प्रिया स्मृती ढकाल ,
त्यहि कसाई र धासईलाई जीवन जिउने आधारशिला ठानेर एक पटक तिमीलाई सम्झने दुस्प्रयाश गर्दै छु। यदि तिमीलाई कहिँ कतै शब्दले चोट पुर्याएको जस्तो लागेमा मलाई माफ गरिदेउ मेरी दिलकी रानी अणु राप्ती नदीको किनार देखि अधारभरिको मुस्कान तिम्मिलाई बसन्त ऋतुको आवागमन संगै नव पलुवाको तिम्रो हरेक अंगहरुलाई चुम्न सफल रहोस भावी जिन्दगीको लागि सरल र सुगम यात्रा तय गर्न सफल हुनु मिठास र मधुर प्रेम वंश यात यतिमात्र। भनिन्छ ,अतितको चिन्ता नगर किनकी अतीतलाई सुधार्न सकिन्न , यदि तिमि मान्छे हौ भने भविष्यको चिन्ता गर ,जो पल पलमा आफुलाई सुधारेर अघि बढ्न उत्प्रेरणा प्रदान गर्छ। अतित त रूहाउने र शरीरलाई धरासायी गर्ने कालखण्ड हो। बुझेर पनि आज म पुरानै अतीतलाई सम्झने प्रयाश गर्दै छु।तिमीले त्यतिबेला फोन नगरेको भए सायद यो अतित बन्ने थिएँ होला , अनि यो कागजी पानामा प्रेमका शब्दहरु पोखिदैनथे होला , त्यति मात्र है जीवनले फरक मोड लिएको भान गर्ने थिएन होला। सुनु न तपाई सुमन बोल्नु भएको हो ?
तपाइको आवाज बिल्कुलै मन पर्यो स्टेजमा अति ढिला गरि बोल्नु है , फेरी माइन नगर्नुस है म तपाइको शुभेच्छुक भएर मात्र सुझाब दिएको अन्यथा नसम्झनु होला ल वाई ....... यहि आवाज मात्र ति उत्तरमा मेरो राम्रो शुभेच्छुकबाट जोडिएको हाम्रो सम्बन्ध अजम्बरी नातामा पुग्यो। चर्खे पिङ्ग जस्तै घुम्दा घुम्दा ७ वर्षको न अनबरत प्रेममय हाम्रो जिन्दगानी खै कसरी काचको शिशासरी फुट्यो , म त्यहि प्रश्नको उत्तर खोजिरहेको छु। कसले चुडायो प्रेम ? म भन्छु उनले नै यो यात्रालाई लत्याएर अर्कै रोजीन। उनि भन्छिन उसले प्रेमको इशारा बुह्जं सकेन। खै म स्वयम आज कुन दुनियामा छु मलाई नै थाहा छैन। जिन्दगीका मोडहरु खै किन निराश र एक्लोपन झैँ लाग्छ। न त रातमा निद्रा न त दिनमा भोक प्यास , यी सबै किन ?
आखिर कहाँ म लरखराई रहेको छु . अणु तिमि आफै भने कि त हौ हाम्रो प्रेम चलचित्रको दृश्य जस्तो होइन अनि कुनै रंगमंच जस्तो पनि होइन ता कि एकै छिनमा नजरबाट झर्न सकिने र मार्न सकिने . महाप्रेम नायक रोमियो जुलियेट को प्रेम उदाहरण दिएर हाम्रो प्रेमको यात्रा तय गर्यौ . समय र परिस्थिति सदाबहार हुदो रहेनछ . म म भित्रै रहिरहेछ तर तिमि हेर्दा हेर्दै अर्कै दिलमा बस्यौ यती शब्द मात्र बुझियो अरु अलि पानीले भिजेको रहेछ . बुझेन . तल कुनामा लेखिएको थियो . उही प्रकाश . पत्र पढेपछि म बडो सोचमग्न भए . प्रेम बिचित्रको रहेको छ . एउटा धोका खाएको शब्द र अर्को धोका दिने शब्द . पछिलो अबस्थामा यहि धोका दिने र पाउने शब्दावली कैयौ युवायुबतीहरु मानसीक तनाबबाट गुज्रिरहेका छन् . अपरिपक्व प्रेमको उर्लदो भेलले मै हु भन्ने युवा युबतीहरु पनि अछुतो रहन सकेका छैनन् . '१२,१४ वर्षकै उमेरमा व्वाय फ्रेन्ड र गर्ल फ्रेन्ड भन्दै सम्बन्ध गासेकाहरु पछिल्ला दिनहरुमा उदास र निराशको भुमरीमा परेका छन् .
विशेषत यी यस्तै सम्बन्धबाट प्रेमको रुपधारण गरेकाहरुको यात्रामा ब्रेक लागेको इतिहास मात्र कहाँ जीवित छैन , कयौ यस्ता यस्तै सम्बन्ध बाट अकालमै ज्यान गुमएका छन् . शायदै यस्तै मानसिक तनाबले होला . शिक्षाको विकास संगै पछिलो अवस्थामा क्षनिक आनन्द र क्षनिक मनको तृष्णाको लागी बढेको पश्चिमेली प्रेमको बतासले यहा पनि गजबको जग बसाली सकेको छ . त्यो चाहे बिध्यालय कै युबयुबतिमा होस् या कलेजहरुमा नै किन नहोस . हो उमेरको प्रभाब होला तर अर्थात हामीले हाम्रा हजुर बुवा हजुर आमाको प्रेम कहानीलाई जान्न चाह्यौ भने हामीले गरिरहेको प्रेम कहाँ छ , त्यसको तुलना गर्न आबश्यक छ . शिक्षाको विकास संगै वर्तमान परिस्थिति मा हामीले गरिरहेको प्रेम छ र के भइरहेको छ भनेर एकपटक आफैले आफैलाई नियाल्न आबश्यक छ . छाडा प्रेमले क्षनिक आनन्द र मदहोस त् बनाउला तर हामीलाई सिधै निराशामय जिन्दगिबाट टाढा राख्न सक्दैन त्यो ध्रुब सत्य नै हो . जब सम्म यहाँ सन्तुलित प्रेम गरिदैन तब सम्म प्रेममय जिन्दगीलाई परिकल्पना गर्नु ब्यर्थै हुने छ . प्रेम गरेकै कारण धोका पौने र दिने स्थिति कहिले पनि बन्द हुने छैन . यहि नेर प्रश्न सिर्जना हुन् सक्ला प्रेम प्राप्तिको लागि मात्र है त्यागको लागि पनि हो तर त्याग र बलिदानी प्रेममा हासिहासी हुनु पर्छ . सधै रुनु र समाज्बत एक्लो भएको महशुस हनुका लगी हैन . पाछिलो पुस्तमाँ शिक्षा संगे भित्रिएको उरन्ठायौले प्रेमले निम्त्याएको मानसिक तनाब किनारा लगाउन स्वयं प्रेमिप्रेमिकहरु नै अलर्ट हुन् आबश्यक छ . समयमा आफुलाई सुरक्षित राख्न सकिएन भने माथिको सुमनले मात्र हैन कयौ युबयुबती यसैगरी धोका खाने छन् . स्तम्भकारले यति मात्र सोच्न भ्यायो अनि भन्न मन लग्यो प्रेम गर्ने जोडीहरुलाई सादुबाद .....

लेखक रेडियो कृष्ण सार एफ. एम. नेपालगंज
समाचार सह संयोजक
Post a Comment