Thursday, May 30, 2013

जसरी भएपनि बहुमत ल्याउने एमाओवादी रणनीति

जसरी भएपनि बहुमत ल्याउने एमाओवादी रणनीति
प्रचण्डले उत्पादन नीतिको रहस्य खोले
 १७  जेठ,
             एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरुले सत्तासञ्चनलाई आफ्नो पार्टीको नीति अनुसार बदल्न अबको संविधानसभाको चुनावमा बहुमत ल्याउनुपर्ने बताएका छन् । उनीहरुले जुसुकै अवस्थामा पनि आगामी संविधानसभाको चुनावमा बहुमत ल्याउने दावी गरे ।  बिहीबार काठमाडौमा एमाओवादी निकटको राष्ट्रिय उद्योग बाणिज्य महासंघको प्रशिक्षण कार्यक्रमलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब सत सत्ता सञ्चालनको अनुभव पाइसकेकाले सत्तामा पुग्नु अनिवार्य रहेको बताए । उनले सञ्चामा पुग्नका लागि नै चुनावमा पार्टी चुनावमा जित्ने रणनीतिमा लागेको बताए ।
            सत्तामा पुग्नका लागि आगामि संविधानसभामा जसरी भए पनि आफ्नो पार्टीले बहुमत ल्याउनुपर्ने बताए । म प्रधानमन्त्री हुँदा राज्यसत्ता चलाउन ढङ्ग पुगेन, उपाध्यक्ष डा बाबुराम भट्टराईजी प्रधानमन्त्री हुँदा धेरै अप्ठ्यारा आए, प्रचण्डले भने अब कसरी सत्ता सञ्चालन गर्ने भन्ने अनुभव भइसक्यो त्यसका लागि जसरी भएपनि बहुमत ल्याउनुपर्छ ।उनले अब छिट्टै चुनावको मिति घोषणा गर्नुपर्ने पनि बताए । उनले जनताका लागि भन्दा पनि कार्यकर्ताका लागि पार्टीले उत्पादन , विकास निर्माण र व्यवस्थापनको कार्यनीति पारित गरेको खुलाए । यसअघि एमाओवादीले जनतालाई सक्षम बनाउन उत्पादन नीति लिएको दावी गर्दै आएको थियो ।
           प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष बाबुराम भट्टराईले निजी क्षेत्रलाई ठूलो लाभ दिन खोज्दा पनि काम गर्न नपाएको दुःखेसो गरे । उनले ठूला पूर्वाधारमा निजी क्षेत्रलाई एकल रुपमा छाड्न नहुने पनि राखे । अध्यष प्रचण्डले एमालेबाट भरखरै प्रवेश गरेकी उर्मिला अयौललाई पनि कार्यक्रमको वक्ताका रुपमा राख्न अनुरोधगरेपछि उनलाई पनि बोलाइएको आयोजक समितिका एक सदस्यले बताए ।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light