Monday, June 9, 2014

बिमल घर्ती युरोपेली क्लवमा अनुबन्धीत

काठमाडौं : नेपाली यू १६ राष्ट्रिय टोलीका कप्तान विमल घर्ती म
काठमाडौं : नेपाली यू १६ राष्ट्रिय टोलीका कप्तान विमल घर्ती मगर युरोपको माथिल्लो डिभिजनको क्लब बाट व्यावसायिक फुटबल खेल्ने पहिलो नेपाली बनेका छन्। बेल्जियमको उच्च
डिभिजन क्लब एन्डरलेच्टमा दुईमहिने प्रशिक्षण र ट्रायलपछि भर्खरै नेपाल फर्किएका विमललाई एन्डरलेच्टले एक वर्षका लागि आफ्नो एकेडेमीमा अनुबन्ध गर्ने निर्णय गरेको छ।

विमलले पाएको यो मौकाले नेपाली खेलाडीको युरोपमा खेल्ने
सम्भावनाको ढोका खोलेको छ।विमललाई एन्डरलेच्टले सन् २०१५ को मे महिना सम्म आफ्नो एकेडेमीको खेलाडीका रूपमा अनुबन्ध गर्दै पुन:प्रशिक्षणका लागि बोलाएको हो। एन्डरलेच्टले
विमललाई ३/३ महिनामा प्रवेषाज्ञा नवीरकण गर्न अनुरोध गरेको छ। क्लबले उनको हवाईभाडासमेत बेहोर्नेछ।

एन्डरलेच्टले नेपाली राष्ट्रिय टोलीलाई आवश्यक परेका बेला विमललाई उपलब्ध गराउनुका साथै खान, बस्न, बिमा र आवश्यक खर्चसमेत प्रदान गर्नेछ।
विश्वफुटबल महासंघ (फिफा) को खेलाडी ट्रान्सफर नियम अनुसार १८ वर्षभन्दा मुनिका खेलाडीले कुनै पनि अफिसियल प्रतियोगिता खेल्न नपाउने नियम छ। उमेरका कारण विमलले
एकेडेमीमा प्रशिक्षणका साथै एन्डरलेच्ट बाट मैत्रीपूर्ण खेल र आगामी जुलाईमा आयोजना हुने अन्तर्राष्ट्रिय युवा प्रतियोगिता मा मात्र सहभागिता जनाउन पाउनेछन्।
विमलले एन्डरलेच्टमा अप्रिल १ देखि मे ३१ सम्म दुई महिना प्रशिक्षण र व्यावसायिक खेलका लागि ट्रायलसमेत दिएका थिए। उक्त अवधिमा उनले बेल्जियमको उमेरसमूहमा प्रतिष्ठित
फुटबल प्रतियोगिता खेल्नुका साथै नेदरल्यान्ड्सको एम्सटर्डम मा अयाक्स क्लबले आयोजना गरेको यू १७ फ्युचर कपमा समेत उत्कृष्ट प्रदर्शन गरेका थिए। विमलको गोलले एन्डरलेच्ट
फ्युचरकपको सेमिफाइनलमा पुगेको थियो।

विमललाई बेल्जियमको एन्डरलेच्टमा ट्रायल र प्रशिक्षणको मौका बंगलादेशी टोलीका डच प्रशिक्षक कोस्टर रेनेले मिलाइ दिएका थिए।यसअघि पनि विमललाई कोस्टरले नै नेदरल्यान्ड्स को उच्च डिभिजनको क्लब एफसीट्वेन्टेमाट्रायलको व्यवस्था मिलाइदिएकाथिए। फ्युचर कपमा काठमाडौंमा सम्पन्न यू १६ साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेका विमल सोही प्रतियोगितापछि अन्य राष्ट्रका प्रशिक्षकको आँखामा परेका थिए।
प्रदर्शनकै आधारमा विमललाई साफ च्याम्पियनसिपको सिनियर टोलीमा 'डेब्यु'पनि गराइएको थियो।
सिनियर टोलीमा विमलले पाकिस्तानविरुद्ध इन्जुरी समयमा गोल गरेपछि नेपालले सेमिफाइनलको बाटो तय गरेको थियो। विमलले'एन्डरलेच्टले बोलाउँदा खुसी लागेको बताए।
'प्रशिक्षणका क्रममा धेरै मेहनत गरेको थिएँ।मेरो खेलबाट क्लब व्यवस्थापन र प्रशिक्षक प्रभावित थिए। अब आफ्नो प्रदर्शनमा सुधार गर्दै थप राम्रो खेल्ने प्रयत्न गर्नेछु', विमलले अन्नपूर्णसँग भने।विमल दुई सातापछि बेल्जियम जानेछन्। यसैगरी आगामी सेप्टेम्बरमा थाइल्यान्डको ब्यांककमा आयोजना हुने एएफसी यू १६ च्याम्पियनसिपमा छनोट भएको नेपाली युवा टोलीलाई बेल्जियममा १५ दिन अभ्यासका लागि बोलाइएको छ। उक्त
अवधिमा नेपालले एन्डरलेच्ट क्लबको युवा टोलीसँग मैत्रीपूर्ण खेल पनि खेल्नेछ।
नेपालको आवश्यकताअनुसार एन्डरलेच्टले अन्य मैत्रीपूर्ण खेलको समेत व्यवस्था गरिदिने भएको छ।
काठमाडौं : नेपाली यू १६ राष्ट्रिय टोलीका

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light