From our Blog

Showing posts with label Interesting. Show all posts
Showing posts with label Interesting. Show all posts

Thursday, September 11, 2014

सात करोड वर्ष पुरानो डाइनोसरको अवशेष फेला


काठमाडौं, भाद्र २६ ।  अर्जेन्टिनामा सात करोड बर्ष पुरानो संसारकै बिशाल जीव डाइनोसरको अवशेष फेला परेको छ । अमेरिकी बैज्ञानिकहरुको टोलीले अर्जेन्टिनाको पैटागोनियन पहाडी इलाकामा डाइनोसरको जीवाशेष फेला पारेको जनाइएको छ ।

उक्त डाइनोसरको जीवावशेषको लम्बाई २६ मीटर र तौल ६० टन रहेको बताइएको छ । फेला पारिएको जीवाशेषमा ७० प्रतिशत हड्डी रहेको र निकै डरलाग्दो देखिएको बैज्ञानिकहरुले बताएका छन् ।


पैटागोनियन पहाडी इलाका बिनाशकारी बाढीपछि उजाड भएको क्षेत्र पर्दछ । अमेरिकाको फिलाडेल्फिया राज्यस्थित ड्रेक्सल युनिभर्सिटी अफ केनिथको बैज्ञानिक टोलीले गरेको अनुसन्धानका क्रममा उक्त जीवावशेष फेला पारिएको हो ।




यसभन्दा अगाडी दक्षिण अमेरिकामा अर्जेटीनोसरस नामक सबैभन्दा ठूला जीवाशेष फेला पारिएको थियो । जसको तौल एक सय टन थियो ।

ADVERTISE

Sunday, September 7, 2014

अब सेक्स गरेवापत पुरुषले पारिश्रमिक पाउने

पुर्बीय संस्कृतिमा जब युवतीको विवाहको कुरा चल्छ तब चरित्र र कुमारित्वको कुरा आउने गर्दछ । यदि युवती चरित्रवान छैनन् भने जति सुन्दर भए पनि अर्थ छैन भनिन्छ ।


तर, यही संसारमा यसको ठिक विपरीत परम्परा र संस्कृति पनि छ । एक जनजाति समुदाय यस्तो पनि छ जहाँ युवतीको कुमारित्व नै विवाहको बाधक बन्ने गर्दछ ।यदि युवतीले विवाहअघि सेक्स गरेको छैन भने उसको विवाह नै हुन सक्दैन । यदि युवतीले कुमारित्व भंग गरिसकेको छ भने मात्र उनलाई विवाहयोग्य मान्ने गरिन्छ ।

तपाई यो सुनेर अचम्ममा पर्नु भयो होला । तर यही सत्य हो । गुआम यस्तो ठाउँ हो जहाँ विवाहअघि युवतीले कुनै न कुनै पुरुषसँग यौन सम्बन्ध कायम गरेको हुनु अनिवार्य छ । यति मात्र होइन यदि युवतीका लागि विवाह गर्न यो सर्त हो भने पुरुषका लागि यो जिम्मेवारी र रोजगार बन्नु पनि हो ।

गुआमका हट्ठाकट्ठा युवकहरु गाउँगाउँ डुल्छन् र कुमारी युवतीसँग शारीरिक सम्बन्ध कायम गर्छन् । अविवाहित युवतीको कुमारित्व भंग गरेवापत उनीहरुले पारिश्रमिक पनि पाउछन् । गुआममा यसलाई रोजगारीको रुपमा पनि हेर्ने गरिन्छ।
यो समुदायमा कुमारित्व भंग नभएकी युवतीको विवाह हुन सक्दैन । विवाह गर्नुअघि यसो गर्नु अनिवार्य छ । 

यसलाई गलत तरिकाले पनि हेरिन्न । यो यहाँ पुरानो प्रथाका रुपमा यो चलन चलिरहेको छ । एजेन्सी

भिडियो हेर्न याँहा क्लीक गर्नुहोस

Thursday, August 28, 2014

क्याट्रिना कैफ सबै भन्दा कामुक


काठमाडाैं, भदाै १२ । बलिउड अभिनेत्री क्याट्रिना कैफले सबैभन्दा सेक्सी महिलाको उपाधि पाएकी छिन् । यसअघि सबैभन्दा सेक्सी मानिने हलिउड अभिनेत्री एन्जेलिना जोलीलाइ समेत उनले पछि पारेकी छिन् ।


नेसनल डेलस्ले आयोजना गरेको युवा सर्वेक्षणका क्रममा उनीलाई ३७ प्रतिशत सहभागीले सबैभन्दा सेक्सी मानेका छन् । उनलाई केही समयअघि एक म्यागेजिनले सबैभन्दा सुन्दर महिलाको उपाधि दिएको थियो । भारतका आकर्षक व्यक्तित्वहरुको सूचीमा पनि उनको नाम अगाडि छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

ADVERTISE

Monday, August 25, 2014

एउटा चराको अन्डालाइ ८१ लाख

एउटा चराको अण्डालाई ८१ लाख रुपैयाँ  पत्याउनुहुन्छ ? सायद पत्याउन गाह्रै पर्ला । तर विश्वको सबैभन्दा ठूलो अण्डा भनिएको एउटा ऐतिहासिक अण्डा ५० हजार पाउण्ड अर्थात् झण्डै ८१ लाख ५० हजार रुपैयाँमा बिक्दैछ ।


पृथ्वीबाट लोप भैसकेको हात्तीचराको त्यो अण्डा निकै भिमकाय छ । यो एक फुट लामो छ । यसको आकार अस्टिचर चराको सात वटा अण्डा बराबर छ । कुखुराको अण्डासँग यो तुलना गर्ने हो भने एक सय वटा कुखुराको अण्डाको आकारलाई एकत्रित गर्दा मात्र यो अण्डाको आकार जत्रै हुन्छ । सबैभन्दा सानो चरा मानिएको ह्युमिङ बर्डका १२ हजार वटा अण्डा मिलाउँदा मात्र हात्ती चराको यो अण्डाजत्रो बन्दछ ।

यो अण्डा अहिलेसम्म पाइएको डाइनोसरको अण्डाभन्दा पनि ठूलो रहेको दाबी गरिएको छ ।बेलायतको वेस्ट ससेक्स स्थित बिलिङस्रस्टमा आयोजना हुन लागेको लिलामीमा यो अण्डालाई लिलामी बढाबढमा राखिनेछ । यो अण्डा ३० हजार देखि ५० हजार पाउण्ड सम्ममा बिक्रि हुने अपेक्षा गरिएको छ ।

Sunday, August 24, 2014

बिश्व प्रसिद्ध भिडियो गेम "फार क्राइ" नेपाली कथामा



एजेन्सी, भाद्र ८ - नेपाली कथा, लोकेसन र पात्र प्रयोग गरिएको विश्व प्रसिद्ध भिडियो गेम फार क्राईको चौथो संस्करण रिलिज हुने भएको छ । गेमको यो संस्करणले अमेरिकीबाट किरात राज्यमा आमाको अस्तु लिएर आएको एक युवकको कथा भन्नेछ।

गेम नोभेम्बर १८ मा रिलिज हुँदैछ । १० बर्षअघि फार क्राई पहिलो पटक सार्वजनिक भएको थियो ।भिडियो गेमको प्रमुख नायक अजय घले हुनेछन् जो किरात राज्यमा जन्मिएर बुवाआमासँग अमेरिका पुगेका हुन्छन् । आमाले मृत्यु अघि आफ्नो अस्तु किरात राज्यमै पुर्‍याउन गरेको अनुरोध अनुसार अजय अस्तु बोकेर किरात राज्यमा प्रवेश गर्छन् तर छिर्दाछिर्दै राजा पागन मिङको पञ्जामा पर्छन् ।


अजयका बुवा किरात राज्यका राजा विरोधी क्रान्तिकारी भएकाले पागन मिङले अजयलाई कब्जामा लिएका हुन्छन् ।फार क्राई ४ का निर्देशकद्वय मार्क थोम्प्सन र एलेक्स हुचिन्सनले एक अन्तर्वार्ताको क्रममा कथा तयार पार्नको लागि वास्तविक युद्ध भोगेकाहरुलाई भेट्न नेपाल आएको सुनाएका छन् ।'सुरुमा हामीले गेममा राख्ने जनावरको सूची तयार पार्‍यौं', निर्देशक मार्कले भने,'त्यसपछि गेममा राख्ने लोकेसनको छलफल गर्‍यौं । हामीलाई यस्तो लोकेसन चाहिएको थियो, जहाँ राजनीतिक अस्थिरता भएको होस् ।'


फार क्राईमा वास्तविक लोकेसनको कथा भनिएको यो पहिलो पटक हो । वास्तविक लोकेसनको कथा नै फार क्राईको प्रमुख विशेषता भएको निर्देशक मार्क बताउछन् ।'कसैले वास्तविक युद्ध लडेकासँग कुरा गरेर भिडियो गेम बनाउने बारेमा सोच्छ भने त्यसबाट नयाँ कुरा निस्कन्छ', मार्कले भनेका छन्,'नेपाल जानु अघि हामी त्यहाँको युद्धबारेमा धेरै कुरा जान्न चाहेका थियौं र, जब हामी त्यहाँ पुग्यौं, प्रभावित भयौं ।'
नेपाल पुगेर युद्ध लडेका पात्रहरुसँग भेटेपछि गेम बनाउने सोचाईमा व्यापाक परिवर्तन आएको निर्देशकले भनेका छन् । नेपालमा वास्तविक पात्रहरुसँग भेटेपछि वास्तविक लोकेसेन र वास्तविक पात्रको नजिक रहेर गेम बनाउने योजना बनेको निर्देशक मार्कले बताए ।

'भिडियो गेममा हामी रमाइलोको लागि बन्दुक चलाउछौं तर नेपालमा हामीले बन्दुक चलाउने वास्तविक मान्छेसँग भेट्यौं जो बाल सैनिकको रुपमा युद्ध लडेका थिए', मार्कले भनेका छन् ।

फार क्राइ -४ को प्रोमो हेर्न भिडियो प्ले गर्नुहोस

Saturday, August 23, 2014

१३०० बर्ष पुरानो बुद्धिस्ट मन्दिर "माउन्ट ओमिनि"



जापान को एक दुर्गम गाँउमा १३०० बर्ष पुरानो एउटा ठुलो बुद्धिस्ट मंदिर रहेको छ।जसलाइ माउन्ट ओमिनी MOUNT OMINE   नामले चिनिन्छ! मनमोहक दृश्य एबम पहाड़, हरियाली अनि झरनाको बीचमा अवस्थित यो पुरानो  मंदिरमा महिला हरुलाइ प्रबेष निषेध गरिएको छ!


मन्दिरको प्रवेश द्वार मा एउटा बोर्ड राखीएको छ जसमा लेखिएको छ कि याँहा महिला प्रवेश निशेध छ! मन्दिरमा महिलाहरुलाइ  प्रवेश गर्न  निशेध गरिएको भन्दै त्याँहाका महिलाहरुले  बिरोध नगरेका होइनन् तर धार्मिक कथन अनुसार महिला पस्न नपाउने भएकोले यो नियम अझ सम्म यथावत नै रहेको भन्ने भनाइ त्यस मन्दिर वर परका बासिन्दा हरु भन्छन!

यो मन्दिर जुन ठाँउमा अवस्थित छ त्यस ठाँउ जापानकै सबै भन्दा सुन्दर ठाँउमा गनिन्छ! हरियाली जंगल, पहाड़ अनि झरनाहरुले घेरिएको यो मन्दिर मा दर्शन गर्न जानेहरुको त्यो मनमोहक दृश्यले मन लोभ्याउने गर्छ जसको कारण यस मन्दिरमा सँसारका कुना कूना बाट दर्शनार्थी आउने जाने गर्छन!

भनिन्छ यो ठाँउ जापानको सबै भन्दा सुन्दर र पहाडि भुभाग मध्ये सबै भन्दा अग्लो पहाडि भुभाग पनि भन्ने गरिन्छ! हेरौँ जापानमा आवस्थित बुद्धिस्ट मन्दिर "माउन्ट ओमिनि" को तस्विर !





फेसबुक बिवाह


फेसबुक एउटा मनोरञ्जनको साधन मात्र नभएर नयाँ जोडि बन्ने र बनाउने माध्यम पनि बन्दै गएको छ!प्रेम बिवाह,मागि बीवाह त सुने देखेकै कुरा हो तर नेपालि समाजमा अब फेसबुक बिवाह पनि हुन थालेको छ!फेसबुक को माध्यम बाट बिवाह बन्धनमा  बाँधिएका जोडिहरुको कहानि यस्तो छ,

फेसबुकमा पठाएको सन्देशको तीन महिनासम्म पनि जवाफ नआएपछि २८ वर्षीय कुमार आचार्यले बन्दनालाई ‘ब्लक’ गरे दिनमा २३ वटासम्म म्यासेज पठाउँदा पनि युवतीले बेवास्ता
गरेपछि निराश भएर कुमारले उनलाई ‘ब्लक’ गरेका थिए ।

 कुमार र बन्दना



त्यो अवधिमा बन्दनाले आफ्नो ‘स्टाटस’ अपडेट गरेकी थिइनन् र उनी कुमारप्रति आकर्षित छन् भन्ने संकेत पनि दिइनन् ।तर पनि कुमारले हरेस खाइसकेका थिएनन् । उनले बन्दनालाई नयाँ फ्रेन्ड रिक्वेस्ट पठाए, अनायासै त्यो स्वीकृत भयो, सम्बन्ध पनि बढ्दै गयोे र अन्ततः दुवैले विवाह गरे ।

“मैले उसका सबै म्यासेज पढेकी थिएँ, तर कुनै जवाफ फर्काइन,” २४ वर्षीया बन्दना मुस्काउँदै भन्छिन्, “मैले उसको परीक्षा लिइरहेकी थिए ।”कुमार र बन्दना जस्तै सामाजिक सञ्जालमा चिनापर्चीपछि विवाह गर्नेहरु काठमाडौंमा थुप्रै छन् ।

कुमारकी आमाले कैयौं केटीका प्रस्ताव ल्याए पनि उनले फेसबुकबाटै जीवनसंगिनी छनोट गरे ।त्यसैले सामाजिक सञ्जाल अहिले नेपाली युवाका लागि नयाँ लमी बनेको छ । नेपालमा फेसबुक प्रयोगकर्ता ४० लाख पुगेसँगै यो सञ्जालकै माध्यमबाट अझै धेरै जोडी बन्नेमा शंका छैन ।

फेसबुकमा भौगोलिक दुरीको पनि खासै महत्व हुँदैन, संसारको एउटा कुनाका पुरुष वा महिला अर्को कुनाका पुरुष वा महिलासँग जोडी मिलाइरहेका हुन्छन् ।यद्यपि, अपरिचितका ‘रिक्वेस्ट’ युवतीले सहजै स्वीकार नगर्ने हुँदा यस्तोमा परिवार र आफन्त सहयोगी भइदिन सक्छन् ।

“मेरो काकाको छोराको बन्दनासँग चिनजान थियो, त्यसैले पनि बन्दनासँग गाँसिन मलाई सजिलो भयो,” कुमार भन्छन् । फेसबुकबाट बनेको यो जोडीले परम्परा निर्वाह गर्ने क्रममा विवाहअघि ज्योतिषीको समेत सल्लाह लिए, परिवारको सहयोगमा विवाह गरे ।

 सुरेश र शान्ति



कहिल्यै नभेटेकी शान्तिलाई सुरेश गुरुङले ‘भ्यालेन्टाइन डेमा प्रस्ताव गरे । २४ वर्षे सुरेशलाई भावी श्रीमती शान्तिको साथी बन्नमा उनकी बहिनीले सघाएकी थिइन् फेसबुकमै रमाउने शान्तिलाई पट्याउन सुरेशलाई त्यति अप्ठ्यारो भने भएन । शान्ति सुरेशका सबै म्यासेजको जवाफ दिन्थिन् ।

“उसको प्रोफाइल हेरेपछि लाग्यो– मैले बिहे गर्ने केटी यही हो,” सुरेश भन्छन् । त्यसपछि उनले कहिल्यै नभेटेकी शान्तिलाई फेसबुकमै विवाहको प्रस्ताव गरेका थिए ।

सुरेश र शान्तिले आफ्नो प्रेमविवाह भएको बताए भने कुमार र बन्दनाले आफ्नो विवाह “अरेन्ज्ड” भन्छन्, तर वास्तवमा दुवै विवाह ‘फेसबुक विवाह’ हुन् ।

कुमार र बन्दनालाई भेट्दा एक–अर्काको हात अँठ्याएर मस्किंदै गरेको त्यो जोडी पहिल्यैदेखि गहिरो प्रेममा छ भन्ने प्रस्टै हुन्थ्योे।
सामाजिक सञ्जालमा जोडी बनाउन सजिलो भए पनि फेसबुकले गर्दा कैयौं जोडी छुट्टिनु पनि परेको छ । बन्दनाले अचेल कुमारलाई फेसबुकमा समय बिताउन दिंदैनन् । “उसले अरु केटीसँग कुरा गरेको मलाई मन पर्दैन,” कुटिल मुस्कान छर्दै बन्दनाले भनिन् ।

यता सुरेशले भने आफ्नी पत्नीको फेसबुकमा चियोचर्चो गरिरहेका छन् । “उसको तस्वीरमा कसैले कमेन्ट गर्‍यो भने त्यसका बारेमा सोधखोज गर्छु,” सुरेशले हाँस्दै सुनाए ।

फेसबुक जस्ता समाजिक सञ्जालमा नक्कली ‘आइडी’ बनाएर अरुलाई सताउने पनि प्रशस्तै हुन्छन् । गत हप्तामात्रै प्रहरीले सिन्धुपाल्चोकका ३० वर्षीय रामकुमार स्याङवोलाई एक महिलाको उजुरीका आधारमा पक्राउ गरेको छ । स्याङबोले अश्लिल सन्देश र तस्वीर पठाउने गरेको साथै यौनसम्बन्धका लागि दबाब दिने गरेको महिलाको आरोप छ ।

प्रविधिको विकाससँगै नेपालको सामाजिक जीवनको एउटा पाटो अवास्तविक (भर्चुअल) संसारमा रमाउन थालेको छ । फेसबुकको खुट्याउन नसकिने वास्तविकता वास्तविक मानिसहरु भन्दा पनि बढी वास्तविक ठानिएको देखिन्छ ।कुमार र बन्दना दुबैले आफ्ना जोडी वास्तविक जीवनमा निकै फरक भएको स्वीकार्छन् ।

“फोटोमा उनी अवोध देखिन्छिन्,” कुमार भन्छन् । “र ऊ फेसबुकमा निकै गम्भीर देखिन्थ्यो,” बन्दनाले भनिन् । फेसबुक एकप्रकारको मुखौटा हो जहाँ मानिसहरु आफ्नो सपनामा बाँच्छन् र आफूले चाहेजस्तो आदर्श रुपमा प्रस्तुत हुन्छन्– वास्तविकता भन्दा बेग्लै ।

तर, यसले टाढा रहेका आफन्तसँग कुराकानी गर्न, छिमेकमै रहेका युवा युवतीबीच चिनजान गराउन पनि सहज बनाइदिएकोे छ।-हिमाल खबर पत्रीका

Friday, August 22, 2014

मोबाइलबाटै गर्भवती र शिशुको स्वास्थ्य जाँच



बागलुङ : गर्भवती तथा शिशु स्याहार र जाँचका लागि मोबाइल प्रविधिमा आधारित ‘सेफ सिम’ परियोजना सफल देखिएको छ ।जिल्ला स्वास्थ्य कार्यालय बागलुङले वन हर्ट र स्वाअन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा गत वर्षदेखि उक्त परियोजना सञ्चालन गरेको हो ।

गर्भवती भएदेखि सुत्केरी भएको २८ दिनसम्म महिला र नवजात शिशुको नियमित स्याहारसुसार र स्वास्थ्य जाँचका लागि ‘सेफ सिम’ प्रभावकारी बनेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।सुरुमा जिल्लाका चार गाविसमा चलाइएको उक्त परियोजनाले सूचनाको सही व्यवस्थापन र अभिलेखन प्रणालीको माध्यमबाट नवशिशु कार्यक्रमको प्रभावकारिता बढाउने काम गरेको बताएको छ ।


कार्यक्रम लागू भएका गाविसमा स्वास्थ्य संस्थामा हुने प्रसूति दर बढेर ८० प्रतिशतमा पुगेको छ । एक वर्षको अवधिमा एउटा पनि मातृमृत्यु नभएको जनाइएको छ । परियोजना लागू भएका पैँयुपाटा, हटिया, बाटाकाचौर र बुर्तिवाङ गाविसका सबै महिला स्वयम्सेविकालाई ७७ वटा सफ्टवेयरजडित मोबाइल वितरण गरिएको छ ।

मोबाइलमा रहेको सफ्टवेयरमार्फत सम्बन्धित गाविसका गर्भवती महिलाको नाम र विवरण मोबाइलमा भित्र्याएका छन् । सोही दर्ताको आधारमै सफ्टवेयरले गर्भ जाँचको समय, प्रसूति हुने समय, सुत्केरी अवस्थामा आमा र शिशुको स्याहार तथा स्वास्थ्य जाँचका लागि सूचना दिने गरेको वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर दाहालले बताए।

मातृ तथा शिशु मृत्युदर घटाउन ‘सेफ सिम’ सहयोगी बनेको उहाँको धारणा थियो । स्वयम्सेविकाले मोबाइलमा प्राप्त सन्देश गर्भवती तथा सुत्केरी महिला कहाँ पु¥याउने गरेका छन् । मोबाइलले दिएको सूचनाकै आधारमा महिला समयमै गर्भ जाँच गराउने, प्रसूतिका लागि स्वास्थ्य संस्थामै जाने क्रम बढेको पाइएको छ ।

प्रसूति हुने समयभन्दा दुई हप्ता पहिलदेखि नै प्रसूतिका लागि निर्धारित समयमा स्वास्थ्य संस्था जान गर्भवती महिलालाई मोबाइलमा सन्देश प्राप्त हुने गरेको छ । गर्भवती महिला र नवजात शिशुको स्वास्थ्य जाँच, हेरचाहका लागि ‘सेफ सिम’ सहयोगी बनेको वन हर्टका कार्यक्रम निर्देशक सूर्य भट्टले बताए।

परियोजना चलेपछि स्वयम्सेविकासँग गर्भवती र सुत्केरी महिलाको नियमित भेटघाट हुन थालेको उहाँको भनाइ थियो । मोबाइल सन्देशकै आधारमा स्वयम्सेविकाले गर्भवती तथा सुत्केरी महिलालाई खबर गर्ने, स्वास्थ्य संस्थामा जानको लागि आग्रह र सहयोग गर्ने गरेका छन् ।

गर्भवती जाँच, शिशुको स्वास्थ्य अवस्था, खतराजन्य अवस्थाको सूचनाजस्ता महत्वपूर्ण सूचना मोबाइलबाटै स्वयम्सेविका कहाँ पुग्ने त्यसको दोहोरो पृष्ठपोषण र सूचना पनि आदानप्रदान हुने निर्देशक भट्टले जानकारी दिए।तत्काल गर्नुपर्ने उपचार तथा स्वास्थ्य जाँचबारे स्वयम्सेविकाले नजिकको स्वास्थ्य संस्थामा मोबाइलबाटै सन्देश पठाउन मिल्ने र त्यो सन्देश सर्भरमार्फत जिल्ला स्वास्थ्य कार्यालय र वन हर्टको केन्द्रीय कार्यालयमा पुग्ने गरेको छ ।

परियोजना सफल देखिएपछि जिल्लाभर समेटिने गरी सञ्चालनको तयारी गरिएको छ । आगामी वर्षका लागि युएन फाउन्डेसनले आर्थिक सहयोग गर्ने भएको छ । रासस

Wednesday, August 20, 2014

शारीरिकि थकान मेट्न सर्पबाट मसाज



५ भदौ, इन्डोनेसिया – मसाज सेन्टर जाने गर्नुभएको छ भने मसाज विशेषज्ञहरुको सेवाबाट मख्ख पर्नुभएको होला । तर मसाज सेन्टरमा सर्पले मसाज गर्ने थाहा पाउनुभयो भने के गर्नुहुन्छ, निश्चय पनि त्यो मसाज सेन्टरको छेउ नै पर्नुहुन्न होला।
तर इन्डोनेसियाको राजधानी जकार्तामा सर्पबाट मसाज गराउने ट्रेन्ड चलेको छ ।त्यहाँ शारीरिक तनाव कम गर्न सर्पवाट मसाज सेवा लिनेको संख्या बढ्न थालेको छ । यसले गर्दा सर्पबाट मसाज सेवा प्रदान गर्ने पार्लरको संख्या बढ्न थालेको छ ।



यस्ता पार्लरमा मानिसको शरीरमाथि विभिन्न प्रजातिका सर्पलाई छाड्ने गरिन्छ । सर्पहरुले शरीरमाथि घस्रिएर मसाज गरिदने गर्छन ।सानादेखि ठुला सर्पसम्मलाई यस्तो प्रयोजनमा प्रयोग गर्ने गरिन्छ ।सर्पबाट मसाज गराउने पार्लका अनुसार यस्तो बिधिबाट गराइने मसाज उन्नत हुन्छ । यसले शारीरिकि थकानलाई क्षणभरमै दुर गर्छ । र मानिसलाई फुर्तिलो बनाउँछ । सर्प चिसो र ओसीले भएकाले यसले शरीरलाई शीतल बनाइराख्नसमेट सहयोग गर्छ। 
-एजेन्सी

Saturday, August 9, 2014

अब चुरोटको ठुटा बाट मोबाइल र कम्प्युटर चल्ने



दक्षिण कोरियाली वैज्ञानिकहरुले मानिसले तानेर फ्याँकेका चुरोटका ठुट्टालाई उच्च क्षमतायुक्त पदार्थमा बदलेका छन् जसलाई कम्प्युटर, हाते ग्याजेट, विद्युतिय गाडी तथा वायु टर्वाइनमा उर्जा संचयका लागि प्रयोग गर्न सकिन्छ ।

वैज्ञानिकहरुले यो पदार्थको उच्च क्षमता भएको तथ्यलाई प्रायोगिक रुपमै प्रमाणित गर्दै चुरोटका फ्याँकिएका ठुटाबाट बनाइने यो पदार्थ विद्युतिय संसाधनमा उर्जा संचयका लागि प्रयोग गरिँदै आएको कार्वन, ग्राफिन तथा कार्वन नानोट्युब भन्दा बढि क्षमतायुक्त भएको दाबी गरेका छन् ।

यो पदार्थलाई सुपर क्यापासिटरको इलेक्ट्रोडमा लेपन गर्नमा प्रयोग गर्न सकिने सम्भावना छ । सुपर क्यापासिटर यस्तो विद्युत रसायिनक वस्तु हो जसले निकै ठूलो परिमाणमा विद्युत उर्जा संचय गर्न सक्छ । चुरोटका ठुटालाई यस्तो महत्वपूर्ण काममा प्रयोग गर्न सकिने भएपनि अब चुरोटका फ्याँकिएका ठुटा तथा फिल्टरका कारण हुने वातावरणीय समस्याको समेत समाधान हुने आशा पलाएको छ ।

एक तथ्यांक अनुसार विश्वमा ७ लाख ६६ हजार ५ सय ७१ मेटि्रक टन अर्थत् ५.६ टि्रलियन चुरोटका ठुट्टा वर्षेनी फ्याँकिने गरेका छन् ।वैज्ञानिकहरुले चुरोटका ठुटामा रहने फिल्टरमा हुने सेलुलोज एसिटेट फाइबरलाई कार्वनमा आधारित पदार्थमा परिणत गर्न सकिने तथ्यलाई पुष्टि गरेका छन् । ठुटालाई पाइरोलाइसिस नामक सामान्य प्रकारको जलन प्रक्रियाबाटै यस्तो रुपमा बदल्न सकिन्छ ।

यसरी जलाइसकेपछि चुरोटको ठुटा कार्वन पदार्थमा बदलिन्छ जसमा स-साना छिद्र हुन्छन् जसले ठूलो परिमाणमा विद्युतिय उर्जा संचय गर्न सक्ने सुपर क्यापासिटिभ पदार्थको काम गर्न सक्छ ।शोधकर्ता प्राध्यापक जोंघेओप यी ले पछिल्लो अनुसन्धानले उर्जाको बढ्दो माग पूर्ति गर्ने हरित समाधान प्रस्तुत गरेको दाबी गरे । चुरोटमा प्रयोग गर्ने फिल्टर विषाक्त तथा नसड्ने खालको हुने भएकाले यसले विभिन्न खाले वातावरणीय तथा स्वास्थ्य सम्बन्धि जोखिम ल्याउने विज्ञहरुको भनाइ छ । त्यसैले विश्वका धेरै देशले चुरोटका ठुटा फाल्नमा कडाइ गर्दै आएका छन् ।
-रासस

Monday, August 4, 2014

पसिना बगाउदै पति परदेशमा,घरमा पत्नी मोजमस्तीमा




काठमाडौं : स्वदेशमा केही सीप नलागेपछि अन्तत: वैदेशिक रोजगारमा जाने निर्णयमा पुगे, खोटाङका चन्द्र राई (नाम परिवर्तन)। दुई बच्चाका बाबु चन्द्र २०६६ मा साउदी अरबतर्फ हानिए। पत्‍नीलाई सबै जिम्मेवारी सुम्पँदै, जीवन सपार्ने सपना देखेर साउदी उडेका चन्द्रले लगातार पत्‍नी रूपा (नाम परिवर्तन) लाई पैसा पठाउन थाले। ललितपुरमा बस्दै आएकी रूपामा पैसाको बिटो देखेपछि उकुसमुकुस हुन थाल्यो। उनी मिठो खाने र राम्रो लगाउन होटेल तथा सुपरमार्केट धाउन थालिन्। यो क्रम चलिरह्‍‍यो।

कलेज पढ्ने छोरीले समेत आमा रूपाको व्यवहारप्रति शंका गर्न थालेकी थिइन्। रूपाले व्यापार गर्ने कुरा गर्दा लिम्बू थरका एक युवा उनको सम्पर्कमा आए। बिस्तारै उनीहरूबीच शारीरिक सम्पर्कसमेत भयो। यो क्रम २०७० चैतसम्म चलिरह्‍यो। रूपाले छोराछोरी छाडेर लिम्बूसँग हिँडिन्। साता दिनसम्म रूपा गायब भएपछि उनका परिवारले प्रहरीमा निवेदन दिए। लिम्बूसँग पोखरा घुम्दै गरेका बेला प्रहरीले रूपालाई पक्राउ गर्‍यो। साउदीबाट झिकाएर घटनाबारे जानकारी दिँदा चन्द्र छाँगाबाट खसेजस्तो भए। विदेशबाट पठाएको १० लाख रुपैयाँ पनि छैन, पत्‍नी परपरुषसँग लागेपछि उनले मन थाम्न सकेनन्। चन्द्रले रूपालाई घर लगे।


भोजपुरकी राई थरकी एक महिला पनि पतिले कुवेतबाट पठाएको ४० लाख रुपैयाँ र गरगहना लिएर परपुरुषसँग सम्बन्ध गाँस्न पुगेको उजुरी ललितपुर प्रहरीमा परेको छ। यो पनि २०७० कै घटना हो। पति राजेन्द्र राई (नाम परिवर्तन) ले आफू विदेश जाने बेला पत्नीलाई किराना पसल राखिदिए। कुवेत गएर धमाधम पैसा पठाउन थाले। सात वर्षसम्म चलेको यो प्रक्रिया दुई महिनाअघिबाट अन्त्य भयो। राजेन्द्रकी पत्नी अर्कै केटासँग भागिन्।

यस्ता प्रकृतिका उजुरी ललितपुर प्रहरीमा मासिक चारवटा, काठमाडौंमा मासिक ६ देखि सातवटा र भक्तपुरमा दुईवटा पर्ने गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंमा अहिले यस्ता तीन दर्जन घटना अनुसन्धानकै क्रममा छ। प्रहरीले हेर्न नमिल्ने घटना भए पनि खोजतलास गरिरहेको छ। ललितपुर परिसरमा अहिले १७ वटा घटना अनुसन्धानकै क्रममा छ भने भक्तपुर परिसरमा पाँचवटा छन्।
विदेशिएका पतिले पठाएको पैसाले स्वदेशमा पत्‍नीले मोजमस्ती गरी घर छाडेर परपुरुषसँग जाने गरेका धेरै घटना प्रहरी अनुसन्धानमा छन्।

पतिपत्‍नीवीच लामो समयसम्म शारीरिक एवं फोन सम्पर्क नहुनु, महिलामा छिट्टै पैसा आर्जन गर्न सकिन्छ भन्‍ने भावना जागृत हुनु, देखासिकी बढ्नु, विदेश गएपछि छुट्टीमा समेत घर नआएर सम्पर्कविहीन भएर बस्नुलगायतका कारणले यस्ता समस्या आएको प्रहरी निष्कर्ष छ।

ललितपुर परिसरका प्रवक्ता डीएसपी पवनकुमार गिरीले भने, 'लोग्ने विदेशिएपछि केही महिलामा लामो समयसम्म यौनकुण्ठा हुने भएकाले पनि आवश्यकता पूर्तिका लागि परपुरुषसँग सम्बन्ध गाँस्ने र लोग्नेले पठाएको पैसा समेत हिनामिना गरी भाग्ने गरेका थुप्रै उदाहरण छन्।' महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी हेमन्तबहादुर पालका अनुसार पतिले पैसा पठाउन थालेपछि सबै कर्तव्य भुलेर देखासिकीमा लागेर मोजमस्तीमा जीवन बिताउने बानी पर्दा पतिलाई छाडेर जाने गरेका घटना थुप्रै रहेको बताए।

Friday, June 13, 2014

यसरी बुढ्यौलीपन घटाउन सकिन्छ

उमेर ढल्कँदै जानु वा बूढो हुनु भनेको प्राकृतिक कुरो हो, यस प्रक्रियालाई तपाईं रोक्न सक्नुहुन्न। उमेरअनुसार तपाईंको छालाको परिवर्तन हुँदै जान्छ। तर जे भए पनि तपाईंले केही प्राकृतिक अभ्यास गर्न सक्नुहुन्छ जसले तपाईंलाई जवान देखाउँछ। यसका लागि तपाईंले निम्न उपाय अपनाउन सक्नुहुन्छ:

प्रशस्त पानी पिउने









मानव शरीर ६० प्रतिशत पानीले बनेको हुन्छ। एक दिनमा कम्तीमा आठ गिलास पानी पिउनुपर्छ। त्योभन्दा अझै धेरै पिउनु भए धेरै राम्रो। तपाईं जति प्रशस्त पानी पिउनुहुन्छ, शरीरको इन्द्रियहरूले राम्रो काम गर्छ र यसले तपाईंको छाला सुन्दर देखिन मद्दत गर्छ। यसले तपाईंको पाचनप्रक्रियालाई समेत सहज बनाउँछ, साथै पेट सफा राख्छ।
तनाउबाट टाढा हुने
प्रत्येक मानिसको जीवनमा तनाउ हुन्छ। तर महत्त्वपूर्ण कुरा के हो भने तपाईं यसलाई कसरी समाधान गर्नुहुन्छ भन्ने हो। यदि तपाईंसँग तनाउ व्यवस्थित गर्ने कला छ भने तपाईंको जीवन राम्रो बन्छ। एक अध्ययनले देखाएअनुसार, मानसिक तनाउ लिँदा बुढ्यौलीपन छिटोछिटो बढ्दै जान्छ। जब, तपाईं तनाउबाट मुक्त हुनुहुन्छ, तपाईंको शरीर सन्तुलनमा आउँछ। मानसिक चिन्ताबाट टाढा बस्नको लागि तपाईंको ध्यान अन्यत्रै केन्द्रित गर्न सक्नुहुन्छ। तपाईं कसरत गर्न सक्नुहुन्छ, योग गर्न सक्नुहुन्छ, लामो श्वास लिन सक्नुहुन्छ। यसले तपाईंको शरीरमा अक्सिजनको मात्रा बढाउँछ र तपाईंभित्रको शक्ति बढाउन मद्दत गर्छ।
दैनिक कसरत गर्ने
विज्ञहरूको अनुसार कसरत गर्दा तपाईंले मांसपेशी लचकदार बन्छ। यसले तपाईंको सम्पूर्ण शरीर फिट रहन सहयोग पुर्‍याउँछ र तपाईंलाई बुढ्यौलीबाट टाढा राख्छ। तपाईंमा भर्खरको जस्तो अनुभव हुन्छ साथै रोग लाग्नबाट बचाउँछ। स्वास्थ्यको लागि मात्र नभएर बुढेसकाल हुनबाट पनि जोगाउँछ।
दैनिक हिँड्ने बानी बसाल्ने 
हिँड्दा शरीरमा रगतको सञ्चालन राम्र्रो हुन्छ। बुढ्यौलीपन बढ्ने क्रमलाई ढिलो बनाउँछ र जोर्नीको दुखाइ कम गर्छ। तपाईंले हिँडेका प्रत्येक पाइलाले तपाईंको मुटु बलियो बनाउँछ।
सन्तुलित भोजन गर्ने
उचित सन्तुलित भोजनले तपाईंलाई स्वस्थ रहन सहयोग गर्छ। हरियो सागपात र फलफूल धेरै खानुहोस्। सकेसम्म रातो मासु नखाएकै राम्रो। तर माछा स्वास्थ्यको लागि हितकर हुन्छ। उचित खानाले तपाईंलाई आकर्षित देखाउनुको साथै तपाईंलाई आनन्द प्रदान गर्छ र तपाईं भर्खरको देखिनुहुनेछ।
ग्रिन टी पिउने
ग्रिन टीले तपाईको चाउरीपना र अनुहारमा डार्क सर्कल आउनबाट बचाउँछ। यसले प्राकृतिक एन्टिबायोटिकको काम गर्छ जसले रोगसँग लड्ने क्षमता बढाउँछ।
फलफूलले फेसियल गर्ने
तपाईंको घरमा उपलब्ध हुने फलफूलले अनुहारको मसाज गर्न सक्नुहुन्छ। मसाजले अनुहारमा रगतको सञ्चार हुन्छ र खुम्चिएका नसाहरूलाई क्रियाशील बनाउँछ। यसले बूढो हुनबाट बचाउँछ। -एजेन्‍सीको सहयोगमा

Thursday, June 12, 2014

बजारमा पाइने कसमेटिक मा मिसावट


सुन्दर बन्न रहर जोकोहीको हुन्छ। विवाह, पार्टी,चाडबाडको समय मा अरू भन्दा अलि बढी नै सुन्दर देखिने चाहना हरेक महिलाको हुन्छ।यसका लागि बजारमा पाइने जस्तोसुकै क्रिम, लिपस्टिक  र नक्कली गरगहना किन्न गरेको पाइन्छ।हाल बजार मा साना देखि केही ठूला कम्पनी द्वारा उत्पादित विभिन्न ब्रान्डका सौन्दर्य प्रसाधन ग्राहक माझ लोकप्रिय छन्। यस्ता सौन्दर्य प्रसाधनको प्रयोगले केही समयका लागि सुन्दर देखिए पनि यसले अन्तत:हाम्रो छालालाई नकारात्मक असर पुर्याइरहेको बारेमा भने धेरैलाई जानकारी नहुन सक्छ।

बजारमा पाइने यस्ता सामग्री मा केही कम्पनी को लोगो सहितका ब्रान्डेड सामान हुन्छन् भने केहीले भने चलनचल्तीका नामप्रयोग गरे पनि सामान नक्कली हुन्छ। तर, यी दुवै खालका उत्पादन मानव शरीरका लागि अस्वस्थ मानिन्छ। नेपाल र विभिन्न ठूला मुलुकमा भएका अध्ययनहरूले 'ह्वाइट स्किन क्रिम', 'लिपस्टिक' र 'नक्कली गरगहना' छालाका लागि निकै हानिकारक मानिएको पुष्टि  गरिसकेको  छ।

क्रिममा पारो
अहिले बजारमा पाइने ह्वाइट स्किन क्रिम लगाएरआफ्नो अनुहार लाई क्षणिक भए पनि चम्किलो र गोरो बनाउने रहर महिला पुरुष दुवैलाई हुन्छ।यस्ता क्रिमले दीर्घकालीन तथा तत्कालै विभिन्न प्रकार का घातक रोग निम्त्याउने खतरा त्यत्तिकैहुन्छ।छाला टल्काउने क्रिममा पारो (मर्करी)प्रयोग गरिएको हुन्छ। पारो आफैंमा 'घातक विष'हो। जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र (सिफेड)ले गरेको अध्ययनअनुसार बजारबाट संकलन गरिएका साना तथा ठूला ब्रान्डेड कम्पनीबाट उत्पादित क्रिममा पारो भेटिए को छ।

बजारमा पाइने कुनै पनि क्रिमको प्याकेटमा पारोसम्बन्धी विवरण
खुलाइएको भेटिएन। नेपालमा त झन्क्रिममा कति परिमाणमा पारो हुनुपर्छ भनेर कुनै मापदण्ड समेत नतोकिएकाले उपभोक्ता जानी नजानी यस्ता क्रिम प्रयोग गर्न बाध्य भइरहेका छन्।

सिफेडले बजारमा सबैभन्दा बढी बिक्री हुने विभिन्नब्रान्डका सात वटा नमुना संकलन गरेर भारतको दिल्लीस्थित देल्ही टेस्ट हाउस मा परीक्षण गराएको थियो। जसअनुसार सातमध्ये दुईवटा सेभेन इन वन एन्टी एजिङ क्रिम (ओले) र लोटस हर्बलमा पारोको मात्रा ०.०२५ एमजी/केजी भन्दा कम रहेको भेटियो।

यसैगरी सबैभन्दा बढी गार्नियर स्किननेचुरलमा पारोको मात्रा ०.५२१ एमजी/केजी भेटियो। सबैभन्दा कम भनेपुरुषका लागि बिक्री हुने फेयर एन्ड लभ्लीमा ०.०२६एमजी/केजी रहेको पाइयो।

गरगहनामा सिसा
सुन र चाँदी होइन। तर, त्यस्तैमहँगो गरगहनाजस्तो देखिने नक्कली  गरगहनाको अवस्था पनि राम्रो भेटिएन।चोरी हुनबाट पनि जोगिने र सौन्दर्य पनि चम्काउने हुनाले हिजोआज सुन र चाँदी को जलप लगाइएका गहनाप्रति धेरैको आकर्षण बढेको पाइन्छ।

ग्यारेन्टी भएको र ग्यारेन्टी नभएको यस्ता गरगहना मा सिसा (लिड) को मात्रा भेटिएको छ।सिफेडले राजधानीका केही गहना पसलबाट औंठी,हातमा लगाउने बाला, टप, नेक्लेसको नमुना संकलन गरेको थियो। नमुना हरूलाई सरकारी मातहतको नेपाल इन्भायरोमेन्ट एन्ड साइन्टिफिक सर्भिस प्रयोगशाला मा परीक्षण का लागि पठाएको थियो।

परीक्षणका क्रममा सिसाको मात्रा अत्यधिकरहेको पाइयो।
सिफेडका कार्यकारी निर्देशक रामचरित्र साहका अनुसार परीक्षण का क्रममा कानमा लगाइने टपहरूमा धेरै मात्रामा सिसा भेटिएको थियो।टपमा सात लाख ७५ हजार पाँच सय पीपीएम(पार्टस् पर
मिलियन) को हाराहारीमा सिसा भेटिएको थियो।

अमेरिकाले सामान्यतया तीन सय पीपीएमसम्म सिसाको मात्रालाई 'ठीक' भनेको छ। यस्तै औंठीमा भने अधिकतम ६१ हजार दुई सय पीपीएम सिसा भेटियो भने चेनमा तीन लाख २१ हजार नौ सय पीपीएमसम्म सिसाको मात्रा पाइयो।

सबैभन्दा कम भने बालामा ९०पीपीएम को हाराहारीमा मात्रै
सिसा भेटिएको उनले बताए। गरगहनामा समेत सिसाको परिमाण बारे उपभोक्तालाई जानकारी गराउने हिसाबले कुनै पनि विवरण उल्लेख गरिएको छैन।

लिपस्टिकमा  पनि  सिसा
ओठ चम्काउन लगाइने लिपस्टिकको अवस्था त झन्भयावह नै भेटिएको छ। सिफेडले गरेको अर्को अध्ययन अनुसार लिपस्टिक मा  पनि  सिसाको मात्रा अत्यधिक भेटिएको छ। सिसा मिसाइएको  लिपस्टिक अत्यन्त हानिकारक मानिन्छ। राजधानीमा बिक्री हुने सामान्यमात्रै नभई सबै ब्रान्डेड लिपस्टिकमा समेत
सिसाको औसत मात्रा ९०.१२५ पीपीएम रहेको पाइयो। यो अमेरिकी  मापदण्ड भन्दा नौ सय एक गुणा बढी हो।

अमेरिकी मापदण्डअनुसार रङमा ०.१ पीपीएम भन्दा बढी सिसा प्रयोग गर्नु भनेको मानव स्वास्थ्यका लागि विभिन्न प्रकारका घातक रोग निम्त्याउनु हो। अन्तराष्ट्रियस्तरका याक ब्रान्डको ब्लड रेड, लोरियल पेरिस ब्रान्डको वेरी,रेभ्लोनको चकलेट,ल्याक्मे स्ट्रवेरी,सिसिडोको ग्लाम साइन, डिलीको पिंक,च्यानलको ब्राउन, मिडाईको लाइट पिंक ब्रान्डका लिपस्टिकमा सिसाको मात्रा भेटिएको हो।

अध्ययनअनुसार सबैभन्दा बढी एक सय ४५ पीपीएमम्याक ब्रान्डको बल्ड रेडमा पाइएको छ। यसैगरी सबैभन्दा थोरै लोरियल पेरिस ब्रान्डमा ३० पीपीएम पाइएको छ। रेभ्लोन, ल्याक्मे, सिसिडो,डिली, च्यानल र मिडाईमा लिडको मात्रा क्रमश:
४०, ५०, एक सय २३, एक सय १६, एक सय एक र एक सय १६
पीपीएम पाइएको जानकारी वैज्ञानिक साहलेदिए।

सिफेडको अध्ययनपछि विज्ञान,प्रविधि तथा वातावरण मन्त्रालय, उद्योग मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालय मिलेरसौन्दर्य प्रसाधन र गरगहनामा हुनुपर्ने सिसा तथा पारोको आवश्यक मापदण्ड  निर्धारण गर्ने विषयमा नीति बनाउने तयारी गरिरहेको छ।करिब पाँच वर्षअगाडि भएको एक अन्तराष्ट्रिय अध्ययन अनुसार एक महिलाले जीवनभर विभिन्न प्रकारका तीन किलो लिपस्टिक खान्छन् भने उनीहरूका प्रेमी वा श्रीमान्को चुम्बनबाट एक किलो हानिकारक लिपस्टिक खाँदै आएका छन्।

कुन पदार्थले कस्तो हानि गर्छ?सिसा : सिसा मिसाइएको रङ सेवनले रक्तनलीमा पुगेर रातो रक्तकोषिकालाई मार्छ।यसले गर्दा विभिन्न अंग तथा तन्तुमा रगतको अभाव भएर अक्सिजनको मात्रा घट्दै जान्छ।अक्सिजनको मात्रा घट्दै गएपछि मानिसको मृत्यु हुने सम्भावना हुन्छ। सिसाले मिर्गौलामा असर पुर्याउनुका साथै छारेरोग पनि निम्त्याउँछ। साथै मस्तिष्क र स्नायुप्रणालीमा पनि असर पुर्याउँछ।

गर्भावस्थामा सिसाको सम्पर्कमा आउँदा गर्भको बच्चालाई
समेत खतरा हुन्छ। यसबाहेक पेट दुख्ने, तौल घट्ने,कब्जियत, अनिद्रालगायतका समस्या पनि आउन सक्छन्।

पारो : 
विश्व स्वास्थ्य संगठनका अनुसार पारोलेस्नायुप्रणाली, पाचन प्रणाली, श्वासप्रश्वास प्रणाली सहित मिर्गौला तथा फोक्सोमा असर पु:याउँछ। यसले सुन्ने र हेर्ने शक्ति मा ह्रासल्याउनुका साथै बच्चाको बौद्धिक तथा शारीरिक विकासमा असर गर्छ। रिसाउने,
लजाउने, काम्ने, स्मरणशक्तिसम्बन्धी समस्या,वाकवाकी लाग्ने, रक्त चाप तथा छातीको धड्कन बढ्ने, फोक्सोको समस्या, छालामा दाग निस्कने तथा आँखा पाक्ने रोगहरू देखा पर्छ।

गर्भावस्थामा पारोको सम्पर्कमा आउँदा बच्चा को शारीरिक विकासमा बाधा हुनुका साथै बौद्धिक विकास रसिक्ने क्षमतामा पनि नकारात्मक प्रभाव पर्छ।लामो समयसम्म पारोको  सम्पर्कमा आइरहँदा बाँझोपन जस्तो  गम्भीर समस्या पनि  निम्तिन सक्छ।

''
Download

Wednesday, May 21, 2014

एउटा भालेको मुल्य ५० हजार


कास्की लेखनाथका राजेन्द्रअधिकारी यति बेला अनुसन्धान मुलक
कुखुरा पालनमा रमाइरहेका छन । विभिन्नगैरसरकारी संस्थामा काम गरेका अधिकारीले कृषक लाई जीविको पार्जनको लागी कुखुरा पालन गर्न सहयोग गर्दे पनि आएका छन ।

आफुहरुले बाहिर बाट खरिद गरेर दिएको चल्लाबाटकृषकहरुले सोचे जस्तो कुखुरा पालन गर्न नसकेपछि उनि आफै विगत ६ बर्ष देखि ब्यबसायीक कखुरा पालनमा लागेका हुन् ।

अधिकारीले लेखनाथको डाँडाको नाक बाट करिव२ सय मिटर भित्र कुखुरा पालन गर्दे आएका छन ।उनि संग अहिले २३ प्रजाती को कुखुरा रहेका छन ।अधिकारीले कखुराको अनुसन्धान पनि गर्दे आएका छन।

कुखुरा पालन मात्रै नभएर उनले कुखुराको भालेलाईतालिम पनि दिएका छन । जुन भालेले अन्य कुखुराको रेखदेख गर्ने गर्छ । चल्लाहरु लाई चर्न सिकाउछ ।अधिकारी भन्छन उसले असुरक्षीत महसुस ग¥यो भने मानिसहरु लाई खबर गर्छ ।

यो फार्ममा आउने सवैले यसको मुल्य सोध्छन , ५०हजार दिदा पनि दिइन । तालिम दिइएर यति सम्म बनाउन धेरै मेहनतगर्नु परेको छ । गार्ड भालेको दैनिक खर्च एक सय ५० रहेको अधिकारी को भनाई छ ।
अहिले अधिकारीको फार्ममा कुखुरा हेर्ने रचल्ला किन्न जानेहरुको भिडभाड नै हुने गर्छ अधिकारी भन्छन । कहिले काहीत एकै दिन ३ हजार भन्दा बढी चल्ला विक्रि हुन्छ ।

अहिले अधिकारीको फार्ममा १ केजी हुने लुइचेदेखि १८ केजी सम्म हुने हब्र्ड जातको कुखुराहरु रहेका छन्। अधिकारी संग बनराजा ,बनकुखुरा क्रश ,जंगली लुइचे क्रश ,गिरिराज क्रश , गिरीराज ह्याबी ,हरियाणाको बनराजा र नेपाली बनकुखुरा क्रश ,मयुर कुखुरा ,घाटी खुइले ,टर्की हब्र्वडप्रजाती लगायतका कुखुरा रहेका छन् ।

आफुहरुल रोगप्रतिरोधात्मक चल्लाहरु उत्पादन गरीरहेको अधिकारीले बताएका छन । किसानहरु लाई आबश्क सल्लाह सुझाब मुबाइल बाट पनि दिने गरेको उनले बताएका छन ।
अधिकारीले कुखुरा पालनमा मात्रै १ करोडलगानी गरेको बताएका छन ।

नेपाली हावापानीमा टर्कीको ब्यबसायीक पालनगर्ने गरि चल्ला उत्पादन गरेको पनि बताएका छन ।किसानहरु लाई नयाँ प्रजातिको कखुरा पनि अहिले सर्वसुलभ मुल्यमा उपलब्ध गराएको अधिकारीके दाबी छ ।

पहिले पहिले टर्की लाई दुई हजार पर्ने गरे पनि अहिलेभने आफुहरुले ५ सय देखि ८ सय सम्म उपलब्ध गराउने गरेको पनि उनको बताए । अधिकारीले अहिले कुखुरा पालन ब्यबसाय लाई अनुसन्धानमुलक तरिकाले अगाडी बढाएका छन।


''
Download

Sunday, May 18, 2014

एन्सेलको ट्रिपल बोनस योजना



काठमाडौ, जेष्ठ ५ - एनसेलले विश्वकप फुटबलको अवसरमा ग्राहकका लागि 'ट्रिपल बोनस' नामक नयाँ योजना सार्वजनिक गरेको छ। योजनाबाट ग्राहकले एनसेलका सेवा प्रयोगगर्दा निःशुल्क बोनस पाउने कम्पनीले बताएको छ।

जेठ ५ गतेबाट लागू हुने योजनामा एनसेलका पि्रपेड
तथा पोस्टपेड ग्राहकले बिहानको ६बजेदेखि बेलुका १० बजेसम्म मोबाइलको मेन ब्यालेन्सबाट फोन गर्दा, एसएमएस, एमएमएस
पठाउँदा वा इन्टरनेट चलाउँदा १० रुपैयाँ खर्च गरेमा ३० रुपैयाँ बराबरको बोनस ब्यालेन्स पाउने उल्लेख छ । यही प्रक्रिया अन्तर्गत ग्राहकले एक दिनमा अधिकतम ६ सय रुपैयाँसम्म बोनस ब्यालेन्स पाउन सक्ने विज्ञप्तिमा भनिएको छ ।

यस्तोे बोनस व्यालेन्स बेलुकाको १० बजेबाट बिहान ६ बजेभित्र एनसेलको नेटवर्कभित्र फोन गर्नर्, एसएमएस वा एमएमएस पठाउनका साथै इन्टरनेट चलाउनलाई प्रयोग गर्न सकिने जनाइएको छ ।

एनसेलका पि्रपेड तथा पोस्टपेड ग्राहक स्वतः निःशुल्क योजनामा सहभागी हुनेछन् । यस समयमा हाम्रा ग्राहकले
एकआपसमा आफ्ना भावना साट्दै फुटबलको प्रत्येक
पलको आनन्द लिन सकून् भने यो योजना ल्याइएको हो,' एनसेलकी कर्पोरेट कम्युनिकेसन निर्देशक सञ्जु कोइरालाले भनिन् ।

''
Download

Friday, May 16, 2014

५ हजार जनालाइ प्रेम प्रस्ताव


फेसबुकबाटै ५ हजार युवतीलाई प्रेम प्रस्ताव, तर कसैले मानेनन्
 उमेर ढल्किसक्यो । विवाह भएको छैन । आफ्नो शहरमा कि त बुढी महिला छन् कि विवाह भइसकेका छन् । एक बयस्क पुरुषका लागि योभन्दा ठूलो दुःख के होला ?

 सर्बियाका ३४ वर्षका जावानोभिकले विवाह गर्ने केटी नपाएपछि सामाजिक सञ्जालहरुको सहारा लिए । उनले समाजिक सञ्जालमा ५ हजारभन्दा बढीलाई प्रेम प्रस्ताव पनि राखे । तर, सबैले उनको प्रस्ताव अस्वीकार गरेका छन् । ‘मैले जम्मा १५ जवाफ पाएँ’ उनले भने–‘तर, सबैले नम्रसँग मेरो गर्लफ्रेण्ड हुन अस्वीकार गरे ।’

जावानोभिकले भने अझै हार मानेका छैनन् । उनी अनलाइनमा प्रेमिका खोज्ने आफ्नो प्रयास एक रत्ति पनि कम गरेका छैनन् । उनीसँग विकल्प पनि छैन ।

किनकी उनको गाउँ निकै सानो छ, जहाँ कि त विवाह गरेका महिला छन् कि हजुरमाआमा उमेरका । उनी आफू जस्तै प्रेमिकाको खोजीमा छन् । जो कम हाँस्छन् र सँधै नम्र रहन्छन् ।

उनी सर्बिया र बाहिरका १६ वर्षमाथिका युवतीहरुलाई गल्र्डफ्रेण्ड बन्ने प्रस्तावसहित म्यासेज पठाउँछन् । आफ्नो जीवनमा महिला उर्जाको कमी महसुस गरिरहेको त्यसले जीवन खल्लो भएको भन्दै उनले भने– मेरो आसपासमै यस्ता युवती भेटिउन भन्ने चाहान्छु ।’

यति धेरै युवतीलाई प्रस्ताव गर्दा पनि कसैले रुची नदेखाउँदा उनी अचम्ममा परेका छन् । ‘मदेखि डराउनुपर्ने कुनै कारण नै छैन, युवतीले भनेको सार्वजनिक ठाउँमा पहिलो डेट गर्न म तयार छु’ उनले भने– ता कि उनीहरुका लागि कुनै खतरा नहोस् ।’

Wednesday, May 7, 2014

मिस गर्ने गर्लफ्रेन्ड लाइ माया गरिदैनः राजेश हमाल

बिहे गर्ने सुरसारमा लागेका नायक राजेश हमाल हिजोआज निक्कै सोच्न थालेका छन् । बिहे, जीवन, मायाका बिषयमा उनका विभिन्न खालका धारणाहरु सार्वजनिक भैरहेको पाइन्छ ।

नायक राजेश हमालले एक भेटमा आमा बुबालाई जत्ति माया मान्छेले अरु कसैलाई पनि गर्न नसक्ने बताए । हमालले भने, ‘हामी आमा बुबालाई कहिले पनि मिस गर्दैनौ । यसैले उहाँहरुलाई सर्वाधिक धेरै माया गर्छौ ।’ हमालको तर्क छ, पत्नीलाई मानिसले माया गर्छु त भन्छ तर गर्दैन । किनकी, पत्नीलाई उसले मिस गर्छ, यसैले भनेजस्तो माया गर्दैन ।’
बिहेको तयारीमा लागेका हमालले कुन मितिमा प्रेमिका मधु भट्टराइसँग बिबाह हुन्छ खुलाएनन् । तर उनी जेठको दोश्रो सातासम्ममा बिहे बन्धनमा बाँधिने तयारीमा लागेका हुन् ।
''
Download

Thursday, May 1, 2014

नुवाकोटे लुरे सँग पोइलो जानेनै भइन कोमल ओली


लाखौं शुभचिन्तकको रोजाई र जिज्ञासुकी पात्र गायिका कोमल ओलीलेकाठमाडौसंगै सिमा जोडिएको नुवाकोटे लुरे ठिटोसंग पाइल जाने रहर भएको गीतमार्फत खुलेरै गाइन् । नुवाकोटको प्रमुख शहर वट्टारवजारमा आयोजित तेश्रो नुवाकोट महोत्सवमा सहभागी हुन शुक्रवार महोत्सवस्थल पुगेकी वहुप्रतिभाकी धनी कोमल ओलीले हजारौ दर्शकलाई वढ्दो गर्मीसंगै आफ्नो गरमाउलो प्रस्तुती गरेर रमाइलो दिलाउंदै एक पटक निकै तताइन् ।


 नमस्ते नुवाकोट आइ लभ यु भन्दै स्टेजमा पुगेकी ओलीले आफु ११ महिनाको अवधिमा नुवाकोट दुई पटक आएको र भावनात्मक सम्वन्ध पनि विकसित हुदै गएको भन्दै नुवाकोट सम्वन्धि सायरी र सन्देशमुलक भनाई छाड्दै छड्के सलाम गर्दै वांझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा उपहारस्वरुप दर्शकका लागी गाएर अधिकांशलाई नचाइन् । उनले आफुलाई लुरे राम्रो, स्वस्थ हुने भएको कारण मन पर्ने र नुवाकोटे लुरेसंग पाइल जान इच्छा रहेको पनि हजारौं दर्शकलाई मन्त्रमुग्ध पारिन् ।  सञ्चारकर्मी, गायिका र आफ्नै गीतमा अभिनयसकेत गरिसकेकी ओलीले पछिल्लो समय नेपालमा युवा पुस्ताले अधिकांश क्षेत्रको नेतृत्व लिएको र तेश्रो नुवाकोट महोत्सव आयोजक नुवाकोट उद्योग वाणिज्य संघका पदाधिकारी पनि युवा नै रहेको कारण देश र समाज परिवर्तन हुने चन्दै खुसी व्यक्त गरिन् ।

दुई घण्टाको अवधिमा लगातार पांच वटा गित गाउनुका साथै दर्शकसंगै नाचेकी ओलीले पहिलो गीत वांझो खेतमा गाउंदा आयोजक संस्थाका अध्यक्ष राजनलाल श्रेष्ठ, उपाध्यक्ष तारावहादुर कार्की र गायक उज्ववलजंग ठकुरीलाई मञ्चमै नचाइन भने त्यसपछिको चारवटा गित दर्शकदीर्घामा गएर दर्शकसंग नाच्दै ए नानी गाजले म त मरे लाजले भने कम्मर मर्काइ मर्काइ नाच्दै गाइन् ।  उनलाई सयौं दर्शकले नाचेर साथ दिए ।  तेश्रो प्रस्तुतीका रुपमा ओलीले म छु त चिटिक्क परेकी कुमारी गाउंदा उनलाई सयौं युवाहरुले आइ लभ यु भने । उनले पनि आइ लभ यु नुवाकोट भन्दै जवाफ फर्काइन् । त्यसपछि कोमलले चौथो प्रस्तुती माया वस्यो मुटुमा मायाको मिठास छुट्टै गाएर मायाको महत्व दशाइन् ।  हजारौं दर्शकको वन्स मोरलाई साथ दिदै विश्राम नगरि लगातार गाएकी कोमलले अन्तिम तथा पांचौ प्रस्तुतीका रुपमा आफ्नो निकै चर्चित गीत पोइल जान पाउं शिव पाएद जान पाम भन्दै गाएर आफुलाई लैजानका लागी तयार हुन नुवाकोटका लुरेहरुलाई आग्रह गर्दै भरपुर मनोरञ्जन दिलाइन् । उनले विभिन्न सन्देशमुलक भनाइहरु पनि राखेर नेपाल एकिकरणको मुहान ऐतिहासिक नुवाकोट सदा मुटुमा वसिरहने वताइन् ।

‘व्यवसायिक अभिवृद्धि सबैको चाहना, समृद्ध नुवाकोट हाम्रो कामना’ भन्ने मुख्य नाराको साथ फागुन १४ गतेदे िखजारी तेस्रो नुवाकोट महोत्सवका अवसरमा शुक्रवार कोमल ओलीका साथमा अर्का चर्चित गायक हेमन्त शर्माले थाप न थाप हातैमा मायाको चिनो मायालु जाडा उडेर उडेर जाली रुमाल, माया त यस्तो होस, नजिक टाढा जता भएनीलगायतका आधुनिक गित गाएर दर्शकलाई भरपुर मनोरञ्जन दिलाए । उनका साथमा लोकगायक घमेश दुलाल, सुगम पोखरेल, डिजराज पौडेल, ऋतु कणेललगायत एक दर्नन गायक गायिकाहरुले हजारौ दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाए । महोत्सवका अवसरमा प्रत्येक वर्षको माघे संक्रान्तिका दिन नुवाकोटको तारुकामा गरिदै आएको गोरु जुधाई पनि महोत्सवस्थमै देखाएर हजारौं दर्शकलाई मनोरञ्जन दिलाइयो ।

Friday, April 25, 2014

आजको राशिफल

आजको राशिफल,
आज मिति २०७१ साल वैशाख १३ गते शनिबार,तदनुसार अप्रिल २६ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३४, 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
इष्टमित्रले सहयोग गर्नेछन, आफन्तसंग रमाइलो भेटघाट, प्रेमप्रसँग सुमधुर रहने, यात्रा फलदायी रहनेछ

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
धार्मिक कार्यतिर समय खर्च हुने, पति–पत्नीबीच वैमन्यश्यता, आम्दानीका श्रोत घट्ने, दिन खर्चालु हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
खेलकुदबाट मनोरञ्जन प्राप्त हुनेछ, सकारात्मक सोचाईले गर्दा आर्थिक लाभ, स्वास्थ्य राम्रो रहनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
टाढाकोे यात्रामा शारीरिक पीडा,सोचेजस्तो काम गर्न असफल, आफन्तबाट धोका, दिन सामान्य रहेकोछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
शत्रुहरू सक्रिय हुनेछ, धनमल हराउन सक्नेछ, कारात्मक सोचाइले गर्दा आर्थिक नोक्सानी, दिन खराब रहनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सरकारी काम असफल हुनेछ, पारिवारिक विवाद थपिने, दीर्घ रोगको सुरुवात हुनेछ सतर्क रहनुहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मनमा उत्साह बढ्नेछ, स्वास्थ्यमा क्रमिक सुधार,वेदैशिक रोजगारको अवसर मिल्नेछ, समय राम्रो छ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मनोरञ्जन तिर मनजाने, रमाइलो भ्रमणको अवसर,पारिवारमा खुसीयालीले गर्दा दिन सुखमय हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
यात्रामा अवरोध हुन सक्नेछ, पेट रोगले सताउनेछ,स्त्रीवर्गसँग किचलो हुनेछ, गरेको कार्य अर्थहिन हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
राजनीतिक दुःख झेल्नुपर्ने, आत्मीयजनबाट धोका र कलहले दिनभर मनमा तनाव हुनेछ हासियार हुनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सन्तानको सहयोगले अधुरा कार्य पूरा, उत्साह उमंग थपिनाले दिन अत्यन्तै राम्रो रहनेछ उपयोग गर्नुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आँखामा खराबी आउन सक्नेछ, पढाई असफल हुन सक्ने,दिनभर नैरास्यता बढ्न, समय खराब छ जोगिनुहोला।

Thursday, May 30, 2013

नातिनीलाई गर्भ बोकाएर मार्नेलाई जन्मकैद

नातिनीलाई गर्भ बोकाएर मार्नेलाई जन्मकैद
vaiya

          आफ्नै नातिनी नाता पर्नेलाई बलात्कार गरी गर्भवती बनाएर हत्या गर्ने एक नेतालाई जन्मकैदको सजाय भएको छ । यो भारतको घटना हो । भारतको मध्यप्रदेशका चर्चित डन नेता तथा पूर्व सांसद अशोक विर विक्रम सिंह उर्फ भैया राजाले जन्मकैदको सजाय पाएका हुन् । बहुचर्चित बसुंधरा हत्याकाण्डमा अशोक सहित अरु तिन जनालाई दोषी ठहर गर्दै अदालतले जन्मकैदको फैसला सुनाएको हो ।
             सन् २००९ को डिसेम्बर ११ मा नातामा नातिनी पर्ने एक छात्रा वसुन्धराको बलात्कार गरी गर्भवती बनाएर गर्भपात समेत गराई गोली हानी हत्या गरेको आरोप अशोकमाथि लागेको छ । यो मामिलामा अशोक सहित उनका ड्राइभर भुपेन्द्र, पंकज शुक्ला, तथा छोटु अभिमन्यु समेत दोषी ठहर भएका छन् ।

अदालतमा अन्तिम सुनुवाइका क्रममा बसुन्धराका आमाले आफ्नी छोरीमाथि भैया राजाले पहिले देखि नै गिद्धे दृष्टि लगाउने गरेको बताउँदै छोरीलाई बचाउनका लागि भोपाल पढ्न पठाएपनि अपराधीले नछाडेको बताइन् ।
onlinekhabar 

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light