तिम्रो नाममा धेरै लेखे अब लेख्दिन
आफ्नो खुसि गर तिम्रो बाटो छेक्दीन
एक्लै बस्छु तिम्ले बरु अन्तै रोजे नि
मृत्यु रोज्छु.... पराइको संघार टेक्दीन
भुल्ने कोसिस नगरेको हैन मैले पनि
नजर खोल्छु तिमि भन्दा अरु देख्दिन
चुहाएर अश्रुधारा भिजेका यी नयनलाइ
पराइको पछेउरी मा कैले सेक्दीन
तिम्रै यादमा सारा जीवन काट्छु रोएरै
संगालेर राक्छु चिठी फोटो फेक्दीन ।।।।।
आफ्नो खुसि गर तिम्रो बाटो छेक्दीन
एक्लै बस्छु तिम्ले बरु अन्तै रोजे नि
मृत्यु रोज्छु.... पराइको संघार टेक्दीन
भुल्ने कोसिस नगरेको हैन मैले पनि
नजर खोल्छु तिमि भन्दा अरु देख्दिन
चुहाएर अश्रुधारा भिजेका यी नयनलाइ
पराइको पछेउरी मा कैले सेक्दीन
तिम्रै यादमा सारा जीवन काट्छु रोएरै
संगालेर राक्छु चिठी फोटो फेक्दीन ।।।।।
आरति अधिकारी
इटहरी
Post a Comment