From our Blog

Showing posts with label Jankari. Show all posts
Showing posts with label Jankari. Show all posts

Thursday, August 21, 2014

फेसबुकमा सावधानी जानी राखौँ


होशियार फेसबुकमा साथीले मेसेज पठायो भन्दैमा जवाफ दिन हतार नगर्नुस् पहिले कस्ले र के म्यासेज गरेको छ राम्रो सँग हेर्नुहोस! हिजो आज फेसबुक ह्याकर हरुको सँख्या बढ्दै गइरहेको छ!ह्याकरको नजर तपाईंको सोसल मिडियामा परेको हुन सक्छ त्यसैले सावधान रहनु होला । नभए तपाईको गोपनियता भंग हुनेछ ।

एक अंग्रेजी पत्रिकामा छापिएको खबर अनुसार कोही ह्याकरहरुले प्रयोगकर्ताहरुलाई मूर्ख बनाएर उनीहरुको पासवर्ड पत्ता लगाइरहेका छन् र उनीहरुको जानकारी कैद गरिरहेका छन् ।पत्रिकाको अनुसार फेसबुक प्रयोग गर्ने ह्याकरहरुले केहि मानिसहरुलाई आफ्ना साथी र नजिकका मानिसहरुको पासवर्ड पत्ता लगाउन उक्साइरहेका छन् । उनीहरुलाई अरुको फेसबुक अकाउन्टको पासवर्ड सजिलैसँग ह्याक गर्न सकिने जानकारी दिइन्छ । यस्तो मेसेज उनीहरुको टाइमलाइनमा आउने गर्दछ ।

अकाउन्ट ह्याक गर्नका लागि उनीहरुलाई तीनवटा सजिलो उपाय बताइन्छ । उनीहरुलाई एउटा वेभ ब्राउजर जस्तै गुगल क्रोम र मोजिला फायरफक्समा फेसबुक खोलेर जसको अकाउन्ट ह्याक गर्नु छ उसको प्रोफाइल खोल्न आदेश दिइन्छ । त्यसपछि माउसलाई राइट क्लिक गर्न निर्देशन दिइन्छ जसमा उनीहरुलाई इन्सपेक्स एलिमेन्ट सेलेक्ट गर्न आदेश दिइन्छ जसले वेभ पेजको एचटीएमल एडिटर खोल्ने गर्दछ ।



त्यसपछि प्रयोगकर्तालाई एचटिएमएल एडिटरमा एउटा विशेष प्रकारको कोड टाइप गर्न भनिन्छ जसका कारण अर्को प्रोफाइल ह्याक गर्न सकियोस् । जब प्रयोगकर्ताले कुनै कोड टाइप गर्दछन् तब उनको आफ्नै फेसबुक अकाउन्ट ह्याक भइसक्छ किनभने ह्याकरहरुसम्म उनीहरुको पासवर्ड पुगिसकेको हुन्छ ।



त्यसपछि ह्याकरहरुले उनीहरुको पूरै डाटा चोरेर उनीहरुमार्फत नै नयाँ मानिसहरुलाई यसरी नै शिकार बनाउने गर्दछन् । ह्याकरहरुले यो खेलका लागि सेल्फ–XSS को प्रयोग गर्ने गर्दछन् जसले ब्राउजरको प्रयोग गर्ने व्यक्तिलाई नै फसाउने गर्दछ । यसलाई पहिलेदेखि नै सेक्युरिटि रिस्क मानिएको छ !
यस बारेमा आफ्नो बिचार प्रस्तुत गर्नुहोला,

Sunday, August 3, 2014

श्री कृष्णको अवस्था बुझ्न दाजु पनि पुगे दिल्ली




नायक श्रीकृष्ण श्रेष्ठ बिहे लगतै हनिमुन मनाउन भारत पुगेका थिए । तर स्वास्थ्यमा केही समस्या आएपछि उनी नेपाल र्फकन
सकेका छैनन् । एक करोड भन्दा माथिको बजेटमा तयार भएको चलचित्र ‘कोहिनुर’ प्रदर्शन हुन ५ दिन बाँकी छ ।

तर प्रचारप्रसारमा चर्को रुपमा लाग्नु पर्ने श्रेष्ठ र उनकी धर्मपत्नी नायिका स्वेता खड्का नेपाल र्फकन सकेका छैनन् । उनीहरु भारत हानिएको २० दिन बढि भैसकेको छ । नेपाल नफर्किएपछि श्रीकृष्णका दाजु मिन श्रेष्ठ उनको स्वास्थ्य अवस्था वुझ्न दिल्ली पुगेका छन् ।

निर्देशक आकाश अधिकारी अहिले सिनेमाको प्रचार जोडतोडका साथ गरिरहेका छन् ।तर कलाकार नै नभएपछि यसको प्रचार सोचेजस्तो हुन सकेको छैन ।केही दिन अघि नै नेपाल र्फकनु पर्ने श्रीकृष्ण र स्वेता अझै पनि भारतमा नै छन् । केही दिनअघि मात्र
नायिका खड्काले श्रीकृष्णलाई डाक्टरले केही दिन आराम गर्नुपर्ने भएकाले दिल्लीमा रहेको जनाएकी थिइन् । यसपछि नायक श्रेष्ठको खबर बाहिर आएको छैन ।

श्रीकृष्णको अवस्था बारे पत्नी स्वेताले पूर्ण जानकारी परिवारलाई नदिएपछि दाई दिल्ली हानिएका हुन् । चलचित्र ‘कोहिनुर’ साउन २३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

Thursday, May 30, 2013

फेसबुक अकाउण्ट खोलेपछि जान्नै पर्ने कुरा

फेसबुक अकाउण्ट खोलेपछि जान्नै पर्ने कुरा

facebook-kitta

               फेसबुक अकाउण्ट खोलेपछि सायदै मान्छे होलान्  जो तस्वीर शेयर गर्दैनन्, स्टाटस अपडेट गर्दैनन् तथा आफ्ना साथीहरुसँग च्याटमा मीठा मीठा कुरा गर्दैनन् ।

फेसबुकमा च्याटिङ गर्नु तथा सँगै स्टाटस पनि अपडेट  गर्नुको मज्जा नै बेग्लै ।
यसरी च्याटमा गरिएका कुराकानी सबै फेसबुक अकाउण्टमा सुरक्षित भएर बस्छन् । जुन पछि पनि पढ्न पाइन्छ ।

कहिलेकाहीँ फेसबुकमा निकै गोप्य  कुरा च्याटमा गरिएको हुन्छ । यदि तपाइँको फेसबुक  अकाउण्ट अर्को कुनै व्यक्तिले पनि खोल्नसक्छ र  उसलाई तपाइँले कसैसँग गरिएको गोप्य  च्याटको बारेमा थाहा नदिनु छ भने तपाइँले आफ्नो फेसबुक  च्याट डिलिट गर्नुपर्छ । यदि गर्नुभएन भने तपाइँले  कोही साथीसँग गरेको गोप्य च्याट अरुले पनि हेर्न पाउने
सम्भावना हुन्छ ।
फेसबुकबाट च्याटिङ म्यासेज डिलिट गरेर  आफ्नो गोप्य सम्वादलाई लिक हुन नदिनका लागि निम्न  उपाय अपनाउनुहोस् :
  • - सबैभन्दा पहिले आफ्नो फेसबुकको होम पेजमा जानुहोस्
  • त्यहाँ रहेको उल्टो हातजस्तो संकेतसहितको म्यासेज
  • बक्समा क्लिक गर्नुहोस् ।
  • - म्यासेज बक्समा क्लिक गरेसँगै तपाइँका सबै म्यासेज
  • खुल्नेछन् । त्यसपछि एक्सन मेनुमा जानुहोस् र डिलिट
  • म्यासेज नामक अप्सन छान्नुहोस् । अनि जुन
  • प्रकारका म्यासेज तपाइँ डिलिट गर्न
  • चाहनुभएको हो त्यसको बक्समा क्लिक गर्नुहोस् ।
  • यदि तपाइँ आजसम्मका सबै च्याटिङ म्यासेज नै डिलिट
गर्न चाहनुभएको हो भनी एक्सन मेनुमा गएर डिलिट
  • कन्भरसेसन भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।
  • यसो गर्दा तपाइँले फेसबुक अकाउण्ट सुरु गरेदेखिका सबै
  • च्याटिङ म्यासेज डिलिट हुनेछन् ।

नेपालको शान सगरमाथा बारेका सत्र रोचक तथ्य

everest_photo-by-national-geography2

            सगरमाथामा एडमण्ड हिलारी र तेन्जिङ नोर्गेशेर्पाले पहिलोपटक सफल आरोहण गरेको ६० वर्षपुगेको छ । यो ६० वर्षो बीचमा सयौँ जना सगरमाथाको चुचुरोमा पुगेका छन् । सगरमाथा हाम्रै देशमा छ । तरपनि हामी धेरै चाहेर पनि त्यहाँ जान सकिरहेका छैनौँ र यसको बारेमा विभिन्न तथ्यहरु हामीलाई थाहा छैन । हामीले सगरमाथा आरोहणको हिरक महोत्सवका उपलक्ष्यमा यहाँ सगरमाथा सम्बन्धि केही रोचक तथ्य प्रस्तुत गरेका छौँ ।

  1.  सगरमाथाको सबैभन्दा उच्चतम विन्दुमा श्वास फर्ेदा अरु सामान्य अवस्थामा भन्दा एक तिहाई अक्सिजन पर्याप्त हुन्छ । हावाको चापको कारण यस्तो भएको हो ।
  2.  सगरमाथामा सन् १९६९ यता हरेक वर्षकम्तीमा पनि एक जना आरोहीको निधन भएको छ । तर सन् १९७७ मा भने सगरमाथामा कसैले पनि ज्यान गुमाएनन् ।
  3.  एडमण्ड हिलारीका छोरा पिटरले ५ पटक सगरमाथाको आरोहण गरिसकेका छन् ।
  4.  एडमण्ड हिलारीसँग पहिलोपटक सगरमाथाको सिखरमा पुग्नुभन्दा अघि तेन्जिङ नोर्गे शर्ेपाले ६ पटकसम्म सगरमाथा आरोहणको प्रयास गरेका थिए ।
  5.  सन् १९९६ सगरमाथामा आरोहीका लागि सबैभन्दा घातक वर्षबन्यो । त्यसवर्ष१५ जनाले सगरमाथामा ज्यान गुमाए ।
  6.  सगरमाथा आरोहण गरेर सबैभन्दा छिटो ओर्लिने प|mान्सका जिन मार्क बोइभिन हुन् । उनी सन् १९८८ मा सगरमाथाको शिखरबाट ११ मिनेटमा फेँदमा ओर्लिएका थिए ।
  7.  सबैभन्दा कम उमेरमा सगरमाथा चढ्ने व्यक्ति १३ वर्षा जोर्डन रोमेरो हुन् ।
  8.  हिमाल आरोहण गर्ने व्यक्तिलाई दिनमा २० हजार क्यालोरी उर्जा आवश्यक पर्छ ।
  9.  सगरमाथाको चुलीमा सबैभन्दा बढि समय बिताउने व्यक्ति बाबुछिरी शर्ेपा हुन् ।
  10.  विना अक्सिजन पहिलोपटक सगरमाथा आरोहण गर्ने राइनहोल्ड मेस्नर र पिटर ह्याम्बलर हुन् ।
  11.  सन् १९९३ को मे १० का दिन ४० जनाले सगरमाथा चढेर एक दिनमा सबैभन्दा धेरै मान्छेले सगरमाथा चढेको रर्ेकर्ड कायम भएको छ ।
  12.  सगरमाथा हरेक वर्ष४ मिलिमिटरका दरले अग्लो हुँदैछ ।
  13.  सगरमाथामा सबैभन्दा बढि नागरिक गुमाउने देश नेपाल नै हो । अहिलेसम्म ४६ जना नेपालीले सगरमाथामा ज्यान गुमाइसकेका छन् ।
  14.  सगरमाथामा स्की गर्ने पहिलो व्यक्ति स्लोभानियाका डाभो कार्निकार हुन् ।
  15.  सगरमाथाको आरोहण गर्ने सबैभन्दा वृद्ध पुरुष जापानका ८० वर्षा युइचिरो मिउरा हुन् भने सबैभन्दा वृद्ध महिला जापानकै ७३ वर्षी तामाइ वातानाबे हुन् ।
  16.  सगरमाथा विश्वको सबैभन्दा अग्लो शिखर भएको कुरा सन् १८५६ मा मात्र पत्ता लागेको हो ।

    17. सगरमाथाको उमेर ६ करोड वर्षपुगेको छ ।

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light