Thursday, September 11, 2014

सात करोड वर्ष पुरानो डाइनोसरको अवशेष फेला


काठमाडौं, भाद्र २६ ।  अर्जेन्टिनामा सात करोड बर्ष पुरानो संसारकै बिशाल जीव डाइनोसरको अवशेष फेला परेको छ । अमेरिकी बैज्ञानिकहरुको टोलीले अर्जेन्टिनाको पैटागोनियन पहाडी इलाकामा डाइनोसरको जीवाशेष फेला पारेको जनाइएको छ ।

उक्त डाइनोसरको जीवावशेषको लम्बाई २६ मीटर र तौल ६० टन रहेको बताइएको छ । फेला पारिएको जीवाशेषमा ७० प्रतिशत हड्डी रहेको र निकै डरलाग्दो देखिएको बैज्ञानिकहरुले बताएका छन् ।


पैटागोनियन पहाडी इलाका बिनाशकारी बाढीपछि उजाड भएको क्षेत्र पर्दछ । अमेरिकाको फिलाडेल्फिया राज्यस्थित ड्रेक्सल युनिभर्सिटी अफ केनिथको बैज्ञानिक टोलीले गरेको अनुसन्धानका क्रममा उक्त जीवावशेष फेला पारिएको हो ।




यसभन्दा अगाडी दक्षिण अमेरिकामा अर्जेटीनोसरस नामक सबैभन्दा ठूला जीवाशेष फेला पारिएको थियो । जसको तौल एक सय टन थियो ।

ADVERTISE

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light