Wednesday, May 29, 2013

फेसबुक र टि्वटर डिभोर्सका सहयोगी

फेसबुक र टि्वटर डिभोर्सका सहयोगी
facebook-twitter

                     सामाजिक संजालका स्टाटस तथा सन्देशहरु सम्बन्ध विच्छेदका लागि सहयोगी सावित हुने पछिल्लो अध्ययनले देखाएको छ । अदालतमा चलिरहेको सम्बन्ध विच्छेद मुद्दामा सोसल साइटका यस्ता सन्देस तथा स्टाटसहरु प्रमाणको रुपमा पेश हुनसक्ने र त्यसले सम्बन्ध विच्छेद गर्न चाहने पक्षको दाबी पूराउनमा सहयोग गर्ने बताइएको छ ।

                  यद्यपि सामाजिक संजालका विषयलाई सम्बन्ध विच्छेदको अदालती प्रक्रियामा प्रमाणको रुपमा लिने चलन अहिलेसम्म हाम्रो देशमा प्रचलनमा आइसकेको छैन तथापि पश्चिमा देशहरुमा टि्वटर र फेसबुक तथा सामाजिक संजालमा पक्ष विपक्षले राख्ने स्टाटस तथा पठाउने सन्देश मुद्दाका सिलसिलामा प्रमाणको रुपमा पेश हुने गरेका छन् । भारतमा समेत पछिल्लो सूचना प्रविधि ऐनले फेसबुक र टि्वटरका सामाग्रीलाई समेत अदालती प्रक्रियामा द्धितियक प्रमाणका रुपमा लिन सकिने व्यवस्था गरिसकेको छ ।सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा हालेका श्रीमान वा श्रीमतीले मुद्दामा आफ्नो प्रमाण पूराउनका लागि विपक्षीले फेसबुक वा टि्वटरमा वैवाहिक जिवन, सम्बन्धका बारेमा गरेको टिप्पणी, आफुलाई पठाएका विभिन्न खाले नकारात्मक सन्देशलाई प्रमाणको रुपमा पेश गर्न सक्छन् ।

                   सम्बन्ध विच्छेदको मुद्दा परिसकेको अवस्थामा मात्र होइन कतिपय परिस्थितिमै असल वैवाहिक सम्बन्धलाई बिगार्नमा समेत टि्वटर तथा फेसबुकजस्ता सामाजिक संजाल कारक तत्व बन्ने गरेको पाइएको छ । खासगरी सामाजिक संजालमा पोष्ट हुने विभिन्न खाले तस्वीर, त्यसमा हुने टिप्पणी तथा विभिन्न खाले खुलासाहरुले गर्दा सम्बन्धमा दरार उत्पन्न हुने गरेको छ ।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light