विगत दश बर्षदेखि हिट टेलिफिल्म तीतो सत्य अनएयर गरिरहेको आमा सरस्वती मुभिज आउदो असार फष्ट विकबाट फिल्म निर्माणका लागि फ्लोरमा जाने निश्चित भएको छ । फ्लोरमा जाने डेट तोके संगै सो यूनिटले फिल्मको टाईटल पहिलो पटक फिल्मीखबर मार्फत सार्वजनिक पनि गरेको छ । दिनेश डिसीको डाईरेक्सन रहने फेन्सी कमेडी ट्रिटमेन्टले भरिएको तीतो सत्यको फिल्मको टाईटल 'छ एकान छ' जुराईएको छ । ' टाईटल एपप्रुभ भएसंगै हामी असार फष्ट विकबाट फ्लोरमा जाने निर्णयमा पुगेका हौ,' डिसीले भनेका छन् ।
दीपकराज गिरीको स्टोरी तथा डाईलगमा जगदीश्वर थापाले तयार गरेको स्क्रिप्टमा छ जना कमेडी एक्टर र एक फिमेल एक्टर रहनेछिन् । मेल एक्टरहरुमा दीपकराज गिरी, शिवहरी पौडेल, जितु नेपाल, केदार घिमिरे (माग्ने बुढा), सिताराम कट्टेल (धुर्मुस) र विल्सन विक्रम राई रहनेछन् । 'हिरोईन चाहि हामी दश दिन भित्रमा फाईनल गर्छौ होला किनकी अत्यन्त राम्रो एक्टीङ गर्ने चाहिएको छ हामीलाई,' दीपकराजले भनेका छन् । यो फिल्ममा तीतो सत्यकी हिरोईन दीपाश्रीले दिनेश डिसीलाई चिफ एसिस्टेन्ट डाईरेक्टर भएर सघाउने छिन् भने निर्मल शर्माले कास्टीङ डाईरेक्टरको जिम्मेवारी लिएका छन् । सम्पूर्ण सुटिङ काठमाण्डूमा गरिने 'छ एकान छ'मा दीपा र निर्मल चाहि फिल्ममा कही कतै देखिने छैनन् ।
filmykhabar
Post a Comment