Tuesday, May 21, 2013

पत्नी बेच्नेलाई २० वर्ष कैद

jailपत्नी बेच्नेलाई २० वर्ष कैद
 ८ जेष्ठ,
 पत्नीलाई भारतीय कोठीमा बिक्री गरेको ठहर गर्दै जिल्ला अदालतले एकजनालाई २० वर्ष कैद फैसला गरेको छ । साथै पीडकलाई २ लाख जरिवाना फैसला गरेको छ । अदालतले पीडितलाई पीडकबाट ३ लाख क्षतिपूर्तिस्वरूप उपलब्ध गराउन आदेश गरेको छ । उक्त रकम सरकारले पुनःस्थापना कोषबाट तत्काल पीडितलाई उपलब्ध गराउन आदेश गरेको छ । पीडितलाई उपलब्ध गराएको रकम सरकारलाई पीडकबाट असुल्न आदेश गरेको छ । जिल्ला न्यायाधीश टेकनारायण कुँवरको मंगलबारको इजलासले टिस्टुङ ८ का ५३ वर्षीय मानबहादुर थोकरलाई २२ वर्ष अघि पत्नी बिक्री गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । टिस्टुङ २ की एक युवतीलाई विभिन्न प्रलोभनमा २०४८ सालमा विवाह गरेर जिल्लाको पदमपोखरी हुँदै भारतको कोठीमा लगेर २ लाखमा बिक्री गरेका थिए ।
              नुवाकोट, रानीपौवामा विवाह गरेर माइती बसेकी २० वर्षीया युवतीलाई थोकरले विवाह गरेर पदमपोखरीस्थित मितिनी दिदीको घरमा राखेका थिए । मितिनी दिदी र भिनाजुले हेटौंडा बजार ल्याएर मिरिन्डा सेवन गराएर लठ्ठयाएका थिए । उनलाई लठ्ठ पारेर भारतको कोठीमा पुर्‍याएर बिक्री गरेका थिए ।उनलाई बिक्री गर्दा दिदी हरिमाया, भिनाजु हर्कलाल र मानबहादुर साथमा थिए । उनीहरूले २ लाखमा युवती बिक्री गरेर मुलुक फर्केका थिए । १५ वर्षसम्म युवतीले कोठीमा नारकीय जीवन बिताइन् । भारत गुजरातका एक ग्राहकको सहयोगमा उनी २०६३ सालमा उम्कन सफल भएकी थिइन् । ५ वर्षसम्म ग्राहकको घरमा बसिन् । २०६८ साल मंसिरमा त्यही ग्राहकको सहयोगमा उनी र्फकन सफल भइन् ।
                    मुलुक आएपछि हेटौंडास्थित एक गैरसरकारी संस्थाको कार्यक्रममा आफ्नो घटना सुनाएपछि माइती नेपाल हेटौंडा शाखाले थोकरलगायतको विरुद्धमा प्रहरीमा उजुरी दिएको थियो । उजुरीका आधारमा प्रहरीले थोकरलाई तत्काल पक्राउ गरेको थियो । हरिमाया र हर्कलाल फरार छन् । पीडित महिला माइती गाउँमा व्यापार गरेर बसेकी छन् ।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light