पोखराको बैदाम स्थित गौरीघाटमा दुई तले ढलान घर भत्काउने क्रममा छतले किचेर मंगलबार दिउँसो दुई मजदुरको मृत्यु भएको छ।
महादेवपट्टी ५ का ३२ वर्षीय मनोहर दास र ३५ वर्षीय हरिनन्दन भण्डारीलाई भत्काउँदै गरेको छतले किचेको थियो। दुवैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। उनीहरसँगै काम गर्दै गरेका भारत
पटनाका हरेराम सिहं, पोखरा ७ घारीपाटनका विष्णुप्रसाद सुवेदी र पर्सा महादेव पट्टीका सुरज भण्डारीले भने भागेर ज्यान बचाएका थिए। सामान्य घाइते तीनैजनाको पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ।

दुईजना ढलानले किचिएपछि बाँचेकाहरूले हारगुहार गरेका थिए। त्यसपछि स्थानीयबासी, नेपाली सेना र नेपाल प्रहरी आइपुग ेपनि छत हटाउन नसकेकोले डोजरको सहायता लिनु परेको थियो।
करिव आधा घण्टापछि घटनास्थलवाट निकालिएको शवलाई
पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएको थियो। दुर्घटनास्थलमा सर्वसाधरणको ठूलो भीड
लागेको थियो।घाइते सुवेदीले गोल भ:याङ काट्ने क्रममा छतै खस्दै गरेको देखेपछि भागेर बच्न सफल भएको बताए। 'हामीहरू तीनैजना उभिएका थियौं। दुई जना साथी बसी रहेका थिए। हामी उभिएकोले भाग्न सफल भयौ', उनले भने 'साथीहरुलाई भाग्दा भाग्दै छतले थिच्यो। हामी तीन भने भाग्यले बाँचियो ।'

जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी नायव उपरिक्षक केदार रजौराले घर भत्काउने क्रममा सावधानी नअपनाउँदा दुर्घटना भएको बताए। घर भत्काउने क्रममा सावधानी अपनाइएको देखिएन' उनले भने 'सुरक्षालाई प्राथमिकता दिनुपथ्र्यो तर नदिदा दुर्घटना हुन पुग्यो।' स्थानीय पर्यटन
व्यवसायी बावुराम लामिछानेले पुरानो घर भत्काएर नयाँ होटल बनाउन निर्माणको काम थालेका थिए ।
-रासस

Post a Comment