Tuesday, July 29, 2014

ओस्कारको स्टेजमा दौरा सुरुवाल लाएर जाने चाहाना (सुनिल थापा)



भारतीय बक्सिङ खेलाडी मेरी कोमको जीवनीमा आधारित फिल्म ‘मेरी कोम’ को तीन मिनेटको ‘ट्रेलर’ सार्वजनिक भएपछि सुनिल थापाको चर्चा चुलिएको छ। मेरी कोमको रुपमा प्रियङ्का चोपडा देखिने यो फिल्ममा थापा उनका प्रशिक्षकको दमदार भूमिकामा छन्। अमिताभ बच्चन र डेनी डेन्जोङ्पाले नभ्याएपछि यो भूमिका आफूले पाएको थापाले बताए।
 WATCH   NEPALI    MOVIE
२०३८ सालको सुपरहिट हिन्दी फिल्म ‘एक दुजे के लिए’ मा खलनायक रहेका थापाले आजकी आवाजमानव हत्या  लगायतका हिन्दी र केही दक्षिण भारतीय फिल्ममा पनि काम गरिसकेका छन्।उनले खेलेको पहिलो नेपाली फिल्म मशाल (२०३९) हो। त्यसको सात वर्षपछि बनेको चिनो  को ‘राते काइँला’ को भूमिकाले उनलाई चर्चित बनायो। त्यो सफलतापछि उनी मुम्बई फर्केनन्। “त्यसबेलाको बहुचर्चित सिरियल ‘कमान्डर’ मा कमान्डरकै भूमिकामा अफर आए पनि नेपाली फिल्मको लागि त्यसलाई त्यागिदिएँ”, थापा भन्छन्


त्यसयता सयभन्दा बढी नेपाली फिल्ममा अभिनय गरेका थापा फिल्ममा आउनुअघि कोलकातामा ‘स्टेट्सम्यान’ पत्रिकाका फोटो पत्रकार थिए।२०१३ अप्रिलदेखि ‘मेरी कोम’ मा व्यस्त भएका उनले बीचमा नेपाल आउजाउ गर्दा नेपाली फिल्म मुखौटा मा काम गर्न भ्याए। ‘मेरी कोम’ का निर्माता सञ्जय लीला भन्साली, निर्देशक ओमाङ्ग कपुर र द्वन्द्व निर्देशक रब मिलर हुन्।
HINDI  FULL  MOVIE
DOWNLOAD  FULL  MOVIE HERE
दौरा सुरुवाल लगाएर ओस्कारको स्टेजमा जाने इच्छा पूरा हुने सम्भावना बढेको उनले बताए। बलिउड ‘कमब्याक’ लाई थापाको अभिनयको ‘सेकेन्ड इनिङ’ को रुपमा हेरिएको छ। ‘मेरी कोम’ का स्त्रि्कन प्ले राइटर साईवेन कुद्राशले फेसबुकमा थापाको फोटो पोष्ट गर्दै ‘अभिनयको पावर हाउसभनेर लेखेका छन्।

CREATE  FACEBOOK   ACCOUNT
KHABAR  HAMRO
NEWS,ENTERTAINMENT  FROM  AROUND THE  WORLD


Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light