनीहरुले गायिका मञ्जु महत दुर्घटनामा परेको ठमेल–सामाखुसी सडक बन्द गर्दै प्रदर्शन गरिरहेका
छन् ।
प्रदर्शनका क्रममा प्रहरीले गायक शिव हमाल, महेन्द्र
गौतम लगायतका १२ जनालाई प्रहरीले पक्राउ गरेर
लगेको गायक शिरिष देवकोटाले जानकारी दिए ।
कलाकारहरुले स्थानीयलाई आन्दोलनमा सहयोग गर्न
समेत आव्हान गरेका छन् ।
स्कुटरमा रहेकी महतलाई बिहीवार दिउसो साढे दुई
बजे काठमाडौंको ठमेलबाट गीत रेर्कडिङको लागि
मालश्री स्टुडियो जाने क्रममा गल्कोपाखामा माइक्रोले
ठक्कर दिँदा उनी दुई माइक्रोको बिचमा परेर च्याम्पिएकी
थिइन् ।
दुर्घटना हुनासाथ तत्काल उपचारका लागि मनमोहन
मेमोरियल हस्पिटल पुर्याइए पनि उनको त्यहाँ उपचार
हुन नसकेपछि शिक्षण अस्पताल लगिएको थियो ।
त्यहाँबाट पनि रिफर गरेपछि टोखास्थित
ग्राण्डी अस्पताल लगिएको थियो ।
जहाँ उनको शनिबार दिउँसो निधन भयो ।
२८ वर्षमा निधन भएकी गायिका महतका ९ वर्षीय
छोरी र १६ महिनाका छोरा छन् । उनका श्रीमान
कमलकिरण आधुनिक गायनमा सक्रिय छन् ।
गायिका महतले गाएका ‘सोह्र दुना आठ…’ र
‘हिरा मोती झै….’ बोलका गीत पछिल्लो समय
निकै चर्चामा छन् ।
Post a Comment