Wednesday, May 8, 2013

जीप दुर्घटना १३ जना घाइते, ११ गम्भिर अवस्थामा

२५ वैसाख
        जीप दुर्घटना १३ जना घाइते, ११ गम्भिर स्याङ्जा, स्याङ्जाको राङभाङ गाविसबाट स्याङ्जा सदरमुकामका लागि छुटेको ग १ च  ४२७० नम्बरको महेन्द्रा जिप राङभाङ ८ धोवादीमा आज दुर्घटना भएको छ । दुर्घटनामा परि चालक सहित १३ जना घाइतेभएका छन् । दुर्घटनामा घाइतेमा ११जनाको अवस्था गम्भिररहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जा लेब ताएको छ । 
             जिप सडक ग्रामिण कच्चि सडकवाट  झण्डै २ सय मीटर तल खसेको प्रहरीले जनाएको छ।गम्भिर घाइते हुनेमा बिरुवा अर्चलेगाविसका जनकुमार थापा, गुमानसिंह थापा,जगमाया थापा, राङभाङ गाविसका कबिना थापा, ईन्द्रबहादुर थापा,रिता थापा, कल्पना थापा, सीता थापा,बिष्णुमाया आले, चन्द्रकुमारी थापा र चालकमोहन थापा रहेका छन् ।गम्भीर घाइतेको पोखरा स्थित चरक एण्डरिसर्च सेन्टरमा उपचार भैरहेको प्रहरीलेजनाएको छ । अन्य २  जना जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।दुर्घटनाका बारेमा अनुसन्धानजारी रहेको प्रहरी निरीक्षक हरिबहादुर बरुवालले जानकारी दिनुभयो ।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light