From our Blog

Showing posts with label Gajal. Show all posts
Showing posts with label Gajal. Show all posts

Friday, May 24, 2013

पराइको घुम्टो तिमि, नओडनु है काली !

पराइको घुम्टो तिमि, नओडनु है काली !
भुलेरनी अन्तै नाता , नजोडनु है काली !!

उतार चडाब जिन्दगीको, रित नै हो बुझ !
दुख पर्दा मेरो साथ , नछोडनु है काली !!

भन्ने ले त आकाशको नि,तारा झार्छु भन्छन !
लोभिएर त्यो मन कतै , नमोड़नु है काली !!

सुख दिन नसकेनी , दुख दिने छुइन !
सुख खोजि अन्तै बाली, नगोड़नु है काली !!

युगल जोडी,देख्दा मनमा ,हलचल बड्न सक्छ !
बेहोसी भै सीमारेखा , नतोडनु है काली !!

जिन्दगी यो तिम्रै हातमा,सुम्पिसके मैले !
छल गरेर मेरो भाग्य , नफोड़नु है काली !!
- कृष्ण हरि खड्का

Thursday, May 9, 2013

तिमि संग भएन प्यारको कुरा

 
किन     गरियो       यहाँ   यारको    कुरा
 तिमि    संग     भएन     प्यारको   कुरा

स्वार्थी    देख्दा    तिमीलाई   आज भोली
पत्याउन   छोडे   मैले   अखबारको  कुरा

अनियन्त्रित     यात्रामा      पिडा    बोक्दै
देखियो      अनौठो       संसारको      कुरा

फूललाई     काँडा    भनि    सोच्दा    खेरी
मनमा   आएन    कहिले    बहारको  कुरा

 गन्तब्यमा   पुग्नु    पर्छ    भनि     यहाँ
बुझ्यो   यो    रोहितले     सहरको     कुरा ।।।। 
रोहित शाही 'अनुरागी '

Monday, May 6, 2013

केके दिन्छौ तिम्रो भोजमा नशा पाए पिउला टिका लगाई उपहारमा आँशु राखी दिउला

तीम्रो   बीहे      हुदैछ   रे   निम्तो   पाँए   आँउला
टिका   लगाई    उपहारमा     आँशु राखी   दीउला

सानो    भन्यौ    मेरो    घर    रोज्यौ   ठुलो  धुरी
अरु   के    नै    दिन    सक्छु    बधाइ  मुरी  मुरी

केके  दिन्छौ तिम्रो  भोजमा   नशा  पाए पिउला
टिका  लगाई   उपहारमा   आँशु    राखी  दिउला 

आगनीमा     नरमाइलो       बज्ला       सहनाई
आजै     देखी     भुलीदिनु      यो         दुखीलाइ

अन्माउदा  माइती   बनी    दु:ख   मानि   दिउला
टिका    लगाई    उपहारमा   आँशु  राखी  दिउला ।।।।।।

Sunday, May 5, 2013

दुई मुटुको धड्कन त धेरै बलियो हुन्छ भन्थे,

दिलमा मुटु हानी तिमी अन्तै बाटो मोडि जाँदा।

मन कस्तो भयो मेरो साथ दिई छोडि जाँदा॥

तिम्रै नाम लिंदै आज पल पल बाचेको छु, 

प्रेमको फुल किन फुल्थ्यो जरै देखि गोडि जाँदा॥

दुइटा मुटु एउटै बनाइ पाईलाहरु चाल्दै थिए,

अनयासै बेहोस भए मेरो मुटु फोडि जादा॥

दुई मुटुको धड्कन त धेरै बलियो हुन्छ भन्थे,

मनका टुक्रा सम्हाल्दै छु टुक्राहरु छोडि जाँदा॥

दिलमा मुटु हानी तिमी अन्तै बाटो मोडि जाँदा।

मन कस्तो भयो मेरो साथ दिई छोडि जाँदा॥

Thursday, May 2, 2013

संविधानबाट दुर भएपछी आजभोलीको सरकार अनौठो

कसै   कसैको   अनुहार   अनौठो
विद्वान    पनि    विचार   अनौठो

संविधानबाट        दुर     भएपछी
आजभोलीको   सरकार    अनौठो

हातमा   हतियार      बोक्नेहरुको
दिन   दाहडै   अत्याचार   अनौठो

मन्चमा   कोहि    भाषण गरे भने
उसको   बोलीको     प्रहार  अनौठो

गरीबहरुको    समाचार      नलेख्ने
यो   देशको      अखबार    अनौठो ।।।।

रोहित शाही 'अनुरागी '
लम्की कैलाली
हाल काठमाडौँ 

असफल हुन्छ भने तिम्रो सामु पक्कै पनि भेट्ने चल्ती हुने छैन

तिमीलाई आकाश म धर्ति हुने छैन
मन्दिरहरुको     मुर्ति    हुने     छैन

नियालेर   हेर्छौ    भने    बारम्बार
मेरो   बिचारमा    गल्ति   हुने छैन

म   दुई   पैसाले   काम    चलाउछु
यथार्थमा   रित्तो   खल्ती   हुने छैन

असफल  हुन्छ   भने तिम्रो  सामु
पक्कै पनि  भेट्ने चल्ती हुने छैन

प्रत्येक पलहरुमा  भए पछि खुसि
हासो    रोदनमा   भर्ति  हुने   छैन।।।।

रोहित शाही 'अनुरागी '
लम्की कैलाली
हाल काठमाडौँ 

Tuesday, April 30, 2013

मै हुँ भन्ने वादशाहहरूले , पनि केही गरेनन्,


प्रत्येक    सीमाका   किल्लाहरू , हराउँदै छन्

प्रत्येक    नेपालीले     माटो ,   विराउँदै  छन् ।।

निरीह माटो    छट्पटाउँदा ,  हेरिरहे     मात्र
 
कमजोरी  थाहा   भएरै होला , पिराउँदै   छन् ।।

मै   हुँ   भन्ने वादशाहहरूले , पनि  केही गरेनन्

प्रत्येक नेपालीको त्यो शिर ,अब गिराउँदै   छन् ।।

आफ्नै  भूमिमा  टेक्दा ,उनको  कुटाइ  खानु छ

विदेशी सैनिक चाहीँ , हामीमा     कराउँदै   छन् ।।

अन्तर्राष्ट्रिय   कानुन , ठाडै   उल्लँघन     गरी

बल    पूर्वक     बन्दुक    तेर्साइ , डराउँदै छन् ।।।


रमेश प्रधान 
धरान 

Saturday, April 27, 2013

तिम्रै यादमा सारा जीवन काट्छु रोएरै संगालेर राक्छु चिठी फोटो फेक्दीन

तिम्रो नाममा धेरै लेखे  अब   लेख्दिन
आफ्नो खुसि गर   तिम्रो बाटो छेक्दीन

एक्लै बस्छु तिम्ले   बरु अन्तै रोजे नि
मृत्यु रोज्छु.... पराइको  संघार टेक्दीन

भुल्ने  कोसिस नगरेको   हैन मैले पनि
नजर खोल्छु तिमि  भन्दा अरु देख्दिन

चुहाएर अश्रुधारा भिजेका यी नयनलाइ
पराइको   पछेउरी  मा    कैले    सेक्दीन

तिम्रै यादमा सारा जीवन  काट्छु रोएरै
संगालेर   राक्छु चिठी   फोटो   फेक्दीन ।।।।।

आरति अधिकारी 
इटहरी  

Friday, April 26, 2013

आज मन रोएको छ कही कतै चिसो पसेको छ खोइ !!!

आज मन रोएको छ कही कतै चिसो पसेको छ खोइ !!!
म   झुक्किदैं  छु  कि कोही  थगिदै छ  म भुल्दै छु कि
कोही    अल्मलिदै   छ    अहं     ठम्याउन    सकिएन
आज मन   दुखेको   छ  चिरा चिरा   फाटेको  छ  खोइ!!

म हराउदै छु कि  कोही टाढिदै छ  म अलगिदै छु कि
कोही     रिसाउदै    छ     अहं   छुट्याउन     सकिएन
आज मन साचैं सुन्य छ  मन आज बोल्ने धुनमा छैन
किनकी   लाग्दै   छ    आज   म   सगं   कोही खेल्दै छ  
जित्ने     चाहनामा      आँफै       सँग       हार्दै      छ

सुनिल बज्राचार्य 
काठमाडौँ  

Thursday, April 25, 2013

चारै तिर आधिहुरी चल्दै थियो

चारै   तिर   आधिहुरी    चल्दै       थियो 
हाम्रो   मायाको    पर्खाल ढल्दै      थियो 

को आएर लाग्ने भयो उनलाई   सुट्क्क 
मेरो    हृदयमा   आगो    बल्दै      थियो 

भेट्न   भनि    जादा      उनको     घरमा 
हिडिरहेको   बाटोले  मलाई   छल्दै थियो 

उनको    हात   मैले   समाउन     खोज्दा 
मलाई   कसैले   पछाडी    फाल्दै    थियो 

अन्तिम   छटपटीमा    म    उनको सामु 
ति   तस्बिर    उसले   नियाल्दै      थियो 

रोहित शाही 'अनुरागी '

माया प्रेमको यहाँ बजार देखे

उनि   जस्ती    मैले   हजार    देखे 
माया   प्रेमको   यहाँ   बजार   देखे 

शहरको गल्ली   गल्लीमा  खोज्दा 
झुपडीमा   बस्नेको   दरबार   देखे 

त्यो गाउमा लुकामारी खेल्ने संग 
नचिने     पछि       बेकार     देखे 

यहाँ    पाउदा    मैले   आज  भोली 
उनको    शरीरको   व्यापार    देखे 

अन्जानमा   यो    रोहितको    सामु 
योवनमा     हराएको   बारबार  देखे 
रोहित शाही 'अनुरागी '

पुर्णिमाको रातमा जुनको किन कुरा गर्छौ

पुर्णिमाको  रातमा जुनको किन कुरा गर्छौ 
मलाई माया गर्ने उनको किन कुरा गर्छौ 

म सबैको ढुकढुकी अनि प्रिय हुदा 
चर्को बनाइदिने नुनको किन कुरा गर्छौ 

दुइ चार पैसाको पित्तल मात्र खोज्ने संग 
बहुमुल्य त्यो सुनको किन कुरा गर्छौ 

आँखा लगाउदा मेरो स्वभाबिक पाटोमा 
इमान्दारिताको सामु मुनको किन कुरा गर्छौ 

जन्मे हुर्के आफ्नै घर सजाउदा खेरी 
रातो माटोको स्वरुपमा चुनको किन कुरा गर्छौ  

रोहित शाही 'अनुरागी'

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light