फेसबुकबाटै ५ हजार युवतीलाई प्रेम प्रस्ताव, तर कसैले मानेनन्
उमेर ढल्किसक्यो । विवाह भएको छैन । आफ्नो शहरमा कि त बुढी महिला छन् कि विवाह भइसकेका छन् । एक बयस्क पुरुषका लागि योभन्दा ठूलो दुःख के होला ?
सर्बियाका ३४ वर्षका जावानोभिकले विवाह गर्ने केटी नपाएपछि सामाजिक सञ्जालहरुको सहारा लिए । उनले समाजिक सञ्जालमा ५ हजारभन्दा बढीलाई प्रेम प्रस्ताव पनि राखे । तर, सबैले उनको प्रस्ताव अस्वीकार गरेका छन् । ‘मैले जम्मा १५ जवाफ पाएँ’ उनले भने–‘तर, सबैले नम्रसँग मेरो गर्लफ्रेण्ड हुन अस्वीकार गरे ।’
जावानोभिकले भने अझै हार मानेका छैनन् । उनी अनलाइनमा प्रेमिका खोज्ने आफ्नो प्रयास एक रत्ति पनि कम गरेका छैनन् । उनीसँग विकल्प पनि छैन ।
किनकी उनको गाउँ निकै सानो छ, जहाँ कि त विवाह गरेका महिला छन् कि हजुरमाआमा उमेरका । उनी आफू जस्तै प्रेमिकाको खोजीमा छन् । जो कम हाँस्छन् र सँधै नम्र रहन्छन् ।
उनी सर्बिया र बाहिरका १६ वर्षमाथिका युवतीहरुलाई गल्र्डफ्रेण्ड बन्ने प्रस्तावसहित म्यासेज पठाउँछन् । आफ्नो जीवनमा महिला उर्जाको कमी महसुस गरिरहेको त्यसले जीवन खल्लो भएको भन्दै उनले भने– मेरो आसपासमै यस्ता युवती भेटिउन भन्ने चाहान्छु ।’
यति धेरै युवतीलाई प्रस्ताव गर्दा पनि कसैले रुची नदेखाउँदा उनी अचम्ममा परेका छन् । ‘मदेखि डराउनुपर्ने कुनै कारण नै छैन, युवतीले भनेको सार्वजनिक ठाउँमा पहिलो डेट गर्न म तयार छु’ उनले भने– ता कि उनीहरुका लागि कुनै खतरा नहोस् ।’

Post a Comment