From our Blog

Showing posts with label Newsupdate. Show all posts
Showing posts with label Newsupdate. Show all posts

Sunday, November 16, 2014

ससुराले कुट्दा ज्वाइँको ज्यान गयो


२०७१ कार्तिक ३० आईतवार,
सुरुङ्गा (झापा) : उत्तरी झापा र दक्षिणी इलामको सिमानामा पर्ने इलामको दानाबारी–२ स्थित जुवाली भन्ने स्थानमा ससुराको कुटाइबाट ज्वाइँको मृत्यु भएको छ। 

मृत्यु हुनेमा झापाको भद्रपुर–४ निवासी ३५ वर्षीय अनिल श्रेष्ठ रहेको प्रहरी चौकी लोदियाका प्रहरी नायब निरीक्षक वीरेन्द्रप्रसाद यादवले जानकारी दिए।

घरबाट श्रीमती मनमाया श्रेष्ठ हराएपछि श्रीमतीको खोजीमा शुक्रबार राति ससुराली पुगेका उनको ससुरा खड्गबहादुर एक्तेनसहित गाउँलेको कुटाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ । घटना विवरणअनुसार राति ससुराली पुगेका श्रेष्ठले झ्यालबाट ससुरालाई बोलाउने क्रममा चोर भन्दै ससुरासहित गाउँलेले मरणासन्न हुनेगरी कुटपिट गरेको बताइएको छ ।

ससुरा र गाउँलेको कुटाइबाट गम्भीर घाइते बनेका श्रेष्ठको स्थानीय एभरेष्ट अस्पतालमा उपचारार्थ लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारार्थ न्युरो हस्पिटल विराटनगर पुर्याइएको थियो । 

टाउकोमा गम्भीर चोट लागेको उनको अत्यधिक रक्तश्रावका कारण गएराति उपचारकै क्रममा न्युरो हस्पिटलमा मृत्यु भएको प्रहरी नायब निरीक्षक यादवले जानकारी दिए।

यता, कुटपिटमा संलग्न श्रेष्ठका ससुरासहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतक श्रेष्ठका ससुरा दानाबारी–२ निवासी खड्गबहादुर, सोही ठाउँ निवासी पद्मबहादुर मगर, धनबहादुर साउदेन, अम्बिका घिमिरे, माधव सेन्च्युरी, सुभास लिङ्देन, तुलसी सेन्च्युरी र दानाबारी–७ निवासी कुमार राई रहेका छन् । रासस

भिडियो हेर्न याँहा क्लिक गर्नुहोस

Friday, August 29, 2014

भारतीय विमान अपहरण गर्ने योजना यस्तो थियो

काठमाडौ भदौ १३ – १५ वर्षपछि पुनः नेपालको एयरपोर्टबाट भारतीय विमान अपहरण गरी भारतीय जेलमा रहेका आफ्ना साथी छोडाउने पाकिस्तानी आतंकवादीको योजना नेपाल प्रहरीले असफल बनाएको छ । 


पाकिस्तानी आतंकवादीले भारतीय विमान अपहरण गर्ने योजना बनाएको थाहा पाएर नेपाल सरकारले विमानस्थल लगायत राजधानीको सुरक्षा पनि कडा बनाएको छ । इण्डियन मुजाहिदीन र तालिवानी आतंकवादीले नेपालबाट भारतीय विमान अपहरण गर्ने योजना बनाएको थियो । त्यसका लागि ती आतकंवादी संस्थाले नेपालमा दुई पटक प्रयास गरिसकेका थिए । नेपाल आएर उनीहरुले त्रिभुवन विमानस्थलको सुरक्षा रेंकी समेत गरिसकेका थिए ।

त्यहाँको सुरक्षा अवस्था कस्तो छ, त्यसको नक्सा समेत बनाई सकेका थिए तर योजना पूरा नहुँदै उनीहरु नेपालमा समातिर अहिले भारतको जेलमा छन् । भारतीय जेलमा रहेका आफ्ना संगठनका व्यक्तिलाई छोडाउन नेपालबाट विमान अपहरण गर्ने योजना विफल भएपछि भारतका मुख्य शहर (दिल्ली, मद्रास, मुम्बई, कलकत्तालगायत) मा शृङ्खलाबद्ध बम विस्फोट गराउने योजना उनीहरुको थियो । त्यसका लागि नेपालमा रहेका भारतीय दुतावासलाई पनि निशाना बनाएको थियो । 

नेपाल प्रहरीका स्रोतका अनुसार विमान अपहरण गर्ने योजना बनाउनका लागि दुई महिनाअघि बेलायतको बाटो भएर काविल सिंह र जसजिंत सिह गरी दुई जना आतकंवादी नेपाल आएका थिए । उनीहरु १५ दिनसम्म यहाँका एक फाइभ स्टार होटलमा हाईप्रोफाइल स्तरमा बसेर पूरै योजना बनाएका थिए ।

इण्डिन मुजाहिदीन संगठनका नेपाल प्रतिनिधिको सहयोगमा त्रिभुवन विमानस्थलदेखि लिएर राजधानीका पुरै सुरक्षा अवस्थाको जायजा (जानकारी) लिएका थिए, उनीहरु । प्रहरी स्रोतले भन्यो, ‘पासपोर्ट उनीहरुको ब्रिटिस भए पनि नामले उनीहरु व्रिटिस थिएनन् । नेपाल आउनलाई आउन त्यहाँको पासपार्ट प्रयोग गरेको मात्र देखिएको छ । कविल सिंहको पासपार्ट नम्बर ४५७०६३०१० रहेको छ ।’ उनीहरु सम्पूर्ण जानकारी संकलन गरेर नेपालबाट फिर्की सकेका छन् । 

काविल र जसजित फर्केलगत्तै पाकिस्तानबाट वासिम अफजल र लुकमान अहमद नेपाल आए । नेपाल आउने वित्तिकै पहिलो उनीहरुले पाकिस्तान पासपोर्ट नष्ट गर्ने काम गरे । र, सो पासपोर्ट नष्ट गर्नमा सहयोग पुर्याएका थिए, अध्यागमन विभागका एक कर्मचारीले ।

उनीहरुलाई पनि १५ दिनसम्म लुकाएर राख्ने काम अध्यागमनकै एक कर्मचारीबाट भएको स्रोतको दावी छ । त्यसक्रममा उनीहरु वीरगञ्ज पनि गए । त्यहाँको जेलमा पाकिस्तानी सेनाको पूर्व कर्मचारी शेखर सौफ अहमद नक्कली भारुको कारोवारमा समातिएर त्यहाँ थुनिएर राखिएको छ । अहमद पाकिस्तानी भएपनि उनी अहिले कैदीको मुखिया भएका छन् । विमान अपहरणकै योजना मुताविक अहमदलाई केन्द्रीय कारागार महाशाखाका एकजना तत्कालिन महानिर्देशकले सात लाख रुपियाँ लिएर नख्खु जेलबाट वीरगञ्ज कारागार सारिएको थियो।

हेर्नुहोस् समाचार नेपाली कारागारमा पाकिस्तानी नाइके पूरै योजना तयार गरेर अब अन्तिम रुप दिने भन्दै ग्वाटोमालको पासपार्ट बोकेर हङ्गकङ हुँदै फ्रान्स जान लागेका वासिम र लुकमान बाटैबाट समातिए । हङकङको एयरपोर्टमा पासपोर्ट चेक गर्दा ग्वाटोमालको पासपार्ट नक्कली रहेको फेला पर्यो । अनि त्यहाँका सुरक्षाकर्मीले त्यहाँबाट उनीहरुलाई नेपाल फर्काए । स्रोतले भन्यो, नेपाल फर्काउनु अघि नेपाल प्रहरीलाई हङकङबाट त्यो कुरा जानकारी गराएको कारणले ती दुवैजनालाई एयरपोर्टमै समातेर अध्यागमन विभागमा राख्यो ।

प्रहरी स्रोतका अनुसार पाकिस्तानी समातिएको थाहा पाएर सोही दिन पाकिस्तानी दुतावासका कर्मचारी अध्यागमन विभाग पुगेर ती दुई जनालाई छाड्न दवाव दिन थाले । यो खबर भारतीय दूतावासम्म पुग्यो । त्यसपछि भारतीय खुफिया एजेन्सी पनि सक्रिय भयो र पाकिस्तानीलाई नछाड्न दवाव दिन थाले अन्ततः भारत नै सफल भयो । अध्यागमन विभागबाट उनलाई हनुमानढोका प्रहरीमा थुनामा पठाए । 

यसको बारेमा अनुसन्धान गर्न समय लाग्ने भएकाले हनुमानढोकाबाट म्याद थप्नका लागि काठमाडौ जिल्ला अदालतमा पुर्याए । अदालतले अनुसन्धानका लागि सात दिनको म्याद थप्यो ।त्यसपछिको अनुसन्धानमा नेपालको त्रिभुवन विमानस्थलबाट भारतीय हवाईजहाज अपहरण गर्ने योजनाको खुलासा भएको थियो । उनीहरुबाट नेपाल प्रहरीले सबै योजना फेला पार्नुको साथै भारतीय जेलमा रहेका उनीहरुका संगठन व्यक्तिको नाम पनि फेला परेको छ । 

प्रहरी स्रोतका अनुसार वसिम अफजलको पासपोर्ट नं. ३५५२३०८४ र लुकमान अहमदको पासपोर्ट नं. ४३२९७३८ रहेको छ । केरकारबाट उनीहरु पाकिस्तानी आतकंवादी भएको र जहाज अपहरण गर्ने योजनामा लागेको पुष्टि भएपछि भारतको झन चासो बढेर गयो र उनीहरुलाई कसरी नेपाल प्रहरीको हातबाट फुत्काउन सकिन्छ र आफ्नो कब्जामा लिन सकिन्छ भनि लागे । सात दिनको म्याद सकिएपछि उनलाई पुन जिल्ला अदालतमा पेस गरिएको थियो । 

हनुमानढोका स्रोतका अनुसार जिल्ला अदालतले पनि उनीहरुलाई देश निकाला गर्ने निर्णय गरेको छ। उनीहरुलाई देश निकाला गरेपछि बाहिर सादा पोसाकमा रहेका नेपाल प्रहरीले ती दुवै जनालाई समातेर भारतबाट आएका सुरक्षाकर्मीलाई गुपचुप जिम्मा लगाए । मोदीको भ्रमण हुन लागेका कारणले नेपाल प्रहरीले यो समाचारलाई गोप्य राखेको थियो । मोदी नेपाल भ्रमणमा आउनुभन्दा दुई तीनदिन अगाडि भारत सुरक्षाकर्मीले ती दुई आतंककारीलाई आफ्नो देश लगेर थप अनुसन्धान गरिरहेको बताइन्छ । 

यसबारेमा हनुमानढोका एसएसपी उत्तम कार्कीसँग बुझ्दा भने यो मुद्दा यहाँको होइन अध्यागमन विभागको हो त्यहीबाट जानकारी लिन भने । अध्यागमनका डिजीसँग सम्पर्क गर्दा खोज्दा वहाँसँग सम्पर्क हुनसकेन । त्यसपछि प्रहरीका प्रवक्ता गणेश केसीसँग कुराकानी गर्दा उनले पनि यस विषयमा अध्यागमनसँगै जानकारी लिन भने ।

नेपालमा पक्राउ परेका आतंकवादी भारतलाई बुझाउने सिलसिला
नेपाल लामो समयदेखि भारतविरोधी गतिविधि संचालन गर्नेहरुका लागि सुरक्षित स्थान बन्दै आएको छ । खुला सिमाना भएकोले भारत छिर्ने सजिलो बाटोमा नेपाल पर्छ । त्यही भएर उनीहरुले नेपाललाई आफ्नो अस्थायी बासस्थान बनाउँदै आएका छन् । विभिन्न कभरमा रहेर उनीहरुले भारतविरोधी गतिविधिहरु चलाउने गरेका छन् ।


उनीहरुलाई पक्राउ गर्न भारतको खुफिया एजेन्सी र नेपाल प्रहरीबीच समय समयमा सहकार्य हुने गरेको छ । यदी कोही आतंकवादी नेपालमा पक्राउ गरियो भने प्रायः त्यसालाई गुपचुप नै राखिन्छ र सुटुक्क भारतलाई बुझाइने गरिएको छ । त्यस्तै भारतमा पक्राउ परेका नेपाली अपराधीहरुलाई पनि भारतले नेपाल बुझाउने गरेको छ । यो सिलसिला धेरै पहिलेदेखि चल्दै आएको छ । तर, यसलाई गुप चुप राखिन्छ । तराईका सशस्त्र समूहका कार्यकर्ता तथा नेतालाई भारतले पक्राउ गरी नेपाल बुझाएको धेरै उदाहरणहरु छन् । यस सहकार्यको पछिल्लो उदाहरण भनेको सभासद् संजय शाह ।

उनलाई भारलतले पक्राउ गरेर नेपाल पठाएको थियो । तर उनलाई नेपालमा पक्राउ गरिएको समाचार प्रकाशित गरिएको थियो । प्रहरीले कसरी यस विषयलाई गुपचुप राख्छ भन्ने कुराको उदाहरण नेपालमा पक्राउ परेका आतंकवादी भारतीय मुजाहिदिनको यासिन भट्काल मुद्दालाई लिन सकिन्छ । उनलाई पोखराबाट पक्राउ गरे पनि त्यसलाई गुपचुप राखिएको थियो ।

भट्काल पोखराबाट पक्राउ परेका थिए र उनलाई भारतसमक्ष बुझाइएको थियो । तर, मिडियामा भने उनीहरुलाई नेपाल भारत सीमाबाट पक्राउ गरेको समाचार प्रकाशित गरिएको थियो, प्रहरीको बिफिङको आधारमा । कान्तिपुरको अनलाइनमा भट्काल नेपालबाट पक्राउ गरिएको समाचार प्रकाशित भएपनि त्यसलाई पछि हटाइएको थियो ।

ADVERTISE

Monday, August 25, 2014

मरेको २० मिनेट पछि कोब्राले लियो बद्ला


दक्षिणी चीन मा घटेको एक अनौठो घट्नाले चीनमा सनसनि फैलिएको छ! चिनको गुआंडोंग प्रांत को एक कुक मेन लाइ मरेको कोब्रा ले डसेर मृत्यु भएको छ! जुन बेला कुक मेन पेंग फान सर्पको सुप बनाइरहेको थियो सोहि समयमा मरेको कोब्राले डसेर मृत्यु भएको हो!



ब्रिटेन को वेबसाइट डेली मेल को रिपोर्ट अनुसार, पेंग फानले इंडोचाइनिज स्पिटिंग कोबरा लाइ मारेर काँचुली निकाली दिएको थियो! काँचुली निकालेकै समय कोब्रा मरिसकेको थियो ! पेंग फानले सर्पको काँचुलि निकाले पछि त्यस काँचुलिको सुप तयार गरिरहेको थियो ! प्रत्यक्षदर्शीका अनुसार सर्प मरेको २० मिनेट पछि जब पेंग फान त्यस सर्पको शिर काट्न गयो तब त्यो मरेको सर्पले डसयो र पेंग फानको मत्यु हुन पुग्यो!


पेंग फानलाइ मरेको सर्पले डस्ना साथ त्यस रेस्टुरेन्ट मा उपस्थित सबैले पेंग फानलाइ उपचारको लागी हस्पिटल लाने तयारि गर्दा गर्दै मृत्यु भएको प्रत्यत्क्षदर्शीहरुको भनाइ छ!
घट्ना स्थलका जानकारि प्राप्त आनुसार प्रहरिको भनाइ छ की यस्तो प्रकारको केश यानकी मरेको सर्पले डसेको घट्ना आज सम्म सुनेका र देखेका थिएनन् ! यो सँसारकै पहिलो घट्ना मानिएको छ, तर ४० बर्ष देखी कोब्रा सम्बन्धी अध्यान गरिरहेका सर्प विशेषज्ञ यांग होंग चांगका अनुसार,यो सम्भव छ की सर्पको काँचुली निकालि दिए पछि केहि छिन सर्पको शिर जिउदो हुने गर्छ भन्ने उनको भनाइ छ!

सोहि कारणले जब पेंग फानले सर्पको शिर काट्न हात बढायो तब सर्पको टाउकोले डसेको हो भन्ने सर्प बिशेषज्ञ यांग होंग चांगले भनेका छन !






टिपिकल रेष्टुरेन्ट पहिरोले पुरियो,३ को मृत्यु १ बेपत्ता


पोखराको फेवाताल किनारमा रहेको टिपिकल रेष्टुरेन्ट पहिरोले पुरिंदा तीन जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता छन् । कास्कीको पुम्दीभुम्दी गाविस—१ अनदुस्थित फेवाकिनारमा रहेको रेष्टुरेन्ट ८ भदौ राति पहिरो आएको पहिरोले पुरिएको हो।


पहिरोमा परी रेष्टुरेन्टमा कार्यरत ओखलढुंगा गामलङटारका २२ वर्षीय प्रकाश मगर, धादिङ कल्लेरीका २२ वर्षीय राम मगर र सिन्धुली आङसाङ घर भएका २२ वर्षीय मोहन मगरको मृत्यु भएको छ । उद्दार टोलीले उनीहरुको शव फेला पारेको कास्कीका प्रहरी प्रमुख एसपी बसन्तकुमार लामाले जानकारी दिए ।

पहिरोले रेष्टुरेन्ट पुरिंदा बेपत्ता रामेछाप सैबु–६ का १८ वर्षीय भुवन मगरको भने शव फेला परेको छैन । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले अझै पनि खोजि कार्य जारी राखेको एसपी लामाले बताए ।



९ भदौ बिहान मात्र घटनाबारे थाहा पाएपछि उद्दार टोली घटनास्थलमा पुगेको थियो । खोल्साबाट बगेर आएको ढुंगामुढा सहितको भेलले रेष्टुरेन्ट पुरेको हो ।
रेष्टुरेन्टमा पहिरो आएको राति भने कोही पाहुना थिएनन् । रामेछाप सैवु–६ का गोकुल मगरले नौ वर्षदेखि चारकोठाको लज सहितको रेष्टरेन्ट संचालन गर्दै आएका थिए ।-रासस

Friday, August 22, 2014

अमेरिकामा इबोलाको सफल उपचार


अमेरिकाको एटलान्टास्थित एक अस्पतालमा इबोला भाइरसको सफल उपचार सम्पन्न गरिएको समाचार छ । सो उपचारपछि उक्त सङ्क्रमणबाट सङ्क्रमित दुई जना बिरामी निको भएरै घर फर्किएका बताइएको छ । लाइबेरियामा कार्यरत दुई जना अमेरिकी नागरिक सो सङ्क्रमणबाट सङ्क्रमित भएका र उनीहरुलाई हवाईजहाजमा विशेष व्यवस्थाका साथ अमेरिकाको एटलान्टामा ल्याई उपचार गरिएको थियो ।


ती दुई नागरिकलाई एटलान्टाको एक अस्पतालमा शिशाको विशेष कक्षमा बन्द काठोका रुपमा राखेर उपचार गरिएको र निको भएपछि उनीहरु बिहीबार अस्पतालबाट डिस्चार्ज भएका थिए ।

उता पश्चिमी अफ्रिकी मुलुकहरुमा भने निकै ठूलो मात्रामा सङ्क्रमण फैलिएको भन्दै चिन्ता व्यक्त गरिएको छ । हाल ती देशमा यस सङ्क्रमणको त्रास दिन प्रतिदिन फैलिइरेको छ ।

उनीहरुमा दिनानुदिन सङ्मण फैलिँदै गएको र उपचारको खोजीमा कयौं प्रयासहरु भएका बताइएको छ । तर यस सङ्क्रमणलाई निकोपार्ने अहिलेसम्मकै सबैभन्दा भरपर्दाे विकल्पका रुपमा यो नयाँ औषधि पत्ता लागेको भए पनि यसको उपलब्धताका बारेमा भने केही बताइएको छैन ।

दुई अमेरिकी चिकित्सक केन्ट ब्रान्टी र नान्सी रिटबलले सो सङ्क्रमणको औषधि पत्ता लगाएका हुन् । नान्सी ३३ वर्षीय र रिटबोल ६० वर्षीय चिकित्सक हुन् । अफ्रिकाका विभिन्न देशहरुबाट सङ्क्रमण सुरु भई एकहजार भन्दा बढी नागरिकको ज्यान गएपछि अमेरिकामा गरिएको यो प्रयासले सफलता हासिल गरेको बताइएको छ ।

यो सङ्क्रमणबाट अहिलेसम्ममा कम्तीमा पनि एक हजार ३५० जनाको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । लाइबेरियामा रहेका ती दुई अमेरिकनलाई सो सङ्ंक्रमणले छोएपछि उनीहरुलाई लिन चिकित्सककै समूह पुगेको थियो ।
तीन हप्ताअघि ती दुई जनालाई विशेष विमानबाट अमेरिकाको एटलान्टा लगिएको थियो । हवाईजहाज चढ्नुअघि पनि उनीहरुलाई चिकित्सकले प्रारम्भिक औषधि दिएका थिए । 

एटलान्टाको अस्पतालमा उनीहरुलाई तीन हप्तासम्म ती दुई चिकित्सकको निगरानीमा राखेर उपचार गरिएको थियो । उपचारपछि निको भएर घर फर्किएका ती दुई बिरामीले आगामी दिनमा सो इबोला भाइरस जनस्वास्थ्यको समस्याका रुपमा नरहेको प्रमाणित गरेका छन्– सो अस्पतालका निर्देशक ब्रस रिबनरले बताए ।

यो सङ्क्रमणको त्रास यतिबेला विश्वव्यापी रुपमा नै फैलिएको छ। जसका कारण विश्वका विभिन्न देशका वैज्ञानिकहरु पनि यसको औषधि पत्ता लगाउने प्रयासका लागि जुटेका छन् ।
यो सङ्क्रमणबाट सबैभन्दा बढी पीडित देश लाइबेरिया हो । सो देशमा मात्र यस सङ्क्रमणबाट ५७६ जनाको ज्यान गइसकेको छ।त्यसका साथै गुयना र सेनेगलमा पनि संक्रमण बढ्दो मात्रामा रहेको छ । त्यस्तै अन्य अफ्रिकी देशहरुमा पनि यसको सङ्क्रमण बढ्दो मात्रा रहेको छ । 


विश्व स्वास्थ्य संगठनले पनि यस समस्यालाई अहिलेसम्मको विश्वको सबैभन्दा ठूलो स्वास्थ्य समस्याका रुपमा लिइएको जनाएको छ ।साथै यस सङ्क्रमणको नियन्त्रणक पहिलो प्रयासका लागि भन्दै सो संगठनले १० करोड अमेरिकी डलर बराबरको प्रारम्भिक कोष स्थापना गरिसकेको छ । - रासस/एएफपी

Wednesday, August 20, 2014

पुल बाट हामफालेर आत्महत्या



४ भदौ, पर्वत । कुश्मा-ज्ञादी झोलुङ्गे पुलबाट हामफालेर एक युवाले आत्महत्या गरेका छन् । पर्वतको ठूलीपोखरी गाविस-५ झाँक्रीखोलाका १८ वर्षीय प्रताप सापकोटाले बुधबार बिहान पुलबाट हामफालेर आत्महत्या गरेका हुन् ।

घरबाट कुश्मा जान्छु भनी हिँडेका सापकोटाले कुश्मा-ज्ञादी झोलुङगे पुलको छेवैमा रहेको एक होटलमा चुरोट पिएपछि लगत्तै पुलमा पुगेर हाम फालेको प्रत्यक्षदर्शीले जानकारी दिए ।पारिवारिक स्रोतका अनुसार उनले बिहान सदरमुकाम जान्छु भनी आमासँग १० हजार मागेका र आमाले आफूसँग पैसा नभएको भनेपछि रिसाउँदै घरबाट निस्किएका थिए ।

मृतक युवकको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वत ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

८ बर्षका बालकको १६ किलोको हात





८ वर्षका मोहम्मद कलिम स्कुल जाँदैनन् । आफुलाई देख्दा साथीहरु डराए भन्ने सुनेका कारण मात्र हैन उनलाई स्कुलमा सबैले जिस्काउन र गिज्याउन थालेपनि पछि उनी स्कुल जानै छाडे । कतिपयले उनलाई स्कुलमै पिट्ने समेत गरे र शिक्षकले पनि दुव्र्यवहार गरे ।

उनलाई देखेर केटाकेटीहरु मात्र होइन उनी आफै पनि डराउने अवस्था छ । उनका हात यति भयंकर छन् की त्यो देख्दा जो कोहीको पनि जिउ सिरिंग हुन्छ ।जन्मिँदै सामान्य बच्चाका भन्दा दोब्बर ठूलो साइजका हात सहित जन्मिएका यी भारतीय बच्चाका हात अहिले ८-८ किलोका छन् । हत्केलाको फेँदी देखि माथि औँलाको टुप्पासम्मको लम्बाइ १३ इन्च छ ।

हात निकै अजंगका हुँदा उनलाई खाने कुरा खान पनि संघर्ष गर्नुपर्छ । नुहाउने, दिसा पिसाब गर्ने कामका लागि समेत उनलाई निकै सकस पर्ने गरेको छ ।उनका बाउ समिम ४५ वर्षका भए र दिल्लीमै मजदुरी गर्छन् । उनको कमाइले परिवारको छाक टार्नैै मुस्किल हुन्छ । त्यसैले उनकी श्रीमती २७ वर्षकी हलीमाले मागेरै भएपनि केही पैसा र खाना जुटाउने गरेकी छिन् । गरिबीले गुजि्रएका समिम र हलीमाले पैसाकै अभावले छोराकेा उपचार गराउन नसकेको बताउँछन् ।

मोहम्मल कलिमलाई आफ्नो ठूलो हातका कारण निकै कठिनाई भैरहेको छ । तर डाक्टरले आफ्नो हातको उपचार गर्दा सुइ लगाउने र बेहोस पार्ने गरेमा आफुलाई मान्य नहुने उनी बताउँछन् । डाक्टरले आफुलाई सुइ लगाइदिएर बेहोस पारेपछि आफ्नो हातलाई जथाभावी काटिदिने भएकाले आफुलाई त्यस्तो अपरेसन मन नपर्ने उनी बताउँछन् ।

उनीहरुले कलिमलाई स्थानीय अस्पतालमा लगेका थिए । तर डाक्टरहरुले रोग पत्ता लगाउन सकेनन् । डाक्टर हरुका अनुसार उनलाई लिम्फान्जिओमा वा हामार्टोमा भन्ने रोग हुनसक्छ । यी दुबै रोगको उपचार सम्भव छ । तर उपचारका लागि छोरालाई दिल्लीको सुविधासम्पन्न अस्पताल गर्ने हैसियत बाउआमामा छैन।






Tuesday, August 19, 2014

साउदि राजकुमार लुटिए पेरिसमा

पेरिस : पेरिसमा साउदी राजकुमारको मोटरहरूको समूहमाथि सशस्त्र लुटेराले आक्रमण गरी दुई लाख ५० हजार युरो नगदका साथ संवेदनशील कागजात लुटेको जानकारी फ्रान्सेली प्रहरीले दिएको छ। आइतबार राति पेरिसको उत्तरी भागमा यो लुटपाटको घटना भएको हो।


साउदी राजकुमारको गाडीहरूको समूह साँझ एलिजेस्थित सुविधासम्पन्‍न होटेलबाट विमानस्थल ल बुर्गेटतर्फ गइरहेको जानकारी प्रहरीले दिएको छ। यो घटनामा कोही पनि घाइते नभएको बताइएको छ। दुईवटा बीएमडब्लु गाडीमा आएका ती लुटेराको संख्या पाँचदेखि आठ रहेको बताइएको छ।

उनीहरूले १० वटा गाडीको समूहका पहिलो गाडीलाई अपहरण गरी पछि उनीहरूलाई छाडिदिएको प्रहरीले जानकारी दिएको छ। प्रहरी स्रोत तथा ल पारिजियाँ दैनिकले लुटेरासँग कालास्निकोभ बन्दुक भएको उल्लेख गरेको छ। एक अधिकारीले पछि यी लुटेरासँग हाते बन्दुक भएको बताए।

साउदी राजकुमारको मर्सिडिज र लुटेराहरूको बीएमडब्लु पेरिसको उत्तरपूर्वी भागमा अवस्थित सेन्ट मेसमेस गाउँको एक स्थानमा जलाइएको रूपमा फेला पारिएको थियो। प्रहरीले ५ सय युरोका दुई नोट, अरबी भाषाका कागजात तथा औषधि जलेको गाडी नजिकै फेला पारेका थिए।

ल पारिजियाँले लुटेराहरूले संवेदनशील कागजात आफूसँग लगेको जानकारी दिएको छ। अनुसन्धानमा नजिकका स्रोतले लुटेराले कूटनीतिक कागजात लुटेको बताए। हालसम्म ती कागजातको प्रकृतिको विषयमा विस्तृत विवरण थाहा हुन सकेको छैन। यो विषयमा पेरिसस्थित साउदी दूतावासले केही पनि बोलेको छैन।


फ्रान्सेली विदेश मन्त्रालयका प्रवक्ता रोमेन नादालले यो विषयमा अनुसन्धान भइरहेको जानकारी दिए। यो असामान्य आक्रमण भएको, लुटेराहरूलाई यो विषयमा पूर्ण जानकारी भएको र यस्तो कार्य गर्न निकै कठिन हुने एक प्रहरी स्रोतले बताएको छ।हाल सम्म यो विषयमा कसैलाई पनि पक्राउ गरिएको छैन। 

फ्रान्सको राष्ट्रिय प्रहरी युनियनका प्रमुख निकोलस कोम्टले लुटेराले पैसा वा कागजात के लुट्न खोजेको भन्ने विषयमा थाहा पाउनुपर्ने बताए। उनले यो विषयमा साउदी अधिकारीबाट पूर्ण सहयोग प्राप्‍त हुने अपेक्षा गरिएको बताए। -रासस/एएफपी

Monday, August 18, 2014

भुकम्पमा परि ४० घाइते

इराक: पश्चिमी इरानको इलाम प्रान्तमा सोमबार गएको भूकम्पमा परी कम्तीमा ४० जना घाइते भएका छन् । यस भूकम्पबाट ४० व्यक्ति घाइते हुनुका साथै सम्पत्तिको क्षति भएको, तर नागरिकहरुको ज्यान गएको समाचार भने हालसम्म प्राप्त नभएको राज्यद्धारा सञ्चालित टेलिभिजन च्यानलले जनाएको छ ।


टेलिभिजनकाअनुसार स्थानीय समयाअनुसार सोमबार बिहान करिब ७ बजे गएको सो भूकम्प ६.३ रेक्टर स्केलको मापन गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ । यस भूकम्पको केन्द्रबिन्दु इराकको सीमानजिकैको दक्षिणपश्चिमी सहर आब्दानानदेखि ३६ किलोमिटर टाढा रहेको क्षेत्रमा १० किलोमिटर गहिराईमा रहेको छ ।

गतवर्ष पनि पाकिस्तानको सीमामा पर्ने दक्षिणपश्चिम इरानमा गएको ७.८ रेक्टर स्केलको भूकम्पबाट कम्तीमा ४० व्यक्तिको मृत्यु भएको थियो । सन् २००३ को डिसेम्बरमा इरानको दक्षिणी प्रान्त बाममा गएको भूकम्पमा परी २६ हजार व्यक्तिको मृत्यु भएको थियो । 
- रासस/एएफपी

लाइबेरियामा इबोलाका ‘१७ रोगी भागे’

काठमाडौं, भाद्र २ । लाइबेरियाको राजधानी मोनरोवियामा इबोलाको उपचार केन्द्रमा आक्रमणपछि इबोला भाइरस संक्रमित १७ रोगी भागेका छन् । उनीहरुको अवस्थाबारे विरोधाभाषपूर्ण खबरहरु आइरहेको बीबीसीले जनाएको छ ।



अरु १० जना भने परिवारको सम्पर्कमा रहेका छन् । २९ जना बिरामीको अर्को मेडिकल सेन्टरमा प्राथमिक उपचार भैरहेको त्यहाँका अधिकारीहरुले बताएका छन्  । सहरको घना आवादी क्षेत्रमा सयौं मानिसले त्यहाँ इबोला नभएको भन्दै प्रदर्शन गरेका थिए ।


उक्त उपचार केन्द्रमा रहेका बिरामीहरुलाई राजधानी बाहिर लैजान लागिएको भन्दै प्रदर्शनकारी असन्तुुष्ट थिए । लाइबेरियामा इबोला भाइरसका कारण ४ सयभन्दा बढीको मृत्यु भैसकेको छ।
-रासस

इबोला भाइरस दिल्लीमा भेटियो


नयाँ दिल्ली,भाद्र २,नाइजेरिया बाट भारत भ्रमणमा शनिबार आएका तीन यात्रुमध्ये एक ७६ वर्षीय पुरुषमा इबोला भाइरसको संक्रमण देखा परेको छ ।
इन्दिरा गान्धी अन्र्तराष्ट्रिय विमानस्थलमा भएको प्रारम्भिक स्वास्थ्य निगरानी र लगत्तै राम मनोहर लोहिया अस्पतालमा थप परीक्षणका लागि नाइजेरियाली यात्रुलाई पठाइएको थियो । नेशनल सेन्टर फर डिजीज कन्ट्रोलमा भएको परीक्षणमा एक बृद्ध यात्रुको रगतमा भने संक्रमणको ‘पोजेटिभ’ संकेत पाइएको छ ।
सोमबार प्रकाशित स्थानीय मिडियाका अनुसार यी यात्रुको थप रक्त परीक्षण पुणेस्थित नेशनल बायरोलोजी इन्स्टिच्युटमा पठाइएको छ ।

भारत सरकारले इबोला भाइरसको संभावित संक्रमणको उपचार र सावधानीका लागि राम मनोहर लोहिया अस्पतालमा ६ वटा बेडसहित बिशेष आइसीयु विभाग स्थापना गरिएको छ । नेपालले पनि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलदेखि विदेशी यात्रुको स्वास्थ्य निगरानी र परीक्षण सुरु गर्न डेस्क स्थापना गर्ने जनाएको छ ।  

इंग्ल्याण्ड जर्नल अफ मेडिसिन जर्नलका अनुसार इबोला भाइरस संक्रमणको सुरुवात गिनी देशबाट सन् २०१३ को डिसेम्बरमा सुरु भएको थियो । उक्त संक्रमणमा परेर एक दुई बर्षिया बालकको निधन भएको थियो । इबोला भाइरसको फैलँदो संक्रमणबारे सर्तकर्ता अपनाउन नेपाल सरकारले अफ्रिकी मुलुकबाट आउने पर्यटक/यात्रुका हकमा तत्कालका लागि नेपाल भ्रमणको भिसा नदिने निर्णय गरिसकेको छ भने नेपाली नागरिकलाई अफ्रिकी मुलुकमा भ्रमणका लागि रोक लगाउने भएको छ ।

पश्चिम अफ्रिकाका गिनी, लाइबेरिया, सियरालियोन र नाइजेरियामा व्याप्त रहेको भनिएको इबोला भाइरसबाट १ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको आधारमा विश्व स्वास्थ्य संगठनले स्वास्थ्य–संकटकाल अवस्थाको घोषणा गरिसकेको छ ।
-रासस
  

Sunday, August 17, 2014

खाली कागजमा हस्ताक्षर गराएर पैसा खल्तीमा

म्याग्दी : यहाँको एक गैरसरकारी संस्थाका कर्मचारीले उपभोक्ता समितिलाई खाली कागजमा हस्ताक्षर गराएर निकासा भएको रकम महिनौंसम्म आफ्नै खल्तीमा राखेको भेटिएको छ। पटकपटक रकम माग गर्दा विभिन्न बहाना लगाएर दुई महिनासम्म रकम नदिएको गुनासो उपभोक्ता समितिका पदाधिकारीले गरेका छन्।


एक वर्षअघिदेखि जिल्लामा सञ्चालित बहुसरोकारवाला बन कार्यक्रम (लिवर्ड) का कर्मचारी सुशील जोशीले वेगखोला गाविसमा रहेको लालीगुराँस सामुदायिक बन र दोर सामुदायिक बन उपभोक्ता समितिलाई दिनुपर्ने पाँचपाँच हजार रुपैयाँ खाली कागजमा हस्ताक्षर गराएर पछि दिन्छु भन्दै लामो समयसम्म नदिएका हुन्। बनमा आधारित कार्यक्रम सञ्चालन गरिरहेको लिवर्डले उपभोक्ता समितिलाई स्टेसनरी खर्चबापत पाँच हजार रुपैयाँ उपलब्ध गराउने गर्छ।

आफ्नो गाविसमा रहेको नयाँ सामुदायिक बनलाई सहयोग गर्ने खबर पाएपछि आफूहरू लिवर्डको सम्पर्कमा पुगेको र कर्मचारी जोशीकै आग्रहमा खाली कागज बुझाएको दोर सामुदायिक बन उपभोक्ता समितिमा अध्यक्ष बालकुमार गर्बुजाले बताए।
'हाम्रो सामुदायिक बन भर्खरै स्थापना भएको हो। सहयोग पाइन्छ भनेपछि दुईदुईवटा खाली कागजमा अध्यक्षको हस्ताक्षर र समितिको छाप लगाएर उहाँ (जोशी) लाई बुझायौं तर उहाँले विभिन्न बहानामा अहिलेसम्म पैसा दिनुभएको छैन्', गर्बुजाले भने, 'हामीले खोजेको होइन।
उहाँहरूले दिन्छौं भनेपछि विश्वासका आधारमा कागज दिएका छौं तर लामो समयसम्म किन रकम आएन?' उपभोक्ता समितिका पदाधिकारीहरूले लामो समयसम्म रकम नपाएपछि खाली कागजमा गरिएको हस्ताक्षर र लगाइएको छापबाट भविष्यमा ठूलो समस्या आउने भन्दै त्यसका बारेमा यथार्थ बुझ्न जिल्ला बन कार्यालयलाई आग्रह गरेका थिए। तर लिवर्डका कर्मचारी जोशीले आफ्नो कार्यालयले गरेको कामका बारेमा जिल्ला बन कार्यालयलाई जानकारी गराएको भन्दै समितिका पदाधिकारीलाई माफी माग्न लगाइएको अध्यक्ष गर्बुजाले बताए।

लिवर्डले सर्वसाधारणलाई झुक्याउन खोजेको बेगखोला गाविसका सचिव चित्रनाथ शर्माले बताए। 'उपभोक्ता समितिका पदाधिकारीबाट यस्तो गुनासो गाविसमा आएपछि हामीले सम्बन्धित व्यक्ति लाई बुझ्ने प्रयास ग:यौं तर उल्टै उपभोक्ता समितिका पदाधिकारीलाई दोष लगाउने काम गरियो। यसमा नियत ठीक भएन', सचिव शर्माले भने, 'रकम आउनु र नआउनु भन्दा पनि खाली कागजमा हस्ताक्षर गराएर सर्वसाधारणलाई ठग्नु हुँदैन।'

लिवर्डले जिल्लामा विभिन्न चारवटा साझेदारी गैरसकारी संघसंस्थामार्फत बनमा आधारित कार्यक्रम सञ्चालन गरिरहेको छ। तर कार्यक्रमको प्रकृतिका कारण यसको सर्वत्र आलोचना भइरहेको छ। लिवर्डका कर्मचारी जोशीले खाली कागजमा हस्ताक्षर गराएर अहिलेसम्म रकम नदिएको स्वीकार गरे। कार्यालयको व्यस्तता र उपभोक्ता समितिका पदाधिकारीलाई फुर्सद नहुँदा रकम दिन नसकेको उनको तर्क छ।

'उहाँहरू बेनी आएको बेला म काठमाडौं, म गाउँ गएको बेला उहाँ मेलापातका लागि खेतबारीमा गएको अवस्था रह्यो', उनले भने, 'त्यसैले उहाँहरूको रकम अन्य बन उपभोक्ता समितिलाई दिएका छौं। अब बैंकबाट झिकेर उहाँलाई दिने हो।' जोशीको कमजोरीलाई आगामी दिनमा सुधार गर्न स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्माले लिवर्डलाई निर्देशन दिएका छन!
-रासस

Saturday, August 16, 2014

दशा लाख घुस सहीत आधिकृत रंगेहात पक्राउ

काठमाडौं, भाद्र १ - गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोग लागेका व्यक्तिलाई सफाइ दिन १० लाख रुपैयाँ घूस लिएर फर्कदै गर्दा सम्पत्ति शुद्धीकरण विभागका अधिकृत शम्भु चालिसे रकमसहित पक्राउ परेका छन्।


अधिकृत चालिसे आरोपितको घरबाट घूस लिएर फर्कदै गर्दा शनिबार साँझ भैसेपाटीमा पक्राउ परेका हुन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा लिएको छ।
तम्घास-१ घर भई हाल भैसेपाटी-४ मा बस्दै आएकी मुनु गुरुङलाई गैरकानुनी रूपमा सम्पत्ति कमाएको आरोपमा विभागले अनुसन्धान गरिरहेको थियो। अनुसन्धानका क्रममा 'सफाइ पाउने मन भए मागेजति रकम चाहिन्छ,' भन्दै विभागबाट घम्क्याएपछि पीडितले अख्तियारमा खबर गरेकी थिइन्।

अनुसन्धानमा संलग्न अख्तियार टोलीका अनुसार, पछिल्लो समय रंगेहात पक्राउ गर्ने क्रम बढेपछि विभागका केही कर्मचारीले कार्यालय समयको साटो बिदाका दिन घरमै आएर रकम लिने बताएका थिए। सोही योजनाअनुसार चालिसेले सफाइको पत्रसहित गुरुङको घरमै गएर १० लाख रुपैयाँ बोकेर फर्कदै गर्दा बाटोमा पक्राउ परेका हुन्। उनले गुरुङलाई सफाइको पत्र तयार भइसकेको भन्दै देखाएर रकम पाएपछि मात्रै उक्त पत्र पाउने बताएर फर्किंदै थिए।

गत मंसिरमा सम्पन्न संविधानसभा निर्वाचनका क्रममा जिल्ला निर्वाचन कार्यालय काठमाडौंको प्रमुखका रूपमा कार्यरत चालिसे त्यसपछि विभागमा सरुवा भएका हुन्। उनले पीडितबाट लिएको रकम निर्वाचन तालिमका क्रममा प्राप्त कालो झोलामा राखेर घर फर्कदै थिए।

पक्राउ परेका उनलाई भैसेपाटीको बाटोमै राखेर अख्तियारको टोलीले खानतलासी लिएको थियो। पाँचवटा सेतो खाममा १० मुठा नोट बोकेर हिँडेका उनले पक्राउ पर्नासाथ 'प्रारब्धको खेल' भन्दै प्रतिक्रिया दिए। रकम बरामद भएपछि भने उनले 'घरायसी कामका लागि सापटी लिएको' बताए।

अख्तियार टोलीले नाङलोमा रकम राखेर त्यसकै आधारमा बरामदी मुचुल्का तयार गरेको हो।
चालिसेको झोलाबाट टोलीले गुरुङका नाममा दिएको सफाइपत्र पनि बरामद गरेको छ। भदौ ३० गते जारी गरेको पत्रमा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा गुरुङमाथि छानबिन भएपछि प्रमाण, बयान र अन्य कागजातका आधारमा प्रमाणित नभएकाले हाललाई उजुरी तामेलीमा राखिएको उल्लेख छ। पत्रमा अनुसन्धान अधिकृत जितेन्द्र बस्नेतको हस्ताक्षर छ।
घटनामा विभागका उच्च अधिकारीहरूको पनि संलग्नता हुनसक्ने अख्तियारका एक अनुसन्धान अधिकृतले बताए। 

ठूलो परिमाणको घूस भएकाले उच्च तहको मिलेमतो हुनसक्ने अख्तियारको आशंका छ। घटनाबारे प्रतिक्रिया लिन खोज्दा विभागका महानिर्देशक चूडामणि शर्मा सम्पर्कमा आउन चाहेनन्।

Wednesday, August 13, 2014

के हो इबोला भाइरस


के हो इबोला भाइरस, कसरि सर्छ यो भाइरस, यहामा देखिने लक्षण हरु के के हुन त जानि राखौँ,

केही समयसम्म नामै नसुनिएको ‘इबोला’ नामक भाइरसले यतिबेला विश्वभर सन्त्रास फैलाएको छ । पश्चिम अफ्रिकी मुलुक गिनी मा जब यो भाइरस फेला परेपछि यसको संक्रमण दिन दुगुना रात चौगुना बढ्दैछ ।

सन् १९७६ मा पहिलो पटक सार्वजनिक रुपमा बाहिर आएको यो भाइरसले यो वर्ष अर्थात् सन् २०१४ को सुरुआतमै विकराल रुप धारण गरेको हो ।
औषधि नै नभएको यस भाइरसको नियन्त्रणका लागि बिरामीमा परीक्षणका लागि औषधि प्रयोग गर्न विश्व स्वास्थ्य संगठनले अनुमति समेत दिएको छ ।
इबोला भाइरसको बारे एक रिपोर्ट (भिडियो हेर्नुहोस्)


Tuesday, August 12, 2014

नायक श्री कृष्णलाइ श्रद्धान्जली गर्न उर्लीयो जनसागर (भिडियो)



काठमाडौं, श्रावण २६ ।भारतको नयाँदिल्लीमा निधन भएका नेपाली चलचित्रका लोकप्रिय नायक श्रीकृष्ण श्रेष्ठको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ दाहसंस्कार गरिएको छ ।
पशुपति आर्यघाटमै उपप्रधानमन्त्री प्रकाशमान सिंह र संचारमन्त्री डा. मिनेन्द्र रिजालले स्वर्गीय श्रेष्ठको पार्थिब शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए भने नेपाल प्रहरीको एउटा टुकडीले सलामी दिएको थियो ।

श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न हजारौंको संख्यामा प्रशंसक, शुभेच्छुक तथा सर्वसाधारण आर्यघाट पुगेका थिए । गत शनिबार राती नयाँ दिल्लीस्थित गंगाराम अस्पतालमा उपचारका क्रममा निधन भएका ४७ बर्षिय श्रेष्ठको शव एअर इण्डियाबाट हिजो अपराह्न काठमाडौं ल्याइएको थियो ।

विमानस्थलबाट शवयात्रासहित पार्थिब शरीर श्रद्धाञ्जलीका लागि प्रज्ञाभवन लगिएकोमा त्यहाँ थामिनसक्नु भीड उर्लिएपछि शवयात्रा आर्यघाटतर्फ अघि बढेको थियो ।
प्रज्ञा भवनमा श्रद्धाञ्जलीका लागि उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम, संचारमन्त्री डा. मिनेन्द्र रिजाल, विभिन्न दलका नेता तथा कार्यकर्ताहरु, वरिष्ठ कलाकारहरु तथा हजारौंको संख्या स्वर्गीय श्रेष्ठका प्रशंसकहरु पुगेका थिए ।
तर प्रज्ञा भवनको भीड व्यवस्थापन गर्न संभव नभएपछि आर्यघाटमै श्रद्धाञ्जली दिने निर्णय गरिएको थियो । संचारमन्त्री रिजाल र विभिन्न दलका नेताहरु शव यात्रासहित पशुपति पुगेका थिए ।


त्यसअघि विमानस्थलबाट तीनकुने, नयाँ बानेश्वर, माइतीघर, पुतली सडक हुदै शव प्रज्ञा भवन ल्याउँदा बाटोमै हजारौं सर्वसाधारणले पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली ब्यक्त गरेका थिए ।
गत असार २३ मा नायिका श्वेता खड्कासंग विवाह बन्धनमा बाँधिएलगत्तै हनीमुनका लागि भन्दै उनीहरु भारततर्फ गएकोमा श्रेष्ठको निमोनिया बल्झिएपछि उपचारका लागि नयाँदिल्लीको गंगाराम अस्पतालमा भर्ना गरिएको थियो ।
२०४५ सालमा भूमरी चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका श्रेष्ठले नाता चलचित्रबाट पूर्ण नायकको भूमिका निर्वाह गर्न थालेका थिए ।

श्रेष्ठले अभिनय गरेका ‘आफन्त’ ‘आफ्नो मान्छे’ ‘हामी तीनभाई’ ‘सुखदुख’ ‘कहाँ भेटिएला’, ‘कोहिनूर’ लगायत दर्जनौं चर्चित चलचित्र छन् । केही समययता चलचित्र निर्माण थालेका श्रेष्ठद्वारा निर्मित तथा अभिनित पछिल्लो चलचित्र कोहिनूर हो । जुन गएको शुक्रवारदेखि देशभर प्रदर्शन भईरहेको छ ।





Sunday, August 10, 2014

दुई वर्षीय बालकबाट सर्‍यो इबोला भाइरस



वासिङ्टन : विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ) ले इबोला भाइरसविरुद्धको औषधि सन् २०१५ को मध्यदेखि उपलब्ध हुने सम्भावना रहेको जनाएको छ। डब्लूएचओसँग आबद्ध एक फ्रान्सेली अधिकारी जिन म्यारी ओकवोले अर्को महिनादेखि क्लिनिकल ट्रायल सुरु हुने जानकारी दिए। यो औषधि बेलायतको ग्लैक्सोस्मिथक्लाइन नामक कम्पनीले तयार गरिरहेको छ।


पश्‍चिम अफ्रिकामा द्रुत गतिमा फैलिरहेको इबोलालाई अमेरिकी अनुसन्धानकर्मीहरूले निर्दयी र डरलाग्दो भाइरसको संज्ञा दिएका छन्। भाइरसले नौ सयभन्दा बढीको ज्यान लिएपछि डब्लूएचओले अन्तर्राष्ट्रिय संकटकाल पनि घोषणा गरिसक्यो।
अमेरिकी स्वास्थ्यकर्मीको टोलीले दुई वर्षीय बालकबाट यो संक्रमण फैलिएको आशंका गरेको छ। गत डिसेम्बर ६ मा दक्षिणपूर्वी गिनीको गुचेकदो गाउँमा ती बालकको मृत्यु भएको थियो। यसको एक सातापछि उनकी आमाको मृत्यु भएको थियो। भाइरस संक्रमणमा उनको तीन वर्षीया बहिनी र दिदी पनि परे। यी सबै संक्रमितलाई बान्ता आउने, झाडा हुने र ज्वरो आउने गर्थ्यो।

अनुसन्धानकर्मीका अनुसार बालकका हजुरआमाको अन्तिम संस्कारमा पुगेका दुईजना गाउँले पनि भाइरसबाट संक्रमित भए। त्यति मात्र होइन ती संक्रमितको उपचार गर्न खटेका एक स्वास्थ्यकर्मी पनि आफैं बिरामी परे। यो वर्ष मार्च महिनासम्म इबोलाबाट गिनीमा दर्जनौं मानिसको मृत्यु भइसकेको खबर आयो।

संक्रमित मानिसको कारण यो भाइरस लाइबेरिया, सियरा लियोन र नाइजेरियासम्म पुग्यो। अहिलेसम्म संक्रमित भएका एक हजार सात सय ७९ जनामध्ये नौ सय ६१ जनाको मृत्यु भइसकेको छ। इबोलाबाट लड्न हजारौं स्वास्थ्यकर्मी आवश्यक पर्छ।

विशेषज्ञका अनुसार इबोला अन्य भाइरसजस्तो हावाबाट फैलिँदैन, तर संक्रमित व्यक्तिको सम्पर्कमा आउँदा फैलिने सम्भवना हुन्छ। यो भाइरस संक्रमित मानिसको रगत तथा शरीरका अरू तरल पदार्थबाट फैलिन्छ। यसको लक्षणका रूपमा सुरुमा रुघाखोकीजस्तो लाग्छ र बिस्तारै आँखा तथा गिजाबाट रगत बग्ने तथा आन्तरिक रक्तस्राव हुन्छ। इबोला भाइरस बाँदर, चमेराजस्ता जनावरबाट सरेर मानिसमा पुगेको बताइन्छ। यसअघि यो भाइरस सन् १९७६ मा देखिएको थियो। 
- एजेन्सी

Friday, August 8, 2014

ट्वीटरमा आफ्नै नग्न तस्वीर देखिए पछि



आफ्नो नग्न तस्वीर ट्वीटरको एकाउण्टमा देख्दा जोकोही पनि आत्तिन्छ। तेलेगु फिल्मकी अभिनेत्री अञ्जली द्विवेदी पनि आफ्नो नग्न तस्वीर सामाजिक सञ्जाल ट्वीटरमा देख्दा निकै आत्तिईन्। कोही एक प्रयोगकर्ताले उनको तस्वीर फेक एकाउण्ट बनाएर हालिदिएपछि उनी अहिले प्रहरीको शरणमा पुगेकी छन् ।

तेलेगु फिल्मकी प्रख्यात यी अभिनेत्री गत महिना मध्यप्रदेशबाट मुम्बई सरेकी थिईन् । उनी हिन्दी फिल्ममा काम खोज्नका लागि मुम्बई आएकी हुन् । अञ्जलीले आफ्नो नग्न तस्वीर ट्वीटरमा हाल्ने विरुद्ध मलवानी पुलिस स्टेशनमा निवेदन दर्ता गराएकी छन्। 

प्रहरीका अनुसार अञ्जलीले मध्य प्रदेशको रिवा जिल्लाका आफ्नो साथीको सम्पर्कमा रहनका लागि ट्वीटर एकाउण्ट बनाएकी थिईन् । अञ्जलीको साथीले उनलाई फोन गरेर ट्वीटरमा नग्न फोटो राखेको भनेपछि उनले उक्त फोटो हेरेर प्रहरीमा निवेदन दिएकी हुन् ।

अञ्जलीले प्रहरीलाई उक्त एकाउण्ट बन्द गरेर दोषीलाई पत्ता लगाउन आग्रह गरेकी छन् । प्रहरीले नायिकाको निवेदन दर्ता गर्दै साइबर क्राइम विभागको मद्धत लिएर दोषीको खोजी गरिरहेको छ ।

डन "चरी" लाइ अन्यत्रै मारेर भिमढुंगामा फालिएको दाबि





काठमाडौं, श्रावण २३ । नेकपा एमाले धादिङले ‘गुन्डा नाइके’ दिनेश अधिकारी ‘चरी’लाई प्रहरीले योजनाबद्ध रुपमा हत्या गरेको भन्दै घटनामा संलग्न प्रहरीलाई निलम्बन गर्न माग गरेको छ ।
आज एमाले मुख्यालय बल्खुमा पत्रकार सम्मेलन गरी धादिङ एमालेका कार्यबाहक अध्यक्ष भूमि त्रिपाठीले ‘चरी’लाई अन्यत्रै मारेर भीमढुंगामा  शव फालिएको दाबि गरे!
-रासस



Tuesday, August 5, 2014

मोबाइल चार्ज गर्न जानाले ज्यान बच्यो



संखुवासभा : साँझ ढल्दै थियो, ७ बजेतिर १३ वर्षीय बमबहादुर कोइरालाले भने, 'बुबा मोबाइलको चार्ज सकिएछ, म चार्ज गर्न जान्छु।' बुवाले पनि सहजै बिदा दिए, 'चार्ज गरेर बिहान चाँडै आउनु।' यो संवाद नै बाबुछोराबीचको अन्तिम बोली बन्यो।

जलजला-७ मेघेस्थित साथी राजन खड्काका घरमा मोबाइलको ब्याट्री चार्ज गर्न गएका बमबहादुरले बिहान फर्किदा न घर देखे, न बाबुआमा र दिदीलाई नै। उनले परिवारका सबै सदस्य गुमाइसकेका थिए। सोमबार बिहान आएको पहिरोले घरसँगै उनका बाबुआमा र दिदीलाई बगाएको थियो। 'मलाई त सपनाजस्तै भयो,' बमबहादुरले रूँदै भने।

उनी घर फर्किदा गाउँलेहरू भेला हुँदै थिए। उनले माथिल्लो घरका काकालाई सोधे के भयो? काकाले केही जवाफ फर्काएनन्। उनले आत्तिदै 'हाम्रो घर बगाएको हो?' भन्‍न थाले। त्यसपछि काकाले भने- हो नानी आज राति पहिरोले घर बगाएछ। बमबहादुरलाई भाउन्न भयो, वरिपरि सबै घुम्यो अनि रुदै बुबा, आमा, दिदी भन्न थाले। उनलाई गाउँलेले समाले।

एक छिनपछि प्रहरीसहित उद्धार टोली आएर पुरिएका शव खोज्न थाल्यो। प्रहरीले पहिरोमा पुरिएका उनका बुवा, आमा र दिदीको शव निकाल्यो। उनी भन्दै थिए, 'म पनि बाँचेको भन्दा मरेकै भा हुन्थ्यो नि। सबै गुमाएपछि मेरो के अर्थ रह्यो र?'

सदरमुकामबाट गएको राहत टोलीले किरिया खर्चबापत एक लाख २० हजार रुपैयाँ दिँदा पनि उनले 'यसले के गर्नु' भन्दै रकम लिन अन्कनाए। उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले उनलाई सम्झाउँदै आश्वासन दिए, 'दु:ख नमान यस्तै भयो। तिमीलाई नि:शुल्क अध्ययनका लागि पहल गर्छु।'

सभासद दिपक खड्काले पनि उनका लागि १० लाख रुपैयाँ खर्च उपलब्ध गराउन सरकारसँग माग गर्ने आश्वासन दिए। बमबहादुरको मन अझै थामिएको छैन। घरबास नै पहिरोले निमट्यान्नै बनाएपछि अब के गर्ने र कसो गर्ने भन्ने चिन्ताले सताएको छ।

उनी जस्तै राजेन्द्र कोइरालाले पनि भैसीका कारण ज्यान जोगाएका छन्। दिउँसो बेसीमा राखिएका भैसीलाई घाँस काट्न गएका राजेन्द्र र उनकी पत्नी कमला त्यो रात घर फर्किएनन्। त्यही रात पहिरोमा पुरिएर उनका बुवा मेहरमान र आमा कुमारीले ज्यान गुमाए।
-अन्नपुर्ण पोस्ट

Monday, August 4, 2014

पहिरोमा परि मृत्यु हुनेको सँख्या ३३ पुग्यो




सिन्धुपाल्चोक, श्रावण १९ । सिन्धुपाल्चोकको मांखा गाउँ विकास समितिको जुरेमा गएको पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ । आज थप २३ जनाको शव फेला परेसँगै मृत्यु हुनेको संख्या ३३ पुगेको हो ।

मृतकमध्ये मिठु पाठक खत्री, लाल कुमारी बुढाथोकी, राजीव खत्री, रञ्जिव खत्री, सोममाया श्रेष्ठ, जयां श्रेष्ठ, पुनम श्रेष्ठ, उनकी तीन महिनाकी छोरी,  गणेश श्रेष्ठ, धनमाया श्रेष्ठ, चन्द्रमाया श्रेष्ठ, मिथिला दनुवार, राजु थामी, उनका दुई वर्षीय छोरा, रिजु थामी, सरु थामी, यमबहादुर श्रेष्ठ, श्रेष्ठकी श्रीमती सुशीला, प्रशान्त श्रेष्ठ, राममाया श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, सिमरन श्रेष्ठ गरी २२ जनाको मात्र सनाखत भएको छ । अन्यको भने सनाखत हुन बाँकी छ ।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीकाअनुसार ५२ परिवारका अझै १ सय ३० भन्दा बढी सम्पर्कविहीन छन् । यस्तै, फेला परेको केही शवहरु पहिचान गरी आफन्तलाई बुझाइएको छ भने पहिचान भएपनि आफन्त नभएकाहरुको शव गाविसलाई बुझाइएको छ । तत्काल क्रियाखर्च भनेर सरकारले ५० हजार रुपैयाँ पीडितहरुलाइ वितरण गरेको छ ।

यता, नदी खुलाउन अहिले स्काइभेटर र डोजर प्रयोग गरिएको छ । स्काइभेटरले खन्ने क्रममा २३ जनाको शव फेला परेको हो । सुरक्षाकर्मी तथा स्थानीयले बेपत्ताहरुको खोजीलाई तीव्रता दिएका छन् । नदीबाट भने दश प्रतिशत मात्र पानी खुल्न बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ ।

थुनिएको सुनकोशी नदीको बहाव सामान्य अवस्थामा फर्किएपनि पहिरोले खसेको पहाड भने यथावत छ ।

यसैबीच, थुनिएको नदी सामान्य बन्दै गएपनि जुरेमै अर्को ठूलो पहिरोको खतरा रहेको प्राविधिकहरुले जनाएका छन् । पहिरोको शीर राम्चे पुगेर अध्ययन गर्दा त्यस्तो खतरा देखिएको हो । पहाड झन्डै डेढ किलोमिटरभन्दा बढी चिरा परेकाले पहिरो कुनै पनि बेला खस्न सक्ने भन्दै नदीमा जमेको पानी चाँडोभन्दा चाँडो फाल्न उनीहरुले सुझाव दिएका छन् ।

पहिरोले सुनकोशी नदी थुनिएपछि अवरुद्ध बनेका सातओटा जलविद्युत् आयोजना अभै पनि बन्द अवस्थामै रहेका छन् । जसका कारण राष्ट्रिय ग्रीडमा ६७ मेगावाट विद्युत् घटेको छ । नदीले साढे २ मेगावाटको सानीमा हाइड्रोको प्रसारण लाइन नै भत्काएको छ ।
-ईमेज खबर




Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light