Monday, July 14, 2014

हट प्रियंका हङकङमा गीत गाँउदै


महिला सेलिव्रेटीको लागि फेसनले खास महत्व राख्छ । सार्वजनिक कार्यक्रममा उनीहरु विशेष रुपमा प्रस्तुत हुन रुचाउँछन् । फरक-फरक अवतारमा प्रस्ततु हुन मन पराउने सेलिव्रेटी मध्ये अभिनेत्री प्रियंका कार्की पनि एक हुन् ।

हरेक सार्वजनिक कार्यक्रममा प्रियंकाको पहिरनले ध्यान खिचेकै हुन्छ । हङकङको एक स्टेज कार्यक्रममा पनि प्रियंकाको पहिरनले सबैको ध्यान खिच्यो । प्रियंका वान
पिसमा कस्ती देखिएकी छिन् ? तस्बिरबाट छुट्याउन
मुस्किल नपर्ला ।



फिल्म ‘नाईं नभन्नू ल २’ को सक्सेप पार्टी सेलिब्रेट गरेको भोलीपल्टै प्रियंका हङकङतर्फ उडेकी थिइन् ।त्यहाँको स्टेज कार्यक्रममा उनले गीत गाइन् ।पहिलो पटक प्रियंकाले कुनै पनि स्टेज कार्यक्रममा गीत गाएकी हुन् । आफ्नो प्रस्तुतीलाई
हङकङका दर्शकले मन पराइदिएपछि प्रियंका दंग छिन् ।

प्रियंकाको विशेष भूमिका रहेको फिल्म ‘पुन्टे परेड’ साउन १६ गते अल नेपाल प्रदर्शनमा आउँदैछ ।प्रियंका आवद्ध भएको ‘सुन्तली’, ‘श्री ५ अम्बरे’‘फन्को’ लगायतका फिल्महरु हाल पोष्ट प्रोडक्सनमा छन् । प्रियंका केहि दिनमा एक कार्यक्रममा सहभागी हुन अष्ट्रेलिया पुग्दैछिन् ।


Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light