Thursday, May 2, 2013

संविधानबाट दुर भएपछी आजभोलीको सरकार अनौठो

कसै   कसैको   अनुहार   अनौठो
विद्वान    पनि    विचार   अनौठो

संविधानबाट        दुर     भएपछी
आजभोलीको   सरकार    अनौठो

हातमा   हतियार      बोक्नेहरुको
दिन   दाहडै   अत्याचार   अनौठो

मन्चमा   कोहि    भाषण गरे भने
उसको   बोलीको     प्रहार  अनौठो

गरीबहरुको    समाचार      नलेख्ने
यो   देशको      अखबार    अनौठो ।।।।

रोहित शाही 'अनुरागी '
लम्की कैलाली
हाल काठमाडौँ 

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light