काठमाडौं । विश्वकपसंगै स्टार खेलाडीहरु चम्किरहेका छन् र सेलिब्रेटी बनिरहेका छन् । यसै क्रममा घाइते भएर अरु खेल खेल्नबाट वञ्चित भएका ब्राजिलियन स्ट्राइकर नेमारप्रति सबैको सहानुभूति र मोह बढ्नु स्वाभाविक हो ।
त्यो मोह नेपालीहरुमाझ पनि उत्तिकै छ । अझ नेपाली हिरोइनहरु समेत नेमारप्रति आकर्षित बनेका छन् । अभिनेत्री बेनिशा हमाल यसको उदाहरण हुन् ।
बेनिशाले आफूलाई फुटबलर नेमारले प्रपोज गरे बेहोशै हुने बताएकी छिन् । नेमारको तस्वीर आफ्नो फेसबुकको प्रोफाइलमा राखेर उनले नेमारप्रतिको आफ्नो क्रेज देखाएकी छिन् ।
आफूलाई ब्राजिलका कडा समर्थक ठान्ने बे निशा‘नेमारको लुक्स नै डेन्जर छ । वास्तममा नेमार नै खेलाडीहरुमध्ये सेक्सी छन् ।’
क्रोएसियाविरुद्ध गोल गरेपछि फेसबुकबाटे नेमारलाई चुम्बन गरेकी बेनिशाले भनिन्, ‘नेमारले आई लभ यु भनेर प्रपोज गरे म त त्यहीँ ढल्छुहोला । एम्बुलेन्स बोलाएर हस्पिटल लानुपर्ला ।

Post a Comment