Saturday, May 18, 2013

एमाओवादीका कारण देशको स्वतन्त्रता संकटमा : खनाल

एमाओवादीका कारण देशको स्वतन्त्रता संकटमा : खनाल
४ जेठ
 नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले  एकीकृत नेकपा माओवादीको कारण देशको स्वतन्त्रता नै संकटमा परेको आरोप लगाउनु भएको छ । नेकपा  एमाले सुनसरीको छैठौं जिल्ला अधिवेशनको धरानमा  उद्घाटन गर्दै  अध्यक्ष खनालले एकीकृत नेकपा माओवादी नेतृत्वको सरकारको पालामा  भारतसँग गरिएको विप्पा सम्झौतातर्फ इगिंत गर्दै राष्ट्रियता संकटमा परेको दाबी गर्नुभयो ।
              अध्यक्ष खनालले  एमाओवादी दश वर्षे जनयुद्धबाट आउँदा ओढारबाट निस्किएको बाघ झै भएको तर ६ वर्षमा खुइलिएको स्याल भइसकेको टिप्पणी गर्नुभयो । उहाँले संविधान नवन्नुको सम्पूर्ण दोष एकीकृत नेकपा माओवादीको भएको दोहोर्‍याउनुभयो । यसअघि विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष खनालले निर्वाचनमा निश्चित मत ल्याउनु पर्ने प्रावधान (थ्रेसहोल्ड) मा सम्झौता नहुने बताउनुभयो  ।
             उहाँले फौजदारी अभियोग लागेकालाई पनि चुनावमा उम्मेद्वार बनाउन नहुने भनाई राख्नुभयो । उच्चस्तरीय राजनीतिक समितिका अध्यक्ष समेत रहेका खनालले पूर्ववर्ती सरकारले गरेको राजनीतिक नियुक्ति सच्याए मात्रै निष्पक्ष निर्वाचन हुने दावी गर्नुभयो ।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light