Saturday, May 18, 2013

बैद्यलाई आफ्नै सहयोगीले घात गरे

kiran
बैद्यलाई आफ्नै सहयोगीले घात गरे
२ दल निर्वाचन आयोगमा, केही रेग्मीसँग छलफलमा

४ जेठ,
मोहन बैद्य किरण नेतृत्वको नेकपा-माओवादी नेतृत्वको ३३ दलले सरकारसँग वार्ता नगर्ने र निर्वाचन आयोगमा दल दर्ता नगर्ने अडान लिएको छ । तर, सरकारविरुद्धको आन्दोलनमा मोर्चावन्दीमा आवद्ध केही दलले निर्णय उल्लंघन गर्दै दल दर्ता गरेका छन् भने मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले बोलाएको छलफलमा सहभागिता जनाएको खुलेको छ । माओवादी कार्यालय बुद्धनगरमा शनिबारबाट सुरु भएको बैठकमा नेताहरुले आफ्नै घटकले घात गरेको भन्दै चर्को आलोचना गरेका छन् । यथास्थितिमा दल दर्ता नगर्ने हाम्रो निर्णय भएपनि २ दल निर्वाचन आयोगमा दर्ता भएको पाइएको छ’ बैठकमा सहभागी एक नेताले अनलाइनखबरलाई भने-’केही दल खिलराजले बोलाएको बैठकमा गएको पाइएको छ ।’ स्रोतका अनुसार राजकुमार राई नेतृत्वको खम्बुवान राष्ट्रिय मोर्चासहितका २ दलले आयोगमा दल दर्ता गएका छन् ।यस्तै शुक्रबार मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले बलाएको छलफलमा समेत ३३ दलमा रहेका केही साना दलहरु गएका छन् । ‘यसबारे सोध्दा दल दर्ताको नयाँ व्यवस्थाबारे छलफल भएकाले गएका हौं भन्ने जवाफ आएको छ’ स्रोतले भन्यो-’तर जवाफ चित्त बुझ्दो छैन ।’ ३३ दलमा रहेको नेकपा माले यसअघि नै बाहिरिसकेको छ ।सरकारविरुद्धको आन्दोलनमा मोर्चाबन्दी गरेकै दलबाट घात हुने अवस्था आएपछि बैठकमा सुद्धिकरण प्रक्रियाबारे छलफल भएको छ । ‘सैद्धान्तिक रुपमा मोर्चा बनाएर जाने सहमति भएको छ’ एक नेताले भने-’मोर्चामा रहने दलहरुको सूचीकरण र सुद्धिकरण गछौं ।’

आन्दोलन सोचे जस्तो हुन सकेन
बैठकमा नेताहरुले सरकारविरुद्ध अहिलेसम्म भएका आन्दोलनको समिक्षा समेत गरेका छन् । ‘आन्दोलन जुन रुपमा उठाउनु पर्ने हो, त्यसो हुन सकेन’ एक नेताले भने-’अख्तियारमा धर्ना दिने क्रममा सबै दलले सहयोग गरेनन् । आन्दोलन समग्रमा लैजाने कि लोकमान सिंह कार्की नियुक्तिमा बढी केन्द्रीत हुने भन्नेमा पनि एकमत नभएको थिएन ।’ बैठकमा नेताहरुले आन्दोलनलाई शसक्त बनाउने र सबै दलको सक्रिय सहभागिता हुनु पर्नेमा जोड दिएका छन् । बैठकमा मेची महाकाली राष्ट्रिय जागरण अभियानको १४ गते खुलामञ्चमा हुने समानपसभाको तयारीबारे पनि छलफल हुनेछ ।

औपचारिक पत्र चाहियो
३३ दलले तत्काल सरकार र राजनीतिक समितिसँग वार्ता नगर्ने पूरानै अडान दोहोर्‍याएका छन् । तर, सरकारले औपचारिक पत्र पठाएर सोच्न सकिने नेताहरुको भनाई छ । ‘अहिलेकै अवस्थामा सरकार र समितिसँग तत्काल वार्तामा बस्ने कुरा छैन’ एक नेताले अनलाइनखबरसँग भने-’३३ दललाई नै सरकारले औपचारिक पत्र पठायो भने हामी जाने नजानेबारे सोच्न सक्छौं ।’ सरकारले हालै मात्र आन्दोननका कार्यक्रम स्थगित गरेर वार्तामा आउन अपील गरेपनि औपचारिक पत्र भने नपठाएको नेताहरुले बताएका छन् ।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light