Sunday, May 12, 2013

कुन वेबसाइट कसको थाहा छ कसरी थाहा पाउने


              दिनदिनै इन्टरनेट चलाउँदा धेरै वेबसाइटहरु हेर्नुभएको होला। समाचार देखी मनोरञ्जन अनि सामाजिक सञ्जाल यस्ता धेरै वर्गका वेबसाइट हेरेर दिन बिताउनु भएको पनि होला अनि देश विदेशका विभिन्न विषयमा जानकारी पनि हासिल गर्नुभएको होला। यस्ता वेबसाइट चलाइरहेको छ कसले त्यसको ख्याल गर्नुभएको छैन होला। वेबसाइटहरु विभिन्न प्रयोजनका साथ खुलेका हुन्छन्। कोही राजनीतिक प्रपोगाण्डा गर्नका लागि त कोही व्यवसाय अनि कोही चाहिँ आफ्नो व्यापार व्यवसायको प्रचार र सम्पर्कका लागि। यस्ता वेबसाइट चलाइ रहेको छ कसले भन्ने थाहा पाउन वेबसाइट चलाउनेले वेबसाइटमा उल्लेख गरेको छैन भने थाहा पाउन सकिन्न। वेबसाइट चलाउने, उसको कार्यालय तथा सम्पर्कको ठेगाना पत्ता लगाउनका लागि केही वेबसाइटहरु छन्। जसले कुन वेबसाइट कसको हो र कसले कहाँबाट चलाइरहेको छ थाहा पाउन सकिन्छ। साथै वेबसाइटको भिजिटर र उक्त व्यक्तिका अरु कतिवटा वेबसाइट छन् थाहा पाउन सकिन्छ।
डोमेनटुल्स
01 Domain Tools find who is the owner of the website               यो वेबसाइटबाट कुनै पनि वेबसाइटको सञ्चालक तथा कसको नाममा वेबसाइट दर्ता छ त्यो थाहा पाउन सकिन्छ। त्यति मात्र होइन यो वेबसाइटले वेबसाइटका बारेमा अनुसन्धान, जाशुसी साथै वेबसाइटका लागि डोमेनक खरिदको सुविधा दिन्छ। विशेष गरेर उत्पादन तथा व्यवसायको ब्राण्ड स्थापित गर्नका लागि सम्बन्धित डोमेन खोजी, अरुले छोडेको डोमेन खरिद लगायतका सेवाका लागि यो वेबसाइट उत्तम छ। यसले वेबसाइट कसको नाममा छ मात्र होइन कसको नाममा थियो र कहाँ होस्ट गरेको छ त्यसको इतिहास र वर्तमान सबै पत्ता लगाउँछ। यो वेबसाइटमा जानका लागि यहाँ क्लिक गर्नुहोस्।
हुइज
02 Who is  find who is the owner of the website
  वेबसाइट सञ्चालनका लागि आवश्यक पर्ने डोमेनको उपलब्धता जाँच गर्नका लागि सबै भन्दा उपयुक्त माध्यम हो। यसले कुनै पनि वेबसाइट कसको नाममा कहिले दर्ता भएको छ भन्ने जानकारी दिन्छ। त्यसो त यसले वेबसाइट सञ्चालकको ठेगाना, र्सभर सम्बन्धी जानकारी पनि दिन्छ। साथै वेबसाइटको रयांक र एलेक्साको रिपोर्ट पनि दिन्छ। यो वेबसाइटमा जानका लागि यहाँक्लिक गर्नुहोस्।
- एजेन्सी 

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light