Thursday, April 25, 2013

पुर्णिमाको रातमा जुनको किन कुरा गर्छौ

पुर्णिमाको  रातमा जुनको किन कुरा गर्छौ 
मलाई माया गर्ने उनको किन कुरा गर्छौ 

म सबैको ढुकढुकी अनि प्रिय हुदा 
चर्को बनाइदिने नुनको किन कुरा गर्छौ 

दुइ चार पैसाको पित्तल मात्र खोज्ने संग 
बहुमुल्य त्यो सुनको किन कुरा गर्छौ 

आँखा लगाउदा मेरो स्वभाबिक पाटोमा 
इमान्दारिताको सामु मुनको किन कुरा गर्छौ 

जन्मे हुर्के आफ्नै घर सजाउदा खेरी 
रातो माटोको स्वरुपमा चुनको किन कुरा गर्छौ  

रोहित शाही 'अनुरागी'

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light