सुन्दर बन्न रहर जोकोहीको हुन्छ। विवाह, पार्टी,चाडबाडको समय मा अरू भन्दा अलि बढी नै सुन्दर देखिने चाहना हरेक महिलाको हुन्छ।यसका लागि बजारमा पाइने जस्तोसुकै क्रिम, लिपस्टिक र नक्कली गरगहना किन्न गरेको पाइन्छ।हाल बजार मा साना देखि केही ठूला कम्पनी द्वारा उत्पादित विभिन्न ब्रान्डका सौन्दर्य प्रसाधन ग्राहक माझ लोकप्रिय छन्। यस्ता सौन्दर्य प्रसाधनको प्रयोगले केही समयका लागि सुन्दर देखिए पनि यसले अन्तत:हाम्रो छालालाई नकारात्मक असर पुर्याइरहेको बारेमा भने धेरैलाई जानकारी नहुन सक्छ।
बजारमा पाइने यस्ता सामग्री मा केही कम्पनी को लोगो सहितका ब्रान्डेड सामान हुन्छन् भने केहीले भने चलनचल्तीका नामप्रयोग गरे पनि सामान नक्कली हुन्छ। तर, यी दुवै खालका उत्पादन मानव शरीरका लागि अस्वस्थ मानिन्छ। नेपाल र विभिन्न ठूला मुलुकमा भएका अध्ययनहरूले 'ह्वाइट स्किन क्रिम', 'लिपस्टिक' र 'नक्कली गरगहना' छालाका लागि निकै हानिकारक मानिएको पुष्टि गरिसकेको छ।
क्रिममा पारो
अहिले बजारमा पाइने ह्वाइट स्किन क्रिम लगाएरआफ्नो अनुहार लाई क्षणिक भए पनि चम्किलो र गोरो बनाउने रहर महिला पुरुष दुवैलाई हुन्छ।यस्ता क्रिमले दीर्घकालीन तथा तत्कालै विभिन्न प्रकार का घातक रोग निम्त्याउने खतरा त्यत्तिकैहुन्छ।छाला टल्काउने क्रिममा पारो (मर्करी)प्रयोग गरिएको हुन्छ। पारो आफैंमा 'घातक विष'हो। जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र (सिफेड)ले गरेको अध्ययनअनुसार बजारबाट संकलन गरिएका साना तथा ठूला ब्रान्डेड कम्पनीबाट उत्पादित क्रिममा पारो भेटिए को छ।
बजारमा पाइने कुनै पनि क्रिमको प्याकेटमा पारोसम्बन्धी विवरण
खुलाइएको भेटिएन। नेपालमा त झन्क्रिममा कति परिमाणमा पारो हुनुपर्छ भनेर कुनै मापदण्ड समेत नतोकिएकाले उपभोक्ता जानी नजानी यस्ता क्रिम प्रयोग गर्न बाध्य भइरहेका छन्।
सिफेडले बजारमा सबैभन्दा बढी बिक्री हुने विभिन्नब्रान्डका सात वटा नमुना संकलन गरेर भारतको दिल्लीस्थित देल्ही टेस्ट हाउस मा परीक्षण गराएको थियो। जसअनुसार सातमध्ये दुईवटा सेभेन इन वन एन्टी एजिङ क्रिम (ओले) र लोटस हर्बलमा पारोको मात्रा ०.०२५ एमजी/केजी भन्दा कम रहेको भेटियो।
यसैगरी सबैभन्दा बढी गार्नियर स्किननेचुरलमा पारोको मात्रा ०.५२१ एमजी/केजी भेटियो। सबैभन्दा कम भनेपुरुषका लागि बिक्री हुने फेयर एन्ड लभ्लीमा ०.०२६एमजी/केजी रहेको पाइयो।
गरगहनामा सिसा
सुन र चाँदी होइन। तर, त्यस्तैमहँगो गरगहनाजस्तो देखिने नक्कली गरगहनाको अवस्था पनि राम्रो भेटिएन।चोरी हुनबाट पनि जोगिने र सौन्दर्य पनि चम्काउने हुनाले हिजोआज सुन र चाँदी को जलप लगाइएका गहनाप्रति धेरैको आकर्षण बढेको पाइन्छ।
ग्यारेन्टी भएको र ग्यारेन्टी नभएको यस्ता गरगहना मा सिसा (लिड) को मात्रा भेटिएको छ।सिफेडले राजधानीका केही गहना पसलबाट औंठी,हातमा लगाउने बाला, टप, नेक्लेसको नमुना संकलन गरेको थियो। नमुना हरूलाई सरकारी मातहतको नेपाल इन्भायरोमेन्ट एन्ड साइन्टिफिक सर्भिस प्रयोगशाला मा परीक्षण का लागि पठाएको थियो।
परीक्षणका क्रममा सिसाको मात्रा अत्यधिकरहेको पाइयो।
सिफेडका कार्यकारी निर्देशक रामचरित्र साहका अनुसार परीक्षण का क्रममा कानमा लगाइने टपहरूमा धेरै मात्रामा सिसा भेटिएको थियो।टपमा सात लाख ७५ हजार पाँच सय पीपीएम(पार्टस् पर
मिलियन) को हाराहारीमा सिसा भेटिएको थियो।
अमेरिकाले सामान्यतया तीन सय पीपीएमसम्म सिसाको मात्रालाई 'ठीक' भनेको छ। यस्तै औंठीमा भने अधिकतम ६१ हजार दुई सय पीपीएम सिसा भेटियो भने चेनमा तीन लाख २१ हजार नौ सय पीपीएमसम्म सिसाको मात्रा पाइयो।
सबैभन्दा कम भने बालामा ९०पीपीएम को हाराहारीमा मात्रै
सिसा भेटिएको उनले बताए। गरगहनामा समेत सिसाको परिमाण बारे उपभोक्तालाई जानकारी गराउने हिसाबले कुनै पनि विवरण उल्लेख गरिएको छैन।
लिपस्टिकमा पनि सिसा
ओठ चम्काउन लगाइने लिपस्टिकको अवस्था त झन्भयावह नै भेटिएको छ। सिफेडले गरेको अर्को अध्ययन अनुसार लिपस्टिक मा पनि सिसाको मात्रा अत्यधिक भेटिएको छ। सिसा मिसाइएको लिपस्टिक अत्यन्त हानिकारक मानिन्छ। राजधानीमा बिक्री हुने सामान्यमात्रै नभई सबै ब्रान्डेड लिपस्टिकमा समेत
सिसाको औसत मात्रा ९०.१२५ पीपीएम रहेको पाइयो। यो अमेरिकी मापदण्ड भन्दा नौ सय एक गुणा बढी हो।
अमेरिकी मापदण्डअनुसार रङमा ०.१ पीपीएम भन्दा बढी सिसा प्रयोग गर्नु भनेको मानव स्वास्थ्यका लागि विभिन्न प्रकारका घातक रोग निम्त्याउनु हो। अन्तराष्ट्रियस्तरका याक ब्रान्डको ब्लड रेड, लोरियल पेरिस ब्रान्डको वेरी,रेभ्लोनको चकलेट,ल्याक्मे स्ट्रवेरी,सिसिडोको ग्लाम साइन, डिलीको पिंक,च्यानलको ब्राउन, मिडाईको लाइट पिंक ब्रान्डका लिपस्टिकमा सिसाको मात्रा भेटिएको हो।
अध्ययनअनुसार सबैभन्दा बढी एक सय ४५ पीपीएमम्याक ब्रान्डको बल्ड रेडमा पाइएको छ। यसैगरी सबैभन्दा थोरै लोरियल पेरिस ब्रान्डमा ३० पीपीएम पाइएको छ। रेभ्लोन, ल्याक्मे, सिसिडो,डिली, च्यानल र मिडाईमा लिडको मात्रा क्रमश:
४०, ५०, एक सय २३, एक सय १६, एक सय एक र एक सय १६
पीपीएम पाइएको जानकारी वैज्ञानिक साहलेदिए।
सिफेडको अध्ययनपछि विज्ञान,प्रविधि तथा वातावरण मन्त्रालय, उद्योग मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालय मिलेरसौन्दर्य प्रसाधन र गरगहनामा हुनुपर्ने सिसा तथा पारोको आवश्यक मापदण्ड निर्धारण गर्ने विषयमा नीति बनाउने तयारी गरिरहेको छ।करिब पाँच वर्षअगाडि भएको एक अन्तराष्ट्रिय अध्ययन अनुसार एक महिलाले जीवनभर विभिन्न प्रकारका तीन किलो लिपस्टिक खान्छन् भने उनीहरूका प्रेमी वा श्रीमान्को चुम्बनबाट एक किलो हानिकारक लिपस्टिक खाँदै आएका छन्।
कुन पदार्थले कस्तो हानि गर्छ?सिसा : सिसा मिसाइएको रङ सेवनले रक्तनलीमा पुगेर रातो रक्तकोषिकालाई मार्छ।यसले गर्दा विभिन्न अंग तथा तन्तुमा रगतको अभाव भएर अक्सिजनको मात्रा घट्दै जान्छ।अक्सिजनको मात्रा घट्दै गएपछि मानिसको मृत्यु हुने सम्भावना हुन्छ। सिसाले मिर्गौलामा असर पुर्याउनुका साथै छारेरोग पनि निम्त्याउँछ। साथै मस्तिष्क र स्नायुप्रणालीमा पनि असर पुर्याउँछ।
गर्भावस्थामा सिसाको सम्पर्कमा आउँदा गर्भको बच्चालाई
समेत खतरा हुन्छ। यसबाहेक पेट दुख्ने, तौल घट्ने,कब्जियत, अनिद्रालगायतका समस्या पनि आउन सक्छन्।
पारो :
विश्व स्वास्थ्य संगठनका अनुसार पारोलेस्नायुप्रणाली, पाचन प्रणाली, श्वासप्रश्वास प्रणाली सहित मिर्गौला तथा फोक्सोमा असर पु:याउँछ। यसले सुन्ने र हेर्ने शक्ति मा ह्रासल्याउनुका साथै बच्चाको बौद्धिक तथा शारीरिक विकासमा असर गर्छ। रिसाउने,
लजाउने, काम्ने, स्मरणशक्तिसम्बन्धी समस्या,वाकवाकी लाग्ने, रक्त चाप तथा छातीको धड्कन बढ्ने, फोक्सोको समस्या, छालामा दाग निस्कने तथा आँखा पाक्ने रोगहरू देखा पर्छ।
गर्भावस्थामा पारोको सम्पर्कमा आउँदा बच्चा को शारीरिक विकासमा बाधा हुनुका साथै बौद्धिक विकास रसिक्ने क्षमतामा पनि नकारात्मक प्रभाव पर्छ।लामो समयसम्म पारोको सम्पर्कमा आइरहँदा बाँझोपन जस्तो गम्भीर समस्या पनि निम्तिन सक्छ।
| '' Download |




Post a Comment