मत्स्येन्द्रनाथको रथ जावलाखेल लगिने
थती टोलमा रहेको रातो मत्स्येन्द्रनाथ को रथलाई मंगलबार त्यहाँबाट जावलाखेलतर्फ लगिने भएको छ । रथ जावलाखेल पुगेको चौथो दिनमा भोटो देखाइन्छ । मंगलबजारस्थित मणिमण्डप (सोह्रखुट्टे पाटीमा) मा बिहीबार मत्स्येन्द्रनाथका ज्योतिषहरू भेला भएर त्यस यात्राको साइत जुराएका हुन् ।मणिमण्डपको चार थाममा गणक, लेखक, दृष्टक र स्रोता गरी चारजना ज्योतिष बसेर साइत हेर्ने परम्परा भएकामा हाल गणकका रूपमा कीर्तिकिरण जोशी र लेखकका रूपमा पूर्णमंगल जोशी छन् । दृष्टक र स्रोताका रूपमा रहेका दुई ज्योतिषले छोडेको पद ३०/४० वर्षदेखि नै खाली रहेकाले दुई ज्योतिष मात्र बसेर साइत हेर्नुपरेको जोशीले कान्तिपुरलाई बताए ।
साइत जुराउनअघि मणिमण्डप भनिने ललितपुरका सत्रौं शताब्दीका राजा श्रीनिवास मल्लको पालामा बनेको ढुंगाको राजसिंहासनमा फूल, अविरले सिंगारिराखिएको थियो । पछि त्यहाँ मत्स्येन्द्रनाथ र मीननाथको प्रसाद फूल ल्याएपछि ज्योतिषहरू आपसमा छलफल गरी साइत जुराएका थिए ।मंगलबारै रथ तान्ने साइत जुरेको सम्बन्धमा ज्योतिष कीर्तिकिरण जोशीले भने, 'मंगलबारको दिनमा साइत जुराएन भने जेठ २४ मा गुरु पश्चिमास्त परेकाले अर्को एक महिनासम्म साइतका लागि कुर्नुपर्ने हुन्छ त्यसैले नजिकको साइत जुराएका हुन् ।'
अब रथ तान्न चार दिनअगाडि भोलि शनिबार बिहान सबेरै मत्स्येन्द्रनाथको दुई भाइका साथ एकजना जलपानेजु पैदल हिंडेर कीर्तिपुरमा कन्यालाई मत्स्येन्द्रनाथको फूलप्रसाद दिन जानुपर्ने पानेजु कपिल वज्राचार्यले बताए ।त्यसरी कीर्तिपुरसम्म पैदल गई कन्यालाई फूलप्रसाद पुर्याउनुपर्ने परम्परा सम्बन्धमा उनले भने, 'एक दिन जात्राका लागि हेर्दा रथमा आफ्नो आसनमा मत्स्येन्द्रनाथलाई देखेन छ । कहाँ गए छ भनी जलपानेजुलेे तान्त्रिक दृष्टिले ध्यान गरी हेर्दा कीर्तिपुरमा गई आफ्नी पि्रयसीसँग रसरङमा भुलिरहेको मत्स्येन्द्रनाथलाई फुस्कन नसक्ने गरी कोठामा थुनी राखेको देखेछ । त्यसैले जलपानेजु फूलप्रसाद लिएर त्यहाँ पुगी उनलाई थुनिराखेको घरसामुन्ने रहेको तःफाः लोहं -ठूलो ढुंगा) मा बसी मन्त्रका बलले मत्स्येन्द्रनाथको अर्को रूप देखाई छल गरी उनलाई फर्काएर पाटनमा ल्याई रथमा राखी चार दिनपछि जात्रा गरेको स्मरणमा प्रत्येक वर्ष त्यहाँ त्यसरी कन्यालाई फूलप्रसाद दिन जानुपर्ने परम्परा रहेको हो ।'
जावलाखेलमा भोटो देखाइसकेपछि त्यसै दिन मत्स्येन्द्रनाथलाई खटमा राखी बाजागाजासाथ बुङमतीस्थित उनकै मन्दिरमा पुर्याउनेछ र मीननाथलाई नै तानेर चक्रबहिलमा पुर्याएपछि गत वैशाख २
Post a Comment