लाखौं शुभचिन्तकको रोजाई र जिज्ञासुकी पात्र गायिका कोमल ओलीलेकाठमाडौसंगै सिमा जोडिएको नुवाकोटे लुरे ठिटोसंग पाइल जाने रहर भएको गीतमार्फत खुलेरै गाइन् । नुवाकोटको प्रमुख शहर वट्टारवजारमा आयोजित तेश्रो नुवाकोट महोत्सवमा सहभागी हुन शुक्रवार महोत्सवस्थल पुगेकी वहुप्रतिभाकी धनी कोमल ओलीले हजारौ दर्शकलाई वढ्दो गर्मीसंगै आफ्नो गरमाउलो प्रस्तुती गरेर रमाइलो दिलाउंदै एक पटक निकै तताइन् ।
नमस्ते नुवाकोट आइ लभ यु भन्दै स्टेजमा पुगेकी ओलीले आफु ११ महिनाको अवधिमा नुवाकोट दुई पटक आएको र भावनात्मक सम्वन्ध पनि विकसित हुदै गएको भन्दै नुवाकोट सम्वन्धि सायरी र सन्देशमुलक भनाई छाड्दै छड्के सलाम गर्दै वांझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा उपहारस्वरुप दर्शकका लागी गाएर अधिकांशलाई नचाइन् । उनले आफुलाई लुरे राम्रो, स्वस्थ हुने भएको कारण मन पर्ने र नुवाकोटे लुरेसंग पाइल जान इच्छा रहेको पनि हजारौं दर्शकलाई मन्त्रमुग्ध पारिन् । सञ्चारकर्मी, गायिका र आफ्नै गीतमा अभिनयसकेत गरिसकेकी ओलीले पछिल्लो समय नेपालमा युवा पुस्ताले अधिकांश क्षेत्रको नेतृत्व लिएको र तेश्रो नुवाकोट महोत्सव आयोजक नुवाकोट उद्योग वाणिज्य संघका पदाधिकारी पनि युवा नै रहेको कारण देश र समाज परिवर्तन हुने चन्दै खुसी व्यक्त गरिन् ।
दुई घण्टाको अवधिमा लगातार पांच वटा गित गाउनुका साथै दर्शकसंगै नाचेकी ओलीले पहिलो गीत वांझो खेतमा गाउंदा आयोजक संस्थाका अध्यक्ष राजनलाल श्रेष्ठ, उपाध्यक्ष तारावहादुर कार्की र गायक उज्ववलजंग ठकुरीलाई मञ्चमै नचाइन भने त्यसपछिको चारवटा गित दर्शकदीर्घामा गएर दर्शकसंग नाच्दै ए नानी गाजले म त मरे लाजले भने कम्मर मर्काइ मर्काइ नाच्दै गाइन् । उनलाई सयौं दर्शकले नाचेर साथ दिए । तेश्रो प्रस्तुतीका रुपमा ओलीले म छु त चिटिक्क परेकी कुमारी गाउंदा उनलाई सयौं युवाहरुले आइ लभ यु भने । उनले पनि आइ लभ यु नुवाकोट भन्दै जवाफ फर्काइन् । त्यसपछि कोमलले चौथो प्रस्तुती माया वस्यो मुटुमा मायाको मिठास छुट्टै गाएर मायाको महत्व दशाइन् । हजारौं दर्शकको वन्स मोरलाई साथ दिदै विश्राम नगरि लगातार गाएकी कोमलले अन्तिम तथा पांचौ प्रस्तुतीका रुपमा आफ्नो निकै चर्चित गीत पोइल जान पाउं शिव पाएद जान पाम भन्दै गाएर आफुलाई लैजानका लागी तयार हुन नुवाकोटका लुरेहरुलाई आग्रह गर्दै भरपुर मनोरञ्जन दिलाइन् । उनले विभिन्न सन्देशमुलक भनाइहरु पनि राखेर नेपाल एकिकरणको मुहान ऐतिहासिक नुवाकोट सदा मुटुमा वसिरहने वताइन् ।
‘व्यवसायिक अभिवृद्धि सबैको चाहना, समृद्ध नुवाकोट हाम्रो कामना’ भन्ने मुख्य नाराको साथ फागुन १४ गतेदे िखजारी तेस्रो नुवाकोट महोत्सवका अवसरमा शुक्रवार कोमल ओलीका साथमा अर्का चर्चित गायक हेमन्त शर्माले थाप न थाप हातैमा मायाको चिनो मायालु जाडा उडेर उडेर जाली रुमाल, माया त यस्तो होस, नजिक टाढा जता भएनीलगायतका आधुनिक गित गाएर दर्शकलाई भरपुर मनोरञ्जन दिलाए । उनका साथमा लोकगायक घमेश दुलाल, सुगम पोखरेल, डिजराज पौडेल, ऋतु कणेललगायत एक दर्नन गायक गायिकाहरुले हजारौ दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाए । महोत्सवका अवसरमा प्रत्येक वर्षको माघे संक्रान्तिका दिन नुवाकोटको तारुकामा गरिदै आएको गोरु जुधाई पनि महोत्सवस्थमै देखाएर हजारौं दर्शकलाई मनोरञ्जन दिलाइयो ।

Post a Comment