Tuesday, May 21, 2013

बार्सिलोनाको अर्को कीर्तिमान

barcelonaबार्सिलोनाको अर्को  कीर्तिमान
 ८ जेष्ठ,
       वर्षाले प्रभावित खेलमा भालाडोलिडमाथि २-१ को जित रच्दै आइतबार बार्सिलोनाले स्पेनी ला लिगाको ट्रफी २२ औंपल्ट हात पारेको छ । उनान्सय हजार तीन सय चौवन्न दर्शक क्षमताको घरेलु मैदान नुक्याम्पमा सिजनकै सबैभन्दा कम ५६ हजार ५५ दर्शक उपस्थित खेलमा हात पारेको जितसँगै बार्सिलोनाले चिरपरिचित प्रतिद्वन्द्वी रियल म्याडि्रडको १ सय अंकको कीर्तिमान पछ्याउने क्रम यथावत् राख्यो । दुई खेल बाँकी छँदा उसले ९४ अंक जोडेको छ ।
                   पेड्रो रोडि्रग्वेजको गोलसँगै अग्रता लिएको बार्सिलोनाले भालाडोलिडका मार्क भालिएन्टले आत्मघाती गोल गरेपछि जित हात पार्दै तीन अंक थपेको हो । खेल सकिन एक मिनेटअघि भिक्टर पेरेजले पेनाल्टीमा गोल गरे पनि त्यसले भालाडोलिडको हार टार्न सकेन । खेलपछि बार्सिलोनाका कप्तान कार्लेस पुयोल, कलेजो प्रत्यारोपण गरेका खेलाडी एरिक अबिदल र क्यान्सरको उपचारमा थुप्रै खेल गुमाएका प्रशिक्षक टिटो भिलानोभाले ट्रफी लिएका थिए ।'यो सिजन निकै कठिन रह्यो । तैपनि लिग जित्यौं । त्योभन्दा राम्रो अबिदल र टिटो हाम्रो साथमा छन्,' कप्तान पुयोलले भने । अर्को खेलमा डेपोर्टिभोले इस्पनयोललाई २-० ले पन्छाउँदै रेलिगेसन क्षेत्र छाड्यो । एथलेटिक बिल्बाओसँग २-१ ले हारेपछि रियल जारागोजालाई घटुवा हुने डर बढेको छ । रायो भ्यालेकानोले लेभान्टेको चुनौती ३-२ ले समाप्त पार्‍यो ।

इटाली
           रोम- फिलिप मेक्सेसले अन्त्यतिर गोल गरेपछि एसी मिलानले सिरी 'ए' मा सिएनालाई २-१ ले हराएर युरोपेली च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ । उसले एक गोलले पछि परेको स्थिति उल्टाएर जित हात पारेको हो ।सिएनाका क्लाउडियो टेर्जीले २५ औं मिनेटमा गोल गरेपछि मिलान चौथो स्थानमा रहने सम्भावना बढेको थियो । मारियो बालोटेलीले ८४ औं मिनेटमा पेनाल्टी गोल गर्दै खेल १-१ मा पुर्‍याए ।त्यसको तीन मिनेटपछि मेक्सेसले निणर्ायक गोल गरेपछि मिलानले ७२ अंकसहित तेस्रोमा रहँदै च्याम्पियन्स लिग छनोटको ढोका खोल्यो ।
          मिलानभन्दा दुई अंक पछि परेपछि च्याम्पियन्स लिग प्रवेश गर्न असफल फियोरेन्टिनाले एडेम जाजिकको ह्याटि्रक सहयोगमा पेस्कारालाई ५-१ ले हरायो । उडिनेजीले इन्टरमिलानलाई ५-२ ले पन्छायो । चौथोमा रहेको फियोरेन्टिना र पाँचांै भएको उडिनेजीले युरोपा लिग खेल्नेछन् ।(एएफपी),

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light