From our Blog

Showing posts with label Story. Show all posts
Showing posts with label Story. Show all posts

Tuesday, May 28, 2013

मेरो अनुपस्थितिमा त्यी अन्ध्यारा र कहाली लाग्दा

Photo: हामी कहिले नछुटिने है प्रिय ................छुटिनु पर्दा मलाई सारै डर लगेर आउछ छुटी सकेपछि भेट नै नहुने होकी !!!!!                   खै ! किन खनाएथे मैले तिमीलाई मुटुभरीको माया, अधरभरीको प्यार अनी आत्मा देखिको विश्वाश । मनमा राखी पुजा गरेर मैले तिमीलाई पुजा भनि बोलाउन चाहे तर मेरो पुजा बेकार बन्यो । अक्षता, पाती, नैबेध अनी मेरो निष्ठामा तिमीले लात हानेर धुजा धुजा पार्यौ । सर्पलाई दुध पिलाए पनी विष नै ओकल्छ भन्थे, तिमीलाई पनि त्यस्तै भयो ।बधाई छ पुजा तिमीले नयाँ संसार अनी दाम्पत्य जीवन शुरु गरिछौ, तिमी छुट्टै धन,मन इज्जत र प्रतिष्ठाले जुरो बढाउदै छौ होला । म त दिन दिनै तिम्रै यादमा सेती झै भासीइरहे, शायद अब त भासिने ठाउ पनि छै, माथि निस्किने त कुरै भएन । सोचेको पनि थिएन जिन्दगीमा यति धेरै पटक असफल बन्छु भनेर त ।स्कूले दिनहरु सम्झ त पुजा, आखाँमा राखी नानी बनाएथे, बगैचाको फुल मानी पानी हालेथे । बिफल सारा बिफल । तिमीले मेरा नाममा पठाएका पत्रमा कोरेका शब्द अनी समर्थन गरेका सम्झना, शब्द अनी प्रेम रुपी बाणी सम्झ त ।
                   मेरो अनुपस्थितिमा त्यी अन्ध्यारा र कहाली लाग्दा ............. म बिनाको जीवन ...........ती त केबल कल्पना रहेछन पुजा । एस एल सी परिक्षाका दिनहरु सम्झ त पुजा, कति रमाइला थिए ती दिनहरु । बन्दको समयमा १८-२० किमी सडक पार गरि हामी कसरी गोरखनाथ बाबाको शरणमा पुगेका थियौ । एक कप चियामा दुई मुख लगाइ पिएको अनी चैतमासको घाममा दहीको चिसो संगै माया बाढेको । हो पुजा अब त यी सब पानामा पनि नकोरिने इतिहास बनिसक्यो । केबल मलाई तडपाइ रहने इतिहास ।एस.एल.सी परिक्षा पछि तिमीलाई भेट्ने जति प्रयास गर्देथे, तिमी त्यस्को विपक्षमा लाग्यौ । जे होस् तिम्रो मम्मीको न्यानो मायामा आफुलाई भाग्यमानी ठान्दै रमाइ रहे । मेरो ठुलो असफलताको पिडा देखेर माथिबाटै भगवानले तिम्रो मम्मीलाई मेरो सेवा गर्न आदेश दिए जस्तो लाग्यो मलाई । नत्र त आफ्नो छोरा जस्तै ठान्ने तिम्रो मम्मीले त्यस पछी किन बिर्सनु भयो त ?
Photo: Love u man ..........         जे होस् तिम्रो मायालाई मुटुमा राखेर उज्ज्वल भविस्यको कामना गर्दै म अध्ययनको लागि पोखरा लागे । तिम्रो फोनको प्रतिक्षामा कैयौँ दिनहरु बिताए । तिम्रो साथ जिवनभरी पाइराखु भनि मनकामनामाइ सँग प्राथना गरे । अह मनकामनामाइले मेरो प्राथना बुझिनन ।पोखराको ठाउँ बाच्नै पर्यो, बुढा बाबाआमालाई कति दु:ख दिनु । एउटा स-सानो जगिरमा झुन्डिए । बिहानको पढाइ, दिउसो जागिर व्यस्त बने पनि मनभरी तिम्रो मायाको भारी बोकेर दिनरात काट्दै गरे । तिमी गोर्खा क्याम्पस पढ्न थाल्यौ । हुलाक अनी फोनका सुबिधा नभएका होइनन तर तिमीले सम्झनै चाहिनौ । मैले तिम्रो अनी तिम्रो भाईको स्कूलको नाममा दुई वटा पत्र रजीस्ट्री गरि पठाए तर तिमीले कानमा तेल हालेर बसिरह्यौ । मलाई थाहै रहेनछ म त तिम्रो एकोहोरो मायामा डुबेर तिमीलाई माछापुछ्रेको शिरमा उभ्याइ सरङ्कोट्बाट हेर्न लागेछु, फेवा तालको पानीमा डुबुल्कि मार्दै तालबारही मन्दिरमा पुजा गरि रानिवनको शितलतामा रम्न लागेछु । तर मेरा यी सब सपना, लक्ष्य सिसिफसको कथा जस्तै बन्यो अनी नित्से झै भन्न मन लाग्यो | गड इज डेड, आफ्ना भक्तहरुको दुखमा साथ दिएर न्यानो माया दिन सक्दैन भने के भगवान ......?
               पिडा पिडामै पिल्सिएर दिन बित्दै गए । म तिम्रो मायाको ओत नपाएर पुसको ठन्डिमा झै कठाङ्रीन लागे, साउने झरिमा झै रुझ्न लागे, चैतको घाममा डडिए अनी भदौरे भेल सँगै बगे । खोलो किन माथि फर्किन्थ्यो र पुजा । म मनभरी मायाको पोको लिएर तिमीलाई अर्पण गर्ने प्रतिक्षामा रहे तर तिमी ..........गल्छेडो कुरेर बस्ने हो भने हात्तीको पिठ्युमा पनि ढाप मार्न पाईन्छ भन्थे तर उखान मात्रै रहेछ ।तिमीसंगै एक पटक भेट नहुदै तिमीले हाम्रो संसार अल्गाइसकेछौ । मैले तिम्रो फुलरुपी मायालाई हावा, पानी, मलजल गरेर हुर्काउन चाहे तर तिमीले मलाई केबल तुशारो, असिना अनी एसिड मात्र ठान्यौ । बधाई छ पुजा तिमीलाई, तिम्रो माया फुलाएर चारैतिर बास्ना छर्ने अनी मुनामदन बनेर अर्को ईतिहास रच्ने योजना मात्रै होईन तिमीले मलाई बिफल बनाउ । हो पुजा बल्ल थाहा पाए निदाएको भन्दा निदाएको बहाना गर्ने मान्छेलाई ब्युझाउन गाह्रो हुदो रैछ ।
              पूजा म तिम्रो लागि तिम्रो यात्रामा ठेस लाग्न पुगेको एउटा ढुङो रहेछु अनी उकाली चढ्दा आएको पसिना रहेछु । आज म तिम्रो मायामा पागल बनेर दिनको भोक न रातको निन्द्रामा छु । पोखराबाट गाउँ जादा हरेकपल तिम्रो मायाको आशामा रमाउदै मनभरी मायाको लालमोहन, रसबरी, पेडा अनी लड्डु तिम्रै लागि ल्याउथे तर अब तिम्रो बस्ती मेरो लागि मरभुमी बन्यो ।तिमी माइती गाउँ आउँदा फर्केर पनि माथि डाडातिर हेर्ने चेस्टा सम्म नगर्नु की न की त्यहा मेरो रोइरहेको आत्मालाई जिस्काए सरह हुनेछ । सदा सर्बदा तिम्रो स्वागतमा रम्ने मेरो घरमुनीको हरियो र फुलैफुलको रुख अहिले सुकेर ढलिसकेको छ अनी तिम्रो आगमनको प्रतिक्षामा रम्ने मेरो कटेरी खरानी भैसेकेको छ ।
               पुजा, काठमाण्डुको बसाइ साथमा नयाँ संसार चैन छ होला हगि ? ठिक छ मौसमी तिम्रो व्यवहारमा अब एकरुपता आओस । मेरो जीवन दुई दिनको होला तर तिमी हजार बर्ष बाच्नु । माया, ममता, सम्मान र पुरस्कारको सम्मानले पुरिनु । मलाई एउटा लाम्खुट्टे बर्षामा बाँच्नको लागि रगत चुस्न आउने परजिवी भनेर चित्त बुझाउनु जुन माया नपाएर भोकै फर्कियो ।मैले तिम्रो जिवनमा जति पिडा दिन आए, कलेजी ददार्न आए हृदय देखि क्षमा चाहन्छु ल र, अब तिमीलाई पिडा त के तिम्रो पाइला पर्ने ठाउमा समेत रहने छैन केवल तिम्रो भलाइका लागि, तिम्रै सफलताका लागि । म कुरुप्, गरिब, अक्षिशित अनी बेसाहारा तिमीसँग सातै जूनी भेट हुने छैन तिम्रो भरिभराउ र उज्ज्वल जिवनका लागि ।
              म जुन बनेर तिमीलाई शितलता छर्न चाहन्थे, फुल बनेर बास्ना छर्न चाहन्थे, अनी तिम्रो मायामा पौडदै माछा झै बाँच्न चाहन्थे । तिमीसंगै ग्रेट्वाल चड्न चाहन्थे । सगरमाथाको शिरमा हाम्रो प्रेम पत्र बिछ्याउदै बिछोडमा तड्पनेहरुलाई मिलनको पाठ पढाउन चाहन्थे, तर मेरा यी लक्ष्यहरु बारमुडा ट्रयाङ्लमा खसे, म्रित सागरमा फसे अनी काचको गिलास सरी फुटे । म जतिसुकै कात्तर र कुरुप भए पनि हाम्रो मायाको हिरो बन्न चाहन्थे, तर आज तिम्रो तिरस्कारमा बिक्षिप्त बनेर जीवन र मृत्‍युको दोसाधमा छट्पट्टाइ रहेछु केबल मृत्‍युको पर्खाइमा...........

Saturday, May 25, 2013

उसले प्रसंग एक्कासि मोडी र सोधी, 'कलेजमा कत्तिको लाइन मारिन्छ?

...तिमीले नसम्झिँदा माया, बेग्लै हुँदो रैछ.....
एक वर्ष अगाडिको कुरा !!
मोबाइलको रिङटोन बज्यो। मल्लिका कार्कीको स्वरको यो गीतबर्दिबासको सुनगाभा एफएममा सुनेको थिएँ। सुरुमै सुन्दा मन पर्‍यो। ल जा, म पनि के कम, त्यहाँको टेक्निसियन साथीलाई पेनड्राइभमा कपी गर्न लागाएँ। एडब अडिसनमा अगाडिको म्युजिक काटिदिएँ अनि बनाइदिएँ सिङटोन। ब्लुटुथबाट मोबाइलमा सारेँ अनि सेट गरेँ रिङटोनको रूपमा। मोबाइल नर्मल प्रोफाइलमा भएको बेला जसको फोन वा मिस कल जे आए पनि यही बज्ने।
                    यसो मोबाइलमै समय हेरेँ। रातको १ बजेको रहेछ। कलेज जान अलार्म बजेको हो कि भन्ने ठानेको, होइन रैछ। मिस्ड कल भनेर एउटा अज्ञात नम्बर देखेँ। ९८०३६... यस्तै नम्बर थियो। मेरो एनटिसीमा, पहिलेको मेरो मोबाइल अहिलेको एनसेलको अज्ञात नम्बर... कसको हो भन्ने याद भएन, निद्राले थिचेको थियो, पल्टिदिएँ। सिरानीमै रहेको मोबाइलमा एउटा म्यासेज आयो। भन्ठानेँ, एनटिसीले मोबाइल वन वे भएको जानकारी दिन पठाएको म्यासेज होला। यो पोस्टपेड मोबाइल पनि झन्झटै हो, कतिबेला वन वे हुन्छ थाहा हुँदैन। यस्ता म्यासेज मलाई मोबाइलमै सेभ गरेर राख्न मन लाग्दैन। डिलिट गर्छु भनेर हेरेको त, त्यही मिस्ड कलवाला नम्बरबाट आएको म्यासेज रैछ- आई एम वेटिङ यु इन फेसबुक।कहाँबाट कसले कुन नियतले पठाएको थियो, लेखिएको थिएन। मस्त निद्राले च्यापेका बेला अनलाइन? मैले नि रिप्लाई गरेँ, 'आई एम स्लिपिङ। हु आर यु? आई कुडनट रिकग्नाइज यु। प्लिज गिभ मि टु स्लिप। गुड नाइट।'
                     सेन्ड हुनुअघि नै डेलिभरी रिपोर्ट आयो, यो एनटिसी पनि गजबको छ। एक मिनेट पनि नहुँदै अर्को म्यासेज आयो, रोमन नेपालीमा, 'सुतेको मान्छेले कसरी रिप्लाई गर्छ? म तिमीलाई फेसबुकमा वेट गरिरहेको छु। कम फास्ट न प्लिज!'ममाथि ठूलै चुनौती थियो। फेरि उठेँ, पानी पिएँ, अलि-अलि भोक लाग्न थालेको रैछ। साथीहरूले पेट लाग्यो भन्या भएर साँझमा भात खान छोडेको त बिहान उठ्दा पेटभर मुसा दौडिने। सुत्ने खाटको साइडको सानो टेबलमा रारा चाउचाउ रैछ, खोलेँ अनि खान थालेँ। म्यासेज रिप्लाई गरिनँ। एनसेलमा रिप्लाई गर्दा झन्डै ३ रुपैयाँ काट्छ। बडो पैसा बचाउनेजस्तो गरेँ।
                        यतिन्जेल निद्रा भागिसकेको थियो। ल्यापटप तानेँ अनि खोलेँ। मेरो एक्लो जीवनमा साथी भनेकै यही ल्यापटप त हो। साह्रै धेरै समयको सपना साँचेर किनेको ल्यापटप। अहिलेसम्म जीवनमा आफ्नै कमाइबाट किनेको सबैभन्दा महँगो बस्तु। निकै माया लाग्छ अनि कहिलेकाहीँ 'ल्यापी' भन्छु। अफिसमा साथीहरूले जिस्काउँछन्, 'के हो मुकु, ब्यागभित्र गर्लफ्रेन्ड हो?' गर्लफ्रेन्डले यति साथ दिन्थिन् या दिन्नथिन्, थाहा भएन तर यसले हरपल हरक्षण केही गुनासो नगरी साथ दिइरहेको छ। अँ साँच्ची, ल्यापटप खुल्यो, इन्टरनेटको तार जोडेँ। एकछिनमा याहु, जिटक, स्काइप सबैमा साइन इन भएँ। सर्सर्ती हेरेँ, विदेशी साथीहरू मात्र अनलाइन रैछन्। अनि साइन आउट गरेँ। गुगल क्रोममा फेसबुक टाइप गरेँ अनि कन्ट्रोल इन्टर हानेँ। डब्लुडब्लुडब्लु र डटकम टाइप गर्न छाडेको निकै भयो। साइटको नाम टाइप गर्‍यो अनि कन्ट्रोल इन्टर। एकछिनमै फेसबुक खुल्यो। अनलाइनमा केही फेसबुक फ्रेन्ड थिए, तर कोही पनि निकै परिचित लागेन। साथीहरूको स्टाटसमा जेपिटी कमेन्ट लेख्दै थिएँ। च्याट बक्समा रोमनमा 'मलाई थाहा थियो, तिमी अनलाइन आउँछौ भनेर' भन्ने म्यासेज आयो। स्टाइलिस फन्टमा प्रतिक्षा लेखिएको मान्छेले मलाई म्यासेज पठाएको रहेछ। खासै चिनेजस्तो लागेन। मैले रिप्लाई गरिनँ अझ भनौं यति छिटो रिप्लाई गर्न चाहिनँ। फेरि अर्को म्यासेज आयो, 'स्विट ब्वाय, विद होम आर यु बिजी?'
                     स्विट ब्वाय, यो शब्दले कता कता तरंग ल्यायो। फेरि अर्को वाक्य थपियो च्याट बक्समा, 'सो सरी फर डिस्टर्बिङ यु एट मिडनाइट। आई कुडनट स्लिप विदाउट टकिङ विद यु... हिहि।'मलाई पारो छुट्यो। कुनचैं केटाले मलाई मुर्गा बनाउन नक्कली आइडीबाट यस्तो गरायो भन्ने सोचेँ। तैपनि टाइप गरेँ, 'म्याडम, हु आर यु, आई डन्ट गेट यु। एन्ड हाउ डिड यु गेट माई नम्बर?'एकैपटकमा यी सबै टाइप गरी इन्टर थिचेँ। मलाई सबैभन्दा ठूलो जिज्ञासा मैले नचिनेको व्यक्तिले मेरो मोबाइल नम्बर कसरी पायो भन्ने थियो। अफिसको भिजिटिङ कार्डमा पनि मोबाइल नम्बर छैन। मैले सार्वजनिक स्थानमा पनि मोबाइल नम्बर लेख्ने गरेको छैन। बरु इमेल एड्रेस छ्यापछ्याप्ती लेख्छु। सजिलो छ, रिस उठ्यो वा चित्त बुझेन भने स्पाममा लगेर ठेल्दियो। अनि टन्टा साफ।
                            'म्याडम? आई एम नट म्याडम, एम मिस, सर। अन्डरस्टुड? लोल.... बाई द वे, यु विल नो मी सुन, बट आई नो यु भेरी वेल।' सायद मैले सँगै स्कुल पढेको कोही हुनुपर्छ भन्ने सोचेँ किनभने उनीहरूको नियमित सम्पर्कमा नआएको धेरै भएको थियो। सम्भवतः मेरोबारे धेरै थाहा तिनै साथीहरूलाई हुन सक्छ। अनि अलिक सफ्ट भएर कुरा गरेँ। कुरा गर्दै गएँ, उसले मेरो तीनपुस्ते विवरण लेखी। मेरो घर, क्याम्पस, अफिस, इन्ट्रेस्ट, आदि। म छक्क परेँ। उसको प्रोफाइल पिक्चर हेरूँ भनेको पनि एउटा गुलाबको फूलको तस्बिर मात्र छ। अरू तस्बिर थिएनन्। एक मनले यो पात्रलाई फेसबुकको फ्रेन्ड्स लिस्टबाट हटाउन भन्यो तर अर्को मनले मेरो बारे सबै थाहा भएकालाई किन हटाउनु भन्यो।
                       च्याट गर्दागर्दै ४ बजेछ। यो पहिलो च्याटमा उसले नै धेरै लेखी, मैले निकै कम लेखेँ। बीचबीचमा निद्रा लागेन भनेर सोध्थेँ ता कि ऊ सुतोस् अनि म पनि सुत्न पाउँ। बिहान ६ बजे क्लास जानुपर्ने सम्झेँ।करिब सवा १ देखि ४ बजेसम्म झन्डै ३ घन्टाबीच मैले प्रतिक्षाका धेरै कुरा सुनेँ। मैले उनलाई मेरो मोबाइल नम्बर कहाँबाट थाहा पाएको भनेर सोधेँ तर उनले 'चाह्यो भने जे पनि पत्ता लगाउन सकिन्छ, मोबाइल नम्बर त के हो र!' भनिन् अनि कुरा मोडिन्। उनका उट्पट्याङ गफ मलाई रमाइलो त लागिरहेको थियो। तैपनि दिक्क मानेको बहाना गर्दै मैले टाइप गरेँ, 'नाव आई वान्ट टु स्लिप, गुड नाइट, बाई!'
                      अनि उनको रिप्लाई नकुरी फेसबुक च्याटबाट अफलाइन भएँ। निद्रा लाग्यो भनेर अफलाइन भए पनि मलाई खासै निद्रा लागेको थिएन। हाइहाइ गरिरहेकै थिएँ। मेरो मनमा यो प्रतिक्षा भन्ने केटी को होली भन्ने लागिरह्यो। फ्रेन्ड्स लिस्टमा प्रतिक्षालाई खोजेँ अनि प्रोफाइलमा गएँ। अचम्म, उनको फ्रेन्ड्स लिस्टमा म मात्र रहेछु अर्थात उनको फेसबुक फ्रेन्ड म मात्र रहेछु। फेसबुक वालमा मात्र एउटा स्टाटस थियो, 'वेटिङ फर यु।' अरू केही थिएन। झनै अचम्म परेँ। फेसबुक इनबक्समा एउटा म्यासेज आयो। म्यासेज उनकै थियो, 'मध्यरातमा अनलाइन आएकोमा कृतज्ञता र डिस्टर्ब गरेकोमा सरी। आउँदो बेलुकी ९ बजेतिर अनलाइन आउन अनुरोध।' रिप्लाई गर्न जाँगर चलेन। कसले मलाई यसरी चाटिरहेको छ, मेरो शंका झन् बढ्यो।
                          बेलुकी ८ बजे नै इन्टरनेटमा जोडिएँ। स्काइप, जिटक, याहु, एमएसएन, फेसबुक सबैमा एकैपटक लगइन गरेँ। गत महिना पोखरा जाँदा खिचेको कलर पिक्चरलाई फोटोसपमा ब्ल्याक एन्ड ह्वाइट गराएँ अनि फेसबुकमा नयाँ प्रोफाइल पिक्चरको रूपमा अपलोड गरेँ। क्याप्सन लेखेँ- ब्ल्याक एन्ड ह्वाइट लाइफको ब्ल्याक एन्ड ह्वाइट पिक्चर। तुरुन्त इनबक्समा उही पात्रको म्यासेज आयो, 'कसरी बिडब्लु लाइफ?'मैले स्पष्टीकरण दिनु जरुरी ठानिनँ, त्यसैले रिप्लाई पनि गरिनँ। यतिन्जेल म फेसबुक च्याटमा अफलाइन थिएँ, अनलाइन भइदिएँ। अनलाइन हुनासाथ उही पात्रको म्यासेज। यो फेसबुकमा इन्भिजिबल अप्सन पनि हुनु नि! कम्तिमा आफूलाई च्याट गर्न मन नलागेकासँग त लुक्न सकिन्छ।केही शंका, धेरै खुल्दुली, त्यो साँझ पनि निकैबेर अनलाइनमा गफिएछु। भोक लाग्न थालेपछि पो थाहा भयो। अफिसबाट फर्केपछि मेरा परममित्रहरू वनकाइँलो र नारायणसँग भृकुटीमण्डपमा खाएको एक गिलास चिया र एउटा स्लाइस केकले यतिन्जेल थेगिरहेको थियो। भात के पकाउन थाल्नु, रोटी पकाउनु त झन् अल्छी लाग्ने। फेरि उही रारा चाउचाउ। ल्यापटपमा समय हेरेँ, ११ बजिसकेछ। 'म सुत्छु। मलाई निद्रा लाग्यो। तपाईंले मलाई हिजो पनि सुत्न दिनुभएन। गुड नाइट। बाई!' यति लेखेर म्यासेज गरेँ अनि प्रत्युत्तर नकुरी अफलाइन भएँ।
पहिलो चोटि 
              अब त साँझ परेपछि अनलाइनमा प्रतिक्षाकै प्रतिक्षा। एउटा अनलाइन नसा। यस्तै क्रम केही दिन चलिरह्यो। च्याटका टपिकः लाइफ, स्टडी, लभ, अनलाइन, प्रोफाइल पिक्चर अनि कहिलेकाहीँ पोल्टिक्स र ट्राभल। बिस्तारै-बिस्तारै थाहै नपाई धेरै कुरा सेयर भएछन् र उनीसँग निकै खुल्न थालेछु। तर यतिन्जेल पनि मैले उनलाई चिन्न भने सकेको थिइनँ। उनका बारे जति सोधे पनि उनले 'म तिमीलाई छिटो भेट्न चाहन्छु, त्यो बेला तिमीले मलाई देख्नासाथ चिन्नेछौ' भन्थिन्। अब म उनलाई भेट्न व्यग्र थिएँ। उनले नै भेटको प्रस्ताव राखुन् भन्ने चाहन्थेँ। केही दिन कुरेँ। एक दिन आफैं सोधेँ। तिमी भन्न अप्ठेरो लाग्यो। 'ह्वेन विल यु मिट मी?' तिमी या तपाईं, के भनेर सम्बोधन गरूँ भन्ने लागिरहेका बेला अंग्रेजीमा लेखिदिएँ। उताबाट रिप्लाई आयो 'एज यु विस, स्विट ब्वाय।' मैले आउँदो शनिबारका लागि प्रस्ताव गरेँ भने स्थान र समय छान्ने जिम्मा उनलाई दिएँ। तुरुन्त उनले टाइप गरिन्, 'बानेश्वर बेकरी क्याफे एट फाइभ। आई विल वि इन ग्रिन टिसर्ट एन्ड ब्ल्याक जिन्स।'
                          आज मंगलबार, शनिबार आउन अरू ४ रात छ। एक मनले त ढिलो लाग्यो, अर्को मनले शनिबारको दिन नुवाइधुवाइ सकाएर एकछिन साथीहरूसँग गफ लडाएर जान पाइन्छ भन्ने सोचेँ। अनि मैले 'डन' लेखेँ र उताबाट पनि उही प्रतिउत्तर आयो। गफ गर्दागर्दै ११ बजिसकेको थियो। प्रतिक्षासँग अनलाइन गफ गर्न लागेपछि मेरो साँझको खाने बानीमा परिवर्तन आएको थियो। खानाभन्दा महत्वपूर्ण उनीसँगको गफ लाग्न थालेको थियो। भोकलाई जिते पनि निद्रालाई जित्न सकेको थिइनँ। 'म सुतुँ?' मैले अनायास कुनै भूमिकाबिना सुत्ने अनुमति मागेँ। पहिले-पहिले त गफ गर्दागर्दै सिधै अफलाइन भइदिन्थेँ तर अचेल चाहेर पनि त्यति निस्ठुरी हुन सक्दिनँ। 'निद्रा लाग्यो?' उताबाट रिप्लाई आयो। मैले नि लेखेँ, 'अहँ लागेन, हजुरसँग च्याट गर्दा त निद्रा नि भाग्दो रैछ,' मैले नि सटायर हानेँ। 'मी टु,' उनले कुरा सिधै बुझेजसरी भनिन्। अनि मैले लेखेँ, 'आई एम फिलिङ भेरी स्लिपी। भोलि ६ बजे कलेज जानु छ। सो, म सुतेँ है! गुड नाइट।'
                              म उसको गुड नाइटको अक्षर सन्देशको प्रतिक्षामा थिएँ, उसले प्रसंग एक्कासि मोडी र सोधी, 'कलेजमा कत्तिको लाइन मारिन्छ?' मैले नि सहज उत्तर दिएँ, 'साउनको महिना हरियाली छ। लाइन त मार्दिनँ भन्दा नि मारिहालिन्छ।' उनले हरियालीको अर्थ बुझिनछन् क्यारे, प्रस्ट पार्न भनिन्। 'साउनको महिनामा हातभरि हरियो चुरा देखिन्छ जहीँतहीँ, त्यसैले हरियाली,' रिप्लाई गरेँ अनि 'आई वान्ट टु स्लिप, बाई' लेखेँ। उनको रिप्लाई नकुरी अफलाइन भएँ र ल्यापटप बन्द गरेँ।शनिबारको प्रतिक्षा थियो। बीचका बाँकी दिनमा खासै लामा अनलाइन वार्तालाप भएनन्। म धेरै रातिसम्म अनलाइन बस्न छाडेँ किनभने मलाई अलिअलि ज्वरो आउन थालेको थियो। भोलिपल्ट अर्थात बुधबार, अगस्ट ११ को साँझ फेसबुकमा स्टाटस अपडेट गरेँ, 'फाइनली, ज्वरो आएछ।' उनले तुरुन्त इनबक्समा म्यासेज पठाइन्, 'के भयो, स्विट ब्वाय? किन ज्वरो? कि मसँग गफ गर्दागर्दा हो? मलाई त डर पो लाग्न थाल्यो, मसँग कुरा मात्र गर्दा त ज्वरो आयो, भेटेपछि त झन्...' डटडटमै कुरा टुंग्याइन्। टेक केयर या यस्तैको आशा थियो तर उनले त्यसो लेखिनन्। रिप्लाई गर्नु पनि जरुरी ठानिनँ।
                               त्यसपछि म अनलाइन बसिनँ किनभने मैले रेस्ट गर्नु थियो। त्यसैले, बेलुकी ९ बजे नै सुतिसक्थेँ। बुधबारबाट आउन थालेको ज्वरो वर्षायामको पानीजस्तै कहिले कम, कहिले बढी गर्दै गयो। शनिबारसम्म म ज्वरोले निकै गलिसकेको थिएँ। ब्लड, युरिन टेस्ट गराउँदा केही देखिएको थिएन। डाक्टरले प्यारासिटामोल मात्र प्रेस्क्राइब गरेको थियो। यसले ज्वरो निकै बिस्तारै घट्दै थियो, २ दिनमा १ डिग्री मात्र। त्यसैले आइतबार प्रतिक्षासँग भेट्न जान सक्ने शारीरिक हैसियत मसँग थिएन। शनिबार बेलुकी एकैछिन फेसबुक खोल्न ल्यापटप अन गरेँ। प्रतिक्षाको म्यासेज व्यग्रतासाथ प्रतिक्षा गरिरहेको थिएँ। अचम्म, मेरो इनबक्समा उनको एउटा पनि म्यासेज देखिनँ। त्यसपछि, म आफैं नेपांग्रेजीमा उनलाई म्यासेज टाइप गर्न लागेँ 'प्रतिक्षा, आज मैले बडो प्रतिक्षाका साथ फेसबुक खोलेको थिएँ, तर म्यासेज देखिनँ। अचम्म लाग्यो। हाउ आर यु? इज एभि्रथिङ ओके? ह्वेन यु गेट दिस म्यासेज, प्लिज राइट ब्याक टु मी। अनि म भोलि बानेश्वर आउन सक्दिनँ कज माई फिवर इज स्टिल हन्ड्रेड थ्री। टेक केयर।'
                           त्यो साँझ मैले कम्प्युटरमा फेसबुक खोलिनँ। मोबाइलमा भने बेलाबेला चेक गरिरहन्थेँ, कतै उनको म्यासेज आउँछ कि भनेर। आइतबार दिउँसोसम्म म्यासेज कुर्दाकुर्दा मेरो धैर्यको बाँध टुट्यो र मोबाइलको म्यासेज इनबक्समा गएर उनले पठाएको म्यासेज खोजेँ अनि पहिले म्यासेज लेखेँ, 'हेल्लो, हाउ आर यु? इज एभि्रथिङ ओके? टुडे आई वन्ट कम बानेश्वर कज माई फिवर इज स्टिल हन्ड्रेड थ्री। सरी। टेक केयर। बाई!' म्यासेज सेन्ड गरेँ, डेलिभरी रिपोर्ट आएन। एकछिन कुरेँ, अब अति भएपछि त्यो नम्बरमा फोन डायल गरेँ। 'सरी, द इनकमिङ कल्स आर ब्लक्ड फर दिस नम्बर।'
                       न फेसबुक म्यासेजको रिप्लाइ, न एसएमएसको, न फोनकल। मलाई झन् बिरामी महसुस भयो। राति सुत्ने बेला सिरानीनेरको थर्मोमिटर तानेर ज्वरो नापेँ, पुगेछ- १०४। १०४ को ज्वरो घटेर ९८.६ मा झरिसक्यो तर मैले पठाएको एसएमएसको डेलिभरी रिपोर्ट अझै आएन, न त मैले फेसबुकमा पठाएको त्यो अन्तिम म्यासेजको रिप्लाई आयो। अझै फेसबुकमा अनलाइन भएको बेला हेरिरहन्छु कतै ती पात्र अनलाइन देखिन्छिन् कि!!!
- सुरेन्द्र थपलिया

Wednesday, May 1, 2013

तिमीलाई मैले भनेकै त हो नि तिम्रो र मेरो प्रेम सम्भव छैन ,


प्रिया स्मृती ढकाल ,

स्तम्भकार दिनभरीको थकाई मेट्न नेपालगंजको एउटा कटेजमा प्रवेश गर्यो . संयोगले म नै बसेको कुर्सी तल बिना लिफ्को कागजको चकटो खसेको रहेछ . खै कुन्नि खासै त्यस्ता चकटाहरु मन जाने गरेको भएपनि त्यसदिन किन गयो मै अनभिज्ञ छु , ट्याप समातेर नियाले अनि सरसर्ती नजर लाउदै गए सायदै तिमीले त्यतिबेला नै इन्कार गरिदिएको भए म यात्रा तय गर्थे होला। समय धेरै पर घर्की सकेको छ। तिमीले जे भन म तिम्रो दिलको चाहेर पनि फरक रहन सक्दैन। झन्डै आधा दसक लामो प्रेमको यात्रा बाट मलाई स्तब्ध पर्दै तिमि कुन लोकको स्मरण गरिरहेकी छौ, तिमीलाई मैले भनेकै त होनी तिम्रो र मेरो प्रेम सम्भब छैन भनेर आखिर तिमि नै जबरजस्ती गर्यौ , र मेरो हृदयलाई बेजोडले आफ्नो दिलको मन्जिलमा मलाई नछुट्ने गरी कस्यौ। तिम्रो कसै त् मुटुमा धस्ने छुरा रहिछ।

त्यहि कसाई र धासईलाई जीवन जिउने आधारशिला ठानेर एक पटक तिमीलाई सम्झने दुस्प्रयाश गर्दै छु। यदि तिमीलाई कहिँ कतै शब्दले चोट पुर्याएको जस्तो लागेमा मलाई माफ गरिदेउ मेरी दिलकी रानी अणु राप्ती नदीको किनार देखि अधारभरिको मुस्कान तिम्मिलाई बसन्त ऋतुको आवागमन संगै नव पलुवाको तिम्रो हरेक अंगहरुलाई चुम्न सफल रहोस भावी जिन्दगीको लागि सरल र सुगम यात्रा तय गर्न सफल हुनु मिठास र मधुर प्रेम वंश यात यतिमात्र। भनिन्छ ,अतितको चिन्ता नगर किनकी अतीतलाई सुधार्न सकिन्न , यदि तिमि मान्छे हौ भने भविष्यको चिन्ता गर ,जो पल पलमा आफुलाई सुधारेर अघि बढ्न  उत्प्रेरणा प्रदान गर्छ। अतित त रूहाउने र शरीरलाई धरासायी गर्ने कालखण्ड हो। बुझेर पनि आज म पुरानै अतीतलाई सम्झने प्रयाश गर्दै छु।तिमीले त्यतिबेला फोन नगरेको भए सायद यो अतित बन्ने थिएँ होला , अनि यो कागजी पानामा प्रेमका शब्दहरु पोखिदैनथे होला , त्यति मात्र है जीवनले फरक मोड लिएको भान गर्ने थिएन होला। सुनु न तपाई सुमन बोल्नु भएको हो ? 

तपाइको आवाज बिल्कुलै मन पर्यो स्टेजमा अति ढिला गरि बोल्नु है , फेरी माइन नगर्नुस है म तपाइको शुभेच्छुक भएर मात्र सुझाब दिएको अन्यथा नसम्झनु होला ल वाई ....... यहि आवाज मात्र ति उत्तरमा मेरो राम्रो शुभेच्छुकबाट जोडिएको हाम्रो सम्बन्ध अजम्बरी नातामा पुग्यो। चर्खे पिङ्ग जस्तै घुम्दा घुम्दा ७ वर्षको न अनबरत प्रेममय हाम्रो जिन्दगानी खै कसरी काचको शिशासरी फुट्यो , म त्यहि प्रश्नको उत्तर खोजिरहेको छु। कसले चुडायो प्रेम ? म भन्छु उनले नै यो यात्रालाई लत्याएर अर्कै रोजीन। उनि भन्छिन उसले प्रेमको इशारा बुह्जं सकेन। खै म स्वयम आज कुन दुनियामा छु मलाई नै थाहा छैन। जिन्दगीका मोडहरु खै किन निराश र एक्लोपन झैँ लाग्छ। न त रातमा निद्रा न त दिनमा भोक प्यास , यी सबै किन ?


                         आखिर कहाँ म  लरखराई रहेको छु . अणु  तिमि आफै भने कि त हौ हाम्रो प्रेम चलचित्रको दृश्य जस्तो होइन अनि कुनै रंगमंच जस्तो पनि होइन ता  कि एकै छिनमा नजरबाट झर्न सकिने र मार्न सकिने . महाप्रेम नायक रोमियो जुलियेट को प्रेम उदाहरण दिएर  हाम्रो प्रेमको यात्रा तय गर्यौ . समय र परिस्थिति सदाबहार हुदो रहेनछ . म म भित्रै रहिरहेछ तर तिमि हेर्दा हेर्दै अर्कै दिलमा बस्यौ  यती शब्द मात्र बुझियो अरु अलि पानीले भिजेको रहेछ .  बुझेन . तल कुनामा लेखिएको थियो . उही प्रकाश . पत्र पढेपछि म बडो सोचमग्न भए .  प्रेम  बिचित्रको रहेको छ . एउटा धोका खाएको शब्द  र अर्को धोका दिने शब्द . पछिलो अबस्थामा यहि धोका दिने र पाउने शब्दावली कैयौ युवायुबतीहरु मानसीक तनाबबाट  गुज्रिरहेका छन् . अपरिपक्व प्रेमको उर्लदो भेलले मै हु भन्ने युवा युबतीहरु पनि अछुतो रहन सकेका छैनन् . '१२,१४ वर्षकै उमेरमा व्वाय फ्रेन्ड र गर्ल फ्रेन्ड भन्दै सम्बन्ध गासेकाहरु पछिल्ला दिनहरुमा उदास र निराशको भुमरीमा परेका छन् .
                          विशेषत  यी यस्तै सम्बन्धबाट प्रेमको रुपधारण गरेकाहरुको यात्रामा ब्रेक लागेको इतिहास मात्र  कहाँ जीवित छैन , कयौ यस्ता यस्तै सम्बन्ध बाट अकालमै ज्यान गुमएका छन् . शायदै यस्तै मानसिक तनाबले होला . शिक्षाको विकास संगै पछिलो अवस्थामा क्षनिक आनन्द र क्षनिक मनको तृष्णाको लागी बढेको पश्चिमेली प्रेमको बतासले यहा पनि गजबको जग बसाली सकेको छ . त्यो चाहे बिध्यालय कै युबयुबतिमा होस् या कलेजहरुमा नै किन नहोस . हो उमेरको प्रभाब होला तर अर्थात हामीले हाम्रा हजुर बुवा हजुर आमाको प्रेम कहानीलाई जान्न चाह्यौ भने हामीले गरिरहेको  प्रेम कहाँ छ , त्यसको तुलना गर्न आबश्यक छ .  शिक्षाको विकास संगै वर्तमान परिस्थिति मा हामीले गरिरहेको प्रेम  छ र के भइरहेको छ भनेर एकपटक आफैले आफैलाई नियाल्न आबश्यक छ . छाडा प्रेमले क्षनिक आनन्द र मदहोस त् बनाउला तर हामीलाई सिधै निराशामय जिन्दगिबाट टाढा राख्न सक्दैन त्यो ध्रुब सत्य नै हो . जब सम्म यहाँ सन्तुलित प्रेम गरिदैन तब सम्म प्रेममय जिन्दगीलाई परिकल्पना गर्नु ब्यर्थै हुने छ . प्रेम गरेकै कारण धोका पौने र दिने स्थिति कहिले पनि बन्द हुने छैन . यहि नेर प्रश्न सिर्जना हुन् सक्ला प्रेम प्राप्तिको लागि मात्र है त्यागको लागि पनि हो तर त्याग र बलिदानी प्रेममा हासिहासी हुनु पर्छ . सधै रुनु र समाज्बत एक्लो भएको महशुस हनुका लगी हैन . पाछिलो पुस्तमाँ शिक्षा संगे भित्रिएको उरन्ठायौले प्रेमले निम्त्याएको मानसिक तनाब किनारा लगाउन स्वयं प्रेमिप्रेमिकहरु नै अलर्ट हुन् आबश्यक छ . समयमा आफुलाई सुरक्षित राख्न सकिएन भने माथिको सुमनले मात्र हैन कयौ युबयुबती यसैगरी धोका खाने छन्  . स्तम्भकारले यति मात्र सोच्न भ्यायो अनि भन्न मन लग्यो  प्रेम गर्ने जोडीहरुलाई सादुबाद   .....


लेखक रेडियो कृष्ण सार एफ. एम. नेपालगंज 
समाचार सह संयोजक  

Tuesday, August 14, 2012

साचो र सच्चा प्रेम ♥~~~~~

                       प्रेम भनेको यो उस अनादी अनन्त इश्वरको तरह छ , जुन सृष्टिको कण-कणमा विद्यमान छ , प्रेम हाम्रो सम्पूर्ण जीवनमा विभिन्न रुपमा सामुन्ने आउछ , जस्लाई यो एहसास दिलाउछ की जिन्दगी कति सुन्दर छ , प्रेमबाट जीवनलाई अलौकिक सौन्दर्य प्रापत हुन्छ , प्रेम बाट जिबन पवित्र अनि सार्थक बन्न सक्छ प्रेम नै सम्पूर्णता हो , सृष्टिमा जुन सबै सुन्दर पवित्रता आत्मा सन्मानले भरिएको संसार नै सुमधुर प्रेम हो , प्रेम नै हो जो अनुपम  सम्बन्धलाई जीवत राख्न सक्छ र आफ्नो परिवारप्रतिको जिम्मेदारीबाट कहिल्यै बिमुख "हुन पर्दैन ~~~

               प्रेमले मानवतालाई विनम्रता बनाइ दिन्छ ,रुखो भन्दा पनि रुखो मुर्ख क्रुर भन्दा पनि क्रुर मानवको मनमा यदी कसैको प्रति सुमधुर प्रेमको भावना जन्म लिन्छ भने त सम्पूर्ण प्राणी जगतका बिनम्र हुन्छन यसो कयौ उदाहरण हाम्रा ग्रन्थहरुमा पाइन्छ , प्रेम चाहे व्याक्ति विशेषको हो अथवा इश्वरको प्रति होस् आश्चर्यजनक रुपबाट होस् उस्को सोच उस्को वाणी सबै कुरा परिवर्तन हुन जान्छ प्रेम नै जिन्दगीको सबै भन्दा ठुलो हिस्सा हो बोल्नमा जति मिठोलाग्छ उसलाई एहसास पनि उतिनै खुब सुन्दर अनि प्यारो छ , प्रेमको एहसासलाई सब्दमा बाध्न सकिदैन उसलाई ब्याक्त गर्नु पर्ने आवश्याकता पनि पर्दैन ब्याक्तको  आखा , चेहरा उस्को भाव भावना आत्मा सन्मान यहाँ सम्म की उस्को जीवनको भेद खुल्ल जान्छ सुमधुर प्रेमले  प्रेम अनौठो दुनियालाई छोडेर बाहिर आउन चाहादैन ,ऊ जस्लाई प्रेम गर्दछ , खुल्ला आखाबाट सपना देख्दछ , उस्को साथ बिताएको एक-एक पल एक-एक घडी बारम्बार याद दिईरहन्छ ,उस्को लागी सजाउनु सज्न चाहन्छ , 

यही नै  हो प्रेमक प्रबल अनि यही प्रेममा आनन्द छ यो संसारको कुनै पनि भौतिकतामा हुदैन प्रेम शाश्वत छ प्रेम सोचेर सम्झेर गर्ने चिज होइन , कसैले कति पनि सोचोस उसलाई प्रेम भयो भने त उस्कोलागी दुनियाको हरेक चिज राम्रो सुन्दर लाग्छ , प्रेमको अनुभूति विलक्षण हुन्छ , प्रेम कहिले हुन्छ कसरी भयो उसलाई थाहा पत्तै हुदैन , यसको जब थाहा हुन्छ जब मन सदैव कसैको समिपमा चाहान लाग्छ , उस्को मन्द मुस्कानमा प्रेमको फूल खेल्न लाग्छ प्रेम दर्दबाट तड्पन लाग्छ ऊ उसै प्रेममाथी आफ्नो जीवन सर्वस्व समर्पित गर्न चाहन्छ बिना कुनै प्रतिदानको आशाबाट यसैलाई भनिन्छ सुमधुर सच्चा प्रेम  प्रेममा नकारात्मक सोचाइको लागी कुनै संसार हुदैन , जो प्रेममा असफल भएर आफ्ने प्रियलाई नोक्सान पुर्याउछन ती प्रेमी सच्चा प्रेमी होइनन , प्रेमको सकारण पनि हुदैन प्रेम त हुने चिज हो , 

कसैको ख्याल - यादमा हराएर आफैलाई भुल्ने उस्को सबै दु:ख सु:ख दर्द आफु स्वयंलाई समर्पित गर्दिनु उस्को विछोडमा एक मिठो सुमधुर प्रेमको सब्द बोल्दिनु विछोड दु:खलाई महसुस गर्नु जीवनको हरेक पल उस्को समिप्यको चाहाना हुनु उस्को खुशीहरुमा जीवनको सहयात्री भएर खुशी भैदिनु , उसका आसुँहरुलाई आफ्नो आखाले विलिन गराउनु यसैलाई त भनिन्छ सुमधुर सच्चा सत्य प्रेम , यसैलाई महसुस गरौ आफ्नो सुन्दर जीवनलाई अथाह प्रेमको सागरमा डुबाऊदै जीवनका हरेक ओराली उकाली अनि सागुरा घुम्ती पार गरौ सुमधुर प्रेमको साहाराको साथमा यो अमुल्य जिबन बिताउ यही मेरो शुभ कामना छ सम्पुर्ण दाजु भाइ दिदी बहिनीहरुमा ~~धन्याबाद


Thursday, August 2, 2012

प्रेम पनि अन्तिम सत्य होइन..

            प्रेम पनि अन्तिम सत्य होइन मात्रै आकर्सन को चुम्बकीयले पैदा गरेको भ्रम हो र यो एउटा बच्न सिर्जना गरिएको निहु हो   यदि नहुदो हो त बाच्ने वहानामा सबै मान्छेले आत्महत्या गरिसकेका हुन्थे .या एकले अर्कालाई मरिसकेका हुन्थे  यति कहर सबै मान्छेसँग प्रेम  बिछोड .मृतु घृणा र पुर्ब स्मृति जस्ता एक एक  ओटा बाच्ने निहु छन्   त्यसैले वस्ताब मा हामी अवास्तविक हौ   हाम्रो प्रेम अन्तिम सत्य होइन . अन्तिम सत्य , असत्य र मृतु  मात्रै हो    त्यो समयको घटी मा कता भएर हल्लिरहेको हुन्छ   हावामा उड्ने धुलोका मसिना चक्का जस्तो  हाम्रो अनुभूति उडानले यस्तै असत्यहरुलाइ निहु बनाएर बच्ने अर्को निहु पैदा गरिरहेको हुन्छ   ......... 

Saturday, July 28, 2012

प्रेम पत्र ....

  श्रावन  14

            सुरुवात कसरि, गरु म आफ्नो कथा मलाइ नै थाहा छैन । हुन त ‘जहा जानु गए नि जे गर्नु गरे नि तर तिमि मेरि साथि हौ । तर पनि डर लाग्छ डर लाग्छ तिम्रो मेरो साथ छुट्ने हो कि ? तर पनि आज तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न कर लाग्यो । जुन दिन देखि तिमि आयौ, खुसि उमङ्ग छाइदिदा, मनमा बहार आइदिँदा, म तिमिलाइ नै सम्झिरहन्छु । चन्द्रमा आकाशमा उदाउदा लाग्छ तिमि झै, जुनलाइ सोधिहेर कति रात जागि बसे । 
   छिन छिन मै हाँस्न मन लाग्छ, छिन छिन मै रुन मन लाग्छ, लाखौँ पटक मैले कोसिस गरें बिर्सन्छु कि म तिमिलाइ भनि तर फेरि पनि तिम्रो तस्बिर आँखामा छाइरहन्छ । सुनसान रातमा जुन हेर्दै टोलाउँछु ताराहरुमा तिमिलाइ देख्छु । किन मलाई यस्तो गर्यौ म त तेस्तो कहिल्यै थिइन लाग्छ मलाइ, म प्रेममा जिवनको पहिलो पटक परेको छु , हो…… हो…… मेरि माया, माया गर्छु तिमिलाइ म, माया लाउँन त धेरैले खोजे, बाटो हिड्नेले धेरैले हेरे, तर यो मनले रोज्यो तिमिलाइ, हरपल तिम्रै मुस्कानको यादले सताउँछ अनि पिरोल्छ मलाई, त्यसैले आज म तिमिलाइ माया ओ माया म गर्छु तिमिलाइ नै भन्न चाहन्छु । त्यसैले स्विकार नगर खुसि तिम्रो नै चाहन्छु तिमिलाइ अन्तिम सास रहुन्जेल सम्मै I love u, काली तिमि मस्किदा अनि जिस्किदा छिन छिन मै रिसाउँदा मेरो मनमा हलचल मचाउँछ , तर तिमिले हेर्दा कसैलाइ गाह्रो हुन्छ यो मनलाइ , तिमिलाइ थाहै होला तिमि रुँदा एक्लै हुँदा म पनि त कति रुन्छु , हुन त माया जोखेर जोख्न सकिन्न तर कसरि भनुँ कत्ति माया गर्छु म, कति कुरा नभनेर नै मिठा मिठा मिठा हुन्छन् । त्यसैले अब तिमिले मेरो मनको कुरा बुझ्यौ होला ।
    जब सम्म जिवन रहन्छ तिम्रो लागि माया रहन्छ भन्ने कुरा सधै  याद राखि राख, मैले मेरो मनको कुरा तर तिम्रो उत्तर के हुन्छ भन्ने थाहा छैन । हुन त जिन्दगिको के भरोसा, मैले मेरो मनको कुरा पुरा गर्न शिबजिलाइ भनेको थिए तर शिब मान्दै मान्दैन, अब तिम्रो पालो हो मेरो मनको कुरा बुझ्ने । माया मलाइ गर या नगर म तिमिलाइ माया गर्छु, सपनाको संसार धेरै नै रमाइलो छ तर म यथार्थमा जिउने गरेकोछु  तिमिले मलाइ टुक्र्याए पनि म आफ्नै आगनमा इनार बनाउने छु, साँझको बेला झरि परे झैँ लाग्ने म टुट्नु थियो टुट्यो मुटु अब जोड्दिन भनेर चित्त बुझाउँला । 
   लाग्छ मलाइ तिम्रो ह्रिदयमा मेरो लागि प्रेम पालाउनै सकेन छोडेर जान्छु भन्छौ तिमि तर मैले चाहेको त्यस्तो होइन भन्ने तिमिलाइ थाहा छैन होला । अब म माया गर्छु मात्र तिमिलाइ एक बार होइन जुनि जुनिलाइ भन्दै अहिलेलाइ दिन पनि बित्यो रात पनि बितयो त्यसैले सम्झिनेलाइ सम्झना मुटु भरिको माया तिमिलाइ भन्दै बिदा हुन्छु उहि तिमिलाइ माया उही तिमीलाई माया गर्ने razz

Friday, July 13, 2012

प्रेममा अन्तरबियोहरु.............

                                        मेरा अपार प्रेमका अन्तरबियोग केन्द्रहरुलाई चितामा दागबत्ती दिएर स्वर्णिम आनन्दको अनुभुती मात्रै गरिनौ, एकपक्षिय प्रेमको अथाहा गहिराइमा पौडिएर जीवनको भिख थापिरहेको जिउदो लाशलाई सम्मानको दोसल्ला समेत भिराउन असमर्थ देखायौ । हो दौलातको महलमा सयलको जिन्दगी दिने औकात थिएन मेरो साथै सम्पन्नताको डोली चाढाएर खुशीको मनोरम स्फटिक चुमाउने हैसियता पनि कहाँ थियो र ? त्यसैले तिमीलाई गुमाएकोमा कत्तिपनी दु:ख छैन । सदा तिम्रो खुशी चाहने शुभ चिन्तकको नाताले पनि त म तिम्रो इच्छा - अकांक्षालाई लुट्न सक्दिन । चाहे त तिमीलाई एउटा पागल ले जे पनि गर्न सक्छ तर भनिसके तिम्रो प्रतिबिम्बको झझल्को मा मात्रै जिउने कोसिस गरौला तर कसैको जिन्दगीमा उजाड मरुभुमी बनेर छोड्न चाहन्न । 
                 प्रिया मैले त तिम्रो सम्झनामा सच्चा प्यारको आँशु बगाएको छु । तर तिमीले मेरो आत्मालाई
सम्बेदनाका शब्दहरुपनि खर्चिनौ, त्यसैले सम्हाल्न सकिन छिया-छिया बनेको हृदयलाई प्रेम अप्राप्तिको बियोगमा डुबेको लामो समय पश्चात यस पत्र मार्फत के कुरा स्मृति गराउन चाहन्छु भने म तिम्रो प्रेमको दास हुँ, सक्छौ भने जीबनको कुनैपनी मोडमा सिर्फ एकपटक प्रेम गर्ने अबसर देउ , म तिमीलाई असिम स्नेहको ताजमहलमा अपार माया दिनेछु । मेरा असिमित मायाको उर्लदो भेलमा आफुले आँफैलाई भुलेको पत्तै पाउनेछैनौ। मबाट के कुराको अपेक्षा राखेर सम्बन्ध गासेकी थियौ र के पाइनौ ? आखिर मेरो के नै
कसुर थियो र ? मैले तिम्रो के नै बिगारेको थिए ? आज आएर मर्नु न बाच्नुको दोसाधमा उभ्याइ छाड्यौ । हुनत गल्ती मेरै थियो सजाए पनि म आँफै नै भोग्दै छु किनकी तिमीलाई र तिम्रो नाटकिय प्रेमलाई चिन्न नसक्नु अनि तिम्रो प्रस्ताब स्विकार गर्नु तसर्थ आज आत्मा ग्लानिको रापले छट्पटाइ रहेको छु ।  यो संसार परिवर्तित छ , परिवर्तित संसार सँगै परिवर्तन भयौ यदि धोका नै दिनु थियो त किन झुटो सपना देख्यौ ?              आफुले आफुलाई के सोच्छ्यौ ? स्वर्गकी अप्सरा या त धर्तिकी मोनालिसा ?  आखिर कस्को पो संसार शुन्य होला र ? यदि संसार शुन्य नै भएको भए पनि एक न एक वसन्तमा बहार कसो नआउला ? निष्ठुरी , जिन्दगी संघर्ष हो अनी हाम्रो यात्रा फरक फरक भए पनि गन्तब्य एउटै हो । जिन्दगी जिउने क्रम मा दौडदा दौडदै ठेस लाग्न सक्छ त्यतिबेला मलाई सम्झेर नसुस्ताउनु होला । भनिन्छ समयले दिएको घाउ समयले नै पुर्छ रे जुन समयले तिमी सँग परिचय गरायो त्यही समयले नै बिर्सन वाध्य बनाउदो रहेछ । केबल विछोड को पिडा र रोदनले सताएको छ ।
                    आँशु नै जीवनको साथी बनाइ बाँच्न विवस छु । तर पनि तिमीमा कुशलता को कामना गर्न
यो बिद्युतिय हुलाक सेवाको साहारा मार्फत सन्देश पठाउन गैरहेको छु । कतै तिम्रा निर्दोश आँखाहरु मेरो सन्देशमा पर्यो भने अतितको प्रेम सम्झेर मलाई माफ गरिदेउ । अतितमा तिमी सँग
गरेको प्रेमले वर्तमानमा घच्घच्याउदा दुखित हृदयलाई सान्त्वना दिने उद्धेश्यले पत्रको रुपदिन बिबश र वाध्य छु । सुशी तिमी महान रहिछेउ किनकी तिमीले सच्चा प्रेमको परिभाषा पनि बुझेकी रहिछौ किनभने मानब हृदयमा आगो सल्काउने चलचित्रका नायक नायिकाहरुपनि काल्पनिक र कथा सरह अभिनय गर्दै जान्थे तर
त्यो काल्पनिक कथा कसैको लागि वास्तबिक हुन्छ भन्ने तिनिहरुलाई जानकारी नहुँदा म
जस्ता कयौ साचो प्रेम गर्ने अबुझहरु पानी बिनाको माछा, पुर्णिमा बिनाको औशिको रात जस्तैमा छट्पटिनु परेको छ। हुनत मेरो जीवनमा हासो खुशी मिलन र उल्लास कहिल्यै पनि लेखेको छैन रहेछ । भगवानले मेरो भागमा मात्र आँशु, पिडा , रोदन बिछोड र धोका मात्रै लेखिदिएको रहेछ । तर केही छैन आँशु पिएर बाँचेकै छु ।
तिमीजस्तो लाखौं धोकेबाज विश्वासघाती नायक-नायिकाहरुलाई शुभ- कामना दिन पाइरहेकै छु । आफू सफल हुन नसके पनि सबैलाई सफलताको शिखर चुम्न सफल होउन भन्ने आशिर्बाद दिएकै छु । खेद छ तिमीलाई दोष भने म दिन्न किनकी तिमी अर्काकी भैसकिछौ । त्यसैले प्रिय अतितको कथा र इतिहास् पढेर पुर्खाले गरेको त्याग र बलिदान सम्झेर मातृभुमीको माटो छोइ कसम तोडेजस्तै मेरो पवित्र प्रेम र वाचा बन्धनलाई तिरस्कार गर्न सफल भएकी तिमीलाई यो अभागी अबिरलको लाखौं लाख शुभकामना ल........... सुशी, जुनदिन् हाम्रो भेट भयो, त्यो दिन नै मेरो सामुन्ने आशा रुपी दियो नबालिदिएको भए हुन्थ्यो । साँचो प्रेमको पारीभाषा दिदै धनी र गरीब अनी झुपडी र महल को बेवास्ता गरी साँचो प्रेमको बाँचा नबाधेको भए मैले डुब्लिकेट मायाको माला उनेर तिमीलाई पहिराइदिने थिए । तर के गर्नु म प्रेमको मामलामा अनभिग्य नै रहेछु । जुन हरियाली फुलवारिमा हाम्रो प्रेमको अंकुर पलाएको थियो त्यो झिनो त घातक साबित भयो । 
             मलाई लग्थ्यो हाम्रो जोडी राम र सीताको झै थियो। तर के गर्नु अफसोच मायाको परिभाषा नबुझ्ने हरुलाई शिव र पार्वतीको झै वनाइदिए पनि घातक हुदो रहेछ । आध्यात्मिक र धार्मिक ग्रन्थमा लेखिएको थियो भगवान शिवले जोगिको भेष गरेर पार्वतीलाई छल गरेका थिए तर यहाँ त पार्वतीले शिवलाई यो छल गरिन । हुन त यस्मा कुनै आश्चर्य छैन किनकी यो कलियुग हो । कलियुग मा हरेक कुरा उल्टा चलिरहेछन । यहाँ युवकलाई युवती बनाइदै छ । साँचोलाई झुटो, सत्यलाई असत्य, पवित्रलाई अपवित्र, चोरलाई सज्जन, सज्जन लाई चोर् बनाइदैछ। यो वर्तमान कलियुगको बिकासित रुप हो । ठिकै छ मेरो प्रेम तिम्रा लागि बिष साबित भयो म तिमीले गरेको बिश्वासघातलाई अमृत ठानी मृत्यु सैयामा पुग्दा समेत जपिरहनेछु । प्रिया एउटा दु:खको कुरा भनौ या त गौरबको हाम्रो प्रेम जुन हरियाली फूलबारिबाट शुरुवात भयो, त्यहिबाट अन्त्य पनि । सुशी, तिमीलाई थाहा छैन कि यो छोटो प्रेममा तिमीले दिएको ईमेल अनी युगलरुपी फोटो मैले    आफ्नो मुटुमा सजएको थिए । तर आज यो सबै बिर्सन खोज्दै छु । तिमी जती नै टाढा भएपनि मलाई धोका दिएपनि तिम्रो जीवन सुन्दर र पवित्रहोस् यही मेरो माया र ममता जस्तो कहिल्यै कमी नहोस् भन्दै
अहिलेलाई ओझेलमा पर्न चाहन्छु । धन्यवाद 
उही तिम्रो हुननसकेको

मेरी सपनाकी राजकुमारी..................


                   तिम्रो सुन्दर प्रतिविम्ब मेरो नजर वरीपरी घुमिरहन्छ । मेरी सपनाकी राजकुमारी मलाई विश्वास छ कि मेरो पवित्र चोखो प्रेमले तिम्रो विशाल हृदयलाई भरिदिन् काफी छ । मलाई बचन देउ र आफ्नो पत्रमा प्रेमका मीठा–मीठा सपनाहरु केरेर पठाउ । यदि यसो गर्न उचित देख्दैनौं भने मेरी मायाँलु मलाई सिधा–सिधा आफ्ना मीठा भावना गरिदेउ आफ्नो हृदयको ढोका खोली देउ ।
              त्यसैले त ........... तिमी बिनाको जीवन मेरो संसार शुन्य र अध्यारो लाग्छ । तिमीलाई एकै छिन नदेख्दा पनि म साह्रै दुःखी हुन्छु । म भन्दैछु मेरी माया हृदयको धडकन................ तिमी जे सम्झ मलाई, यो पत्रलाई पागलपनको झंकार नै किन नसम्झ । तिम्रो माया र प्रेमको खातिर मेरो हृदयमा ठूलो भूकम्प चलिरहेको छ । अव तिमी नै भन प्रिया अव म के गरौ ? जे होस तिमीलाई आफ्नो सम्पूर्ण सम्झेको छु । तिमीले यसलाई घृणा सम्झियौ भने पनि म त्यसलाई तिम्रो चोखो प्रेम र मायाको प्रसादी सम्झि स्वीकारौंला । तर मलाई यस्तो लाग्दैछ की तिमी त्यती निष्ठुरी वन्ने छैनौं । .......... तिमीले मेरो निश्छल र पवित्र मायालाई बुझ्ने छौं किनकी तिम्रो हृदय पत्थर झैं कठोर अवश्य छैन् ।  हो प्रिय, लामो जिन्दगीको साँघुरो गोरेटोमा हातमा हात समाएर सहारा दिने कसम खाँदै छु । दुवैको एउटै गन्तव्य सम्झेको छु, हुन सक्छ तिम्रो अर्कै तिर गन्तव्य पनि छुट्टिइसकेको हुन सक्छ । “तर पनि म हेर्दछु टाढा सम्म तिमी मुस्कुराएर अघि बढ्दै जानु म तिम्रो छायाँ देखिञ्जेल सम्म हेरुलाँ अनि बहिरी आत्माले देख्नै छाडे पछि भित्रि आत्माले हेरुलाँ, तिमी बाँचुञ्जेल सम्म, आकाश धर्ती रही रहे सम्म प्रिय ........... यदि अघि बढ्न सकिनौ भने पुुनः पछाडी फर्कनु जहाँ उही तिम्रो जीवन यात्रामा सहयात्रीको भुमिका निर्वाह गर्न तम्सिरहेको छ र रहिरहने छ ।” त्यो तिम्रो मुटु माझ मैले बास मागीरहेको छु । कोमल त्यो मुटुमा प्रेमको विउ रोप्न खोजेको छु । तिमी विनाको मेरो जीवन एक्लो अनि अपुरो हुनेछ त्यसैले तिमी समक्ष तिम्रो जीवन, तिम्रो माया भिक्षा मागीरहेको छु । आशा छ प्रेमका अञ्जुलीमा प्रेम र मायाको भिक्षा मागेको भिक्षुलाई रित्तै हात र्फकाउने छैनौं । तिमी मेरो हृदयमा अजम्वरी भई बसेकी छौ । तिम्रो त्यो अतुलनिय एंव अवर्णनिय मोनालिसाको जस्तो मुस्कान साथै सुर मिलाएर बजाएको मीठो संगित जस्तो तिम्रो बोली अनि फक्रिएको गुलाफ जस्तो तिम्रो रुपले पहिलो भेटमा नै मलाई मोहोनि लगाएको छ जुन दिन तिमीलाई देखे सोहि दिन देखि मेरो मन मस्तिष्क तिम्रो सेरोफेरोमा घुम्न थालेको छ । त्यसैले त आज मनका भावनालाई तिमी सामू छर्लङ्ग पार्न यो पत्र लेखेको छु । आशा छ यो पत्र तिम्रो लागि प्रिय बन्ने छ । कता–कता डर पनि लाग्दैछ । कतै तिम्रो न्यानो मायाबाट वञ्चित हुनु पर्ने त होइन भनेर । अव तिमी नै अनुमान गर म तिम्रो मायाँमा कति गलिसकेको छु । म तिम्रो प्रेमको खातिर आफुलाई नै विर्सिसकेको छु । सम्झन्छु त म तिम्रो चन्द्रमा झैं हसिलो मुहार त्यही प्रतिविम्ब जसले मलाई सधै लामो जिन्दगी जिउने प्रण गरिरहेको छ । म प्रेम गर्छु त केवल तिमीसँग । तिम्रो अनुपस्थितीमा मेरो दोश्रो जीवन नै छैन । त्यसैले फेरि पनि भन्दैछु कि “म तिमीलाई धेरै माया गर्छु आत्मीक माया, हार्दिक माया” हामी बीचको पवित्र प्रेमको बन्धन यो जन्ममा त के सात जुनी सम्म पनि रहिरहने छ ।
                प्रिय तिम्रो दिलमा मैले तम्वसुक लेखिदिइसकेको छु । साथै तिम्रो मुटुमा लगाइदिई सकेको छु सहिछाप मैले । प्रेम कल्पनामा होइन यो वास्तबिकतामा हुनुपर्छ काल्पनीक प्रेमको कुनै जग हुदैन र त्यो क्षणभरमै भताभुङ्ग हुन सक्छ । जोखिम देखि डराउने प्रेम गर्नु पनि हुदैन । किनकी जिन्दगी सघर्षको अर्को नाम हो । जिन्दगीका पानाभरी सघर्षै सघंष लुकेको हुन्छ । आज धन सम्पत्ति ऐश्वर्यको ऐश्वास मिल्न सक्छ तर आजको युगमा त्यही मान्छे भोलि सर्वहारा बन्न पनि सक्छ । तर प्रेम मात्र त्यस्तो चीज हो जुन परिवर्तनशील समाजमा पनि अडिक र अमिट हुन्छ । यहाँ हरेक सजिव र निर्जिव वस्तुहरु गतिशिल छन् तर आजको संसारमा आफूलाई सानो चोट लाग्दा दुख्ने मान्छे, अरुलाई मार्दा समेत रुदैन । जहाँ मान्छेले मान्छेलाई मान्छे सोचिन्न म त्यही संसारमा मीठा प्रेमका कल्पना बुनेर बसेको छु । आज मान्छेहरु माया, प्रेम, प्रसन्नता, प्रफुल्लता अनि स्वास्थ्य पैसामा खोज्छन् तिनै मान्छेको विरोध गर्दै आफ्नो छुट्टै मायाको संसार वनाएर तिमीसँग सँगै मर्ने सँगै जिउने कसम खाएर तिमीसँग प्रेमको अञ्जुलीमा भिक्षा माग्दैछु । मेरो मान्यता छ, मलाई लाग्छ कि ‘नारीले दिएको प्रेम, माया करौडौ स्वर्ण मुद्रा खर्च गरेर पनि प्राप्त गर्न सकिदैन त्यसैले तिमीले दिएको माया प्रेम र ममताले मलाई आधा राज्य जितेको महसुस हुनेछ ।’ प्रेम समुद्र भन्दा गहिरो छ, आकाश भन्दा विशाल अनि गगां भन्दा पवित्र छ जस्तो लाग्छ मलाई । प्रेम मौनताको भाषा पनि हो । मनको कुरा आखाँले बोल्छ भावनालाई शब्दमा उनेर बोल्न गाह्रो हुन्छ । जब दुइ मुटु धडकन्छ धडकनको गतिले मनका सवै कुरा वयान गरिदिन्छ । यी सुन्दर स्वर्णीम कल्पनाहरुलाई मूर्त रुप दिने आफ्नो चाहनाको आलिङ्गनमा बाँधेर वास्तविक धरातलमा कहिले काहि प्रेमले शब्दको सहारा खोज्छ पग्लिएको श्वास र धडकिएको मनले पनि आफ्नो भावना व्यक्त गर्न बोली अथार्त अभिव्यक्ति चाहन्छ । सायद त्यसैले होला प्रेमलाई अभिव्यक्त गर्न म आज प्रेमपत्रको सहारा लिदैछु । मनको जमिनमा प्रेमको विज रोप्ने आफ्ना कल्पनालाई मूर्त रुप दिने आफ्नो चाहनाको आलिङ्गनमा बाँधेर स्विर्णम् संसारमा हराउने आंकाक्षा कसलाई पो नहोला र ? त्यसैले प्रेम आँखाले होइन हृदयले देख्छ । यथार्थ प्रेमका अभिव्यक्ति कानले होइन मनले सुन्छ त्यसैले बहिरो पनि हुन्छ । यद्यपी तिम्रो जवाफ नकारात्मक पाएँ भने म मा सहने क्षमता त छैन तर पनि “तिमी मलाई मन पराउनै पर्छ ” भनेर जर्वजस्ती गर्ने म मा सामथ्र्य छैन र सो कार्य गर्न नैतिकताले पनि दिदैन । ‘तिमी मसँग प्रेम गर्नै पर्छ त भन्दिन तर पनि कृपया मलाई घृणा पनि नगर ल ।’ हुनत तिमी मलाई घृणा गरेपनि मलाई भने माया झन बढेर जानेछ किनकी प्रेमले घृणाको उपचार गर्दछ ।
                 वास्तविकतामा प्रेम मीठो अनुभुति हो । उमेरमा जो सँग भावना मिल्छ उसैसँग माया पिरती बस्न जान्छ । प्रेम अन्तरहृदयबाट आफै प्रस्फुटन भएर आउने भावना हो । प्रेम हृदयको चाहना पनि हो । आखाँको हेराइले विस्तारै मुटु छुन थालेपछि थाहै नपाइ प्रेम वस्दोरहेछ । तसर्थः प्रेम स्वतः स्फूर्त भावना पनि हो । प्रेम एक आत्माद्वारा अर्को आत्मामा विशेष रुपले सञ्चारित हुदो रहेछ । साँचो प्रेम आफै हुन्छ किनकी यो स्वभाविक र भावनात्मक हुन्छ । तर आज भोलि प्रेम फेसन हुन थालेको छ । जुन अत्यन्तै घृर्णित एंव घटिया काम हो । तर आजभोलि प्रेम पैसाको, आधारमा पनि मूल्याङ्कन गर्न थालिएको छ जुन मानवताको घेरा भन्दा वाहिरै हुन्छ । प्रेम भन्नु नै दुइ आत्माको मिलन हो त्यही मिलन बाट नै प्रेमको विजाङ्ककुरण भइ मायाको टुसा पलाँउछ । कसैको मन छुनु नै माया अनि प्रेम हो । प्रेम यौवनकालको उल्लास होइन साँचो प्रेमले                           त्याग खोज्छ त्यसैले माया र प्रेम समपर्णको अर्को नाम पनि हो । 
               तिम्रो जिन्दगीको बागडोर तिमी सँगै छ त्यसैले तिमी आफ्नो निर्णय आफै गर्न सक्छौ । तिमी वास्तबमा सच्चा, इमानदार, चरित्रवान, शुशील र सुन्दरी केटी हौ । तिमी आफ्नो छातीमा हात राख र भगवानको नाम सम्झेर मलाई भन त अव म के गरौं । तिमी आफ्नो हृदय र आत्मालाई साक्षी राखेर सोध आफुलाई र आत्माले र हृदय अनि मनले जे उत्तर दिन्छ त्यही उत्तर मलाई देउ । यदि तिमीलाई म माथि शकां र सन्देहको कुनै छाँया सम्म छ भने अस्विकार गरिदेउ । भगवानलाई सम्झेर आफ्नो मनको छेउकुना राम्ररी छामछुम पार र मलाई सम्झेर भन मेरो माया तिम्रो हृदयको छेउकुनामा छ कि छैन ?
सम्झ त एकछिन तिमी पुरा मेरी वन्न सकिनौ भने मेरो माया कति निसास्सीन्छ मेरो जिन्दगी कति निस्सार बन्न पुग्छ । तिम्रो हृदयले जे लेख्छ, के बोल्छ, त्यही लेखी पठाउ । म तिम्रो प्रतिक्षामा कुरिरहने छु । यो देख्नासाथ पढेर च्यातेर फाल या त आगोमा वाल या पम्प्लेट जस्तो सम्झेर भित्तामा टाँस या त अमिट माया सम्झेर हृदय भरी मुटु भरी राख या समाज सामु देखाएर मेरो इज्जत माथि लातले हान मेरो लागि सवै कार्य माया दिए सरह हुनेछ तिम्रो पत्रको इन्तजारमा रहिरहने तिम्रो सहयात्री अञ्जुली भरी प्रेमको भिक्षा माग्दै अन्तर हृदय देखिको वुलन्द आवाज ................................

Thursday, June 28, 2012

प्रेम ...........



प्रेम .
                  प्रेम गर्नु एउटा ठुलो मुर्ख्तापन हो जिन्दगी  मा जे पनि गर्नु तर प्रेम कहिले पनि  न गर्नु किन भने प्रेम ले सारै  चोट र पिर दिन्छ जब उ टाढा हुन्छ आफु बाट मैले गरे को यस्तै  प्रेम र माया ले  दुख र पिर भन्दा केहि छैन मेरो जिन्दगीमा मैले आफ्नो सबै थोक  दिए उनलाई तर पनि छाडेर गई | मेरो खुशी र मेरो मुटु लाई टुक्रा - टुक्रा पारेर गई म आज जे छु जे भए उसकै कारण ले भए साथी भाई हरु ले सधै मलाई भन्ने गर्थे हेर  माया को चकर मा नपर यसले  सधै पिडा  दिन्छ यो बाहेक अरु केहि पनि दिदैन तर मैले कसै को कुरा मानेन र उसकै माया मा अन्धो भए येसरी तिम्रो मुहार जुन जसरी  म हेरी रहु जस्तो लाग्छ म तिमी लाई असाध्यै  मन पराउछु भनी रहौ जस्तो लाग्छ खै कैले मेरो माया तिम्रो मुटु मा फुल्ने हो सोधी  रहौ जस्तो लाग्छ तिमी बिना एक्लो भएको छु  म तिमी लाई के कस्तो लाग्छ तिमी पहिलो भेट म के मोहनी लगायौ सोची  रहु जस्तो लाग्छ कैले तिमी मेरो मन मन्दिर मा बसी  सकेछौ भनी रहौ लाग्छ तिमी लाई कैले पनि छार्दिन तिम्रो सिउँदो  सीन्दुर ले पोती रहौ जस्तो लाग्छ तर यो सपना कैले पुरा भएन मैले के गलती गरे त्यसको  सजा  आज म भोग्दै छु मैले त उलाई बिर्सिन  सकिन र जिन्दगि मा कैले पनि बिर्सिदैन  होला येही हो मेरो अधुरो प्रेम कथा म आज पनि तद्पिर्हेको  को  छु त्यो निस्ठुरी को याद मा ..................... 

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light