आजको राशिफल,
आज मिति २०७१ साल वैशाख १३ गते शनिबार,तदनुसार अप्रिल २६ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३४,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
इष्टमित्रले सहयोग गर्नेछन, आफन्तसंग रमाइलो भेटघाट, प्रेमप्रसँग सुमधुर रहने, यात्रा फलदायी रहनेछ
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
धार्मिक कार्यतिर समय खर्च हुने, पति–पत्नीबीच वैमन्यश्यता, आम्दानीका श्रोत घट्ने, दिन खर्चालु हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
खेलकुदबाट मनोरञ्जन प्राप्त हुनेछ, सकारात्मक सोचाईले गर्दा आर्थिक लाभ, स्वास्थ्य राम्रो रहनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
टाढाकोे यात्रामा शारीरिक पीडा,सोचेजस्तो काम गर्न असफल, आफन्तबाट धोका, दिन सामान्य रहेकोछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
शत्रुहरू सक्रिय हुनेछ, धनमल हराउन सक्नेछ, कारात्मक सोचाइले गर्दा आर्थिक नोक्सानी, दिन खराब रहनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सरकारी काम असफल हुनेछ, पारिवारिक विवाद थपिने, दीर्घ रोगको सुरुवात हुनेछ सतर्क रहनुहोला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मनमा उत्साह बढ्नेछ, स्वास्थ्यमा क्रमिक सुधार,वेदैशिक रोजगारको अवसर मिल्नेछ, समय राम्रो छ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मनोरञ्जन तिर मनजाने, रमाइलो भ्रमणको अवसर,पारिवारमा खुसीयालीले गर्दा दिन सुखमय हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
यात्रामा अवरोध हुन सक्नेछ, पेट रोगले सताउनेछ,स्त्रीवर्गसँग किचलो हुनेछ, गरेको कार्य अर्थहिन हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
राजनीतिक दुःख झेल्नुपर्ने, आत्मीयजनबाट धोका र कलहले दिनभर मनमा तनाव हुनेछ हासियार हुनुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सन्तानको सहयोगले अधुरा कार्य पूरा, उत्साह उमंग थपिनाले दिन अत्यन्तै राम्रो रहनेछ उपयोग गर्नुहोला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आँखामा खराबी आउन सक्नेछ, पढाई असफल हुन सक्ने,दिनभर नैरास्यता बढ्न, समय खराब छ जोगिनुहोला।

Post a Comment