Tuesday, May 21, 2013

मुम्बईमा अर्धनग्न पुतला राख्न प्रतिबन्ध

 मुम्बईमा अर्धनग्न पुतला राख्न प्रतिबन्ध
putlaजेष्ठ ७ ,
            भारतको मुम्बई म्युनिसिपल कर्पोरेसन -बीएमसी) ले सार्वजनिक स्थलमा महिलाको अर्धनग्न पुतला राख्नमा प्रतिबन्ध लगाउने भएको छ । बजारमा कपडा पसलअघिल्तिर यस्तो बुत राख्नुलाई उसले अश्लीलता मानेको छ ।मुम्बई मिररमा प्रकाशित रिपोर्टअनुसार गत साताको बैठकमा बीएमसीले यो स्वीकृति दिएको हो । यो डमीलाई सेक्स ट्वाइजको रूपमा हेरिने हुनाले बजारमा महिलालाई हिँड्न कठिन हुने गरेको उसको तर्क छ । पसलेले महिलाको अन्तरवस्त्रको प्रचारका लागि यस्तो बुतको प्रयोग गर्छ । महानगर आयुक्तको स्वीकृतिपछि यो लागू हुनेछ ।
                मेयर सुनील प्रभुका अनुसार बढ्दो यौन हिंसालाई ध्यानमा राखेर यस्तो अश्लीलता प्रदर्शित गर्ने सामग्रीमा प्रतिबन्ध लगाउनु जरुरी भएको छ । आयुक्तको जवाफ आउनेबित्तिकै नयाँ निर्देशिका तयार पारेर लागू गरिने उनले बताए । विपक्षी दल भारतीय जनता पार्टी र शिव सेनाले यसको घोर विरोध गरेको थियो ।(एजेन्सी),

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light