From our Blog

Showing posts with label Artical. Show all posts
Showing posts with label Artical. Show all posts

Tuesday, September 2, 2014

यसरि बिक्छन रत्नपार्क मा महिलाहरु

एजेन्सी । काठमाण्डौ,कुरा सुन्दा अनौठो लाग्न सक्छ तर त्यही गएर देखेका र भोगेकालाई भने यो कुरा अनौठो नलाग्न पनि सक्छ । व्यापार गनै व्यापारी, डन, गुन्डाहरुको थलो भनेर मानिने रत्नर्पाक जति सुन्दा रमाइलो छ त्यति नै घिनलाग्दो ठाँउ पनि छ । धेरै थरी बस्तु, सस्तोमा, धेरै मानिसहरुको थलो मानेर चिनिने रत्नर्पाक अहिले देखि मात्र नभई निकै बर्ष देखि नै महिलाहरु लाई अस्लिलताको तक्मा भिराउन पछि परेको छैन ।


कुनै महिला आर्कषक पोशाक लगाएर हिडेका देखि होस या केही छोटा लुगा लगाइ डुल्न आएका युवा तन्नेरी देखि केही उमेर घच्केकाले उनिहरुलाई नराम्रो दृष्टिले हेर्न मात्र नभई अस्लिल शब्दहरु प्रयोग गर्ने गर्दछन । १७ वर्ष देखि रत्नर्पाकमा मकै पोल्दै गरेकी एक महिला सुनिता (नाम परिर्वतन) ले भन्छिन रत्नर्पाक कहाँ राम्रा मान्छे बस्ने ठाँउ होर यहाँ त यस्तै महिलाहरुलाई अश्लिल शब्ल प्रयोग गरी महिला यौनको पात्र मात्र हो सम्झने ठाँउ हो यो उनले रुदै भनिन मेरो श्रिमानलाई उहाँहरुको साथिहरुले यस्तै एउटी केटी लिएर गएछन यौनक्रिडा गर्नका लागि एउटा माथिको घरमा ति युवतिलाई यौन पात्र बनाइ मेरो श्रिमानलाई माघक पदार्थमा डुवाइ ति युवति सँग यौन सम्र्पक गर्न लगाएछन यस दिन देखि मेरो श्रिमानले सोही केटीलाई विवाह गरेर भारत तिर गएर बसेका छन रे भन्ने सुनेको छु लामो श्वास फेर्दै भनिन यो रत्नपार्कले कसैलाइ सज्जन छोडिदिएन आँखाका आसु पुछ्दै उनले मनिन । 

निकै प्राय जसो भिडभाड हुने रत्नपार्क त्यही रत्नपार्कमा त्यस्तो अमानविय क्रियाकलाप हुदा नेपालीको सुरक्षाका लागि खटेका प्रहरी, सशस्त्र के गर्छन त अनुगमन गर्न आउछन् कि आउदैन त एक चिया पसले श्याम सुन्दर (नाम परिर्वतन) ले हाम्रो प्रश्नमा उनले भने “के नेपाल प्रहरी भन्नु लाज लाग्छ प्राय उनिहरुलने नै त्यस्तो ठाउँ र परिस्थिति भेटाए जिस्काउने र कुरा गर्ने गर्छन अनि के अनुगमन गर्नु । धेरै घटना त यै आँखाले देखियो नेपाल प्रहरीको चर्तिकला के गर्नु भन्यो भने र्माला भन्ने पिर बरु सबै थोक देखे पनि नदेखे झै गर्नु वेश हुन्छ उनले भने । 

यसरी प्रहरीले नै यस्तो अमानविय क्रियाकलाप गर्छन भने यो चुनौति कसका लागि ठडिने त रु एक वि।एड अध्ययनरत विधार्थी विवेक (नाम परिर्वतन) भन्छन् “सबै महिलाहरु लाई त्यस्तो सोचेर अश्लिल शब्द बोल्न र बोलाउन राम्रो हैन तर केही युवतिहरु भने आफै आइ यति पैसा दिनु होला भन्दै आएका पनि भेटिन्छन् । मेरो साथिले प्राय हप्तामा एक दुईवटा युवतिसँग यौन सम्र्पक गरेको मलाई बताउदछ । यही रत्नपार्कबाट लगेर टुवाइलेट, वाथरुम आदी सार्वजनिक स्थलमै यौन सम्र्पक गरेको बताउछन्” पैसा दिएर लैजान्छन त पहिला फकाउदा १०००, १५०० दिन्छु भने एडभान्स रुपमा ५०० जति दिइ लैजाने पछि यौन सम्र्पक गरेपछि कुटि पिटि त्यही ५०० मै टार्ने गरेको धेरै बताउछन् अनि मेरो साथि पनि त्यसै गर्छ अरे उनले भने । यसरी दिन दाहडै यस्तो क्रियाकलाप हुदा न कसैको ध्यान गएको छ न अहिले सम्म जान सकेको नै छ । 

महिलाहरुको हक अधिकारका लागि आवाज उठाउने संघ संस्था के गर्छन त उही विदेशी भत्ता पचाएर शोषण गर्न भन्दा अरु केही आउदैन ? यसरी महिलाहरुपनि अमानविय कार्य गदछन् रे नी हो भनेर रत्नपार्कमा पानी बेच्दै दिन चहरिया चलाएकी उप्सना (नाम परिर्वतन) भन्छिन “ विचरा के गरुन त पढेलेखेको भनेर नहुने जागिर पाइदैन, काठमाडौ को महंगो भाडा तिर्नै प¥यो, खानै प¥यो अनि त्यस्तो काम नगरेर पनि त के गरुन । गाँउ घर जाउँ कमाउन गएकी थि फर्केर लुरुक्क आइछे भन्छन बरु मरुतुल्य भए पनि त्यस्तो काम गर्ने गरेका छन उनले भनिन । ” 

कस्ता महिलालाई बढि जिस्काउछन त अनि कस्ता महिलालाई त्यस्तो यौन को प्रस्ताब राख्छन् होला त ? हाम्रो प्रश्नमा प्राय रत्नपार्कमा डुल्न देखा परिरहने सृजन (नाम परिर्वतन) ले भने खै कस्तालाई के देखेर जिस्काउछन मलाई त थाहा छैन तर एक दिन बहिनी सँग रत्नपार्क डुल्न आउदा मेरी बहिनी लाई के मैया के एक जनाको मात्र अंगालोमा हाम्रो अंगालो मा आए पनि त हुन्छ” भन्दै जिस्काए झगडा के गर्नु बरु बहिनीलाई नै घर पठाइदिए दिदि, बहिनी सँग घुम्न आउदा दिदि, बहिनीलाई पनि त्यस्तै महिला सोच्ने अनि आफुलाई केही घुमाउने दलाल सम्झने के गर्नु रत्नपार्क ले महिलालाई उनिहरुको अस्मिता माथि कुठारा घात गरेको छ उनले निक्याउलो मुहारमा भने । ” 

यसरी महिला माथि शोषन दमन भइरहदा नेपाल सरकारबाट पनि उचित कदम चाल्नु पर्ने देखिन्छ । अनि महिलाहरुको हक, अधिकार, मुद्धा लाई लिएर र न्याय दिदै हिड्ने संघ संस्थालाई भने यसले चुनौती दिएको छ ।काठमाडौ बागबजार निवासी तर प्राय रत्नपार्कको प्रागण्डमा भेटिने शुभोद भट्राई “यो कुनै अनोठो कुरा नै होइन । यो त रत्नपार्क धुम्न आउने, जिस्काउन आउने, समय काट्न आउने व्यक्ति प्राय सबैलाई थाहा छ रत्नपार्क एउटा यौनधन्दाको आर्कषण घर हो । 

यहाँ जसले जे गरेनी हुन्छ । बषै देखी रत्नपार्कमा यस्ता क्रियाकलाप भइरहेको हुन न नेपाल प्रहरीको निगरानी छ न कोही सरोकारवाला निकाएको नै त्यसैले त भन्छन यो देश सतिले सरापेको भनेर ।

Saturday, August 23, 2014

१३०० बर्ष पुरानो बुद्धिस्ट मन्दिर "माउन्ट ओमिनि"



जापान को एक दुर्गम गाँउमा १३०० बर्ष पुरानो एउटा ठुलो बुद्धिस्ट मंदिर रहेको छ।जसलाइ माउन्ट ओमिनी MOUNT OMINE   नामले चिनिन्छ! मनमोहक दृश्य एबम पहाड़, हरियाली अनि झरनाको बीचमा अवस्थित यो पुरानो  मंदिरमा महिला हरुलाइ प्रबेष निषेध गरिएको छ!


मन्दिरको प्रवेश द्वार मा एउटा बोर्ड राखीएको छ जसमा लेखिएको छ कि याँहा महिला प्रवेश निशेध छ! मन्दिरमा महिलाहरुलाइ  प्रवेश गर्न  निशेध गरिएको भन्दै त्याँहाका महिलाहरुले  बिरोध नगरेका होइनन् तर धार्मिक कथन अनुसार महिला पस्न नपाउने भएकोले यो नियम अझ सम्म यथावत नै रहेको भन्ने भनाइ त्यस मन्दिर वर परका बासिन्दा हरु भन्छन!

यो मन्दिर जुन ठाँउमा अवस्थित छ त्यस ठाँउ जापानकै सबै भन्दा सुन्दर ठाँउमा गनिन्छ! हरियाली जंगल, पहाड़ अनि झरनाहरुले घेरिएको यो मन्दिर मा दर्शन गर्न जानेहरुको त्यो मनमोहक दृश्यले मन लोभ्याउने गर्छ जसको कारण यस मन्दिरमा सँसारका कुना कूना बाट दर्शनार्थी आउने जाने गर्छन!

भनिन्छ यो ठाँउ जापानको सबै भन्दा सुन्दर र पहाडि भुभाग मध्ये सबै भन्दा अग्लो पहाडि भुभाग पनि भन्ने गरिन्छ! हेरौँ जापानमा आवस्थित बुद्धिस्ट मन्दिर "माउन्ट ओमिनि" को तस्विर !





Tuesday, July 1, 2014

मोबाइलमा ब्लफ कल नम्बर कसरि ब्लक गर्ने

मोबाईल फोनमा धेरैलाइ ब्लफ कल तथा म्यासेज हरु आइरहेर हैरान भएको होला र यस्को समाधान कसरि गर्ने त भन्ने कुराको खोजि गरिरहनु भाएको होला!

आज म यस सम्वन्धी केहि सरल तरिका बताउन गैरहेको छु!
मोबाइलमा ब्लफ कल नम्बर कसरि ब्लक गर्ने त,यस्को लागी न कुनै एप्स डाउनलोड गर्नु पर्छ , न त पैसा नै तिर्नु पर्छ!

यो तरिकाले तँपाइ सजिलै ब्लफ कल गर्ने ब्यक्तीको फोन नम्बर ब्लक गर्न सक्नु हुनेछ तर यो सुबीधा एन्ड्रोयड मोबाइल मा मात्र लागु हुन्छ!
तँपाइ एन्ड्रोयड मोबाइल प्रयोग गरिरहनु भएको छ भने तँपाइको लागि खुसिको कुरा हो!

आउनुस अब हेरौ ब्लक गर्ने तरिकाः

० सबै भन्दा पहिला मोबाइल अन गर्नुहोस,
० कल लोग मा क्लिक गर्नुहोस,
० त्यस पछि कुन नम्बर ब्लक गर्ने छान्नुहोस,
० छान्नु भएको नम्बर मा क्लिक गर्नुहोस,
० अब तँपाइको मोबाइलमा  भएको मेनु बटम क्लिक गर्नुहोस,
० मेनु  बटम क्लिक गरिसके पछि फोटोमा देखाए जस्तै आप्सन आउछ,

० त्यस पछि फोटोमा देखिएको जस्तै "REJECTLIST" बटम मा क्लिक गर्नुहोस,

तँपाइको ब्लक सक्रीय भयो,अब ढुक्क हुनुहोस तँपाइले ब्लक गर्नुभएको नम्बर जब सम्म तँपाइ त्यो नम्बर लाइ रिमुभ रिजेक्ट गर्नु हुन्न तब सम्म त्यस नम्बर बाट तँपाइको मोबाइलमा कल या म्यासेज आउदैन!

यस बिषयमा तँपाइलाइ कस्तो लाग्यो कृपया आफ्नो बिचार व्यक्त गर्नुहोला !!

Friday, May 9, 2014

आलिशान घरको मजा दिने नयाँ गाडि


यो घर अमेरिकी कंपनी द्वारा एउटा ट्रक भित्र  बनाइएको कोठाको तस्विर हो!
यो ट्रक को मुल्य करिव 1,374,45डॉलर पर्न जान्छ। 
यात्राको साथसाथै   आलीशान घर जस्तो मजा दिलाऊने यो ट्रक अहिले सम्म बनाइएको गाडि भन्दा फरक कीसिमको छ!

यो गाडिमा घरमा हुनु पर्ने सबै सुविधाहरु राखिएको छ!
यस भित्र  8एलईडी टीवी को साथै   ड्राइवर  सीटको वर पर पनि
२ वटा फ्लैट स्क्रीन राखिएको छ।
यति मात्र हैन यसमा इतना ही  मोबाइल मेंशन्स सम्बन्धी इलेक्ट्रॉनिक सामानहरुको पनि व्यवस्था गरिएको छ!

यो गाडिले धेरै इन्धन खर्च गर्दैन! यो गाडिएक गैलेन गैस बाट 8 मील को यात्रा पार गर्न  सक्ने क्षमता भएको छ! 
यो गाडिको सबै भन्दा माथिको भागमा एउटा लजको पनि ब्यवस्था गरिएको छ जसमा आइस मशीन, फ्रिज, ग्रिल मशीन, टेबल को साथै लजमा हुनु पर्ने सम्पूर्ण सामग्रीको बयवस्था पनि गरिएको छ!
यो लजमा बसेर सान्दार पार्टी को मजा लिदै यात्रा गर्न सकिन्छ!






''
Download

Thursday, May 30, 2013

तिम्रो त्यो थर्काईले करामत बनायो

तिम्रो त्यो थर्काईले करामत बनायो 
अन्तिम पर्खाईले करामत बनायो

अरुको नजरमा कम्मर भाज्दै भाज्दै 
देखेको मर्काईले करामत बनायो 

धारिलो हतियारले मन रेटे पछि 
ढाडमा दुखाइले करामत बनायो 

साथ नभए पछि अधुरो जिन्दगीमा 
गहिरो सोचाइले करामत बनायो।।।।
"रोहित अनुरागी "

प्रेम जहरमा कहानी बेग्लै छ

प्रेम जहरमा कहानी बेग्लै छ 
मेरो यो शहरमा कहानी बेग्लैछ

अनायासै जिन्दगी झुमरिमा पर्दा 
मनको लहरमा कहानी बेग्लै छ 

कसैको मायाको खडेरी भएकोले 
सुक्खा नहरमा कहानी बेग्लै छ 

भित्र भित्र मुटु जलन भए पनि 
उनको नजरमा कहानी बेग्लै छ 

शब्द कुञ्जमा हराउन थालेपछि 
गजलको बहारमा कहानी बेग्लै छ।।।।

Wednesday, May 29, 2013

प्रचण्डलाई लाहुरे बनाई कतार पठाईदेऊ


प्रचण्डलाई लाहुरे बनाई कतार पठाईदेऊ
बाबुरामलाई दाऊरे बनाई दुबई खटाईदेऊ


झलनाथ र माधबलाई साउदीको काममा
ओली र बामदेबलाई ईराकी घाममा

सुशील र रामचन्द्र मलेसीया बजारमा
देऊबा दाईलाई अफगान रुपैया हजारमा

बल्ल अनी मुलुक बुझी राष्ट्र बोल्थे होलान
नेपाल रैछ स्बर्ग भनी आखा खोल्थे होलान ॥

Tuesday, May 28, 2013

मेरो अनुपस्थितिमा त्यी अन्ध्यारा र कहाली लाग्दा

Photo: हामी कहिले नछुटिने है प्रिय ................छुटिनु पर्दा मलाई सारै डर लगेर आउछ छुटी सकेपछि भेट नै नहुने होकी !!!!!                   खै ! किन खनाएथे मैले तिमीलाई मुटुभरीको माया, अधरभरीको प्यार अनी आत्मा देखिको विश्वाश । मनमा राखी पुजा गरेर मैले तिमीलाई पुजा भनि बोलाउन चाहे तर मेरो पुजा बेकार बन्यो । अक्षता, पाती, नैबेध अनी मेरो निष्ठामा तिमीले लात हानेर धुजा धुजा पार्यौ । सर्पलाई दुध पिलाए पनी विष नै ओकल्छ भन्थे, तिमीलाई पनि त्यस्तै भयो ।बधाई छ पुजा तिमीले नयाँ संसार अनी दाम्पत्य जीवन शुरु गरिछौ, तिमी छुट्टै धन,मन इज्जत र प्रतिष्ठाले जुरो बढाउदै छौ होला । म त दिन दिनै तिम्रै यादमा सेती झै भासीइरहे, शायद अब त भासिने ठाउ पनि छै, माथि निस्किने त कुरै भएन । सोचेको पनि थिएन जिन्दगीमा यति धेरै पटक असफल बन्छु भनेर त ।स्कूले दिनहरु सम्झ त पुजा, आखाँमा राखी नानी बनाएथे, बगैचाको फुल मानी पानी हालेथे । बिफल सारा बिफल । तिमीले मेरा नाममा पठाएका पत्रमा कोरेका शब्द अनी समर्थन गरेका सम्झना, शब्द अनी प्रेम रुपी बाणी सम्झ त ।
                   मेरो अनुपस्थितिमा त्यी अन्ध्यारा र कहाली लाग्दा ............. म बिनाको जीवन ...........ती त केबल कल्पना रहेछन पुजा । एस एल सी परिक्षाका दिनहरु सम्झ त पुजा, कति रमाइला थिए ती दिनहरु । बन्दको समयमा १८-२० किमी सडक पार गरि हामी कसरी गोरखनाथ बाबाको शरणमा पुगेका थियौ । एक कप चियामा दुई मुख लगाइ पिएको अनी चैतमासको घाममा दहीको चिसो संगै माया बाढेको । हो पुजा अब त यी सब पानामा पनि नकोरिने इतिहास बनिसक्यो । केबल मलाई तडपाइ रहने इतिहास ।एस.एल.सी परिक्षा पछि तिमीलाई भेट्ने जति प्रयास गर्देथे, तिमी त्यस्को विपक्षमा लाग्यौ । जे होस् तिम्रो मम्मीको न्यानो मायामा आफुलाई भाग्यमानी ठान्दै रमाइ रहे । मेरो ठुलो असफलताको पिडा देखेर माथिबाटै भगवानले तिम्रो मम्मीलाई मेरो सेवा गर्न आदेश दिए जस्तो लाग्यो मलाई । नत्र त आफ्नो छोरा जस्तै ठान्ने तिम्रो मम्मीले त्यस पछी किन बिर्सनु भयो त ?
Photo: Love u man ..........         जे होस् तिम्रो मायालाई मुटुमा राखेर उज्ज्वल भविस्यको कामना गर्दै म अध्ययनको लागि पोखरा लागे । तिम्रो फोनको प्रतिक्षामा कैयौँ दिनहरु बिताए । तिम्रो साथ जिवनभरी पाइराखु भनि मनकामनामाइ सँग प्राथना गरे । अह मनकामनामाइले मेरो प्राथना बुझिनन ।पोखराको ठाउँ बाच्नै पर्यो, बुढा बाबाआमालाई कति दु:ख दिनु । एउटा स-सानो जगिरमा झुन्डिए । बिहानको पढाइ, दिउसो जागिर व्यस्त बने पनि मनभरी तिम्रो मायाको भारी बोकेर दिनरात काट्दै गरे । तिमी गोर्खा क्याम्पस पढ्न थाल्यौ । हुलाक अनी फोनका सुबिधा नभएका होइनन तर तिमीले सम्झनै चाहिनौ । मैले तिम्रो अनी तिम्रो भाईको स्कूलको नाममा दुई वटा पत्र रजीस्ट्री गरि पठाए तर तिमीले कानमा तेल हालेर बसिरह्यौ । मलाई थाहै रहेनछ म त तिम्रो एकोहोरो मायामा डुबेर तिमीलाई माछापुछ्रेको शिरमा उभ्याइ सरङ्कोट्बाट हेर्न लागेछु, फेवा तालको पानीमा डुबुल्कि मार्दै तालबारही मन्दिरमा पुजा गरि रानिवनको शितलतामा रम्न लागेछु । तर मेरा यी सब सपना, लक्ष्य सिसिफसको कथा जस्तै बन्यो अनी नित्से झै भन्न मन लाग्यो | गड इज डेड, आफ्ना भक्तहरुको दुखमा साथ दिएर न्यानो माया दिन सक्दैन भने के भगवान ......?
               पिडा पिडामै पिल्सिएर दिन बित्दै गए । म तिम्रो मायाको ओत नपाएर पुसको ठन्डिमा झै कठाङ्रीन लागे, साउने झरिमा झै रुझ्न लागे, चैतको घाममा डडिए अनी भदौरे भेल सँगै बगे । खोलो किन माथि फर्किन्थ्यो र पुजा । म मनभरी मायाको पोको लिएर तिमीलाई अर्पण गर्ने प्रतिक्षामा रहे तर तिमी ..........गल्छेडो कुरेर बस्ने हो भने हात्तीको पिठ्युमा पनि ढाप मार्न पाईन्छ भन्थे तर उखान मात्रै रहेछ ।तिमीसंगै एक पटक भेट नहुदै तिमीले हाम्रो संसार अल्गाइसकेछौ । मैले तिम्रो फुलरुपी मायालाई हावा, पानी, मलजल गरेर हुर्काउन चाहे तर तिमीले मलाई केबल तुशारो, असिना अनी एसिड मात्र ठान्यौ । बधाई छ पुजा तिमीलाई, तिम्रो माया फुलाएर चारैतिर बास्ना छर्ने अनी मुनामदन बनेर अर्को ईतिहास रच्ने योजना मात्रै होईन तिमीले मलाई बिफल बनाउ । हो पुजा बल्ल थाहा पाए निदाएको भन्दा निदाएको बहाना गर्ने मान्छेलाई ब्युझाउन गाह्रो हुदो रैछ ।
              पूजा म तिम्रो लागि तिम्रो यात्रामा ठेस लाग्न पुगेको एउटा ढुङो रहेछु अनी उकाली चढ्दा आएको पसिना रहेछु । आज म तिम्रो मायामा पागल बनेर दिनको भोक न रातको निन्द्रामा छु । पोखराबाट गाउँ जादा हरेकपल तिम्रो मायाको आशामा रमाउदै मनभरी मायाको लालमोहन, रसबरी, पेडा अनी लड्डु तिम्रै लागि ल्याउथे तर अब तिम्रो बस्ती मेरो लागि मरभुमी बन्यो ।तिमी माइती गाउँ आउँदा फर्केर पनि माथि डाडातिर हेर्ने चेस्टा सम्म नगर्नु की न की त्यहा मेरो रोइरहेको आत्मालाई जिस्काए सरह हुनेछ । सदा सर्बदा तिम्रो स्वागतमा रम्ने मेरो घरमुनीको हरियो र फुलैफुलको रुख अहिले सुकेर ढलिसकेको छ अनी तिम्रो आगमनको प्रतिक्षामा रम्ने मेरो कटेरी खरानी भैसेकेको छ ।
               पुजा, काठमाण्डुको बसाइ साथमा नयाँ संसार चैन छ होला हगि ? ठिक छ मौसमी तिम्रो व्यवहारमा अब एकरुपता आओस । मेरो जीवन दुई दिनको होला तर तिमी हजार बर्ष बाच्नु । माया, ममता, सम्मान र पुरस्कारको सम्मानले पुरिनु । मलाई एउटा लाम्खुट्टे बर्षामा बाँच्नको लागि रगत चुस्न आउने परजिवी भनेर चित्त बुझाउनु जुन माया नपाएर भोकै फर्कियो ।मैले तिम्रो जिवनमा जति पिडा दिन आए, कलेजी ददार्न आए हृदय देखि क्षमा चाहन्छु ल र, अब तिमीलाई पिडा त के तिम्रो पाइला पर्ने ठाउमा समेत रहने छैन केवल तिम्रो भलाइका लागि, तिम्रै सफलताका लागि । म कुरुप्, गरिब, अक्षिशित अनी बेसाहारा तिमीसँग सातै जूनी भेट हुने छैन तिम्रो भरिभराउ र उज्ज्वल जिवनका लागि ।
              म जुन बनेर तिमीलाई शितलता छर्न चाहन्थे, फुल बनेर बास्ना छर्न चाहन्थे, अनी तिम्रो मायामा पौडदै माछा झै बाँच्न चाहन्थे । तिमीसंगै ग्रेट्वाल चड्न चाहन्थे । सगरमाथाको शिरमा हाम्रो प्रेम पत्र बिछ्याउदै बिछोडमा तड्पनेहरुलाई मिलनको पाठ पढाउन चाहन्थे, तर मेरा यी लक्ष्यहरु बारमुडा ट्रयाङ्लमा खसे, म्रित सागरमा फसे अनी काचको गिलास सरी फुटे । म जतिसुकै कात्तर र कुरुप भए पनि हाम्रो मायाको हिरो बन्न चाहन्थे, तर आज तिम्रो तिरस्कारमा बिक्षिप्त बनेर जीवन र मृत्‍युको दोसाधमा छट्पट्टाइ रहेछु केबल मृत्‍युको पर्खाइमा...........

Saturday, May 25, 2013

उसले प्रसंग एक्कासि मोडी र सोधी, 'कलेजमा कत्तिको लाइन मारिन्छ?

...तिमीले नसम्झिँदा माया, बेग्लै हुँदो रैछ.....
एक वर्ष अगाडिको कुरा !!
मोबाइलको रिङटोन बज्यो। मल्लिका कार्कीको स्वरको यो गीतबर्दिबासको सुनगाभा एफएममा सुनेको थिएँ। सुरुमै सुन्दा मन पर्‍यो। ल जा, म पनि के कम, त्यहाँको टेक्निसियन साथीलाई पेनड्राइभमा कपी गर्न लागाएँ। एडब अडिसनमा अगाडिको म्युजिक काटिदिएँ अनि बनाइदिएँ सिङटोन। ब्लुटुथबाट मोबाइलमा सारेँ अनि सेट गरेँ रिङटोनको रूपमा। मोबाइल नर्मल प्रोफाइलमा भएको बेला जसको फोन वा मिस कल जे आए पनि यही बज्ने।
                    यसो मोबाइलमै समय हेरेँ। रातको १ बजेको रहेछ। कलेज जान अलार्म बजेको हो कि भन्ने ठानेको, होइन रैछ। मिस्ड कल भनेर एउटा अज्ञात नम्बर देखेँ। ९८०३६... यस्तै नम्बर थियो। मेरो एनटिसीमा, पहिलेको मेरो मोबाइल अहिलेको एनसेलको अज्ञात नम्बर... कसको हो भन्ने याद भएन, निद्राले थिचेको थियो, पल्टिदिएँ। सिरानीमै रहेको मोबाइलमा एउटा म्यासेज आयो। भन्ठानेँ, एनटिसीले मोबाइल वन वे भएको जानकारी दिन पठाएको म्यासेज होला। यो पोस्टपेड मोबाइल पनि झन्झटै हो, कतिबेला वन वे हुन्छ थाहा हुँदैन। यस्ता म्यासेज मलाई मोबाइलमै सेभ गरेर राख्न मन लाग्दैन। डिलिट गर्छु भनेर हेरेको त, त्यही मिस्ड कलवाला नम्बरबाट आएको म्यासेज रैछ- आई एम वेटिङ यु इन फेसबुक।कहाँबाट कसले कुन नियतले पठाएको थियो, लेखिएको थिएन। मस्त निद्राले च्यापेका बेला अनलाइन? मैले नि रिप्लाई गरेँ, 'आई एम स्लिपिङ। हु आर यु? आई कुडनट रिकग्नाइज यु। प्लिज गिभ मि टु स्लिप। गुड नाइट।'
                     सेन्ड हुनुअघि नै डेलिभरी रिपोर्ट आयो, यो एनटिसी पनि गजबको छ। एक मिनेट पनि नहुँदै अर्को म्यासेज आयो, रोमन नेपालीमा, 'सुतेको मान्छेले कसरी रिप्लाई गर्छ? म तिमीलाई फेसबुकमा वेट गरिरहेको छु। कम फास्ट न प्लिज!'ममाथि ठूलै चुनौती थियो। फेरि उठेँ, पानी पिएँ, अलि-अलि भोक लाग्न थालेको रैछ। साथीहरूले पेट लाग्यो भन्या भएर साँझमा भात खान छोडेको त बिहान उठ्दा पेटभर मुसा दौडिने। सुत्ने खाटको साइडको सानो टेबलमा रारा चाउचाउ रैछ, खोलेँ अनि खान थालेँ। म्यासेज रिप्लाई गरिनँ। एनसेलमा रिप्लाई गर्दा झन्डै ३ रुपैयाँ काट्छ। बडो पैसा बचाउनेजस्तो गरेँ।
                        यतिन्जेल निद्रा भागिसकेको थियो। ल्यापटप तानेँ अनि खोलेँ। मेरो एक्लो जीवनमा साथी भनेकै यही ल्यापटप त हो। साह्रै धेरै समयको सपना साँचेर किनेको ल्यापटप। अहिलेसम्म जीवनमा आफ्नै कमाइबाट किनेको सबैभन्दा महँगो बस्तु। निकै माया लाग्छ अनि कहिलेकाहीँ 'ल्यापी' भन्छु। अफिसमा साथीहरूले जिस्काउँछन्, 'के हो मुकु, ब्यागभित्र गर्लफ्रेन्ड हो?' गर्लफ्रेन्डले यति साथ दिन्थिन् या दिन्नथिन्, थाहा भएन तर यसले हरपल हरक्षण केही गुनासो नगरी साथ दिइरहेको छ। अँ साँच्ची, ल्यापटप खुल्यो, इन्टरनेटको तार जोडेँ। एकछिनमा याहु, जिटक, स्काइप सबैमा साइन इन भएँ। सर्सर्ती हेरेँ, विदेशी साथीहरू मात्र अनलाइन रैछन्। अनि साइन आउट गरेँ। गुगल क्रोममा फेसबुक टाइप गरेँ अनि कन्ट्रोल इन्टर हानेँ। डब्लुडब्लुडब्लु र डटकम टाइप गर्न छाडेको निकै भयो। साइटको नाम टाइप गर्‍यो अनि कन्ट्रोल इन्टर। एकछिनमै फेसबुक खुल्यो। अनलाइनमा केही फेसबुक फ्रेन्ड थिए, तर कोही पनि निकै परिचित लागेन। साथीहरूको स्टाटसमा जेपिटी कमेन्ट लेख्दै थिएँ। च्याट बक्समा रोमनमा 'मलाई थाहा थियो, तिमी अनलाइन आउँछौ भनेर' भन्ने म्यासेज आयो। स्टाइलिस फन्टमा प्रतिक्षा लेखिएको मान्छेले मलाई म्यासेज पठाएको रहेछ। खासै चिनेजस्तो लागेन। मैले रिप्लाई गरिनँ अझ भनौं यति छिटो रिप्लाई गर्न चाहिनँ। फेरि अर्को म्यासेज आयो, 'स्विट ब्वाय, विद होम आर यु बिजी?'
                     स्विट ब्वाय, यो शब्दले कता कता तरंग ल्यायो। फेरि अर्को वाक्य थपियो च्याट बक्समा, 'सो सरी फर डिस्टर्बिङ यु एट मिडनाइट। आई कुडनट स्लिप विदाउट टकिङ विद यु... हिहि।'मलाई पारो छुट्यो। कुनचैं केटाले मलाई मुर्गा बनाउन नक्कली आइडीबाट यस्तो गरायो भन्ने सोचेँ। तैपनि टाइप गरेँ, 'म्याडम, हु आर यु, आई डन्ट गेट यु। एन्ड हाउ डिड यु गेट माई नम्बर?'एकैपटकमा यी सबै टाइप गरी इन्टर थिचेँ। मलाई सबैभन्दा ठूलो जिज्ञासा मैले नचिनेको व्यक्तिले मेरो मोबाइल नम्बर कसरी पायो भन्ने थियो। अफिसको भिजिटिङ कार्डमा पनि मोबाइल नम्बर छैन। मैले सार्वजनिक स्थानमा पनि मोबाइल नम्बर लेख्ने गरेको छैन। बरु इमेल एड्रेस छ्यापछ्याप्ती लेख्छु। सजिलो छ, रिस उठ्यो वा चित्त बुझेन भने स्पाममा लगेर ठेल्दियो। अनि टन्टा साफ।
                            'म्याडम? आई एम नट म्याडम, एम मिस, सर। अन्डरस्टुड? लोल.... बाई द वे, यु विल नो मी सुन, बट आई नो यु भेरी वेल।' सायद मैले सँगै स्कुल पढेको कोही हुनुपर्छ भन्ने सोचेँ किनभने उनीहरूको नियमित सम्पर्कमा नआएको धेरै भएको थियो। सम्भवतः मेरोबारे धेरै थाहा तिनै साथीहरूलाई हुन सक्छ। अनि अलिक सफ्ट भएर कुरा गरेँ। कुरा गर्दै गएँ, उसले मेरो तीनपुस्ते विवरण लेखी। मेरो घर, क्याम्पस, अफिस, इन्ट्रेस्ट, आदि। म छक्क परेँ। उसको प्रोफाइल पिक्चर हेरूँ भनेको पनि एउटा गुलाबको फूलको तस्बिर मात्र छ। अरू तस्बिर थिएनन्। एक मनले यो पात्रलाई फेसबुकको फ्रेन्ड्स लिस्टबाट हटाउन भन्यो तर अर्को मनले मेरो बारे सबै थाहा भएकालाई किन हटाउनु भन्यो।
                       च्याट गर्दागर्दै ४ बजेछ। यो पहिलो च्याटमा उसले नै धेरै लेखी, मैले निकै कम लेखेँ। बीचबीचमा निद्रा लागेन भनेर सोध्थेँ ता कि ऊ सुतोस् अनि म पनि सुत्न पाउँ। बिहान ६ बजे क्लास जानुपर्ने सम्झेँ।करिब सवा १ देखि ४ बजेसम्म झन्डै ३ घन्टाबीच मैले प्रतिक्षाका धेरै कुरा सुनेँ। मैले उनलाई मेरो मोबाइल नम्बर कहाँबाट थाहा पाएको भनेर सोधेँ तर उनले 'चाह्यो भने जे पनि पत्ता लगाउन सकिन्छ, मोबाइल नम्बर त के हो र!' भनिन् अनि कुरा मोडिन्। उनका उट्पट्याङ गफ मलाई रमाइलो त लागिरहेको थियो। तैपनि दिक्क मानेको बहाना गर्दै मैले टाइप गरेँ, 'नाव आई वान्ट टु स्लिप, गुड नाइट, बाई!'
                      अनि उनको रिप्लाई नकुरी फेसबुक च्याटबाट अफलाइन भएँ। निद्रा लाग्यो भनेर अफलाइन भए पनि मलाई खासै निद्रा लागेको थिएन। हाइहाइ गरिरहेकै थिएँ। मेरो मनमा यो प्रतिक्षा भन्ने केटी को होली भन्ने लागिरह्यो। फ्रेन्ड्स लिस्टमा प्रतिक्षालाई खोजेँ अनि प्रोफाइलमा गएँ। अचम्म, उनको फ्रेन्ड्स लिस्टमा म मात्र रहेछु अर्थात उनको फेसबुक फ्रेन्ड म मात्र रहेछु। फेसबुक वालमा मात्र एउटा स्टाटस थियो, 'वेटिङ फर यु।' अरू केही थिएन। झनै अचम्म परेँ। फेसबुक इनबक्समा एउटा म्यासेज आयो। म्यासेज उनकै थियो, 'मध्यरातमा अनलाइन आएकोमा कृतज्ञता र डिस्टर्ब गरेकोमा सरी। आउँदो बेलुकी ९ बजेतिर अनलाइन आउन अनुरोध।' रिप्लाई गर्न जाँगर चलेन। कसले मलाई यसरी चाटिरहेको छ, मेरो शंका झन् बढ्यो।
                          बेलुकी ८ बजे नै इन्टरनेटमा जोडिएँ। स्काइप, जिटक, याहु, एमएसएन, फेसबुक सबैमा एकैपटक लगइन गरेँ। गत महिना पोखरा जाँदा खिचेको कलर पिक्चरलाई फोटोसपमा ब्ल्याक एन्ड ह्वाइट गराएँ अनि फेसबुकमा नयाँ प्रोफाइल पिक्चरको रूपमा अपलोड गरेँ। क्याप्सन लेखेँ- ब्ल्याक एन्ड ह्वाइट लाइफको ब्ल्याक एन्ड ह्वाइट पिक्चर। तुरुन्त इनबक्समा उही पात्रको म्यासेज आयो, 'कसरी बिडब्लु लाइफ?'मैले स्पष्टीकरण दिनु जरुरी ठानिनँ, त्यसैले रिप्लाई पनि गरिनँ। यतिन्जेल म फेसबुक च्याटमा अफलाइन थिएँ, अनलाइन भइदिएँ। अनलाइन हुनासाथ उही पात्रको म्यासेज। यो फेसबुकमा इन्भिजिबल अप्सन पनि हुनु नि! कम्तिमा आफूलाई च्याट गर्न मन नलागेकासँग त लुक्न सकिन्छ।केही शंका, धेरै खुल्दुली, त्यो साँझ पनि निकैबेर अनलाइनमा गफिएछु। भोक लाग्न थालेपछि पो थाहा भयो। अफिसबाट फर्केपछि मेरा परममित्रहरू वनकाइँलो र नारायणसँग भृकुटीमण्डपमा खाएको एक गिलास चिया र एउटा स्लाइस केकले यतिन्जेल थेगिरहेको थियो। भात के पकाउन थाल्नु, रोटी पकाउनु त झन् अल्छी लाग्ने। फेरि उही रारा चाउचाउ। ल्यापटपमा समय हेरेँ, ११ बजिसकेछ। 'म सुत्छु। मलाई निद्रा लाग्यो। तपाईंले मलाई हिजो पनि सुत्न दिनुभएन। गुड नाइट। बाई!' यति लेखेर म्यासेज गरेँ अनि प्रत्युत्तर नकुरी अफलाइन भएँ।
पहिलो चोटि 
              अब त साँझ परेपछि अनलाइनमा प्रतिक्षाकै प्रतिक्षा। एउटा अनलाइन नसा। यस्तै क्रम केही दिन चलिरह्यो। च्याटका टपिकः लाइफ, स्टडी, लभ, अनलाइन, प्रोफाइल पिक्चर अनि कहिलेकाहीँ पोल्टिक्स र ट्राभल। बिस्तारै-बिस्तारै थाहै नपाई धेरै कुरा सेयर भएछन् र उनीसँग निकै खुल्न थालेछु। तर यतिन्जेल पनि मैले उनलाई चिन्न भने सकेको थिइनँ। उनका बारे जति सोधे पनि उनले 'म तिमीलाई छिटो भेट्न चाहन्छु, त्यो बेला तिमीले मलाई देख्नासाथ चिन्नेछौ' भन्थिन्। अब म उनलाई भेट्न व्यग्र थिएँ। उनले नै भेटको प्रस्ताव राखुन् भन्ने चाहन्थेँ। केही दिन कुरेँ। एक दिन आफैं सोधेँ। तिमी भन्न अप्ठेरो लाग्यो। 'ह्वेन विल यु मिट मी?' तिमी या तपाईं, के भनेर सम्बोधन गरूँ भन्ने लागिरहेका बेला अंग्रेजीमा लेखिदिएँ। उताबाट रिप्लाई आयो 'एज यु विस, स्विट ब्वाय।' मैले आउँदो शनिबारका लागि प्रस्ताव गरेँ भने स्थान र समय छान्ने जिम्मा उनलाई दिएँ। तुरुन्त उनले टाइप गरिन्, 'बानेश्वर बेकरी क्याफे एट फाइभ। आई विल वि इन ग्रिन टिसर्ट एन्ड ब्ल्याक जिन्स।'
                          आज मंगलबार, शनिबार आउन अरू ४ रात छ। एक मनले त ढिलो लाग्यो, अर्को मनले शनिबारको दिन नुवाइधुवाइ सकाएर एकछिन साथीहरूसँग गफ लडाएर जान पाइन्छ भन्ने सोचेँ। अनि मैले 'डन' लेखेँ र उताबाट पनि उही प्रतिउत्तर आयो। गफ गर्दागर्दै ११ बजिसकेको थियो। प्रतिक्षासँग अनलाइन गफ गर्न लागेपछि मेरो साँझको खाने बानीमा परिवर्तन आएको थियो। खानाभन्दा महत्वपूर्ण उनीसँगको गफ लाग्न थालेको थियो। भोकलाई जिते पनि निद्रालाई जित्न सकेको थिइनँ। 'म सुतुँ?' मैले अनायास कुनै भूमिकाबिना सुत्ने अनुमति मागेँ। पहिले-पहिले त गफ गर्दागर्दै सिधै अफलाइन भइदिन्थेँ तर अचेल चाहेर पनि त्यति निस्ठुरी हुन सक्दिनँ। 'निद्रा लाग्यो?' उताबाट रिप्लाई आयो। मैले नि लेखेँ, 'अहँ लागेन, हजुरसँग च्याट गर्दा त निद्रा नि भाग्दो रैछ,' मैले नि सटायर हानेँ। 'मी टु,' उनले कुरा सिधै बुझेजसरी भनिन्। अनि मैले लेखेँ, 'आई एम फिलिङ भेरी स्लिपी। भोलि ६ बजे कलेज जानु छ। सो, म सुतेँ है! गुड नाइट।'
                              म उसको गुड नाइटको अक्षर सन्देशको प्रतिक्षामा थिएँ, उसले प्रसंग एक्कासि मोडी र सोधी, 'कलेजमा कत्तिको लाइन मारिन्छ?' मैले नि सहज उत्तर दिएँ, 'साउनको महिना हरियाली छ। लाइन त मार्दिनँ भन्दा नि मारिहालिन्छ।' उनले हरियालीको अर्थ बुझिनछन् क्यारे, प्रस्ट पार्न भनिन्। 'साउनको महिनामा हातभरि हरियो चुरा देखिन्छ जहीँतहीँ, त्यसैले हरियाली,' रिप्लाई गरेँ अनि 'आई वान्ट टु स्लिप, बाई' लेखेँ। उनको रिप्लाई नकुरी अफलाइन भएँ र ल्यापटप बन्द गरेँ।शनिबारको प्रतिक्षा थियो। बीचका बाँकी दिनमा खासै लामा अनलाइन वार्तालाप भएनन्। म धेरै रातिसम्म अनलाइन बस्न छाडेँ किनभने मलाई अलिअलि ज्वरो आउन थालेको थियो। भोलिपल्ट अर्थात बुधबार, अगस्ट ११ को साँझ फेसबुकमा स्टाटस अपडेट गरेँ, 'फाइनली, ज्वरो आएछ।' उनले तुरुन्त इनबक्समा म्यासेज पठाइन्, 'के भयो, स्विट ब्वाय? किन ज्वरो? कि मसँग गफ गर्दागर्दा हो? मलाई त डर पो लाग्न थाल्यो, मसँग कुरा मात्र गर्दा त ज्वरो आयो, भेटेपछि त झन्...' डटडटमै कुरा टुंग्याइन्। टेक केयर या यस्तैको आशा थियो तर उनले त्यसो लेखिनन्। रिप्लाई गर्नु पनि जरुरी ठानिनँ।
                               त्यसपछि म अनलाइन बसिनँ किनभने मैले रेस्ट गर्नु थियो। त्यसैले, बेलुकी ९ बजे नै सुतिसक्थेँ। बुधबारबाट आउन थालेको ज्वरो वर्षायामको पानीजस्तै कहिले कम, कहिले बढी गर्दै गयो। शनिबारसम्म म ज्वरोले निकै गलिसकेको थिएँ। ब्लड, युरिन टेस्ट गराउँदा केही देखिएको थिएन। डाक्टरले प्यारासिटामोल मात्र प्रेस्क्राइब गरेको थियो। यसले ज्वरो निकै बिस्तारै घट्दै थियो, २ दिनमा १ डिग्री मात्र। त्यसैले आइतबार प्रतिक्षासँग भेट्न जान सक्ने शारीरिक हैसियत मसँग थिएन। शनिबार बेलुकी एकैछिन फेसबुक खोल्न ल्यापटप अन गरेँ। प्रतिक्षाको म्यासेज व्यग्रतासाथ प्रतिक्षा गरिरहेको थिएँ। अचम्म, मेरो इनबक्समा उनको एउटा पनि म्यासेज देखिनँ। त्यसपछि, म आफैं नेपांग्रेजीमा उनलाई म्यासेज टाइप गर्न लागेँ 'प्रतिक्षा, आज मैले बडो प्रतिक्षाका साथ फेसबुक खोलेको थिएँ, तर म्यासेज देखिनँ। अचम्म लाग्यो। हाउ आर यु? इज एभि्रथिङ ओके? ह्वेन यु गेट दिस म्यासेज, प्लिज राइट ब्याक टु मी। अनि म भोलि बानेश्वर आउन सक्दिनँ कज माई फिवर इज स्टिल हन्ड्रेड थ्री। टेक केयर।'
                           त्यो साँझ मैले कम्प्युटरमा फेसबुक खोलिनँ। मोबाइलमा भने बेलाबेला चेक गरिरहन्थेँ, कतै उनको म्यासेज आउँछ कि भनेर। आइतबार दिउँसोसम्म म्यासेज कुर्दाकुर्दा मेरो धैर्यको बाँध टुट्यो र मोबाइलको म्यासेज इनबक्समा गएर उनले पठाएको म्यासेज खोजेँ अनि पहिले म्यासेज लेखेँ, 'हेल्लो, हाउ आर यु? इज एभि्रथिङ ओके? टुडे आई वन्ट कम बानेश्वर कज माई फिवर इज स्टिल हन्ड्रेड थ्री। सरी। टेक केयर। बाई!' म्यासेज सेन्ड गरेँ, डेलिभरी रिपोर्ट आएन। एकछिन कुरेँ, अब अति भएपछि त्यो नम्बरमा फोन डायल गरेँ। 'सरी, द इनकमिङ कल्स आर ब्लक्ड फर दिस नम्बर।'
                       न फेसबुक म्यासेजको रिप्लाइ, न एसएमएसको, न फोनकल। मलाई झन् बिरामी महसुस भयो। राति सुत्ने बेला सिरानीनेरको थर्मोमिटर तानेर ज्वरो नापेँ, पुगेछ- १०४। १०४ को ज्वरो घटेर ९८.६ मा झरिसक्यो तर मैले पठाएको एसएमएसको डेलिभरी रिपोर्ट अझै आएन, न त मैले फेसबुकमा पठाएको त्यो अन्तिम म्यासेजको रिप्लाई आयो। अझै फेसबुकमा अनलाइन भएको बेला हेरिरहन्छु कतै ती पात्र अनलाइन देखिन्छिन् कि!!!
- सुरेन्द्र थपलिया

Friday, May 24, 2013

पराइको घुम्टो तिमि, नओडनु है काली !

पराइको घुम्टो तिमि, नओडनु है काली !
भुलेरनी अन्तै नाता , नजोडनु है काली !!

उतार चडाब जिन्दगीको, रित नै हो बुझ !
दुख पर्दा मेरो साथ , नछोडनु है काली !!

भन्ने ले त आकाशको नि,तारा झार्छु भन्छन !
लोभिएर त्यो मन कतै , नमोड़नु है काली !!

सुख दिन नसकेनी , दुख दिने छुइन !
सुख खोजि अन्तै बाली, नगोड़नु है काली !!

युगल जोडी,देख्दा मनमा ,हलचल बड्न सक्छ !
बेहोसी भै सीमारेखा , नतोडनु है काली !!

जिन्दगी यो तिम्रै हातमा,सुम्पिसके मैले !
छल गरेर मेरो भाग्य , नफोड़नु है काली !!
- कृष्ण हरि खड्का

Saturday, May 18, 2013

जाँड पुराण

जाँड पुराण
दुईजना जँड्या बारमा कुरा गर्दै:
पहिलो जँड्या: तँलाई थाहा छ आजकल त झूठ बोलेको थाहा पाउने मेशीन पनि बनीसकेछ नी
दोस्रो जँड्या: कहाँ बन्नु मात्रै, मेरो घरमै छे एउटी !

* ********

एकजना जँड्या डक्टर संग आफ्नो समस्या राख्दै
जँड्या: हेर्नुस न मेरो हात कामेर केही कुरा पनि राम्ररी समाउनै सक्दीन ।
डक्टर: रक्सी बढी खानुहुन्छ कि कसो !
जँड्या: कहाँ बढी खानु!, आधा भन्दा धेरै त पोखीएरै सकिन्छ ।

शेरे साइकलमा कतै जादै रहेछ ।

शेरे साइकलमा कतै जादै रहेछ ।
बाटोमा भैसिको गोबरको थाप्रो रहेछ । शेरेले
गोबरको बिचबाट साइकल चलाएछ ।
त्यहाँ केहि केटी रहेछ्न्, उनिहरुले शेरेलाई
गिजाएर ताली बजाउदै भनेछ्न्: happy
birthday to u । केक त बिच बाटै काट्नु  भो नि ।
शेरेले त्यसको दरो जवाफ दिएछ : wish गरेर
मात्र काम चल्दैन । केक खाएरै जानु पर्छ है ।

आज त उनलाई अर्कैसँग पाइयो !

राति सपनीमा फेसबुक बर्बराउन मन लाग्छ
लड्कीका पिक्चरहरूमा ओह नाइस पिक भन्न मन लाग्छ
कति फेसबुक कुमारी आए गए औंला भाँच्न मन लाग्छ
आजभोलि त फेसबुकसँगै म्यारिज गरौं झैं लाग्छ
फेसबुकले मात्र पुगेन अब स्काइपी पनि चाहियो
हिजोसँगै बसी पिज्जा अनि बर्गर पनि खाइयो
कस्तो विचित्रको संसारमा जीवन जिउँदै छु ?
आज त उनलाई अर्कैसँग पाइयो !

Tuesday, May 14, 2013

कन्डक्टर: ओ भाइ, खोइ भाडा देऊ त ।

एउटा 10 बर्षको फुच्चे हाफपाइन्ट लगाएर
एउटा बसमा यात्रा गरिरहेको रहेछ । तब
कन्डक्टर नजिकै आएर भन्यो:-
कन्डक्टर: ओ भाइ, खोइ भाडा देऊ त ।
फुच्चे :- भाडा कति होर दाइ ?
कन्डक्टर: "फूल पाइन्ट फूल भाडा, हाफ पाइन्ट  हाफ भाडा ।"
फुच्चे:- हतारिएर हाफ पाइन्ट फुकाल्दै उसो भए  "नो पाइन्ट नो भाडा" हैन त

Thursday, May 9, 2013

तिमि संग भएन प्यारको कुरा

 
किन     गरियो       यहाँ   यारको    कुरा
 तिमि    संग     भएन     प्यारको   कुरा

स्वार्थी    देख्दा    तिमीलाई   आज भोली
पत्याउन   छोडे   मैले   अखबारको  कुरा

अनियन्त्रित     यात्रामा      पिडा    बोक्दै
देखियो      अनौठो       संसारको      कुरा

फूललाई     काँडा    भनि    सोच्दा    खेरी
मनमा   आएन    कहिले    बहारको  कुरा

 गन्तब्यमा   पुग्नु    पर्छ    भनि     यहाँ
बुझ्यो   यो    रोहितले     सहरको     कुरा ।।।। 
रोहित शाही 'अनुरागी '

Tuesday, May 7, 2013

जहाँ सुर्योदय हुन्छ शायद त्यहा सुर्यास्त अवश्य हुन्छ

जहाँ सुर्योदय हुन्छ शायद त्यहा सुर्यास्त अवश्य हुन्छ सदा सर्वदा पुर्णिमा कहाँ हुन्छ ? अौसीमा चन्द्रमा त आध्यरो सिरकले मुख छोपी रुन वाध्य हुन्छ यहाँ सुखको पछाडि रोदन र रोदनको पछाडि खुशी अवश्य हुन्छ शायद संसारको रित यस्तै नै हो जन्मपछी मृत्यु अकट्य छ जीवन भएको स्थनमा मृत्‍यु पक्कै हुन्छअन्तर्मनमा अन्कुरिएका ति असंख्या चाहनाहरु जो जिउनुको अर्था खोज्दै भौतारिरहेका हुन्छन 
              देखेका सपनाहरु अक्सर विपनामा आएर भत्कने गर्दछ बितेका ति क्षेणहरुलाई एउटा सग्या दिएर बिहानिको उदयसँग जिन्दगीलाई दोर्याउनु बुद्धिमानी हो हो केही मन रोइदेला हृदयले नमान्ला त्यही पनि परिस्थिती त्यस्तै पर्न आयो भने कसैलाई बलिदन पनि गर्नुपर्छ मनलाई यती बलियो बनाउनु कि बिस्वासघात् वा निस्ठुरिको सम्झनाले मन कहिले नरोओस र परेलिबाट मोती नझरोस हामी पनि मान्छे हौ हामी अरुको स्वार्थको लागि विश पिउने पशुपति त अवश्य बन्न सक्दैनौ कसैले हाम्रो मुटु टुक्रा टुक्रा पारीदियो भन्दैमा के हामी स्वयमले आफ्नो मुटुमाथि छुरी घोचेर छिया छिया पार्नु उचित छ कसैले तिम्रो मुटुमाथि चोट पुर्याउछ भने आफुले झन चोट थप्नु उचित हुन्छ ? 
जो महान छ आफु जल्छ रुन्छ पग्लन्छ प्रकाश छरिदिन्छ शायद महान र बलिदानको परिभाशा भनेको यही नै होला सबैलाई उज्यालो आ-आफ्नो मतलब र स्वार्थ रहनछ यो मतलबी संसारमा यहाँ मैनबत्तिको आशुको प्रभाव कसलाई ? सबैलाई उज्यालो भए पुग्ने तर मैनबत्तिको पिडा सम्झने को ? यो संसारमा पिर,पिडा,चित्ता र दु:खबाट कोही स्वतन्त्रा छ?

Monday, May 6, 2013

संचारकर्मिहरुको पनि म छुट्टै संसार बनाइदिन्छु !!

काफियानै नमिलाय पनि अब गजलकार बनाइदिन्छु !
संचारकर्मिहरुको   पनि   म    छुट्टै संसार बनाइदिन्छु !!

आज              सम्म      तरल     भयर    के    भो    त
अब   म    पानीको    पनि      आकार      बनाइदिन्छु !!

हावा    त      बहन्छ      यहाँ      स्वतन्त्र     संग     तर
त्यस्को       पनि    अब     ठुलो     भार     बनाइदिन्छु !!

तिमि संग   छुटेर    के     भो      र       हाम्रो      सम्बन्ध
मनले      भुल्नै      नसक्ने         प्यार      बनाइदिन्छु !!

गल्ती       भो      भनेर    भने     पनि    भनुन    भन्नेले
एक        र       दुइ        जोडेर         चार      बनाइदिन्छु !!

सुरेन्द्र थपलिया
 काठमाडौं

केके दिन्छौ तिम्रो भोजमा नशा पाए पिउला टिका लगाई उपहारमा आँशु राखी दिउला

तीम्रो   बीहे      हुदैछ   रे   निम्तो   पाँए   आँउला
टिका   लगाई    उपहारमा     आँशु राखी   दीउला

सानो    भन्यौ    मेरो    घर    रोज्यौ   ठुलो  धुरी
अरु   के    नै    दिन    सक्छु    बधाइ  मुरी  मुरी

केके  दिन्छौ तिम्रो  भोजमा   नशा  पाए पिउला
टिका  लगाई   उपहारमा   आँशु    राखी  दिउला 

आगनीमा     नरमाइलो       बज्ला       सहनाई
आजै     देखी     भुलीदिनु      यो         दुखीलाइ

अन्माउदा  माइती   बनी    दु:ख   मानि   दिउला
टिका    लगाई    उपहारमा   आँशु  राखी  दिउला ।।।।।।

Sunday, May 5, 2013

दुई मुटुको धड्कन त धेरै बलियो हुन्छ भन्थे,

दिलमा मुटु हानी तिमी अन्तै बाटो मोडि जाँदा।

मन कस्तो भयो मेरो साथ दिई छोडि जाँदा॥

तिम्रै नाम लिंदै आज पल पल बाचेको छु, 

प्रेमको फुल किन फुल्थ्यो जरै देखि गोडि जाँदा॥

दुइटा मुटु एउटै बनाइ पाईलाहरु चाल्दै थिए,

अनयासै बेहोस भए मेरो मुटु फोडि जादा॥

दुई मुटुको धड्कन त धेरै बलियो हुन्छ भन्थे,

मनका टुक्रा सम्हाल्दै छु टुक्राहरु छोडि जाँदा॥

दिलमा मुटु हानी तिमी अन्तै बाटो मोडि जाँदा।

मन कस्तो भयो मेरो साथ दिई छोडि जाँदा॥

Thursday, May 2, 2013

जीवनमा केहि गर्न नहुने कुराहरु

लिन नहुने चिन्ता
दिन नहुने धोका
खान नहुने हरेश
गर्न नहुने अपराध
मार्न नहुने रिस
फाल्न नहुने इज्जत
टार्न नहुने मौका
बोल्न नहुने गल्ति
सुन्न नहुने पोल
खन्न नहुने खोइरो
बन्न नहुने बदमास
लुकाउन नहुने सत्य
देखाउन नहुने घमण्ड
गुमाउन नहुने अस्तित्व।।।।

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light