Wednesday, August 20, 2014

टाइगर द रियल हिरो ट्रेलर



दिलमाया ,बिन्दास , बिन्दास २ जस्ता सफल चलचित्र निर्देशन गरेका निर्देशक राजु गिरीको नया चलचित्र “टाइगर द रियल हिरो ‘अब प्रदर्शनको लागि तयार भएको छ । चलचित्र “टाइगर द रियल हिरो ‘लाई निर्देशक गिरीले हाम्रो समाजमा हुने वास्तविक घटनालाई चलचित्र मार्फत देखाउना खोजेका छन् ।एउटा गाउकि सोजी केटि गाउ बाट हिरोनी बन्ने सपना बोकेर सहर पसेकी केटीले भाग्नु परेको कथालाई चलचित्र मार्फत पर्दामा देखाउना खोजिएको छ ।

अहिले समाजमा देखिएका वास्तविक घटना नायिका हुन होश या मोड्लिंग गर्न आउदा तेती सजिलो छैन तेस्को लागि केहिले त् आफ्नो करियर बनाउन सबै कुराको बलिदान दिन समेत पछाडी न परेको यो अबस्थामा नायिका हुनु भन्दा अघिको भएको सेक्सका भिडियो समेत बजारमा निकाल्ने भन्दै विभिन्न बाहानामा कसरि अरुले ब्ल्याक मेल गरिन्छ यस्तै सत्य कथालाई उठान गरिएको छ ।



राजु गिरीले यस अघि निर्देशन गरेका चलचित्र पनि सेक्सका कारणले सेन्सर मा झमेला झेल्नु परेको थियो भने यसपालिको उनको चलचित्र “टाइगर द रियल हिरो ‘ले  नेपाली रजतपटमा हुने गरेका सेक्सका बिषय उठान गरेकोले चलचित्र तेती सजिलै सेन्सर पास हुने सक्ने सम्भावना देखिएको छैन ।दशैँको आसपासमा रिलिज गर्ने भनिएको यो चलचित्र अहिले देशक विभिन्न ठाउमा च्यारिटी सो गरिदैछ ।चलचित्र “टाइगर द रियल हिरो’ एक्शन प्रधान चलचित्र हो भने यस्तो गीत संगीतले अहिले बजारमा राम्रो चर्चा पाउन सफल भएको छ ।


शुभेच्छा इन्टरटेन्टमेन्टको ब्यानरमा काजोल गिरी शंकर गिरी फिल्मका निर्माता रहेका छन । फिल्ममा अशोक फुयाल, शुभेच्छा थापा, समिक्षा अर्याल, सुरज रानाभाट, दिपक कडेल, उत्तम केसी, अमित पल लगायतका कलाकारहरुको अभिनय रहेको छ । अर्जुन पोखरेलको संगीत रहेको चलचित्रमा रोशन श्रेष्ठको द्धन्द, मुकेश हुमागाईको छायांकन रहेको छ ।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light