किन सचिन तेन्दुलकरले आईएपीलबाट सन्यास लिए
१३ जेठ,
मुम्बई इण्डियन्स आईपीएलको नयाँ च्याम्पियन बनेसँगै सचिन तेन्दुलकरले आईपीएलबाट सन्यास लिएका छन् ।खेल सकिएलगतै उनले आईपीएल ७ मा मुम्बईका खेलाडीका रुपमा मैदानमा नउत्रने घोषणा गरेका हुन् । उनले भनेका छन्–यो मेरो अन्तिम आईपीएल थियो । मलाई लाग्छ, आईपीएलबाट विदा लिन यो सही समय हो । यो भन्दा राम्रो समापन हुन सक्दैन ।’ हातमा लागेको चोटका कारण सचिन चेन्नई सुपर किङ्ग्सविरुद्धको फाइनलसहितका ३ खेल खेलेनन् । सचिनले सन्यासको घोषणा गर्दा मैदानमा उनकी श्रीमती डाक्टर अन्जली, छोरा अर्जुन र छोरी सारा मैदानमा थिइन् ।
गत डिसेम्बरमा एक दिवसीय क्रिकेटबाट सन्यास लिएका सचिनले यो पटक आईपीएलमा अपेक्षित प्रदर्शन भने गर्न पाएनन् । उनले १४ खेलमा २२.०७ को औसतमा २ सय ८७ रन बनाए, जहाँ उनको उच्च रन ५४ थियो । २००८ मा आईपीएल सुरु भएदेखि नै सचिन मुम्बई इण्डियन्सबाट खेल्दै आएका छन् । उनले कुल ७८ खेलमा २ हजार ३ सय ३४ रन बनाएका छन्, जसमा एक शतक र १३ अर्धशतक छ ।
एजेन्सी
१३ जेठ,मुम्बई इण्डियन्स आईपीएलको नयाँ च्याम्पियन बनेसँगै सचिन तेन्दुलकरले आईपीएलबाट सन्यास लिएका छन् ।खेल सकिएलगतै उनले आईपीएल ७ मा मुम्बईका खेलाडीका रुपमा मैदानमा नउत्रने घोषणा गरेका हुन् । उनले भनेका छन्–यो मेरो अन्तिम आईपीएल थियो । मलाई लाग्छ, आईपीएलबाट विदा लिन यो सही समय हो । यो भन्दा राम्रो समापन हुन सक्दैन ।’ हातमा लागेको चोटका कारण सचिन चेन्नई सुपर किङ्ग्सविरुद्धको फाइनलसहितका ३ खेल खेलेनन् । सचिनले सन्यासको घोषणा गर्दा मैदानमा उनकी श्रीमती डाक्टर अन्जली, छोरा अर्जुन र छोरी सारा मैदानमा थिइन् ।

Post a Comment