From our Blog

Showing posts with label Kollywood. Show all posts
Showing posts with label Kollywood. Show all posts

Sunday, August 3, 2014

श्री कृष्णको अवस्था बुझ्न दाजु पनि पुगे दिल्ली




नायक श्रीकृष्ण श्रेष्ठ बिहे लगतै हनिमुन मनाउन भारत पुगेका थिए । तर स्वास्थ्यमा केही समस्या आएपछि उनी नेपाल र्फकन
सकेका छैनन् । एक करोड भन्दा माथिको बजेटमा तयार भएको चलचित्र ‘कोहिनुर’ प्रदर्शन हुन ५ दिन बाँकी छ ।

तर प्रचारप्रसारमा चर्को रुपमा लाग्नु पर्ने श्रेष्ठ र उनकी धर्मपत्नी नायिका स्वेता खड्का नेपाल र्फकन सकेका छैनन् । उनीहरु भारत हानिएको २० दिन बढि भैसकेको छ । नेपाल नफर्किएपछि श्रीकृष्णका दाजु मिन श्रेष्ठ उनको स्वास्थ्य अवस्था वुझ्न दिल्ली पुगेका छन् ।

निर्देशक आकाश अधिकारी अहिले सिनेमाको प्रचार जोडतोडका साथ गरिरहेका छन् ।तर कलाकार नै नभएपछि यसको प्रचार सोचेजस्तो हुन सकेको छैन ।केही दिन अघि नै नेपाल र्फकनु पर्ने श्रीकृष्ण र स्वेता अझै पनि भारतमा नै छन् । केही दिनअघि मात्र
नायिका खड्काले श्रीकृष्णलाई डाक्टरले केही दिन आराम गर्नुपर्ने भएकाले दिल्लीमा रहेको जनाएकी थिइन् । यसपछि नायक श्रेष्ठको खबर बाहिर आएको छैन ।

श्रीकृष्णको अवस्था बारे पत्नी स्वेताले पूर्ण जानकारी परिवारलाई नदिएपछि दाई दिल्ली हानिएका हुन् । चलचित्र ‘कोहिनुर’ साउन २३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

Wednesday, May 29, 2013

निशाले खोलिन सगरमाथा आरोहणको 'सेक्रेट'

निशाले खोलिन सगरमाथा आरोहणको 'सेक्रेट'
 १६ जेठ ,
            सगरमाथाको आरोहण गरेर फर्किएकी नायिका निशा अधिकारीले आरोहणको क्रममा भएको एउटा गोप्य कुरा सार्वजनिक गरेकी छिन् । सगरमाथा आरोहण गरेर फर्किएका अधिकारी र नायक अर्जुन कार्कीको सम्मानमा वुधवार भएको कार्यक्रममा निशाले सगरमाथा चढ्नुअघि आफूलाई महिनावारी भएको गोप्यता खोलेकी हुन् ।आफ्नो सगरमाथा आरोहणलाई महिला शसक्तिकरणसँग जोड्दै उनले भनिन् “नारीलाई प्रकृति र भगवानले कुनै पनि बिभेद गरेका छैनन्, विभेदको वातावरण हामी आफैंले सृजना गरेको हो ।” महिनावारी भएको बेलामा समेत आफू सगरमाथा शिखरमा पुगेको जानकारी दिँदै नायिकाले आगामी दिनमा छाउपडी प्रथाबिरुद्धको अभियानमा लाग्ने उद्घोष गरिन् । स्वर्ग र नर्क दुवै हो सगरमाथा  सगरमाथा स्वर्ग र नर्क दुबै हो, सगरमाथा आरोहणको आफ्नो अनुभव सुनाउदै नायिका निशा अधिकारीले भनिन् “सगरमाथा चढ्नु पिकनिक खान गएजस्तो होईन ।
सगरमाथाको शिखर चुम्न सफल भएकोमा निकै खुशी देखिएकी निशाले भनिन, “बाटोमा धेरै जनाको लासलाई हेर्दै अगाडी बढियो, तर जब चुचुरोमा पुगे स्वर्ग पुगे जस्तो लाग्यो ।सानैदेखिको आफ्नो इच्छा सगरमाथा चढ्नु रहेको समेत उनले बताईन । त्यसका लागि उनले बेला बेला काठमाडौं बाहिर गएर रक क्लाईम्बिङ्गको तालिम समेत लिएकी थिईन । “धेरै मेहनत पछि मेरो इच्छा पुरा भएको छ,” पत्रकार र सञ्चारकर्मीहरुबाट घेरिएकी उनले हँसिलो मुद्रामा भनिरहेकी थिईन् ।टाउकाले टेकेर शिखरमा उभिएको किर्तिमान बन्नु पर्‍यो

६६ दिनमा सगरमाथाको यात्रा पुरा गरेका नायक अर्जुन कार्कीका अनुसार यात्रा निकै कठिन रहयो । पशुपतिनाथबाट जल लिई हिडेरै सगरमाथातिर लागेका कार्कीको चिसोका कारणले खुट्टामा पनि निकै असर परेको छ । खुट्टाको उपचार भईरहेको उनले जानकारी दिए ।बाटोमा साथीहरुले समयमा अक्सिजन नदिएका भए सायद आज म यहाँ हुन्न थिए होला” यात्राको अनुभव सुनाउदै उनले भने, “अक्सिजनको अभावले म मान्छे नै नचिन्ने भएको थिए, रिंगटा लागेर भुईमा ढलेको मेरो ज्यानलाई सम्हाल्दै साथीहरुले अक्सिजन दिएपछि मात्र म बाँचेको हुँ ।

चुचुरोमा पुगेपछि भने एकछिन संसार नै भुलेको कार्कीको भनाई थियो । कार्कीले सगरमाथाको चुचुरोमा एक मिनेटसम्म टाउकोले टेकेर उभिएको पनि बताए । उनका अनुसार सगरमाथाको चुचुरोमा अहिलेसम्म कसैले टाउकोले टेकेर उभिएका छैनन् । यो कुरालाई गिनिज बुक अफ बल्र्ड रेकर्डमा नाम लेखाउनको लागि पहल गरिदिन पनि उनले विभिन्न संघसंस्थालाई अनुरोध गरे ।कहानी नेपाल चलचित्र कलाकार संघले बुधबार आयोजना गरेको सम्मान कार्यक्रममा नायक अर्जुन कार्की र नायिका निशा अधिकारीले आफ्नो सगरमाथासँगको संघर्ष र सफल्ताको कहानी सुनाउँदा सबैजना निकै रोमान्चित देखिन्थे ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्कासहित अन्य सदस्यहरुले नायक अर्जुन कार्की र नायिका निशा अधिकारीलाई खादासहित सम्मान पत्रले सम्मान गरे ।

Tuesday, May 28, 2013

फेसबुकमा सुन्दरीको झगडा

फेसबुकमा सुन्दरीको झगडा 
१५ जेठ ,
काठमाडौं- फेसबुक आइडी चोरेर पेज बनाएर सार्वजनिक बेइज्जती गरेको दाबी गर्दै कारबाहीका लागि प्रहरीमा पुगेका 'तीन सुन्दरी' को झगडा प्रहरी दबाबमा सहमतिमा टुंगिएको छ।फेसबुक आइडी चोरेर दुरुपयोग गरेको आरोपी रक्षा थापाविरुद्ध पूर्व मिस नेपाल माल्भिका सुब्बा र मोडल समृद्धि राईले सोमबार महानगरीय प्रहरी अपराध महाशाखामा कारबाही माग गर्दै उजुरी दिए पनि प्रहरी अनुसन्धान र कारबाहीको साटो मिलापत्रमै बढी इच्छुक बनेपछि मंगलबार बेलुका दुवै पक्षबीच सहमति भयो।राईले आफ्नो फेसबुकको एकाउन्ट ह्याक गरेरे नेपाल ब्युटी क्विन कन्फेसनको पेज बनाएर रक्षाले मानहानी गरेको दाबी गर्दै मंगलबार महाशाखामा उजुरी दिएकी थिइन्।

सोही पेजमा आफ्नाबारे जथाभावी सामग्री राखेर चरित्रहत्या गरेको दाबी गर्दै सुब्बाले पनि रक्षामाथि कारबाही माग गर्दै महाशाखामै उजुरी दिएकी थिइन्।सुब्बाका अनुसार समृद्धिका नाममा आएको आग्रह स्वीकार गर्दै पेज लाइक गरेपछि पेजमा अश्लील सामग्री लेखिएको थियो। 'समृद्धिलाई कारबाही गर्न प्रहरीमा उजुरी गर्छु भनेको थिएँ,' उनले भनिन्, 'पछि त उनको एकाउन्ट नै ह्याक भएको थाहा भयो।'फेसबुक पेजमा यी दुवैबारे मात्रै हैन सहाना बज्राचार्य, निशा अधिकारी, संयुक्ता तिम्सिना, सुमी मोक्तान, सृष्टि श्रेष्ठ, सुगारिका केसी, नग्मा श्रेष्ठ, प्रीति सिटौला, प्रियंका कार्की, जेनिशा मोत्तान, करिश्मा मानन्धर, रेखा थापा, खुस्बू ओली, आस्था पोखरेल र मिस नेपाल इशानी श्रेष्ठलगायतबारे अश्लील सामग्री राखिएको थियो।'अभिनेत्री प्रियंका कार्की र मैले कुराकानी गरेर चरित्र हत्या गर्ने प्रयास गरियो भनेर किटानी जारी दियौं। ल्यापटपमा अपडेट गर्दा रक्षाको नामबाट प्रयोग भएको पृष्टि भयो। त्यसपछि उनी सोमबार दिनभर फरार भएर मंगलबार दिउँसो प्रहरीमा आइपुगेकी थिइन्,' माल्भिकाले भनिन्।थापाले आफू चीनमा भएको बेला वैशाख २८ गते आफ्नो फेसबुक ह्याक गरेर आफ्नो नाममा नेपाल ब्युटी क्विन कन्फेसनको एडिमन बनाएर फेसबुक सञ्जालमा रहेका साथीलाई पेज लाइकको आग्रह पठाएको र पेजमा जथाभावी राखेर मानहानी गरेको राईको दाबी थियो। 'पासवर्ड थिच्दा गलत देखाएपछि इमेलमार्फत फेसबुक ह्याक भएको थाहा पाएँ', मोडल राईले भनिन्।

इमेलमार्फत आएको आइपी ठेगाना र ल्यापटपका आधारमा सो काम रक्षाबाट भएको खुलेको दुवैको दाबी थियो। फेसबुक ह्याक गर्न प्रयोग भएको आइपीको ठेगाना चुनदेवी रहेको छ, जुन रक्षाले प्रयोग गरेको देखिएको थियो।प्रहरीले लगेको ल्यापटपको हिस्ट्री र आइपी ठेगानाबाट बदमासी गर्नेको पहिचान भए पनि प्रहरीले रक्षामाथि अनुसन्धान नै गरेन। आरोपी रक्षा नेपाल प्रहरीका बहालवाला एसएसपीकी छोरी हुन्। पदीय हैसियतको दुरुपयोग गर्दै मंगलबार नै प्रहरीले अनुसन्धान र कारबाहीको साटो सहमति गर्न सुझाएको पीडितको दाबी छ।रक्षासँग कुरा गर्न राई र सुब्बा मंगलबार दिनभर प्रहरी कार्यालयमा बसे पनि उनी आइनन्। प्रहरीले थप कारबाहीको साटो उनीहरुलाई मंगलबार आउनू भन्दै फर्काएको थियो। मंगलबार ११ बजे दुवै उजुरीकर्ता महाशाखा आए पनि रक्षा भने आइनन्। स्रोतका अनुसार रक्षाको परिवारले उनी विदेश जाने तयारीमा रहेको भन्दै प्रहरी कार्यालय आउन्न भनेका थिए। उनीहरुले प्रहरीलाई उजुरी निष्क्रिय बनाउनसमेत दबाब दिएका थिए।पीडितले रक्षालाई कारवाही गर्न प्रहरीलाई पटकपटक आग्रह गरेपछि महाशाखाको प्रहरीको आग्रहमा उनकी आमा रेवती थापा महाशाखामा आएर 'मेरो छोरीको गल्ती छैन, फसाउन खोज्ने' भन्दै उजुरीकर्तालाई धम्क्याएकी थिइन्।

प्रत्यक्षदर्शीका अनुसार उजुरीकर्तालाई धम्क्याएपछि महाशाखा प्रमुख विजयलाल कायस्थ र रेवतीबीच भनाभन भएको थियो। आरोपीलाई प्रहरी कार्यालयमा नल्याउने हो भने कारबाही हुन्छ भन्दै कायस्थ बाहिरिएपछि रेवतीले फोन गरेर छोरीलाई महाशाखामा झिकाए पनि प्रहरीले अनुसन्धान भन्दा मिल्नै जोड दिएको थियो।मंगलबार साँझसम्म महाशाखाका साइबर क्राइम विभागका पशुपति राई र प्रजित केसीसहितको प्रहरी टोली मुद्दा मिलाउनै व्यस्त थिए। प्राविधिक प्रमाण भए पनि रक्षाले सुरुमा आफूले केही नगरेको दाबी गरेकी थिइन्।तत्काल माफी नमागे मुद्दा लम्बिन्छ भन्दै रेवतीले छोरीलाई माफी माग्न लगाएकी थिइन्। प्रहरीले फेसबुक पेज हटाइदिने आश्वासन दिँदै उजुरीकर्तालाई मिल्न दबाब दिएपछि 'अब यस्तो गर्दिन' भन्ने कागजमा रक्षालाई कागज गराएर प्रहरीले आमासँगै पठाए।

महाशाखाका डिएसपी सुरेन्द्र मैनालीले उजुरी आएपछि दुवै पक्षलाई छलफलमा राख्दा सहमति भएको दाबी गरे। प्रहरीले छलफलमा राख्ने कामबाहेक अन्य केही नगरेको उनको दाबी थियो।

Monday, May 27, 2013

रागिनीको उत्तेजक नृत्य (भिडियो)

रागिनीको उत्तेजक नृत्य (भिडियो)

            नेपालीमा एउटा उखानै छ, ‘आफ्नै हात जगन्नाथ’ । यस्तै भएको छ नायिका रागिनी खड्गीका लागि पनि । आफ्नै होम प्रोडक्शनमा तयार भएको चलचित्र ‘नोथिङ इम्पोसिबल’मा रागिनीले आफ्नो चाहना पुरा गरेकी छिन् ।अरुको चलचित्रमा भनेजस्तो भूमिका नपाउँने गुनासो गर्दै आएकी रागिनीले पिता राजेन्द्र खड्गीले निर्देशन गरेको यो चलचित्रमा एक उत्तेजक नृत्य गरेकी छिन् । विश्व चर्चित गायिका साकिराको ‘साकिरा साकिरा’ बोलको गीतमा रागिनीको उत्तेजक नृत्य हेर्न सकिन्छ । चलचित्रमा समावेश गरिएको यो गीतले बजार तताउने विश्वास निर्माणपक्षको छ ।
                  तर चलचित्रको गीत सार्वजनिक भएलगतै यसबारेमा विभिन्न खालका टिप्पणी पनि उठ्न थालेका छन् । राजेन्द्रले सिनेमालाई सस्तो बनाएको टिप्पणी पनि केही चलचित्रकर्मीले गरेका छन् । तर ‘अक्कल बिनाको नक्कल’ भनेजस्तै रागिनीले भने सकेकै कम्मर मर्काएर साकिरा बन्ने कोशिश यो गीत मार्फत गरेकी छिन् ।

असार २८ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रमा रागिनीका छोरा आर्यनले बाइकको खतरनाक स्टन्ड दिएका छन् । यस्तै चलचित्रमा खड्गी परिवारकै बाहुल्यता रहेको छ ।

अब नेपाली चलचित्रकी नायिका रागिनी खड्गीले साकिराको गीतमा गरेको उत्तेजक नृत्य पनि हेर्नुहोस् ।

Sunday, May 26, 2013

किन सार्बजानिक स्थलमा भाबुक भए माहानायक हमाल ?


सार्बजानिक स्थलमा भाबुक भए माहानायक हमाल

१ ३ जेठ ,
http://www.gpathshala.com/wp-content/uploads/2013/05/13052533IMG_9788.jpg             लामो समय देखि नपालि चलचित्रमा अभिनय गर्दै आएका माहानायक राजेश हमाल पर्दामा धेरै पटक भाबुक बनेको हामीले देखेका छौ ।प्रश्न हुन सक्छ माहानायक राजेश हमाल लाई भाबुक बनेको कस्तो देखिन्छ ? के उनि वास्तविक जीवनमा कैले भाबुक बन्छन त ?हो माहनायक हमाल बास्तबिक जिवनमा पनि भाबुक बन्ने गर्दछन , शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपालि चलचित्रका माहानायक राजेश हमाल आफ्नो जेठो मामा बसन्तजंग रायमाझीको जीवन कथा सुन्दा र मामा भान्जाको सम्बन्ध केलाउदा उनि भाबुक बनेको जस्तो देखियो ।मलाई चलचित्र क्षेत्रमा अघि बढ्न यो क्षेत्रमा सफल बन्न मेरो मामाले मलाइ प्रोत्साहन गर्नु हुन्थो” भनिरहदा माहानायक हमालको बोलि लड़बडिएको थियो ।‘नेपाली चलचित्रमा नृत्य तर्फको जग बसाल्ने व्यक्ति नै वसन्त मामा हुनुहुन्छ, त्यसकारण म उहाँलाई चलचित्रको धरोहर मान्छु, मामा मुम्बईमा बसे पनि नेपाली चलचित्रले त्यो समयमा उहाँलाई सम्झिरहन्थ्यो “महानायक हमालले भने ।
13052533IMG_9751                चलचित्र निर्त्यकार संघले आयोजना गरेको सम्मान कार्यक्रममा आफैंले मामालाई सम्मान गर्न पाउँदा हमाल गम्भीर देखिएका देखिएका थिए ,साथै उनले भने ‘म चलचित्र तर्फ आकर्षित हुँदा मामासँग मेरो भेट भइरहन्थ्यो । उहाँले सधैं प्रेरणा र प्रोत्साहन दिइरहनुहुन्थ्यो ।,मा अहिले जुन नामले चिनिन्छु त्यो नाम र त्यो इज्जत मैले मेरो मामाको कारणले गर्दा पाएको हो ।संघका अध्यक्ष अच्युत घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरी, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डिसीलगायतकाको उपस्थिति रहेको कार्यक्रममा नृत्य निर्देशक वसन्त श्रेष्ठ, राजु शाह र कमल राईलाई पनि सम्मान गरिएको थियो ।

Wednesday, May 22, 2013

अर्धकट्टी लिएर सुब्रत आउँदै

अर्धकट्टी लिएर सुब्रत आउँदै 

९जेठ,
             पछील्लो समयमा फिल्म निर्देशन मा महिला निर्देशक र रंग पत्रकारको सहभागीता बड्दो क्रम छ र संचारकर्मीले बनाएको फिल्ममा केही फरक पन हुनसक्छ भने सोचाइे पनि उतिकै मात्रामा पाइेन्छ तर अन्तत:फिल्म हेर्दा अनुमान गरेको कुरा पाउन सकिदैन यो तितो यथार्त पनि हो जस्को एक उदाहरण संचारकर्मी नबराज आचार्य निर्देशित फिल्म कलिवूड बाट स्पस्ट भइेसकेको छ । नेपाली फिल्मी क्षेत्रमा नयाँ निर्देशक भित्रिने क्रममा रङ पत्रकार सुव्रत अचार्य पनि फिल्म अर्धकट्टी मार्फत निर्देशक हुँदै छन । बुधवार विशाल नगरस्थित चलचित्र संघको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा आचार्यले निर्देशन गर्ने फिल्मको बारेमा औपचारिक नाम घोषणा गरिएको हो ।
                     करिब ५० लाख रुपैयामा फिल्मलाई चलचित्र संघका महासचिव प्रदीप कुमार उदय र नरेश देव पाण्डेले निर्माण गर्दैछन । सुबास ढकालको कथा, बिजय अधिकारीको पटकथा तथा सम्बाद रहेको फिल्मका लिड क्यारेक्टरको भने फाईनल गरिएको छैन । श्रवाणको मध्य तिर बाट फ्लोरमा जाने फिल्म अर्धकटटी को काठमाडौं , चितवन लगायतको ठाउँमा छायानकन गरिनेछ ।
-श्यामसुन्दर गिरी , फिल्मीन्युज 

आफ्नो मस्त जवानीको प्यास यसरी मेटाईन सुष्माले (भिडियो)

आफ्नो मस्त जवानीको प्यास  यसरी मेटाईन सुष्माले  (भिडियो)

                जेठ २४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नेपथ्य’ अहिले सर्वाधिक चर्चामा छ । चलचित्रको बिषयवस्तु र कलाकार विल्सन विक्रम राइको अभिनयका
             चलचित्रको छायांकन शुशन प्रजापतीले गरेका हुन् । चलचित्रको संवाद र गीतलाई दर्शकले मन पराएको निर्देशक रामराजा दाहालले अनलाइनखबरलाई जानकारी दिए । चलचित्रमा २ वटा गीत समावेश गरिएको छ । निर्माणपक्षले चलचित्रमा समावेश ‘चोखो माया’ र ‘मस्त जवानी’ बोलको गीत सार्वजनिक गरेको छ । ‘मस्त जवानी’ बोलको गीतमा नायिका सुष्मा कार्कीको आइटम नृत्य हेर्न सकिन्छ ।

यस्तै ‘चोखो माया’ बोलको गीतमा आदित्य वुढाथोकी र सोना तिमिल्सिनाले नृत्य गरेका छन् ।

युवापुस्ताको कथावस्तु र उनीहरुको सपनालाई ‘नेपथ्य’ले देखाउन खोजेको छ । कारणले पनि सिनेमाले चर्चा पाउँदै गएको हो ।रामराजा दाहालको निर्देशनमा तयार भएको यो चल

चित्रमा आदित्य वुढाथोकी, विल्सन विक्रम राई, रेम बीक, मानव सुवेदी, सोना तिमिल्सिना, रवि गिरी, रश्मी भट्ट, शिशिर पोखरेल लगायतका कलाकारको अभिनय छ ।

Tuesday, May 21, 2013

‘मोडलबाट गायिका हुँदै नायिका बन्ने शुरमा शिलु '

 ‘मोडलबाट गायिका हुँदै नायिका बन्ने शुरमा शिलु '

मोडल तथा गायिका : शिलु भट्टराई
                 गुल्मी जिल्लाको जन्म र बुटवल–५ गोलपार्क बस्ने २४ बर्षिय मोडल तथा गायिका शिलु भट्टराई विगत ३ वर्षदेखि मोडलिङ पेशामा सक्रिय छिन् भने मोडलिङ करियरस सँगै उनले साङगीतिक क्षेत्र अन्तर्गत लोक तथा आधुनिक विद्याको गायनमा आफ्नो उज्ज्वल भविष्य देखेर २ वर्ष अगाडि सङगीतमा प्रवेश गरेकी हुँन् । हालसम्म १६ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी भट्टराईले कति माया गर्छु तिम्लाई बोलको म्युजिक भिडियोबाट मोडलको सज्ञा पाएकी हुन् । पछिल्लो समयमा उनी मोडलिङ , गायिकामा मात्रै सीमित नभएर ब्युटिसियनतर्फ पनि अगाडि बढेकी छिन् भने ब्युटिसियन हेल्थ एण्ड क्रियशन नेपालकी कोषाध्यक्ष पदमा कार्यरत छिन् । यसै परिप्रेक्ष्यमा मोडल तथा गायिका शिलु भट्टराईसग संचारकर्मी श्यामसुन्दर गिरीले गरेको कुराकानीको मुख्य अश :
प्रश्न : हिजोआज के गर्दै हुँनुहुन्छ ?
उत्तर : हिजोआज म विशेषगरी गीत रेकर्ड गर्ने दौरानमा नै ब्यस्त छु भने म्युजिक भिडियोहरुमा पनि काम गरिरहेकी छु ।
प्रश्न : मोडलिङ र गायन मध्ये एकलाई रोज्नु पर्दा ?
उत्तर : हेनुर्स मेरो परिचयको हिसाबले म मोडलिङ लाई रोज्छु किनकी शिलु भट्टराई मोडलबाट गायिका भएको हो त्यसैले मोडल मेरो पहिलो परिचय भएकोले पनि मोडलिङ लाई म सम्मान गर्छु भने मोडलिङमा व्यक्ति वा सस्थामा भर पर्नुपर्ने कारणले गर्दा गायनलाई मन पराउछु । किनभने गायनमा कोही कसैको रोकतोक हुँदैन । कसैमा निर्भर पनि पर्नुपर्दैन । आफ्नो योजना अनुसार एल्बम निकाल्न सकिन्छ तर दुबैलाई सगै अगाडि बढाउन चाहन्छु ।
प्रश्न : यी दुबै पेशलाई कसरी सगै अगाडि बढाउनुहुन्छ ?
उत्तर : मुख्य कुरा समय हो । समयको मेनेजमेण्ट नगरी त एक व्यक्तिले २ भन्दा बढी पेशालाई सगै अगाडि बढाउन धेरै जटिल पनि पर्ला र मेरो पेशा मोडलिङ र गायन करीब परिपुरक नै हुँन त्यसैले समय मिलाउन खासै गाह्रो भएको छैन र त सजिलै काम गर्न सकेकी छु ।
                                                           प्रश्न : तपाईको पहिलो रेकर्ड गीतको बारेमा भन्नु पर्दा ?
उत्तर : मैले १६ वटा म्युजिक भिडियोमा अभिनय गरेपनि गायिका भएर एल्बम बजारमा ल्याएकी भने छैन किनकि भर्खरै २ वर्ष भयो गायन विद्यामा आएकी तर यसै तीजमा नारी दिदीबहिनीका लागि भनेर मेरो पहिलो गीतको एल्बम तयार गर्दैछु र यसै एल्बममा समावेश गरेकी ठाउको ठाउ ढल्ने जस्तो मलाई कति पिर छ मेरो पहिलो रेकड गीत हो । यो गीत रेर्कड गरेर सुन्दा मलाई एकदमै खुशी लाग्यो घमण्ड गरेकी होइन मेरो आवाज उत्कृष्ट छ धेरै गीत गाएका गायिकाको भन्दा कमको आवाज छ भन्ने लागेन अब गीत सुनेपछि दर्शक, स्रोताले मुल्याड्कन गर्नुहुनेछ ।
प्रश्न : साङगीतिक क्षेत्रलाई कसरी बुझ्नुभयो ?
उत्तर : शरुको अवस्थामा म मोडलिङबाट प्रवेश गरेकी भएकोले पनि मैले चाहेर पनि राम्रोसग बुझ्न सकेकी छैन। म औपचारिक रुपमा सङगीत सिकेर आएकी पनि होइन तर यति बुझेकी छु की लोकदोहोरीको आफ्नो महत्व छ, आफ्नै क्रेज छ बस्तविक नेपालीपन नेपाली लोकदोहोरी गीतमा झल्कन्छन् भने सङगीत हाम्रो सहयात्री हो सङगीत विनाको जिन्दगी, वासना बिनाको फुल जस्तै लाग्छ, रमाइलो पनि छ तर सबैले यो क्षेत्रलाई सकरात्मक पक्षबाट सोच्नु पर्ने आवश्यकता पनि देखेकी छु जति बाहिरी आवरणबाट बुझिन्छ त्यस्तो पनि छैन ।
प्रश्न : सेक्स ह्यारेशमेण्ट हुन्छ रे त?
उत्तर : पहिलो कुरा सेक्स ह्यारेशमेण्ट नहुने क्षेत्र कुन होला तपाई आफै सोच्नुस् तर व्यक्ति विशेष र पृष्ठभुमिमा फरक पर्छ जस्तो मलाई लाग्छ . अन्यबाट सुन्नु र भोग्नुमा आकाश–जमिनको फरक हुन्छ । फेरी हाम्रो समाजमा सकरात्मक पक्षको सोचाई हुँदैन नकरात्मक कुराको बेसी हावा फैलिन्छ । त्यो हुनाले वास्तविकतालाई हामीले बुझ्नुपर्छ । जहा सम्म मेरो सन्दर्भको कुरा गर्नुहुन्छ भने आजको मितिसम्म कोही कसैले औला ठडाउन सक्ने काम गरेकी छैन .
प्रश्न : पछिल्लो समयमा लोक दोहोरीको अवस्था कस्तो छ ?
उत्तर :लोकदोहोरीको अवस्था राम्रै छ भन्न”पर्छ तर सोचे अनरुपको भने छैन , एल्बम बिक्री छैन , पाईरेसी बढ्दो क्रममा छ तर पछिल्लो समयमा देश–विदेशमा हुने विभिन्न साङगीतिक कार्यक्रमले गर्दा कलाकार बाचेका छन् । त्यसैले गीत सङगीतको पाईरेसी नियन्त्रण गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ र स्रोता, दर्शकले पनि स्रष्टाको मेहनतलाई ब”झेर एल्बम किनेर गीत सुनिदिए अझ अगाडि दिनमा लोकदोहोरीको अवस्था राम्रो हुने थियो ।
प्रश्न : सेक्स के हो ?
उत्तर : प्राकृतिक उपहार .
प्रश्न : सेक्स अनुभव ?
उत्तर : नभनौ होला .
प्रश्न : ब्वाईफ्रेण्ड छ की छैन ?
उत्तर : छैन .
प्रश्न : आगामि योजना के–के छन् ?
उत्तर : आगामि दिनमा म आफ्नै ब्यानरमा फिल्म बनाउने सोचाईमा छु । तर फिल्म क्षेत्रमा आए पनि मोडलिङ र लोक दोहोरीबाट अलग हुने छैन . लोकदोहोरी मेरो मुटु नै हुँनेछ ।
प्रश्न : भनेपछि नायिका बन्ने सोचाई छ ?
उत्तर : किन नायिका बन्न लायक छैन र ? आफ्नै फिल्म बनाउने भएपछि नायिका बन्नुनै पर्छ भन्ने त होइन तरपनि त्यति बेलाको समयले बताउने नै छ ।
प्रश्न : अन्त्यमा हाम्रा पाठकवर्गलाई के भन्नुहुन्छ ?
उत्तर : मैले तीजको एल्बम लिएर आउदैछु , गीत सुनेर सल्लाह, सुझाव र प्रतिक्रिया दिनुहोला । आफ्नै चेलीबेटी हुँ ? ” सबैले माया गरिदिनु होला र अन्त्यमा नेपाली गीत सङगीतलाई माया गरिदिनुहोला भन्न चाहन्छु ।
- श्याम सुन्दर गिरी

Monday, May 20, 2013

नायक अर्जुन कार्की सगरमाथा शिखरमा

नायक अर्जुन कार्की सगरमाथा शिखरमा
६ जेठ 
           नायक अर्जुन कार्कीले बिश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । टिमका सर्म्पक अधिकृत ओङछु शेर्पाका अनुसार उनले सोमवार बिहान ७:३० बजे शिखरमा पाइला टेकेका हुन् । सहयोगीको अनुमति लिएर आरोहीको रुपमा सगरमाथा चढ्न लागेका भनेर विवादमा परेका नायक कार्कीले सहयोगीकै हैसियतमा सगरमाथा चढेका हुन् । कार्कीले पशुपतिनाथको मन्दिर पुगी त्यहाँको जल र प्रसादसमेत सगरमाथा चुचुरोमा लगेका छन् ।

उनीसँगै गएकी नायिका निशा अधिकारी भने चुचुरोमा पुग्ने क्रममा छिन् ।
              सेभेन समिटले संयोजन गरेको समूहबाट सोमवारसम्ममा विदेशी नागरिक १४ जना, नेपाली शेर्पा २५ जना र एक जना खेलाडी गरी ४१ जनाको समूहले सगरमाथाको सफल आरोहण गरेका छन् । आरोहण गर्ने खेलाडीमा लामो दुरीका धावक सञ्जय पण्डित रहेका सेभेन समिटले जनाएको छ ।
ujyalo

Saturday, May 18, 2013

टङ किस घिन लाग्छ : स्मिता थपलिया

टङ किस घिन लाग्छ : स्मिता थपलिया
चलचित्र ‘द लाष्ट किस’, ‘लभ इज लाइफ’मा अभिनय गरिसकेकी कलाकार स्मिता थपलिया अहिले नयाँ सिनेमा ‘रोमान्स’का कारण चर्चामा छिन् । विशेषगरी चलचित्रमा उनले दिएको उत्तेजक दृश्यका कारण स्मिताको चर्चा चुलिएको हो । सिनेमाको कथाले मागे अनुसारको दृश्य दिन तयार भएको बताउने स्मितासाग अनलाइनखबरका लागि विजय आवाजले गरेको कुराकानी :
‘रोमान्स’मा तपाइको भूमिका कस्तो छ ?
म यो सिनेमामा एक विवाहित महिलाको भूमिकामा छु । श्रीमान् विदेश गएपछि परपुरुषसाग मैले खुलेरै रोमान्स गरेको कथा सिनेमामा छ ।
सिने नगरीलाई निरन्तरता दिने सोच छ कि रहर मात्र हो ?
म सानै देखि अभिनयमा आउन चाहन्थे । यसैले निरन्तरता नै दिने सोच हो मेरो । तर ‘रोमान्स’ प्रदर्शनमा आएपछि अझ मेरो करिअर कसरी अगाडी बढ्छ भन्ने टुंगो लाग्छ ।
‘रोमान्स’का निर्देशक वीपी फुयाँल र तपाइको सम्बन्ध बिषयमा खुबै हल्ला चल्ने गर्छ, वास्तविकता के हो ?
उहाँ मेरो अभिभावक हो । हामी दाजु बैनी जस्तै छौ ।
चलचित्रमा त निक्कै हट दृश्य दिनुभएको छ त ?
कथाले मागे अनुसारको काम गरेको हुा । मैले बेड सिन खुलेरै दिएको छु । आखिर सिनेमाको कथा पनि त्यस्तै छ नि ।
वास्तविक जीवनमा भने कत्तिको हट हुनुहुन्छ त ?

म वास्तविक जीवनमा भने साधारण छु ।
नेपालको कुन हिरो एकदमै सेक्सी लाग्छ ?
मलाई आर्यन सिग्देल र जीवन लुइटेल खुबै मन पर्छ । आर्यनको अभिनय, चञ्चलता र उसको अनुहारको त म दिवाना नै हो ।
अनि सिनेमा को सँग खेल्न मन लागेको छ ?
मलाई जीवन लुइटेलसाग सिनेमा खेल्ने धोको छ
डेटिङको अफर कत्तिको आउछ ?
डेटिङ त धेरैले जाउा भन्छन् । फेसबुकमा अधिकांशले डेटमा जाने अफर गर्छन् ।
जीवनमा प्रेम गरिएको छ कि छैन ?
एकजना युवकलाई गरेको छ । तर उसलाई फिल्म लाइन मनपर्दैनथ्यो । म यो क्षेत्रमा आउन चाहन्थे । यसैले हाम्रो प्रेम सम्बन्ध सुरु भएको ६ महिनामा नै ब्रेकअप भयो ।
आफ्नो शरिरको कुन अंग सेक्सी लाग्छ ?
मेरो ओठ एकदमै सेक्सी लाग्छ । मेरो ओठ मिलेको छ ।
अनि सेक्सी ओठमा अहिलेसम्म कसैले चुम्बन गर्ने मौका पाएको छ कि छैन ?
बिहे अघि त यो अवसर कसैले पाउँदैन ।
कुन पहिरनमा एकदमै सुन्दर देखिन्छु जस्तो लाग्छ ?
कुर्ता सुरुवालमा म एकदमै सेक्सी देखिन्छु । कुर्ता लगाउदा जसले हेर्छ उ भुतुक्कै हुन्छ ।
कुन पुरुषलाई देख्दा चुम्बन गर्न मन लागेर आउँछ ?
अर्जुन रामपाल देखेपछि त्यस्तो फिल हुन्छ । उसको अनुहार एकदमै सेक्सी लाग्छ मलाई ।
के कुरा मिठो पकाउनुहुन्छ ?
कुखुराको मासु र थुक्पा निक्कै मिठो पकाउाछु म ।
सिनेमामा कत्तिसम्म दृश्य दिन्छु भन्ने लाग्छ ?
मगालामा किस गरेको दृश्य त दिन सक्छु । तर टङ किस घिन लाग्छ । अरु दृश्य कथा अनुसार नै थाहा हुन्छ ।कस्तो सिनेमा खेल्न मन लागेको छ ?
कलेज पढ्दै गरेकी एक युवतीको क्यारेक्टर गर्ने रुचि छ । यस्तै निक्कै दुखी युवतीको भूमिका पनि पाए गर्छु ।
onlinekhabar

नायिका रेखा थापा आजदेखि एमाओवादी कार्यकर्ता

नायिका रेखा थापा आजदेखि एमाओवादी कार्यकर्ता
[Alternative text]४ जेठ,
                 चर्चित अभिनेत्री रेखा थापा एमाओवादीमा प्रवेश गर्नुभएको छ । आज एमाओवादीको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा एमाले नेतृ उर्मिला अर्यालको पार्टी प्रवेशसँगै नायिका थापालगायत डेढ दर्जनले एमाओवादीमा प्रवेश गरेका हुन् । अर्याल, थापालगायतका पार्टी प्रवेश गर्ने नेता कार्यकर्तालाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष डा.बाबुराम भट्टराई, अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले फूलमाला अविर लगाएर पाटीमा प्रवेश गराउनुभएको हो । एमाओवादीले तत्कालीन माधव नेपाल सरकारविरुद्ध गरेको सडक आन्दोलनका बेला प्रचण्डसँग नाचेकी थापालाई सोही घटनादेखि एमाओवादी निकट कलाकार मानिँदै आएको थियो । यसअघि डा. बाबुराम भट्टराई नेतृत्वको सरकारका बेला कलाकारले गरेको सरकारविरोधी आन्दोलनमा रेखाको सहभागिता थिएन । थापाले आफूलाई चलचित्र विकास बोर्डको अध्यक्ष बनाउन प्रचण्ड र बाबुरामसँग लविङ गर्दै आउनुभए पनि उहाँलाई बोर्डमा ल्याइएन ।
              चलचित्र क्षेत्रको विकासका लागि केही गर्ने र राजनीतिमा समेत अघि बढ्ने बताउँदै आएकी थापा एमाओवादीमा प्रवेश गरेपछि आगामी संविधानसभामा उमेद्वार बन्ने अनुमान गरिएको छ । पेरिसडाँडामा आयोजित औपचारिक कार्यक्रममार्फत उनीहरुलाई पार्टीमा प्रवेश गराइएको हो ।

Friday, May 17, 2013

‘हो यही माया हो’ खेल्न नपाउँदा रोएकी थिइन् जिया

‘हो यही माया हो’ खेल्न नपाउँदा रोएकी थिइन् जिया
 
               नायिका जिया केसी चलचित्र ‘हो यही माया हो’ खेल्न नपाउँदा रोएको रहस्य खुलेको छ । चलचित्रका निर्माता सुवास गिरीले जियाको अभिनयमा खासै दम नदेखेपछि उनलाई नलिने निर्णय गरेका थिए । तर निर्देशक दिपक श्रेष्ठले जियालाई सिनेमाका लागि अनुवन्धित गरेको खबर बजारमा चर्चित भैसकेको थियो ।चलचित्रको मुहुर्तमा नायिका केसीको नृत्य हेरेपछि निर्माता गिरीले उनलाई नलिने निर्णय गरेका थिए । ‘बरु संझौता  रकम नदिएपनि हुन्छ, म उहाँलाई नलिने सोचाईमा छु’, गिरीले दिपकलाई यसै भनेका थिए ।
              सिनेमा नगरीमा डेब्यु गर्न लागेकी जियाका लागि यो खबर पिडादायी हुने पक्का थियो । उनले निर्माता गिरी सामु आफ्नो करिअर फुल्न नपाउँदै डुब्न लागेको भन्दै रोएकी थिइन् । जियालाई लिदाको क्षण संझदै निर्माता गिरीले भने, ‘तर उहाँले सिनेमामा भने नपत्याउने काम गर्नुभयो ।’
              जियाको अभिनयले आफूलाई अहिले प्रभावित बनाएको तर्क निर्माता गिरीको छ । जेठ १० गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्र अहिले सर्वाधिक चर्चामा छ । जियाका अलवा राजेश हमाल, करिश्मा मानन्धर, राज तिमिल्सिना लगायतका कलाकारले अभिनय गरेको ‘हो यही माया हो’ पूर्णतया लभस्टोरी चलचित्र हो । दुई पुस्ता बिच हुने प्रेमकथालाई निक्कै सरल ढंगले प्रस्तुत गरिएकाले पनि दर्शकले मनपराउने विश्वास निर्माता गिरीको छ ।
onlinekhabar

Thursday, May 16, 2013

'नक्कली 'मिस नेपाल'

'नक्कली 'मिस नेपाल'

            मिस नेपालमा भिड्ने उमेर अभिनेत्री शुभेच्छा थापाको होइन, उनकी छोरीको भएको छ। तर, १६ वर्षे छोरीकी आमा शुभेच्छा अचेल मिस नेपालमा भिडिरहेकी छिन्। उसो त आफूलाई मेन्टेन गरेकै कारण जवान छोरीकी आमा भनेर पत्याउन पनि मुश्किल पर्छ। त्यसैमाथि 'नक्कली मिस नेपाल'मा भिड्ने भएपछि उमेरको हदबन्दी हुने कुरै भएन। आफैँले निर्माण गरेको फिल्म 'दी मिस नेपाल'मा मिस नेपाल बन्न शुभेच्छा कसिएकी हुन्। 
         तर, उनलाई नक्कली मिस नेपाल पनि बन्न नदिन मिस नेपालको सक्कली आयोजक  हिडेन ट्रेजरले दबाब  दिएको छ। फिल्मको कथालाई कुनै हालतमा नचुहाउने योजनासहित सुटिङ भइरहेको फिल्म 'दी मिस नेपाल'मा साँच्चीकैको मिस नेपाल बन्दा चुकाउनुपर्ने मूल्य समेटिन सक्ने डर भयो होला आयोजकलाई। नत्र किन डराउनु? उनले गर्न चाहेको र हुन चाहेको नक्कली मिस नेपाल हो क्यारे!
nagarik 

Wednesday, May 15, 2013

विनिता बरालको विहेको फोटो एक्कासी सामाजिक सञ्जालमा

binita mariedविनिता बरालको विहेको फोटो एक्कासी सामाजिक सञ्जालमा
             
        एकाएक सामाजिक संञ्जालहरुमा चपलीहाइटवाट चर्चित भएकी नायिका बिनिता बरालको बिहेको फोटो सार्वजनिक भएपछि चलचित्र क्षेत्र र उनका प्रशंसक छक्क परे ।  वैशाखको महिनामा गरिएको उत्त विहे किन सुटुक्क भयो त भन्ने विषयमा खोज्दै जाँदा त विनिताले साच्चिकै विहे नभएर एक म्युजिक भिडियोमा पो गरेकी रहेछिन् ।
      एक गीतमा आसुतोश आचार्य नामका मोडेलसँग विवाहको पोशाक लगाएर फोटो सुट मात्रै गराएकी रहिछन् विनिताले । धन्न भिडियोमा मात्रै रहेछ नत्र उनका प्रसंसकहरुलाई त ठुलै पिर पर्न सक्थ्यो सायद ।
etvkhabar

हर्षिकाले के गरिन सुमिनालाई

अन्ततः नायिका सुमिना घिमिरेलाई बजारमा आएको विभिन्न किसिमको समाचारले घाटा लागेको छ । चलचित्र ‘मिस्टेक’मा नायिका पक्का भएर संझौता रकम लिइसकेकी घिमिरेलाई अन्तिम अवस्थामा आएर यो सिनेमाबाट हात धुनु परेको छ । अनलाइनखबरका रंग पत्रकारलाई ज्यान मार्ने धम्की दिएपछि नायिका घिमिरेको चर्को आलोचना भएको थियो । यो घटनासँगै उनको स्टारभ्यालू पनि घटेको विश्लेषण चलचित्र ‘मिस्टेक’को निर्माणपक्षले गरेको हो ।यसैकारणले गर्दा नायिका घिमिरेलाई चलचित्रमा नलिने सोचाई निर्माणपक्षले लिएको थियो । निर्देशक ऋषिराज आचार्यले बजारमा आएको समाचारले सिनेमालाई नै नकारात्मक असर पार्ने देखेर सुमिनालाई आउट गरेको बताए ।आचार्यले भने, ‘उहाँको समाचार बाहिर आएपछि निर्माता सुवास थडराइले सिनेमालाई नै असर पर्ने कुरा गर्नुभएको थियो । पछि उहाँले पनि समय दिन नसक्ने बताएपछि नयाँ नायिका लिइएको हो ।’
               चलचित्रको निर्माणपक्षले नायिका हर्षिका श्रेष्ठलाई लिएर वुधबारदेखि छायांकन सुरु गरेको छ ।चलचित्रको वुधबार बिहान काठमाण्डौको भद्रकाली मन्दिरमा शुभसाइत गरी छायांकन प्रारम्भ गरिएको हो । यो चलचित्रमा हर्षिकाको अलवा निर्मल सेञ्चुरी, सुशान्त कार्की, हिना लामिछाने, नेहा आचार्य, सुरविर पण्डित, रमा थपलिया लगायतका कलाकारको अभिनय रहनेछ । अर्जुन पोखरेलको संगीत रहेको चलचित्रको छायांकन पोखरा, पाल्पा, बुटवलमा गरिने जानकारी निर्माणपक्षले दिएको छ । २५ दिनमा छायांकन सक्ने योजनमा रहेको निर्माणपक्षले ४० लाख बजेट लाग्ने जनाएको छ ।
onlinekhabar

Tuesday, May 14, 2013

‘ बल्ल यसरी जवानी चढ्यो राजेशको '

  
    उमेर छिप्पिदै गएपनि नायक राजेश हमालको जोश र जागर भने घटेको छैन । अझै पनि चलचित्रमा हमालले आफ्नो चर्चालाई सेलाउन दिएका छैनन् । पछिल्ला केही बर्षयता चलचित्रको पर्दामा हमाल झनै रोमान्टिक देखिन थालेका छन् । राजेश हमालले केही चलचित्रमा उत्तेजक बेडसिन र चुम्बन समेत दिएका छन् । उनै नायक हमाल सोमबार बेलुकी आफैले अभिनय गरेको चलचित्र ‘किन किन’ हेर्दै गर्दाको समयमा भेटिए ।  चलचित्रमा हमालले नायिका अरुणिमा लामासँग खुलेरै उत्तेजक दृश्य दिएका छन् । सिनेमामा आफ्नै रोमान्टिक दृश्य हेर्दै गर्दा हमाल पनि मुडमा देखिएका थिए । उनले भने, ‘चलचित्रमा मैले अरुणिमा जी सँग उत्तेजक दृश्य दिएको देखिन्छ, तर मैले चुम्बन पनि गरेको छैन ।’युवतीको बिषयमा हमालको वुझाई पनि फेरिन थालेको छ । उसो त मधु भट्टराइसँग प्रेमसम्बन्धमा रहेका हमाल युवतीको बिषयमा फरक मत राख्न थालेका छन् ।
                                  हमालले भने, ‘वास्तवमा युवतीलाई टाढै बाट हेर्दा मझा आउँछ ।’ आखिर किन यस्तो लाग्यो त उनलाई भने, ‘जुन खालको सुन्दरता र उत्सुकता युवतीलाई हेर्दा हुन्छ, त्यो नजिक भएपछि हराउँछ ।’ त्यसो भए यही वुझाइका कारण अहिलेसम्म बिहे नगर्नु भएको हो त भन्ने अनलाइनखबरको प्रश्नमा हमालले भने, ‘बिहे भनेको त समयले जुराउने कुरा हो । तर मलाई युवतीलाई टाढै बाट हेर्दा रमाइलो लाग्छ’, उनले थपे ।मुडमा देखिएका हमालले पछिल्लो समय आफूले चलचित्रमा केही हट दृश्य दिनुको रहस्य पनि खुलाए । कलाकार भैसकेपछि समय अनुसार चल्नु पर्छ । अहिले दर्शकले पनि चलचित्रमा नायक र नायिकालाई यस्तै रुपमा देख्न चाहन्छन् ।
                           उनले आफ्ने भूमिका मात्र परिवर्तन भएको भन्दै पर्दा बाहिरको राजेश हमाल परिवर्तित नभएको खुलाए । केही समयमै भारत भ्रमणमा जान लागेका राजेश हमाललाई आफू झनै जवान हुँदै गएको भान हुन थालेको छ । जवान हुनुको कारणबारे हमालले रमाइलो शैलीमा भने, ‘बल्ल त जवानी चढ्न थालेको छ ।’
onlinekhabar

Monday, May 13, 2013

नेपाली फिल्ममा साउथकी हिरोइन

काठमाडौ ३०,
                    दक्षिण भारतीय अभिनेत्री सोनाली जोशीको अभिनय रहेको नेपाली फिल्म 'माया दिउँ झैं भो' आउँदो शुक्रबार रिलिज हुने भएको छ। निर्मल केसीद्वारा निर्देशित फिल्ममा सोनालीले बिराज भट्टको जोडी भएर अभिनय गरेकी छन्। तामिल, मलयालम र तेलुगु भाषाका फिल्म खेलिसकेकी सोनालीको यो पहिलो फिल्म हो। फिल्ममा पूजना प्रधान, पुष्कर भट्ट, विनय आनन्द लगायतले पनि अभिनय गरेका छन्। प्रेम, एक्सन र पारिवारिक ड्रामाले भरिपूर्ण यस फिल्मलाई भोजपुरी र नेपाली दुई भाषामा निर्माण गरिएको हो। फिल्मको ८० प्रतिशत छायांकन भारतको मुम्बईमा भएको थियो। फिल्ममा भारतका कलाकार तथा प्राविधिकसँग नेपाली कलाकारले पनि अनुभव आदानप्रदान गर्न पाएका छन्।
                   सुरेश अधिकारीको संगीत सुन्न पाइने फिल्मका प्राविधिकमा छायाँकार अकरम खान, डान्स डाइरेक्टर कानु मुखर्जी, फाइट डाइरेक्टर मोजिस कौशल पनि हिन्दी फिल्मका व्यस्त प्राविधिकहरु हुन्।   करिब डेढ करोड भारतीय रुपैयाँको लागतमा निर्माण भएको फिल्म २५ वर्षदेखि मुम्बईमै बस्दै आएका नेपाली दीपक अधिकारी (गंगाप्रसाद)को लगानी रहेको छ।
- नागरिक  

Sunday, May 12, 2013

गायिका इन्दिरा जोशीले के अस्विकार गरिन


               गायिका इन्दिरा जोशी र आस्था रावतले निर्माणाधिन नेपाली चलचित्र 'राहदानी' को आइटम गीत गाउन अस्विकार गरेका छन् ।गायिका जोशीले आफू मेलोडी गायिका भएकोले अबदेखि आइटम गीत नगाउने बताउँदै पन्छिइन् भने गायिका आस्था रावतले भने आमाले सो गीत नगाउन भनेपछि उक्त गीत नगाउने बताइन् ।गयिका जोशीले आइटम गीतले आफ्नो स्टाटसलाई समेत माइनस गरेको बताएकी छन् । उनले केही समय अघि प्रदर्शनमा आएको चलचित्र 'लक' को 'आँखा झिमिक्क माल सामान गायब' बोलको गीत गाएकोमा समेत पछुतो मानेको बताइएको छ ।
                त्यस्तै आस्था राउतले 'राहदानी' को आइटम गीतको शब्द घरमा लगेर आमालाई देखाएकी थिइन् । उनकी आमाले शब्द हेरेपछि आस्थालाई उक्त आइटम गीत गाउन रोक लगाएकी हुन् । उक्त आइटम गीतको शब्द केही अंश यस्तो छ :
गुन्यू चोली छोडेँ मैले मिनिस्कर्ट लाएँ
लोक दोहोरी गाउँदीन म डिस्कोतिर धाएँ
दही मोही छोडेँ मैले खान थालेँ डिनर
बाउ आमाकी कान्छी छोरी भए सबकी डियर
लोक दोहोरी छाडेर ईङ्लीस् गीत गाएँ
कानको मुन्द्रा खोलेर यी नाइटोतिर लाएँ....

गायिका जोशी र रावतले गाउन अस्विकार गरेपछि अर्की गायिका दुर्गा खरेलले यस गीतमा स्वर दिएकी छन् ।
- एजेन्सी  

Saturday, May 11, 2013

प्रेमीलाई छोडेपछि सुष्माको हातमा पैसै पैसा

                        
                   उसो त नायिका सुष्मा कार्कीको ब्रेकअपको खबरले यो हप्ता बजार ततायो । एक व्याण्डका गीतारिष्ट नरेनसँग एक बर्षसम्म भैसेपाटीमा लिभिङ टुगेदरमा बसेकी सुष्मा अहिले आमासँगै छिन् । प्रेमिसँग कुरा नमिलेपछि छुट्टएिको बताउने सुष्मा पछिल्लो समय सिनेमा नगरीमा खासै चलेकी छैनन् ।छायांकनको समयमा प्रेमिले अवरोध पैदा गरेपछि निर्माताहरु सुष्मालाई सिनेमामा लिन आनाकानी पनि गरिरहेका थिए । तर नरेनसँग सम्बन्ध टुटेसँगै नायिका कार्कीले ‘विन्दास २’ मा संझौता गरेकी छिन् । राजु गिरीको निर्देशनमा मधुकुमार श्रेष्ठले निर्माण गर्न लागेको यो चलचित्र जेठ ५ गतेबाट छायांकनमा जाँदै छ ।
                    नायिका कार्कीलाई निर्माणपक्षले साढे २ लाखमा संझौता गरेको दाबी गरेको छ । ‘विन्दास’को सिक्वेल भएका कारण सुष्माले केही कम रकममा काम गर्न राजी भएको दाबी निर्देशक गिरीको छ । चलचित्रमा सुशान्त कार्की, अशोक फुयाँलको पनि अभिनय रहनेछ ।

Thursday, May 9, 2013

सेक्सपछि उसले वास्तै गर्दैनथ्यो’: कल्पना शाही (नायिका)

अहिले केमा व्यस्त ?'
चलचित्रमा ।'
मानौं, तपाईंले कसैसँग सेक्स गर्नुभएको छ र त्यसको भिडियो सार्वजनिक भयो । के गर्नुहुन्छ ?
सामना गर्छु । कोठामा मात्र बसिरहन्नँ । आत्महत्या त मरिगए पनि गर्दिनँ । बरु अन्य महिलालाई यस्तो काण्डमा पर्नबाट कसरी जोगाउने भनेर जनचेतनामूलक काम गर्थें । चलचित्र पनि त्यसैअनुसारका बनाउँथेँ ।
पाइलट हुन पाए नेपालको जहाज उडाउने कि अमेरिकाको ?
जसले पहिला अफर गर्छ उसैको । 
कसैले तपाईंलाई पाऊँ भनेर वर्षौंदेखि भगवान् पुकारिरहेको भए ?
भगवान् पुज्दैमा त्यसलाई आºनो कलकलाउँदो जोवन कहाँ दिन्छु र भगवान् पुकारेर मेरो जोवन उधार्न खोज्ने भनेर गाली पो गरिदिन्छु ।'
किशोरावस्थामा कस्ता गल्ती गर्नुभयो ?'
त्यति बेला म चोर स्वभावकी थिएँ । सधँै बाबाममीको खल्तीबाट पैसा निकाल्थँे ।
किशोरावस्थामा स्वप्नदोषको अनुभव छ कि छैन ?'
किन नहुनु । सपनामा एउटा हिरोसँग दुई–चार घन्टा चुम्बन चल्थ्यो । केहीबेरको लसपसपछि सेक्स पनि हुन्थ्यो । सेक्सपछि मलाई त्यो हिरो झन् ‘हिरो’ लाग्न थाल्थ्यो । तर, त्यसपछि ऊ मलाई वास्तै गर्दैनथ्यो भन्या ।
गर्मीमा सेक्स मीठो कि चिसो बरफ ?'
वास्तविकतामा मलाई अहिलेसम्म सेक्सको अनुभव छैन । त्यसैले बरफै मीठो ।
प्रेमको नाममा ब्वाइफ्रेन्डले कोठीमा लगेर बेचिदिए ?'
कोठीबाट फुत्केर आएपछि त्यसलाई तोरीको फूल देखाइदिन्थेँ । आफूले कोठीमा भोगेभन्दा बढी सजायँ त्यसलाई नदिलाई त्यसै छाड्थेँ र । कसैले सेक्सका लागि बाध्य पार्‍यो भने ?त्यस्तो पारिहाल्यो भने त्यही केटालाई दिनरात सेक्स गराएर वाक्कदिक्कै बनाइदिन्थेँ । अनि अन्तत: म पनि उसलाई आफूसँग बिहे गर्न बाध्य बनाउँथेँ । अनि थाहा पाउँथ्यो मान्छेलाई बाध्यतामा पार्दा के हुँदो रहेछ भनेर ।''

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light