प्रेम भनेको यो उस अनादी अनन्त इश्वरको तरह छ , जुन सृष्टिको कण-कणमा विद्यमान छ , प्रेम हाम्रो सम्पूर्ण जीवनमा विभिन्न रुपमा सामुन्ने आउछ , जस्लाई यो एहसास दिलाउछ की जिन्दगी कति सुन्दर छ , प्रेमबाट जीवनलाई अलौकिक सौन्दर्य प्रापत हुन्छ , प्रेम बाट जिबन पवित्र अनि सार्थक बन्न सक्छ प्रेम नै सम्पूर्णता हो , सृष्टिमा जुन सबै सुन्दर पवित्रता आत्मा सन्मानले भरिएको संसार नै सुमधुर प्रेम हो , प्रेम नै हो जो अनुपम सम्बन्धलाई जीवत राख्न सक्छ र आफ्नो परिवारप्रतिको जिम्मेदारीबाट कहिल्यै बिमुख "हुन पर्दैन ~~~
प्रेमले मानवतालाई विनम्रता बनाइ दिन्छ ,रुखो भन्दा पनि रुखो मुर्ख क्रुर भन्दा पनि क्रुर मानवको मनमा यदी कसैको प्रति सुमधुर प्रेमको भावना जन्म लिन्छ भने त सम्पूर्ण प्राणी जगतका बिनम्र हुन्छन यसो कयौ उदाहरण हाम्रा ग्रन्थहरुमा पाइन्छ , प्रेम चाहे व्याक्ति विशेषको हो अथवा इश्वरको प्रति होस् आश्चर्यजनक रुपबाट होस् उस्को सोच उस्को वाणी सबै कुरा परिवर्तन हुन जान्छ प्रेम नै जिन्दगीको सबै भन्दा ठुलो हिस्सा हो बोल्नमा जति मिठोलाग्छ उसलाई एहसास पनि उतिनै खुब सुन्दर अनि प्यारो छ , प्रेमको एहसासलाई सब्दमा बाध्न सकिदैन उसलाई ब्याक्त गर्नु पर्ने आवश्याकता पनि पर्दैन ब्याक्तको आखा , चेहरा उस्को भाव भावना आत्मा सन्मान यहाँ सम्म की उस्को जीवनको भेद खुल्ल जान्छ सुमधुर प्रेमले प्रेम अनौठो दुनियालाई छोडेर बाहिर आउन चाहादैन ,ऊ जस्लाई प्रेम गर्दछ , खुल्ला आखाबाट सपना देख्दछ , उस्को साथ बिताएको एक-एक पल एक-एक घडी बारम्बार याद दिईरहन्छ ,उस्को लागी सजाउनु सज्न चाहन्छ ,
यही नै हो प्रेमक प्रबल अनि यही प्रेममा आनन्द छ यो संसारको कुनै पनि भौतिकतामा हुदैन प्रेम शाश्वत छ प्रेम सोचेर सम्झेर गर्ने चिज होइन , कसैले कति पनि सोचोस उसलाई प्रेम भयो भने त उस्कोलागी दुनियाको हरेक चिज राम्रो सुन्दर लाग्छ , प्रेमको अनुभूति विलक्षण हुन्छ , प्रेम कहिले हुन्छ कसरी भयो उसलाई थाहा पत्तै हुदैन , यसको जब थाहा हुन्छ जब मन सदैव कसैको समिपमा चाहान लाग्छ , उस्को मन्द मुस्कानमा प्रेमको फूल खेल्न लाग्छ प्रेम दर्दबाट तड्पन लाग्छ ऊ उसै प्रेममाथी आफ्नो जीवन सर्वस्व समर्पित गर्न चाहन्छ बिना कुनै प्रतिदानको आशाबाट यसैलाई भनिन्छ सुमधुर सच्चा प्रेम प्रेममा नकारात्मक सोचाइको लागी कुनै संसार हुदैन , जो प्रेममा असफल भएर आफ्ने प्रियलाई नोक्सान पुर्याउछन ती प्रेमी सच्चा प्रेमी होइनन , प्रेमको सकारण पनि हुदैन प्रेम त हुने चिज हो ,
कसैको ख्याल - यादमा हराएर आफैलाई भुल्ने उस्को सबै दु:ख सु:ख दर्द आफु स्वयंलाई समर्पित गर्दिनु उस्को विछोडमा एक मिठो सुमधुर प्रेमको सब्द बोल्दिनु विछोड दु:खलाई महसुस गर्नु जीवनको हरेक पल उस्को समिप्यको चाहाना हुनु उस्को खुशीहरुमा जीवनको सहयात्री भएर खुशी भैदिनु , उसका आसुँहरुलाई आफ्नो आखाले विलिन गराउनु यसैलाई त भनिन्छ सुमधुर सच्चा सत्य प्रेम , यसैलाई महसुस गरौ आफ्नो सुन्दर जीवनलाई अथाह प्रेमको सागरमा डुबाऊदै जीवनका हरेक ओराली उकाली अनि सागुरा घुम्ती पार गरौ सुमधुर प्रेमको साहाराको साथमा यो अमुल्य जिबन बिताउ यही मेरो शुभ कामना छ सम्पुर्ण दाजु भाइ दिदी बहिनीहरुमा ~~धन्याबाद
Post a Comment