Sunday, July 6, 2014

जेठाजु द्वारा भाइ बुहारि र भतिजाको हत्या

सप्तरीको मल्हनिया गाविस-२ मा एक पुरुषले कोदालो प्रहार गरी आफ्नै भाईबुहारी तथा भतिजाको हत्या गरेका छन् ।

मल्हनियाँ गाविस-२ निवासी रामेश्वर यादवले आफ्नै भाईबुहारी पर्ने ३० वर्षीया रीता कुमारी यादव र उहाँका ११ वर्षीय छोरा मनिषकुमार यादवको कोदालो प्रहार गरी हत्या गरेका हुन् ।
हत्या गर्ने रामेश्वर मानसिक रुपमा अशक्त रहेको स्थानीयले बताएका छन् । रीता कामेश्वरकी श्रीमती हुन ।

हत्या गर्ने रामेश्वरलाई तत्कालै स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरिसकेको छ भने मृतक आमा छोराको शव परीक्षणका लागि लहानस्थित जिल्ला अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक विजय यादवले जानकारी दिए ।
भाई कामेश्वर यादवको खेतमा धान रोपाइँको कामका लागि सहयोग गर्न आएका रामेश्वर मध्याहृन काम सकेर भाईको घर
र्फकेका थिए । घर र्फकेका रामेश्वरले पहिला घरमा सुतिरहेका भतिजा मनिषको कोदालो प्रहार गरि हत्या गरेका थिए भने त्यस लगत्तै खाना पकाइरहेकी रीताको हत्या गरेको प्रहरी निरीक्षक यादवले बताए ।

भाईबुहारी र भतिजाको के कारण हत्या गरेको भन्नेबारे तत्काल केही खुल्न सकेको छैन तर खाना पकाउन ढिलो भएकाले त्यही आवेशमा आएर मानसिक अवस्था ठिक नरहेका रामेश्वरले हत्या गरेको हुन सक्ने स्थानीयहरुले आशंका गरेका छन् ।
-रासस

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light