From our Blog

Showing posts with label VIDEO. Show all posts
Showing posts with label VIDEO. Show all posts

Tuesday, September 2, 2014

राम तिमि नै,कृष्ण तिमि नै


शम्भु प्रधानको नयाँ चलचित्र ‘रंगवैजनीको’  ‘राम तिमी नै, कृष्ण तिमी नै’ बोलको गीत भर्खरै सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गरिमा र दिक्पालको अभिनय छ । प्रविशा अधिकारीको स्वर रहेको यस गीतमा दीप प्रधानको संगीत तथा रमण घिमिरेका शब्द रहेका छन् । गीतमा बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ ।




चलचित्र मा रहेका ५ वटा गीत  प्रत्येक महिना एउटा गीत रिलिज गर्ने    निर्दाशक  तथा निर्माता  शम्भु  प्रधानको भइना छ।चल चित्रमा निर्देशक शम्भुका छोरा शशांकले सिनेमाटोग्राफी गरेका छन् ।


Wednesday, August 27, 2014

बिजुली को हट जवानी (भिडियो)



प्रदर्शन मिति तय भएसँगै चलचित्र ‘सरी ल’को आइटम गीत र ट्रेलर सार्वजनिक गरिएको छ । ऋषी लामिछानेको निर्देशनमा तयार भएको यो सिनेमामा सुवास थापा, अनिता आचार्य र राजन खतिवडाले मुख्य भूमिका निर्वाहा गरेका छन् ।



सार्वजनिक ट्रेलरले प्रेम, धोका र रोमान्सको कथा देखाउन खोजेको छ । यस्तै, ट्रेलरसँगै सार्वजनिक गरिएको आइटम नम्बरमा मोडल एनी कुँवरको नृत्य छ । ‘बिजुली न मेरो चाल सराबी’बोलको गीतमा ईन्दिरा जोशीले आवाज दिएकी छिन् । यो चलचित्र कात्तिक २१ गतेबाट प्रदर्शनमा आउँदैछ ।

ADVERTISE

Tuesday, August 19, 2014

"आइ लभ यु प्रियसि,मेरो माया चोखो छ"



एउटा प्रेमीले प्रेमिकाको लागी गरेको समर्पण र सदभाव कति महत्वपूर्ण हुन्छ । अनि प्रेमिकाको स्वाभावले कति प्रभाव पार्छ प्रेमीलाई । साथै प्रेमीले बगाएको आँशुको मुल्य कसरी बुझेकी छिन प्रेमिकाले । यसको प्रष्ट भाव र दृश्य एउटै गीतले प्रष्ट पारेको छ । ‘आइ लभ यु प्रियसी, मेरो माया चोखो छ’ बोलको गीतमा गायक लीलाहाङ राईले न्याय  गरिदिएका छन् ।

नेपाली सांगीतिक आकाशका नव प्रतिभा लिलाहाङ राई दश बर्ष देखि निरन्तर संगीत साधनामा लागेर मार्मिक गीत लिएर धेरै प्रेमीप्रेमिका अर्थात आम संगीतप्रेमीहरुको दिलमा बस्न सफल देखिएका छन् । भोजपुरबाट काठमाडौं आएर डोरेमी संगीत विद्यालयमा संगीत सिकेका लिलाहाङको यही गीत यतिबेला युटुबमा अपलोड भएको छ ।



उनको पहिलो एकल एल्बम ‘द राईज’मा समेटिएको उक्त गीतलाई संदिप मोतेले शब्द संगीत दिएका छन् ।युगल पोमो लिम्बुले निर्देशन गरेको भिडियोले लिलाहाङलाई संगीत क्षेत्रमा स्थापित गराउन थप सहयोग पुर्‍याएको छ । उनको यो पहिलो एल्बममा गायक तथा संगीतकार महेश थुलुङ र संदिप मोतेले नै शब्द, संगीत दिएका छन् ।

उनको यो पहिलो गीतलाई अमृत सुनुवारले छायाकंन गरेका छन् भने अनु, नरेन र सुजितले अभिनय गरेका छन् । लिलाहाङका जम्मा आठवटा गीत मात्र अहिलेसम्म रेकर्ड भएका छन् ।

Saturday, August 2, 2014

मोदि भ्रमणका लागी सिंगारीयो काठमाडौँ




काठमाडौं, श्रावण १७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार नेपाल भ्रमणमा आउने भएकाले काठमाडौमा उनको स्वागतका लागि भब्य तयारी गरिएको छ । नयाँ बानेश्वरलगायतका स्थानहरुमा स्वागतद्धारहरु निर्माण भइरहेका छन् भने शहरका चोकहरुमा नेपाल र भारतका झण्डाहरु फहराइएका छन् ।

मोदीको स्वागतमा मुख्य स्थानहरुमा ब्यानरहरु पनि राखिएका छन् । अरु बेला बुङबुङ धुलो उड्ने सडकहरुमा धुलो तान्ने मेसिन समेतको प्रयोग गरी सफा गरिदैछ । तीन महिना अगाडि पीच गरिएको लाजिम्पाट नारायणगोपाल सडक कमसल निर्माण सामाग्री प्रयोगले भत्कन सुरु भएकोमा मोदीकै स्वागतको अबसर पारेर टालटुल गरिएको छ ।


माईतीघर नयाँबानेश्वर सडक लामो समय हुँदा पनि निर्माण पुरा नभएकोमा मोदीमै भ्रमण अवसरमा निर्माण कार्यमा तीब्रता दिइएको छ । सो क्षेत्रमा फूल रोप्ने, सडक पेटी बनाउने र सरसफाई गर्ने कार्य गर्न सयौं मजदुर खटिएका छन् ।
मोदीले सम्बोधन गर्ने संविधानसभा भवनमा नेपाल र भारतका झण्डाहरु फहराउनुका साथै ध्वजापताकाले सिंगारिएको छ । राजधानीमा सुरक्षा बन्दोबस्ती मिलाउन सडकमा सुरक्षाकर्मीहरु पनि बाक्लै संख्यामा परिचालन गरिएको देखिएको छ ।


Monday, July 7, 2014

८ बर्षकि बालिका काजोलको घनिस्ट मित्र सर्प


सँसारमा अनौठो अनी अचम्म लाग्ने बिभीन्न किसिमका घट्नाहरुको बारे त हामिले सुन्दै आएका छौँ!
कतिपय अनौठो घट्नाहरु त आफ्नै आँखाले देखेका पनि छौँ!

सुन्दा पनि अचम्म लाग्ने मान्छेको बानि,सौख भनौ या बाध्यता  हेरेक किसिमका घट्नाहरु पढ्न र देख्न पाइन्छ!
एउटा ८ बर्षकी बालिका को यस्तै एउटा अचम्मको बानि रहेको छ ! भारतको घाटमपुर भन्ने गाँउमा एउटी ८ बर्षकी काजोल नाम गरेकि बालिका आफ्नो बुबा आमा को साथमा छिन!
उसको एउटा अचम्मको कुरा उनि सर्प लाइ आफ्नो  घनिस्ट मित्र मान्छिन!
आफ्नो पिताले घरमै पालेर राखेको सर्प सँग खेल्ने घुम्ने गर्छिन!

काजोललाइ सर्प देखि डर लाग्दैन उ स्कुल पढ्न जान छोडेर तिनै सर्प सँग दीन बिताउने गर्छिन!
कसरि रमाउछिन त सर्प सँग काजोल, भिडीयोमा स्पस्ट देखाइएको छ!


Sunday, June 15, 2014

TERIYA FAUJA MAGAR AT DANCE INDIA DANCE



Saturday, June 14, 2014

विश्व च्याम्पियन स्पेनलाई नेदरल्याण्डको ५ गोल

विश्व कप २०१४ स्पेन vs नेदरल्यान्ड को खेल यस्तो थियो!



Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light