चारै तिर आधिहुरी चल्दै थियो
हाम्रो मायाको पर्खाल ढल्दै थियो
को आएर लाग्ने भयो उनलाई सुट्क्क
मेरो हृदयमा आगो बल्दै थियो
भेट्न भनि जादा उनको घरमा
हिडिरहेको बाटोले मलाई छल्दै थियो
उनको हात मैले समाउन खोज्दा
मलाई कसैले पछाडी फाल्दै थियो
अन्तिम छटपटीमा म उनको सामु
ति तस्बिर उसले नियाल्दै थियो
रोहित शाही 'अनुरागी '
Post a Comment