Friday, January 3, 2014

चुनावमा काठमाडौँबाट हारेका माओवादी अध्यक्ष प्रचण्डलाइ १० लाख जरिमाना

चुनावमा काठमाडौँबाट हारेका माओवादी अध्यक्ष
प्रचण्डलाई १० लाख जरिमाना

१९ पुस, काठमाडौं-
संविधान सभाको निर्वाचनमा काठमाडौ क्षेत्र
नम्बर १० बाट पराजित र सिराहा क्षेत्र नम्बर ५ बाट
विजयी भएका एकीकृत नेकपा माओवादीका अध्यक्ष
एवम नेपाली राजनीतिका शक्तिशाली ब्यक्तित्व
पुष्पकमल दाहाल प्रचण्ड ले १० लाख जरिवाना तिनु
पर्ने भएको छ ।

निर्वाचनमा तोकिएको मापदण्ड भित्रको खर्च
विवरण ऐनले तोकेको समयमा बुझाउनु पर्नेमा प्रचण्ड ले
काठमाडौ क्षेत्र नम्बर १० मा गरेको खर्चको विवरण
समयमा नबुझाएका कारण सो जरिवानाको भागिदारी बन्नु पर्ने
अवस्था आएको हो ।

निर्वाचन आयोगले प्रत्यक्ष तर्फको निर्वाचन
परिणाम घोषणा गरेको ३५ दिन भित्र सबै उम्मेदवारले
आफ्नो खर्चको विवरण सम्बन्धीत जिल्ला निर्वाचन
कार्यालयमा बुझाउनु पर्ने प्रावधान छ ।

निर्वाचन आयोगले मंसिर १० गते प्रत्यक्ष
तर्फको अन्तिम परिणाम घोषणा गरेको थियो ।
जसअनुसार पुस १५ गते ३५ दिन पुरा भएको छ ।
निर्वाचन आयोग ऐन २०६३ अनुसार
तोकिएको समयमा खर्च विवरण नबुझाए कम्तिमा १०
लाख जरिवाना र १० लाख भन्दा बढी खर्च
भएको भए सो थप खर्च जोडेर जरिवाना लिने
ब्यवस्था छ ।

प्रचण्ड ले निर्वाचन अवधी भरी सर्बाधिक
बढी हेलिकप्टर चढेको किर्तिमान बनाएका र
मेची महाकाली जागरण यात्राको नाममा अकुत
खर्च गरेका प्रचण्ड ले आफू विजयी सिराहा क्षेत्र नम्बर
५ मा ७ लाख ९९ हजार रुपैया खर्च
गरेको अविश्वसनीय विवरण प्रस्तुत गरेका छन ।

एक घण्टा उडाएको १ लाख रुपैया तिनु पर्ने हेलिकप्टर
उडाउने उम्मेदवारमा नेपालकै अहिलेसम्मको किर्तिमान बनाएका प्रचण्ड ले पेश गरेको खर्च विवरण निर्वाचन
आयोगका कर्मचारीहरुवीच नै अहिले हासोको विषय
बन्न थालेको छ ।

उनीहरु हास्दै भन्ने गर्छन–
महंगो हेलिकप्टर उडाउनेमा १ नम्बर, सवारी साधन
कुदाउनेमा एक नम्बर, देश दौडाहामा एक नम्बर
अनि खर्च विवरण ढाटनेमा पनि प्रचण्ड नै एक नम्बर ।
उनी त बास्तवमै एक नम्बर नेता रहेछन ।

काठमाडौ जिल्ला निर्वाचन आयोगका अनुसार
यहाँको १० बटै क्षेत्रमा गरि ३६५ जना प्रत्यक्ष तर्फ
उम्मेदवार बनेका थिए । जसमध्ये नेपाली काग्रेस,
नेकपा एमाले सहितका प्रमुख दलका १२३ उम्मेदवारहरुले
मात्र आफ्नो खर्च विवरण बुझाएका छन ।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light