Wednesday, May 21, 2014

एउटा भालेको मुल्य ५० हजार


कास्की लेखनाथका राजेन्द्रअधिकारी यति बेला अनुसन्धान मुलक
कुखुरा पालनमा रमाइरहेका छन । विभिन्नगैरसरकारी संस्थामा काम गरेका अधिकारीले कृषक लाई जीविको पार्जनको लागी कुखुरा पालन गर्न सहयोग गर्दे पनि आएका छन ।

आफुहरुले बाहिर बाट खरिद गरेर दिएको चल्लाबाटकृषकहरुले सोचे जस्तो कुखुरा पालन गर्न नसकेपछि उनि आफै विगत ६ बर्ष देखि ब्यबसायीक कखुरा पालनमा लागेका हुन् ।

अधिकारीले लेखनाथको डाँडाको नाक बाट करिव२ सय मिटर भित्र कुखुरा पालन गर्दे आएका छन ।उनि संग अहिले २३ प्रजाती को कुखुरा रहेका छन ।अधिकारीले कखुराको अनुसन्धान पनि गर्दे आएका छन।

कुखुरा पालन मात्रै नभएर उनले कुखुराको भालेलाईतालिम पनि दिएका छन । जुन भालेले अन्य कुखुराको रेखदेख गर्ने गर्छ । चल्लाहरु लाई चर्न सिकाउछ ।अधिकारी भन्छन उसले असुरक्षीत महसुस ग¥यो भने मानिसहरु लाई खबर गर्छ ।

यो फार्ममा आउने सवैले यसको मुल्य सोध्छन , ५०हजार दिदा पनि दिइन । तालिम दिइएर यति सम्म बनाउन धेरै मेहनतगर्नु परेको छ । गार्ड भालेको दैनिक खर्च एक सय ५० रहेको अधिकारी को भनाई छ ।
अहिले अधिकारीको फार्ममा कुखुरा हेर्ने रचल्ला किन्न जानेहरुको भिडभाड नै हुने गर्छ अधिकारी भन्छन । कहिले काहीत एकै दिन ३ हजार भन्दा बढी चल्ला विक्रि हुन्छ ।

अहिले अधिकारीको फार्ममा १ केजी हुने लुइचेदेखि १८ केजी सम्म हुने हब्र्ड जातको कुखुराहरु रहेका छन्। अधिकारी संग बनराजा ,बनकुखुरा क्रश ,जंगली लुइचे क्रश ,गिरिराज क्रश , गिरीराज ह्याबी ,हरियाणाको बनराजा र नेपाली बनकुखुरा क्रश ,मयुर कुखुरा ,घाटी खुइले ,टर्की हब्र्वडप्रजाती लगायतका कुखुरा रहेका छन् ।

आफुहरुल रोगप्रतिरोधात्मक चल्लाहरु उत्पादन गरीरहेको अधिकारीले बताएका छन । किसानहरु लाई आबश्क सल्लाह सुझाब मुबाइल बाट पनि दिने गरेको उनले बताएका छन ।
अधिकारीले कुखुरा पालनमा मात्रै १ करोडलगानी गरेको बताएका छन ।

नेपाली हावापानीमा टर्कीको ब्यबसायीक पालनगर्ने गरि चल्ला उत्पादन गरेको पनि बताएका छन ।किसानहरु लाई नयाँ प्रजातिको कखुरा पनि अहिले सर्वसुलभ मुल्यमा उपलब्ध गराएको अधिकारीके दाबी छ ।

पहिले पहिले टर्की लाई दुई हजार पर्ने गरे पनि अहिलेभने आफुहरुले ५ सय देखि ८ सय सम्म उपलब्ध गराउने गरेको पनि उनको बताए । अधिकारीले अहिले कुखुरा पालन ब्यबसाय लाई अनुसन्धानमुलक तरिकाले अगाडी बढाएका छन।


''
Download

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light