Tuesday, May 21, 2013

गुगलको होम पेज परिवर्तन हुने, अब Google Now हुने

गुगलको होम पेज परिवर्तन हुने, अब Google Now हुने
                     
                सर्च ईञ्जिनको बादशाह गुगलले आफ्नो होम पेजलाई नयाँ स्वरुपमा ल्याउने भएको छ । गुगल सिस्टम रिपोर्टका अनुसार परिवर्तन हुन लागेको नयाँ स्वरुपको नाम गुगल नाउ दिईएको छ । नयाँ स्वरुपमा प्रयोगकर्ताहरुको ईन्टरनेट गतिबिधिहरुको डाटा जम्मा गरि प्रयोगकर्ताको रुचि र आवश्यकताको हिसाबले होम पेज सेट गरिने रिपोर्टमा उल्लेख छ । उदाहरणका लागी, यदि तपाई गुगलमा न्युज, शेयर बजार वा खेल गतिबिधि बढि सर्च गर्नु हुन्छ भने गुगल नाउ होम पेजमा तपाईले बढि खोज्ने तिनै बिषयबस्तुको ताजा जानकारी देखिनेछ । गुगलको नयाँ होम पेजमा प्रयोगकर्ताले आँफु बसेको ठाँउबारेमा डाटा दिएमा गुगल होम पेजमै त्यहाँको तापक्रम, मौसम र ट्राफिक स्थितीको बारेमा समेत जानकारी उपलब्ध हुनेछ । प्रयोगकर्ताले गुगल नाउमा आफ्नो घर, अफिस र हाल आँफु बसेको लोकेशन राख्न सक्नेछन ।
                           प्रयोगकर्ताले आँफ्नो सम्पुर्ण बिबरण गुगललाई प्रदान गरेमा गुगलले स्वतः प्रयोगकर्ताको घर देखि लिएर अफिसको बाटोको ट्राफिक अवस्थाका बारेमा समेत जानकारी दिनेछ । अझ रोचक कुरा त के छ भने, अफिस आउने बाटोमा ट्राफिक अबरोध छ भने उसले आँफै तपाईलाई बैकल्पिक बाटो दिनेछ । खेल प्रेमीहरुका लागी पनि गुगलले ध्यानमा राखेको छ, गुगल नाउमा कुनै खेल चलिरहेको छ भने त्यसको लाईभ स्कोर होम पेज मै देखिनेछ ।
                       गुगलका अनुसार हाल गुगल नाउ परिक्षण चरण मै रहेको छ । कम्पनिले यसलाई मोबाईल फोन र कम्प्युटर दुवैमा सञ्चालन गर्ने हिसाबले तयार गरिएको छ । गुगल नाउमा तपाईले हवाई टिकट समेत बुकिङ गर्नु पाउनुको साथै टाईमीङको बारेमा समेत जानकारी लिन पाउनु हुने गुगलले जनाएको छ ।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light