Thursday, May 30, 2013

सिरियालाई रुसले दियो जमिनबाट आकाशमा मार हान्न सक्ने एन्टी मिसाइल’

सिरियालाई रुसले दियो जमिनबाट आकाशमा मार हान्न सक्ने एन्टी मिसाइल’
१७  जेष्ठ, 
misayal             सिरियाले रुसी एअर डिफेन्स सिस्टमको पहिलो खेप प्राप्त गरेको छ । सिरियाका राष्ट्रपति बशार अल असादले लेबनानको हिज्बुल्लाहसँग नजिक मानिएको अल मानार टेलिभिजनसँग कुरा गर्दै रुसबाट एण्टी एअरक्राफ्ट एस–३०० रकेट प्राप्त गरेको खुलासा गरेका हुन् ।
उनले रुसले दिने थप हतियार पनि चाँडै आइपुग्ने बताए । एस–३०० एण्टी एअरक्राफ्ट जमिनबाट आकाशमा मार हान्न सक्ने र बालिष्टिक मिसाइललाई समेत अवरोध पु¥याउन सक्ने क्षमतायुक्त मिसायल मानिन्छ ।
सिरियाको नजिकको सहयोगी रुसले पश्चिमा मुलुकहरुको चर्को विरोधका बाबजुद गत हप्ता सिरियालाई हतियार दिने जनाएको थियो । अन्तर्वार्ताका क्रममा सिरियाली राष्ट्रपति असादले इजरायलले सिरियाली भूमिमा थप आक्रमण गरे कडा जवाफ दिने उल्लेख गरे ।
उनले आफ्नो मुलुकमा युद्धको वहाव परिवर्तन भैरहेको जिकिर गर्दै आफ्ना सेनाको शक्ति बढेको र विद्रोही विरुद्ध विभिन्न महत्वपूर्ण विजय हासिल भएको दाबी समेत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यता, इजरायलले भने सिरियामा रुसी हतियार पुगिनसकेको दाबी गरेको छ । यसैबीच केही विश्लेषकहरुले भने आगामी महिना अमेरिका र रुसको पहलमा सिरियाबारे हुने शान्ति सम्मेलनलाई रुसी हतियारको विषयले प्रभाव पार्न सक्ने आशंका गरेका छन् ।
सिरियामा सन् २०११ को मार्चयता राष्ट्रपति असादको शासन विरुद्धको संघर्षका क्रममा ८० हजार भन्दा बढी मानिस मारिईसकेका छन् ।
एजेन्सी 

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light