किन भएनन ३३ दल निर्वाचन आयोगमा दर्ता ?
१४ जेठ
नेकपा माओवादीको नेतृत्वमा रहेको ३३ दलको मोर्चाले यथास्थितिमा निर्वाचन अयोगमा दल दर्ता नगराउने घोषणा गरेको छ ।प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकार विघटन नभएसम्म मोर्चाले चार दलसँग वार्ता प्रक्रिया अघि नबढाउने भएको हो । साथै मोर्चाले छुटटै कार्यक्रम गरेर गणतन्त्र दिवस मनाउने समेत भएको छ । काठमाडौंमा मंगलवार भएको मोर्चाले सरकारले आयोजना गर्ने गणतन्त्र दिवस वहिष्कार गरी नयाँ बानेश्वरमा छुटटै कार्यक्रम गर्ने जनाएको हो ।
अवैधानिक सरकारले गणतन्त्र दिवस मनाउने हैसियत नराख्ने भन्दै मोर्चाले छुटटै कार्यक्रम गरि दिवस मनाउने घोषणा गरेको हो । कार्यक्रममा नेकपा माओवादीका महासचिव रामबहादुर थापा बादलले मोर्चा बिघटन गराउन षड्यन्त्र भइरहेको बताउनुभयो ।
मोर्चा बिघटन हुने र माओवादीमा एमाओवादीमा बिलय हुने भ्रम फैलाइएको थापाले आरोप लगाउनुभयो ।
कार्यक्रममा नेकपा माओवादीका अध्यक्ष मातृका यादवले अहिलेकै अवस्थामा मोर्चामा रहेका कुनैपनि दल निर्वाचन आयोगमा दर्ता नहुने र चुनाव पनि हुन नसक्ने दावी गर्नुभयो । यादवले मोर्चाले वार्ता र दल दर्ता नगर्ने निर्णय गरेको बताउनुभयो ।

Post a Comment